जाडोमा तताउने गरमागरम सेक्स शैली

जाडो दिनानुदिन बढ्दो छ । जाडोयाममा सेक्सका लागि मतिहत्ते हुनु स्वभाबिक हो । किनकी जाडो भगाउने ओखती हो सेक्स । तर स्मरणीय कुरा के पनि हो भने केही टिप्सहरु ख्याल गर्न सकेको खण्डमा थप गरमागरम सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

पार्टनरसँग टाँसिएर बस्नु, चुम्बन गर्नु त्योभन्दा पनि अघि बढ्नुको आनन्दै बेग्लै । यो चिसोमा तपाईको यौन जीवनका लागि हामीले यहाँ केही उपाय दिएका छौ । जसको प्रयोगबाट तपाईले अझ आनन्द महशुस गर्नुहुनेछ । सेक्सका लागि तयार हुनु भनेको कपडाबाट टाडा हुनु हो।तर, पुस माघको यो चिसोमा कपडा खोल्नु आफैमा कुनै यातना भन्दा कम नहोला । यस्तो अवस्थामा तपाई पार्टनरलाई यौनप्रति रुची बढाउने प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ ।

रेड वाइन

बेडमा वास्तविक एक्सनभन्दा पहिला रेड वाइनको ग्लासले तपाईको जित सुनिश्चित गर्न सक्छ । रेड वाइन यस्तो अवस्थामा कामोत्तेजक औषधिको काम गर्न सक्छ । यो प्रमाणित भइसकेको छ कि रेड वाइनले यस्तो अवस्थामा कमालको असर देखाउँछ । यसले तपाईलाई तातो राख्ने छ र तपाईले स्वर्णिम पलको भरपुर आनन्द लिन सक्नुहुनेछ ।

तातो शावर

चिसोको यो मौसममा तपाई दिनभर कार्यालयको कामबाट थाक्नु भएको छ भने आफ्नो यो थकानलाई यौन जीवनको भिलेन बन्न नदिनुस् । यद्यपि धेरै मानिस शावरलाई दुश्मन ठानेर नजिक जान पनि मान्दैनन् । तर जिसोयाममा यो निकै लाभदायक हुन सक्छ । यदि तपाई दिनभरको थकानबाट छुटकारा पाउन चाहनुहुन्छ भने तातो शावर लिएर यसको कमाल अनुभूत गर्न सक्नु हुन्छ । तातो पानीले तपाईको थकान बगाउनेछ । तपाईलाई जीवनको महत्वपूर्ण क्षणका लागि एनर्जी पनि प्रदान गर्नेछ ।

फेब्रेट परफ्युम

भलै तपाईलाई मनपर्ने सुगन्धन कुन हो? चिसोको यो मौसममा उत्तम सुगन्ध भएको डियो वा कुनै परफ्युमले पनि तपाईको यो पललाई रोमाञ्चक बनाउनेछ । यसले तपाईमा एक प्रकारको अनौठो उत्तेजना उत्पन्न गराउनेछ।

सफा बेड मस्त सेक्स

आफ्नो प्रेमिल क्षणमा डुब्नुअघि सुनिश्चित गर्नुस कि बेडमा ओछ्याइएको तन्ना सफा होस्। यद्यपि चिसोयाममा बेडरुमको तन्न, सिरिक आदि सफाचट राख्नु चुनौति नै हो।तर, यस्तो नहोस कि त्यसको गन्धले मुड खराब गरोस् ।यद्यपी केही महिलाका लागि यो कुनै ठुलो कुरा होइन । तर, हट, वाइल्ड सेक्सका साथै अधिकांश महिला सामान्यतः बेडमा सबै कुरा सफा र स्वच्छ चाहन्छन् । त्यसैले भनिएको हो, सफा बेड मस्त सेक्स ।

नियमित यौन सम्पर्कबाट काइदाका फाइदा

कतिपय मानिसहरु यौनलाई केवल आफ्नो मनोरञ्जनको विषय मात्रै ठान्छ । जुन गलत सोचाइ हो । किनकी यौन सम्बन्धका  थुप्रै काइदाका फाइदा छन् । मनोरञ्जनका लागी मात्र गरिदैन ।

विभिन्न अध्ययनहरुका अनुसार यौन सम्पर्क शारीरिक आवश्यकता बन्दै गएको छ । दैनिक यौनसम्पर्कबाट मानिसलाई शारीरिक रुपमा विभिन्न थुप्रै फाइदा हुने विज्ञहरुको निष्कर्ष छ । हरेक कुराको झैँ यौनको पनि सहि सदुपयोग गर्नुपर्छ  ।

शारीरिक व्यायाम

यौन सम्पर्कलाई शारीरिक ब्यायामको एउटा राम्रो उदाहरणका रुपमा व्याख्या गरिएको छ । यौन सम्पर्कका क्रममा मानिसको शरीरमा त्यत्तिकै मात्रामा क्रियात्मक परिवर्तन हुन्छ, जति कुनै अन्य प्रकारको शारीरिक व्यायाम गर्दा हुन्छ । सातामा तीनपटक यौन सम्पर्क गर्नुलाई वैज्ञानिकहरुले एक वर्षको गणनामा ७५ माइल जोगिङ्ग गर्नुसरह मानेका छन् । यौन सम्पर्कबाट हड्डी र मांसपेशी बलियो हुने बताइन्छ ।

दुखाइबाट मुक्ति

यौन सम्पर्कबाट शारीरिक दुखाइबाट मुक्ति मिल्छ । टाउको दुख्ने, हातखुट्टा दुख्ने तथा विभिन्न अंग दुख्ने समस्या छ र तपाई त्यही दुखाइका कारण यौन सम्पर्कबाट टाढिन खोज्दै हुनुहुन्छ भने तपाई ठूलो गल्ती गर्दै हुनुहुन्छ । किनकी यौन सम्पर्कले त्यस्ता दुखाइ कम गर्न मद्दत गर्दछ ।

पेन किलरको काम

यौन सम्पर्कका क्रममा महिला र पुरुषको शरीरमा इन्डरफिन नामक हार्मोन पैदा हुन्छ, जसले पेन किलरको काम गर्दछ ।

प्रजनन् क्षमता वृद्धि 

यस अतिरिक्त नियमित यौन सम्पर्कले महिलामा प्रजनन् क्षमता बढाउने वैज्ञानिकहरुले जनाएका छन् ।

प्रोस्टेट ग्रन्थीको सुरक्षा

त्यसैगरी यौन सम्पर्कको तेस्रो फाइदाका रुपमा प्रोस्टेट ग्रन्थीको सुरक्षालाई लिइएको छ । यौन सम्पर्कका क्रममा शारीरिक द्रव्य बाहिर निस्कने र त्यसले प्रोस्टेट ग्रन्थीलाई सुरक्षा मिल्ने बताइन्छ । यौन सम्पर्कका क्रममा शरीरमा डोपामाइन नामक एक पदार्थ उत्पन्न हुन्छ, जसले स्ट्रेस हार्मोनसँग लड्न मद्दत गर्दछ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...