बिचित्रका १० हिन्दु मन्दिर

हिन्दु धर्मलाई बिश्वकै पुरानो धर्मका रुपमा लिईन्छ । बिश्वव्यापीरुपमा ९ सय मिलियन भन्दा बढी जनता हिन्दु धमावलम्वी रहेको अनुमान छ । विशेषतः भारत, नेपाल, बंगलादेश, इन्डोनेसियामा हिन्दु धर्मावलम्वीहरुको संख्या उल्लेख्य रहेका छन् । तपाई हामी सबैलाई थाहै छ  । नेपालमा विभिन्न कलाकौशलले भरिपूर्ण थुप्रै मठ मन्दिरहरु निर्माण गरिएका छन । त्यस ताकाको कलाकौशल अझै पनि उत्तिकै लोकप्रिय छ ।

नेपालका कुना कन्दरामा गोपालवंश, लिच्छिविकालिन, मल्लकालिन समयमा थुप्रै ऐतिहासिक कलाकौशलले भरिपूर्ण मन्दिरहरु बनाइएका छन् । नेपालमा मात्रै होइन बिश्वमा थुप्रै यस्ता मठ मन्दिरहरु रहेका छन जसले बिश्वभरका पर्यटकहरुलाई आकर्षण गरिरहेका छन । विभिन्न मुलुकमा रहेका ति मन्दिरहरु आकर्षक त छदैछ साथै भब्य र विचित्र खालका समेत छन् ।

१. टनाह लटtanah

बालीमा अवस्थित यो मन्दिर निकै अनौठो खालको छ । ठूलो चट्टानमा बनेको यो मन्दिर निकै पौराणिक मानिन्छ । बिश्वमा भएका सात समुद्री मन्दिर मध्ये एक हो ।

कन्चीपुरम मन्दिर

kanchi

दक्षिण भारतको सवै भन्दा पूरानो कन्चिपुरम मन्दिर निकै आकर्षक देखिन्छ । यो मन्दिरमा थुपै मुर्तिहरु कुदिएका छन । यहाँ भगवान बिष्णु र एकम्वरनाथ मन्दिर रहेको छ ।

ब्रिहडिश्वर मन्दिरbrihd

भारतको थान्जायुरमा अवस्थित यो मन्दिर पनि निकै रोमाञ्चक र आकर्षक छ । यो मन्दिर एघारौं शताब्दीका राजाले निर्माण गरेका हुन । यो मन्दिर बिश्वकै पहिलो ग्रिनाइट मन्दिरका रुपमा लिइन्छ । डेभिडियन स्टाइलका लागि आकर्षक मानिन्छ । यो मन्दिर २१६ फिट अर्थात ६६ मिटरकौ रहेको छ । यो मन्दिर बिश्वका अग्ला मन्दिरहरु मध्ये एक मानिन्छ ।

खजुराहोkhajuraho

भारतको प्रमुख लोकप्रिय पर्यटकीय गणतब्य हो खजुराहौ । यो क्षेत्रमा जैन र हिन्दु धर्मावलम्वीहरुका थुप्रै कलात्मक आकर्षक मठ मन्दिर र कलाकौशलहरु रहेका छन् । यी मन्दिरहरु ९५० देखि ११५० भित्र निर्माण गरिएको वताईन्छ । यस क्षेत्रमा जैन धर्मसँग सम्बन्धित कलाकौशलका साथै हिन्दु धर्मका ब्रह्मा, विष्णु, शिब लगायतका मठ मन्दिरहरु रहेका छन् ।

बेन्टी स्रेइben

निकै आकर्षक र परम्परागत शैलीले भरिपूर्ण यो मन्दिर विचित्र शैलीको छ । यो ९६७ एडीमा निर्माण गरिएको हो । यो मन्दिरमा वर्षैनी लाखौ पर्यटकहरु पुग्ने गर्छन ।

श्री रंगनाथ स्वामीranga nath

विष्णुको अवतारका रुपमा लिईने यो मन्दिर पनि विचित्रको छ । यो मन्दिर श्रीनगरमा रहेको छ । यो मन्दिरमा वर्षैनी लाखौ भक्तजन र पर्यटकहरु पुग्ने गर्छन । यो मन्दिर ६ लाख ३१ हजार वर्ग मिटर फैलिएको छ । यो बिश्वकै लामो धार्मिकस्थल मध्ये एक हो  । निकै पुरानो मानिने यो मन्दिर दशौ शताब्दिमा निर्माण गरिएको वताईन्छ ।

विरुपाक्ष मन्दिर

virupa

भारतको ह्याम्पी सहरमा रहेको यो मन्दिर निकै पुरानो मानिन्छ । सातौं शताब्दिमा निर्मित यो मन्दिर ५० मिटर उचाईको रहेको छ ।

प्रम्बाननpramban1

इन्डोनेसियामा  रहेको यो मन्दिर सुन्दर र भब्य मन्दिर हो । ८५० एडीमा निर्मित यो मन्दिरमा बिष्णु, ब्रह्मा र शिवको मन्दिर हो । यो मन्दिर बौद्ध धर्मावलम्वीसँग पनि सम्वन्धित छ ।

मिनाक्षी अम्मान मन्दिरminaxi

भारतको मदुराई सहरमा अवस्थित यो मन्दिर निकै महत्वपूर्ण मानिन्छ । यो मन्दिर भगवान शिव र मिनाक्षीको रुपमा लिइन्छ । आकर्षक डिजाइन र शैलीमा रहेको यो मन्दिरमा थुप्रै टावरहरु रहेका छन् । १७ औं शताब्दिमा निर्मित यो मन्दिर लोकप्रिय छ ।

अंखोर वाटankhor

कम्वोडियामा रहेको यो ‘टेम्पल कम्प्लेक्स’ एकदमै भब्य रहेको छ । ९ देखि १५ औ शताब्दिमा निर्मित यो मन्दिर हिन्दु र बौद्ध धर्मसँग सम्वन्धित छ ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...