अर्चना पनेरुको भिडियो हेर्दा जेल पर्नुहोला

 

अर्चना पनेरु, गत केही महिना देखी नेपालमा चचामा छिन् यिनी। यिनी चर्चामा आउनुको कारण चाहिँ अलिक बेग्लै छ। पोर्नस्टार बन्छु बन्ने लक्ष छ भनेर सुरुमा आफ्नो अर्धनग्न तस्विरहरु फेसबुकमा अपलोड गरेकी यिनलाई सामाजिक सञ्जाल साथै मिडियाले दिएको रेस्पोन्सले हौस्याएपछि पुरै नग्न भएर यिनले फोटो र भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न थालिन। यतिखेर विभिन्न पोर्नसाइट देखी फेसबुक पेजमा यिनका पोर्नस्टार शैलीका भिडियोहरु छयापछ्याप्ती भएका छन्।

07 why archana paneru viral

अर्चनाले नांगो फोटो फेसबुकमा अपलोड गरेपछि उनलाई स्कुलले त निकालिदिइसकेको छ भने उनको छरछिमेकीले पनि आफ्ना सन्तान ब्रि्रने भनेर उनलाई सामाजिक बहिस्कार  नै गरिसकेका छन्। करिब १७ वर्ष उमेरकी एउटी किशोरीले पोर्न जस्तो क्षेत्रमा लाग्ने भन्दै गरेको यो सबै हर्कत नाजायज र गैरकानुनी छ।

 

त्यसमाथि यस्तो हर्कतलाई बढावा दिने प्रोत्साहन गर्ने र फोटो भिडियो खिच्ने उनकी आमा सुनिता पनेरुलाई अहिले सम्म प्रहरीले खासै कारवाही गर्न सकेको छैन। नेपालको विद्यमान कानुनी व्यवस्था र अर्न्तराष्ट्रिय कानुनहरुले बाल यौनदूराचार र चाइल्ड पोर्नोग्राफीलाई अत्यन्त गम्भिर अपराध मानेको अवस्थामा नेपाल प्रहरीले यस्तो र्सार्वजनिक महत्वका गम्भिर अपराधमा आँखा चिम्लेर बस्नुले नेपालमा बाल यौन उत्पिडन र दूराचारको अवस्था कहालीलाग्दो रहेको देखिन्छ।

 

प्रहरीले पहिलो पटक पक्राउ गरेर सामान्य सोधपुछ पनि छोडे पनि सुनिता पनेरु र अर्चना पनेरुलाई मिलेको मिडिया एक्सपोजर र प्रमुख छापा र अनलाइनमा आएको अर्न्तवार्ता बालयौन दूराचारलाई प्रोत्साहन गर्ने खालको भएपनि अर्चनाका थप भिडियोहरु आएका छन्।

त्यसो त केही यूट्यूब च्यानल र म्यूजिक भिडियो कम्पनीहरुले अर्चना पनेरुको अर्धनग्न भिडियो प्रयोग गरेर आफ्नो च्यानल तथा  गीतको हिट बढाउने रणनीति लिइरहेको देखिन्छ।

यी सबै कारणहरुले अर्चना पनेरुलाई हौसला मिलेको छ भने उनका नयाँ नयाँ भिडियोहरु आउन थालेका छन्। कतै अर्न्तवार्ताका नाममा त कतै म्यूजिक भिडियो र सुटिङ रिपोर्टका नाममा। जे नाममा नयाँ भिडियो आएपनि ति सबैले चाइल्ड पोर्नोग्राफीलाई नै बढावा दिइरहेका छन्।

संयुक्त राष्ट्रसंघ सहित अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकले चाइल्ड पोर्नोग्राफीलाई गैरकानुनी र अमानविय घोषणा गरिसकेका छन् र ती देशमा गम्भिर सजायँको समेत व्यवस्था छ।

 

के हुन्छ?

