छानादेखि खानासम्म उल्टो ! यो कस्तो अनौठो घर ? (हेर्नुहोस् फोटोफिचर)

बिश्वमा अनेक प्रकारका घर तथा अपार्टमेन्टहरु छन् । पर्यटकलाई आकर्षणका लागि होस् अथवा बस्नकै लागि किन नहोस । मान्छेहरु सकभर बलियो र आकर्षक घर बनाउने गर्छन । घरको डिजाइनदेखि बास्तुमा समेत ठूलो रकम खर्च गरेका हुन्छन । तर यहाँ हामी एउटा यस्तो घरको कुरा गर्दै छौ जुन बिल्कुलै अनौठो खालको छ । अहिले विश्वका पर्यटकहरुका लागि यो घर आकर्षणको केन्द्र बनेको छ जुन घरको हरेक सामग्री उल्टो छ । छाना, भर्याङ् देखि त्यहा भित्र राखिएका टेबल कुर्सी र खानेकुरा समेत उल्टो राखिएको छ ।  अहिले बिश्वभरका मिडियामा यो घरको समाचार, तस्बिर र भिडियो भाइरल बनिरहेको छ ।

ताईवानको हुआसान क्रियटिभ पार्कमा इन्जिनियरको एउटा समुहले उल्टो पुल्टो घर बनाएर पर्यटकलाई आश्चर्यमा पारेका छन् । घरलाई पूर्णरुपमा उल्टो बनाइएको छ । घरको बाहिरि स्वरुपदेखि लिएर भित्रको हरेक चीजले त्यहाँ घुम्ने जाने प्रयटकलाई उल्टो घरमा आएको महसुस गराउदछ ।

त्यस्तै त्यहाँ घुम्न जाने प्रयटकले छतमा उल्टो झुन्डिएको महसुस गर्दछन । घरको छत् जमिनमा झुन्डिएको छ भने घरको जग सिलिंग बनेको छ । घर भित्र भएका समानहरु पनि यस्तो ढंगबाट सजावट गरिएको छ कि त्यहाँ भएका हरेक सामान उल्टो भएको महसुस हुने गर्दछ ।

त्यहाँ घुम्न जाने प्रयटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । त्यसैगरि त्यहाँ घुम्न जाने जो कोहिले पनि आफुलाई फरक संसारमा आएको महसुस गर्दछन । उक्त घरको तयार गर्दै करिब ७ करोड नेपाली रुपैयाँ खर्च भएको छ । त्यस्तै घरको क्षेत्रफल ३०० बर्गमिटर रहेको छ। पर्यटकले २२ जुलाईसम्म मात्र यो घरमा घुम्न जान पाउने भएका छन् ।

ulto10

ulto9 ulto8 ulto7 ulto6 ulto5 ulto4 ulto3 ulto2 ulto1ulto

यो पनि पढ्नुहोस् 

प्रेमलाई मलजल गरी हुर्काउने १० तरिका

अर्चना पनेरुको भिडियो हेर्दा जेल पर्नुहोला

६५ बर्षीय बृद्धले १२ बर्षीय बालिका बिहे गर्न लाग्दा के भयो ? (हेर्नुहोस भाइरल भिडियो)

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...