ओस्कार बिजेता लियोनार्दोको भाषण एकाएक भाइरल (फिल्मको ट्रेलरसहित)

हलिउडमा बहुचर्चित ‘टाईटानिक’ हिरो लियोनार्दो डि क्याप्रियोले पहिलो पटक ओस्कार अवार्ड जितेका छन् । अमेरिकाको लसएन्जलसमा सम्पन्न ८८ औं ओस्कार पुरस्कार वितरण समारोहमा लियोनार्दोलाई अवार्ड प्रदान गरिएको हो । लियोनार्दो हलिउडमै सर्वाधिक पटक अस्करका लागि नोमिनेसनमा पर्ने अभिनेता हुन् । lionardo

लियोनार्दोले ६ पटक सम्म नोमिनेसनमा परे पनि पहिलो पटक अस्कर अवार्ड हात हरेका पारेका हुन् । अस्कर प्राप्त गरेपछि उनले दिएको भाषण इन्टरनेटमा भाइरल बनेको छ ।  संसारभरी सामाजिक सञ्जाल र अनलाइनहरुमा लियोनार्दोका तस्विर सहित उनको भाषण शेयर गरिएको छ ।

लियोले अस्कर पाएपछि गरेको भाषणमा जलवायु परिवर्तनका कारण संसारमा भैरहेको समस्या’bout संवेदनशील बन्न आग्रह गरेका थिए । उनले आफू अभिनित चलचित्र ‘द रेभनेन्ट’ यसैको विषयमा बनेको र जलवायु परिवर्तनको विषयमा ठट्टा गर्ने विषय नभएको बताए ।

उनले बढ्दो जलबायु प्रदुषणबिरुद्ध सबै एकजुट भएर लाग्नु पर्ने र यस क्षेत्रमा क्रियाशीललाई सहयोग गर्नुपर्ने बताएका छन् । पृथ्वीलाई सित्तैमा पाएको जस्तो ब्यबहार नगर्न उनले सुझाएका छन् ।

समारोहमा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार ब्री लार्सनलाई प्रदान गरेको छ ।  सर्वश्रेष्ठ निर्देशको पुरस्कार दि रेवनंट फिल्मका निर्देशक एजेजांद्रो जी इनारितुलाई प्रदान गरियो । सर्वश्रेष्ठ डकुमेन्ट्री फिचरको पुरस्कार एमीलाई दिइएको छ । एमीका निर्देशक भारतीय मुलका निर्देशक आसिफ कपाडिया हुन् ।  सर्वश्रेष्ठ सहायक अभिनेत्रीको पुरस्कार ‘दि डैनिश गर्लु’ फ़िल्मका लागि अलिसिया विकांडरलाई प्रदान गरिएको छ ।  त्यसैगरी ूब्रिज ऑफ स्पाइजू फिल्मका लागि मार्क रायलैंस सहायक अभिनेताको पुरस्कार प्रदान गरिएको छ ।

हेर्नुहोस ओस्कार बिजेता लियोनार्दोको भाषण 

लियोनार्दोलाई ओस्कार अवार्ड दिलाएको फिल्मको समिक्षा यहाँ पढ्नुहोस
हेर्नुहोस फिल्मको ट्रेलर

यो पनि 

केटीहरु एक्लै हुँदा यस्तो गर्छन्

महोत्सव हेरेर रमाउन आएका आमाहरु धरधरी रोएपछि….(फोटोफिचर/भिडियो)

अर्चना पनेरुको भिडियो हेर्दा जेल पर्नुहोला

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...