यस्तो हुन्छ कपिलको नयाँ कमेडी शो (हेर्नुहोस् प्रोमो)

कमेडी नायक कपिल शर्माको ‘कमेडी नाइट विथ कपिल’ बन्द भएसंगै निराश बनेका दर्शकहरुका लागि खुसीको खबर छ । नेपालमा समेत लोकप्रिय यो कार्यक्रम स्थगित गरिएपछि अब कपिलको नयाँ कार्यक्रम कस्तो आउला वा नआउला भन्ने ’boutमा चर्चा परिचर्चा भैरहदा उनको नयाँ कमेडी शोको प्रोमो सार्वजनिक भएको छ । अचम्म त के छ भने उनको मंगलबार सार्वजनिक गरिएको प्रोमो शो नै एकैदिनमा साढे तीन लाख भन्दा बढी भिजिट भएका छन् ।

शोको पहिलो प्रोमो र प्रसारणको मिति पनि सार्बजनिक भई सकेको छ । अब  अब २३ तारिखदेखि हरेक शनिबार र  आइतबार कपिल शर्मा दर्शकलाइ हसाउन तम्तयार भएका छन्  । शर्माले कलर्स छोडेपछि अब उनको शो सोनी च्यानलमा आउने छ । उनी आफ्नो पुरानो टिमसंग सोनीमा देखिने भएका हुन् ।

शोमा  चर्चित अनुहारहरु  गुत्थी (सुनील ग्रोवर ), पलक (कीकू शारदा) , दादी (अली असगर) र मंजू शर्मा (सुमोना चक्रवर्ती) पनि देखिने छन्   । यति मात्र नभई जोडदार शायरिको साथ ताली बजाउने मजबुर गरिदिने  सिद्धू पाजी अर्थात्  नवजोत सिंह सिद्धू पनि शो मा रहने छन् । कपिलको नयाँ शोको नाम  द कपिल शर्मा रहने छ ।

हेर्नुस प्रोमो 

 

यो पनि 

हेर्नुहोस् यी रोचक ३० फोटो जुन देख्ने बितिक्कै तपाईले हाँसो थाम्न सक्नु हुन्न 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...