साउदीका महिलाले गर्न नपाउने ९ काम

महिलाहरुका लागि निकै कठिनपूर्ण देश हो साउदी अरब । जहाँ महिलाहरुलाई ‘स्वतन्त्रता’ केवल सपना बन्ने गरेको छ । महिलाहरुले पाउनुपर्ने बिश्वब्यापी अधिकार समेत त्यहाँका महिलाहरुले पाउदैनन । महिलाहरुका लागि केही प्रतिबन्धहरु छन् । उनीहरुले यदी यो नियम तोडेको खण्डमा बिभिन्न खालका कारबाही समेत गरिन्छ । यस प्रकारको नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि बिशेष प्रहरी फोर्स नै गठन गरिएका छन् । यसैबीच त्यहाँका महिलाहरुलाई यी लगायत बिभिन्न अधिकारहरु सुनिश्चित गर्न आवाजहरु उठिरहेका छन् । त्यहाँ महिलाहरुलाई यस्ता झिनामसिना कुराहरुमा समेत बन्देज लगाईएको छ कि जुन थाहा पाउनु भयो भने तपाई अचम्मित हुनुहुनेछ ।saudi

१. बैंक खाता खोल्न नपाउने

त्यहाका महिलाहरुले बैंकमा खाता खोल्न पतिको अनुमति लिनु पर्छ । अबिबाहितले भने खाता खोल्न पाउदैन । पैसा जम्मा गर्दा पाप लाग्छ भन्ने मान्यता छ ।

२ . पुरुषबिना हिंडडुल गर्न पाउँदैनन् 

कहिँ कतै जानुपर्यो भने पुरुष आफन्त साथमा हुनु अनिवार्य छ । अन्यथा उनीहरुलाई हिरासतमा लिइन्छ । किनकी एक्लै हिड्दा अनैतिक मानिन्छ । यस अघि त्यहा एक युवती एक्लै हिड्दा सामुहिक बलात्कारमा परेकी  थिईन ।

३. ड्राइभिङ् गर्न मनाही 

Image: thedailybeast.com

ड्राइभिङ् गर्न नहुने त्यहाँ कुनै कानुनी प्रतिबन्ध छैन तर पनि त्यहाँ महिलाहरु सवारी चलाउन सक्दैनन् । किनकी उनीहरुलाई त्यहाँ धार्मिक प्रतिबन्ध छ । सवारी चलाउने महिलाले सामाजिक मान्यता तोडेको मानिन्छ ।

सन २०११ मा एक अन्तराष्ट्रिय संस्थाले ‘ओमन टु ड्राइभ’ अभियान चलाएका थिए । अभियान अन्तर्गत महिलाले गाडी चलाएको फोटो फेसबुक वा इन्टरनेटमा अपलोड गर्न भनिएको थियो तर यो अभियान खासै प्रभाबकारी भएनन् ।

४. मतदान गर्न पाउँदैनन्

Image: Guardian

साउदीमा महिलालाई मतदानको मात्र हैन कुनै पनि राजनीतिक अधिकार छैन । महिलाले मतदान गर्नु निकै गार्हो कुरा हो । पछिल्लो समय यो नियम खुकुलो बन्दै गएको भनिए पनि त्यसको खासै प्रभाव देखिन्न ।

५. पौडी खेल्न पाउँदैनन्

त्यहाँ महिलाहरुले पौडी खेल्नु त टाढाको कुरा पुरुषले नुहाएको समेत हेर्न हुदैन । महिलाले नुहाउदा पनि पुरुषहरुको ख्याल गर्नुपर्छ ।

Image: thenational.ae

६. किनमेल गर्दा कपडा ट्रायल गर्न सक्दैनन्

त्यहाका महिलाहरुलाई आफ्नो घर सिवाय बाहिर कपडा खोल्न मनाही छ । यति सम्म कडा नियम छ कि कपडा किन्न जाँदा समेत कपडा लागेर हेर्न मिल्दैन ।

Image: abc.net.au

७. कपडा पसलमा काम गर्न पाउँदैनन्

त्यहाँ महिलाहरुलाई यति सम्म कडा प्रतिबन्ध लगाएको छ कि उनीहरुले कपडा पसलमा काम गर्न पाउदैनन ।

 

८. फेसन पत्रिका पढ्न पाउँदैनन्

साउदी अरबका महिलाहरुले फेशन पत्रिकाहरु पढ्न सक्दैनन् तर सेन्सर गरिएका पत्रिकाहौर भने पढ्न सक्छन । उनीहरु ठान्छन कि फेसन पत्रिकामा छापिएका फोटो सामग्रीहरु इस्लामको मान्यता संग मिल्दैनन् ।

Image: feminist.org

९. बार्बी किन्न पाउँदैनन्

त्यहाँका महिलाहरुले बार्बी खेलौना किन्न सक्दैनन् किनेकी उनीहरुको समुदायमा यो खेलौना धर्म बिपरित छ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...