 

चाइल्ड पोर्नोग्राफी बालबालिका माथिको गम्भिर अपराध भएकाले बालबालिकाको नांगो फोटो तथा भिडियो हेर्ने, देखाउने, खिच्ने साथै इन्टरनेटमा खोजेर प्रचार गर्ने सबैलाई गम्भिर कारवाही हुन्छ। नेपालको प्रचलित कानुन अनुसार यसखालको अपराधमा १० वर्षसम्मको कैद सजायँ हुन्छ। केही वर्षअगाडी प्रकाश ओझा नाम गरेका गायक तथा कलाकारलाई पनि बाल यौन दूराचारको अपराधमा १० वर्षजेलको सजायँ भएको थियो।

 

नेपाल भन्दा बाहिर दक्षिण कोरिया, मलेशिया, यूर्एइ, दुबई, कतार, ओमान, अष्ट्रेलिया, अमेरिका, वेलायत, हङकङ लगायतका देशमा बस्नेहरुले यसखालको चाइल्ड पोर्नोग्राफीलाई प्रोत्साहन गरे वा यस्ता सामग्री हेरे, डाउनलोड गरे भने उनीहरुलाई कम्तिमा पाँच वर्षो कैद र देशनिकालाको कारवाही हुन्छ।

 

यस’bout कानुनी र सजायँको प्रावधान यहाँ हेर्नुहोस्

 

  1. http://www.aic.gov.au/media_library/publications/tandi_pdf/tandipdf
  2. https://www.justice.gov/criminal-ceos/citizens-guide-us-federal-law-child-pornography
  3. https://www.justice.gov/criminal-ceos/child-pornography
  4. http://www.hg.org/child-pornography.html
  5. http://www.cyber-rights.org/reports/uscases.htm
  6. http://famm.org/affected-families/child-pornography-sentences/

 

 

 

पोर्न वेबसाइटमा अर्चनाका भिडियो किन छन्

 

यतिबेला सम्म अर्चनाको भिडियोमा रिपोर्ट परेको थिएन त्यसैले ति वेबसाइटहरुमा त्यस्ता भिडियोहरु छन्। तर अर्चना पनेरुको भिडियो विभिन्न वेबसाइटमा राखिएको र इम्बेड गरिएको मये धेरै ती वेबसाइटबाट हटाउने प्रक्रियामा छन्। किनकी ती वेबसाइट र अमेरिकी साइबर अनुसन्धान ब्यूरा साथै एफबीआइमा साइबर कानुनमा अध्ययन गरिरहेका नेपाली युवाहरुले रिपोर्ट गरेका छन् र त्यसको जवाफ सबै बेवसाइटबाट हटाउने प्रक्रियामा रहेको भन्ने आएको छ। साथै सबै इन्टरनेट प्रयोगकर्ताहरुले यस’bout गुगल वा सम्बन्धित वेबसाइटमा रिपोर्ट गर्नु पर्दछ। यो इन्टरनेट प्रयोगकर्ताको कर्तव्य पनि हो।

 

गुगलमा बालयौन दूराचार र पोर्नोग्राफीको रिपोर्ट यहाँबाट गर्नुस्

 

यस्तो हुन्छः

 

१. बालयौन दूराचार सँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध भएको फोटो, भिडियो हेर्ने, देखाउने र प्रसारण गर्ने सबैलाई बालयौन  दूराचारको अभियोगमा ५ देखी १० वर्षसम्म कैद हुन्छ।

२. चाइल्ड पोर्नोग्राफी हेर्ने, खोज्ने र देखाउने साथै कम्प्युटर, पेन ड्राइभ वा क्लाउडमा राख्नेहरुलाई पनि चाइल्ड पोर्नोग्राफीक सामग्री उत्पादन गर्नेलाई बराबर सजायँ हुन्छ। भनेको मतलब हो अर्चना पनेरुको फोटो भिडियो हेर्ने र राख्नेलाई पनि पाँच देखी १० वर्षसम्म जेल हुन्छ।

३. नेपाल भन्दा बाहिर दक्षिण कोरिया, मलेशिया, यूर्एइ, दुबई, कतार, ओमान, अष्ट्रेलिया, अमेरिका, वेलायत, हङकङ लगायतका देशमा बस्नेहरुलाई जेल सजायँको साथै देश निकाला गर्ने गरिन्छ।

४. एक पटक यस्तो खालको अपराधमा सजायँ पाएको मानिसलाई यूरोप, अमेरिका साथै अरबका देशले भिसा नदिने सम्भावना धेरै हुन्छ।

५. तपाइँहामी सबैले इन्टरनेटमा हेरेका, खोजेका जानकारी, भिडियो सबैको रेकर्ड बसेको देशको प्रहरीको नियन्त्रणमा हुने भएकाले यस्तो बाल यौन दूराचार जस्तो गम्भिर अपराधबाट जोगिने सम्भावना निक्कै कम छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...