फेसबुक खोलेपिच्छे एसएमएस

फेसबुक आम मानिस जोडिने, भेटिने सार्वजनिक मञ्च बनिसकेको छ। पुराना र स्कुले उमेरपछि छुटेका साथी देखी नयाँ नयाँ साथी बनाउने माध्यम बनेको छ यो सामाजिक सञ्जाल। यो सामाजिक सञ्जालको लोकप्रियता विश्वभर उत्तिकै छ। नेपालमा नहुने त झन कुरै भएन। यसको लोकप्रियता एलेक्सा वा कुनै अरु एनालिटिक्स वेबसाइटले देखाउनै पर्दैन मानिस इन्टरनेटको कनेक्सन जाँच्न यसको प्रयोग गर्छन्। आम दैनिकीको अहम हिस्सा बनिसकेको छ फेसबुक। मानिसहरु मनमा फुरेका कुरा सबै फेसबुकमा उदाँगो पार्छन्। त्यसैले त यसलाई मानिसको मनोविज्ञान जान्ने माध्यमका रुपमा पनि लिन थालिएको छ।
व्यवसायिक लाभका लागि लक्षित उपभोक्ताका आवश्यकता, मानसिकता साथै दैनिक गतिविधि ’boutका सूचना एकमुष्ठ रुपमा पाइने माध्यम बनेको छ यो सामाजिक सञ्जाल। यसमा आवद्ध भएकाहरुका ’boutको सूचना र जानकारी हासिल गर्न धेरैले यसको सुरक्षित डाटा चोर्नका लागि साइबर आक्रमण गरिरहेका हुन्छन्। त्यसो त अनेकन आकर्ष फोटो र भिडियोको लिंक भाइरल रुपमा सेयर गरेर स्पामरले तपाइँको फेसबुक एकाउन्ट गतिविधि माथि नियन्त्रण गर्छन्। एकाउन्ट हृयाक हुने समस्या पनि बढिरहेको छ। यस्ता ठगी देखी चोरी र फेसबुक एकाउन्टमा हुने अनावश्यक चलखेल रोक्न तथा कसैले आफ्नो फेसबुकमा अनधिकृत पहुँच (एक्सेस) पाएको जानकारी पाउनका लागि फेसबुकले प्रयोगकर्ताहरुका लागि विभिन्न सुविधा दिएको छ। त्यस्तै हो मोबाइल (एसएमएस) नोटिफिकेसन। जसले तपाइँको फेसबुक एकाउन्टमा लगइन गरेपछि तपाइँलाई एउटा एसएमएस पठाउँछ।

यसखालको सेवा लिनका लागि तपाइँले आफ्नो फेसबुकमा दायाँ तर्फो माथि सिरानमा रहेको सेटिङमा गएर एकाउन्ट सेटिङस् मा क्लिक गर्नुपर्छ। 01 SMS notification from Facebook for every login in your account free sms from facebook
त्यसपछि देखिने पेजमा बायाँ तर्फ सिरानमा जनरल र सेक्यूरिटी भन्ने दुर्इ विकल्प देखिन्छ। ती दुर्इ विकल्प मध्ये तल पटि्ट रहेको सेक्यूरिटी भन्नेमा क्लिक गर्नुभयो भने तलको जस्तो पेज देखिन्छ। जहाँ फेसबुक एकाउन्ट सुरक्षित रुपमा चलाउनका लागि आफूले विभिन्न सुरक्षात्मक उपायहरु अपनाउन सकिने विकल्पहरु दिइएको हुन्छ।
02 SMS notification from Facebook for every login in your account free sms from facebookयी माथि देखिएजस्तै देखिने विकल्पहरु मध्ये लगिन नोटिफिकेसन्स भन्नेमा क्लिक गर्नुभयो भने त्यसमा तपाइँलाई कुनै पनि उपकरण (ल्यापटप, मोबाइल, ट्याब्लेट)बाट तपाइँको फेसबुक खोलेको खण्डमा त्यसको जानकारी कसरी गराउने भन्ने विकल्प दिएको भेट्नुहुनेछ। जहाँ इमेल वा एसएमएस गरेर फेसबुकमा रहेको तपाइँको एकाउन्ट खोलिएको जानकारी दिने विकल्प छनौटको अवसर दिएको हुन्छ। ती मध्ये तपाइँले तल्लो भागमा रहेको टेक्स्ट मेजेज लेखेको विकल्पमा ठीक चिन्ह लगाएर परिवर्तनलाई सुरक्षित (सेभ चेन्जेज) गर्नुभयो भने तपाइँको फेसबुक खोल्नासाथ तपाइँको मोबाइलमा एसएमएस आउँछ जसमा कुन इन्टरनेट ब्राउजरबाट कति समयमा तपाइँको फेसबुक खोलियो भन्ने जानकारी समेटेको हुन्छ।

नोट: फेसबुकको यसखालको नोटिफिकेसन मोबाइलमा पाउनका लागी तपाईंले फेसबुकमा मोबाइल नम्बर राखेको (भेरिफाइ गरेको) हुनुपर्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...