विश्वकै सस्तो स्मार्टफोन: २५१ मा बेच्दा पनि ३१ रुपैया नाफा कसरी ? (पढ्नुहोस ३ कारण)

भारतको रिंगिंग बेल्स कम्पनीले ल्याउन लागेको फ्रिडम २५१ स्मार्टफोन बिश्वकै सस्तो स्मार्टफोन हो । दुनियालाई चकित पार्दै ल्याउन लागेको २५१ रुपैयाको एउटा फोनले सिंगो भारत हल्लाई रहेको छ ।

freedom

फोन अर्डर गर्नेहरुको भिडले कम्पनीको वेबसाइट नै क्र्यास हुनु, आन्तरिक राजस्वले छापा मार्नु लगायतका कारण यो कम्पनी विवादास्पद चर्चामा छन् । यति मात्रै होइन २५१ रुपैयाको फोन बेच्ने भारत ठूल्ठूला मिडियामा करोडौका बिज्ञापन प्रकाशन/प्रशारण गरिएका छन् ।

यो फोनले गर्दा अहिले भारतीय बजारमा अनेक टिक्का टिप्पणी भैरहेका छन् । आखिर कसरी यति सस्तो मूल्यमा फोन ल्याउन सक्यो भन्ने बिषयमा अनेक आरोप प्रत्यारोप भैरहेका छन । २५१ रुपैयामा स्मार्टफोन उपलब्ध गराउदा नै चकित परेकाहरु अहिले झन थप अचम्मित भएका छन् । किनकी २५१ रुपैयामा फोन बिक्रि गर्दा पनि ३१ रुपैया नाफा हुन्छ भन्छन कम्पनीका निर्देशक मोहित गोयल । उनको यो भनाईले थप आश्चर्यमा पारेका छन् । तर उनले त्यसै भनेका छैनन्, यसका पछाडी उनको बिजनेश टेक्निक पनि उतिक्कै दमदार देखिन्छ ।

यो स्मार्टफोन खरीद गर्नका लागि अहिलेसम्ममा ७ करोड भन्दा बढिले आफ्नो नाम दर्ता गराएको कम्पनीले जनाएको छ । यो फोनको आगामी १५ अप्रिल देखि बिक्रि सुरु हुने भएको छ । पहिलो चरणमा २५ लाख वटा फोनको लागि अर्डर लिइने र अरु बाँकी २५ लाख अफलाइन वितरकलाई दिइने गोयलले बताएका छन ।

२५१ रुपैयामा स्मार्टफोन बेच्दा ३१ रुपैया फाइदा कसरी हुन्छ ?

इकोनोमिज अफ स्केल

बिजनेशमा एउटा नियम छ ‘कम मूल्य राखेर धेरै बेच्ने, धेरै मूल्य राखेर थोरै बेच्ने’ । गोयलले यहि नियमलाई आत्मसाथ गरेका छन् । उनले थोरै मूल्य राखेर धेरै बेच्ने रणनीति अपनाएका छन् । यसले गर्दा उत्पादन लागत घट्न जान्छ र बस्तुको मूल्य थोरै राख्दा पनि नाफा हुन् जान्छ । गोयलकै भनाई मान्ने हो भने यसको माग अनुसार यो फोनको लागत उत्पादनस्थलमै १२ सयमा तयार हुनेछ । अनलाइन बिक्रि गरिने भएकाले मार्केटिंङ् र अन्य खर्च कम लाग्ने छ ।

पिगिब्याक मार्केटिंग

यसले ‘पिगिब्याक मार्केटिंग’ शैली पछ्छ्याएको छ । यो फोनमा बिभिन्न कम्पनीका एप्सहरु राखिने छ र यसबाट पनि कम्पनीलाई फाइदा पुग्ने छ । गोयलका अनुमान अनुसार प्रतिफोन करिब ३ सय भारु नाफा हुने देखिन्छ ।

वेबसाइट बिज्ञापन 

स्मार्टफोन आउने चर्चासंगै इ कमर्श, ट्राभल, प्रबिधि लगायातका कम्पनीहरुले फोनमा आफ्नो एप्स राखी दिन ठूलो माग आएको छ । यो एप्सहरु बिज्ञापनसंग सम्बन्धित हुनेछन । त्यस्तै कम्पनीको वेबसाइट बिज्ञापनबाट पनि आम्दानी हुने गोयलको भनाइ छ । यसरी समग्र हिसाब गर्दा २५१ रुपैयामा फोन बेच्दा पनि ३१ रुपैया नाफा हुने कम्पनीको तर्क छ ।

कस्तो छ त फिचर ?

smart

थ्रीजी सुबिधा 

ड्यूल सिम सपोर्ट

अपरेटिङ सिष्टम – एनड्रोईड ५.१ ललिपप ओएस

स्क्रिन – ४ ईन्च डब्लूवीजीए आईपीएस डिस्पले स्क्रीन

प्रोसेसर – १.३ गीगाहर्ज  क्वॉडकोर

र्याम् – १ जीबी 

इन्टरनल मेमोरी-  ८ जीबी, एक्स्पांड ३२ जीबी 

क्यामेरा –  ३.२ एमपी रीयर, ०.३ फ्रन्ट 

ब्याट्री- १४५० एमएएच

कनेक्ट- वाईफाई, ब्लुटुथ, एफएम

आयो विश्वकै सस्तो स्मार्टफोन, अपत्यारिलो फिचर

भारतमा भाइरल बनेको एउटा स्मार्टफोन जसले मच्चायो हंगामा !

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...