पटक पटक हृयाङ हुन्छ मोबाइल?

मोबाइल बोक्नेहरुका लागि पटक पटक मोबाइल हृयाङ हुनु हैरानीको कुरा हो। यसखालको समस्या तपाइँले पनि भोगिरहनु भएको होला। विभिन्न एप्लिकेसनहरु चलाइरहेको समयमा मोबाइल अचानक हृयाङ हुन्छ। अनि यसखालको हृयाङ हुने क्रम पटक पटक दोहोरिन्छ। यसले तपाइँलाई हैरान गराउँछ। मोबाइलमा इन्टरनेट चलाउँदा अनि फोन गरिरहेको समयमा पनि मोबाइल हृयाङ भएर हैरान गराउँछ।

स्मार्टफोनमा यसखालको हैरानीको कारण हो मोबाइलको आन्तरिक मेमोरी र रयाम कम हुनु। जसले गर्दा ठूला आकारका धेरै ग्राफिक भएका एप्लिकेसनहरु चलाउँदा मोबाइल हृयाङ हुन्छ। यदी तपाइँको मोबाइल समय समयमा हृयाङ हुन थालेको छ भने जान्नुहोस् त्यसको मेमोरी र रयाम तपाइँको आवश्यकता भन्दा धेरै कम छ।

Colors Xfactor-quad quoreमेमोरी र रयाम मात्र नभएर मोबाइल फोनको हार्डवेयर राम्रो नभएको खण्डमा पनि चलाउन थालेको केही समय पछि नै मोबाइल हृयाङ हुने समस्या देखा पर्छ। विशेष गरेर सस्तो मूल्यमा पाइने भारतीय तथा नेपाली ब्राण्डमा बजारमा उपलब्ध हुने मोबाइल फोनहरुमा बढि हृयाङ हुने समस्या देखिन थालेको छ। त्यसको कारण हो मोबाइलमा प्रयोग भएका हार्डवेयरको गुणस्तर कमसल हुनु। यसखालका समस्याबाट जोगिनका लागि मोबाइल किन्ने समयमा त्यसमा रहेका सफ्टवेयर, सुविधा र विशेष गरेर अपरेटिङ सिस्टम हेरेर मोबाइल किन्ने निर्णय नगर्नु नै उत्तम हो। (यहाँ हेर्नुस मोबाइल किन्दा केमा ध्यान दिने)

यदी तपाइँले किनेको र चलाइरहेको मोबाइल समय समयमा हृयाङ हुन्छ भने तपाइँले यी उपाय अपनाएर राहत पाउन सक्नुहुन्छ।

  • पृष्ठभूमि (ब्याकग्राउण्ड)मा चलरिहेका र चल्ने खालका एपहरुलाई बन्द गर्ने। यसो गरेको खण्डमा फोनमा रहेको रयामको खपत केही कम हुन्छ र नयाँ खोल्ने एपका लागि केही स्थान उपलब्ध हुन्छ।
  • यदी तपाइँको फोनमा पृष्ठभूमिमा चलिरहेका एप बन्द गर्दा पनि फोन हृयाङ हुनबाट मुक्ति मिलेन भने फोनलाई स्वीच अफ गर्नुस्। यसो गर्दा मोबाइल बन्द भएपनि फोनमा रहेका डाटा सुरक्षित नै रहन्छन्।
  • मोबाइल स्वीच अफ गरेपछि फोनको पछाडीको भाग (ब्याक प्यानल) खोलेर ब्याट्री झिक्नुहोस्। तर सीम र मेमोरीकार्ड भने झिक्नुपर्दैन।
  • ब्याट्री झिकीसकेपछि पनि मोबाइलको पावर स्वीच ५ देखी १० सेकेण्ड सम्मका लागि अन अफ गर्नुस्। यसो गर्दा मोबाइलमा रहेको पावर पनि समाप्त हुन्छ।
  • यसो गरिसकेपछि मोबाइलमा फेरी ब्याट्री राखेर मोबाइल अन गर्नुस्। मोबाइल फेरी चलाउन सकिने अवस्थामा आइपुग्छ। यसरी अन गरेपछि फोन फेरी हृयाङ हुँदैन।

02 Cheapest Android Smart Phones Costs less than 7000 Karbon A 1यति गरेपछि पनि मोबाइल फेरी पटक पटक हृयाङ भइरहृयो र समस्या समाधान भएन भने मोबाइलको आन्तरिक मेमोरी केही खाली गर्नुपर्छ। आन्तरिक मेमोरी भरिएको खण्डमा पनि मोबाइल हृयाङ हुने भएकाले त्यसमा रहेका केही फाइल हटाउनुपर्छ। साथै फोन चलाउँदा उत्पन्न हुने क्याच फाइल र टेम्पोररी फाइल पनि समय समयमा डिलिट (क्लिन मेमोरी) गरिरहनुपर्छ।

याद राख्नुस मोबाइलको आन्तरिक मेमोरी ८० प्रतिशत भन्दा बढी प्रयोग गर्नु हुँदैन।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...