Loading...

ख्यालख्यालमै खिचेको फोटो एकाएक यसरी भाइरल

कहिलेकाही अनौठो संयोग भै दिन्छ तपाईले ख्याल ख्यालमा खिचेको फोटोले पनि बिल्कुल नौलो पहिचान स्थापित गराई दिन्छ । कतिपय अबस्थामा ति फोटोहरु यति महत्वपूर्ण भै दिन्छ कि त्यसको कुनै मापन नै गर्न सकिन्न । त्यसले दिने प्रतिफल अनपेक्षित भै दिन्छ । के तपाईलाई फोटो खिच्न मन लाग्दैन ? उसो भए आजै देखि एउटा प्रण गर्नुहोस । फोटो खिच्ने उत्साह जगाउनुहोस किनकी तपाईको फोटो बिश्वमै भाइरल हुन् कति पनि समय लाग्दैन । फोटो खिच्नलाई फोटोग्राफर नै बन्न जरुरी छैन ।  add

हालै एक व्यक्तिको यस्तै भएको छ । ख्याल ख्यालमै खिचेको एउटा फोटो बिश्वभर यति धेरै भाइरल बन्यो कि अहिले यो फोटो एप्पल कम्पनीले आइफोनको बिज्ञापनमा राखेको छ  । भारतका एक व्यक्ति आशिष परमारले खिचेको एउटा फोटो आइफोनको बिज्ञापनमा छनौटमा परेपछि ति दम्पती अहिले चकित परेका छन् ।  add1

दिपावलीका बेलामा ख्याल ठट्टामा खिचिएको यो फोटो अहिले जताततै छाएको छ । यो फोटो आइफोन ६ एसले खिचेका हुन् । उनले यो फोटो खिचेर  #shotOniphone6s ट्याग गरेर शेयर गरेका थिए । त्यसपछि एप्पल कम्पनीले बिज्ञापनका लागि यो फोटोलाई छनौट गरेका हुन्  । टाइम म्यागेजिनका अनुसार एप्पल कम्पनीले बिज्ञापनका लागि ५३ वटा फोटो छनौट गरेका थिए जुन बिश्वभरका प्रोफेसनल फोटोग्राफरहरुले खिचेका थिए । तर अहिले आशिषको यो फोटो बिश्वभर ठूल्ठूला बोर्डहरुमा छाएका छन् ।

तस्बिरका ’boutमा आशिष भन्छन- ‘ दिवालीका दिन उनी (रैना) पुरै घरमा दियो सजाउनका लागि मेरो ममीलाई सघाउदै थिइन्, मैले उनले बोकेको प्लेटमा दियो देखे, त्यसले मेरो ध्यान खिच्यो र मैले फोन निकालेर फोटो खिचे, यो आकस्मिक रुपमा खिचिएको फोटो हो ।’

अहिले फेसबुक लगायतका सोसल मिडियाहरुमा बिश्वभर यी (रैना)को तस्बिर छाएको छ । जसमा उनीहरुको नाम ट्याग गरिएको पाइन्छ  । यसले उनीहरुलाई यति धेरै चर्चामा ल्यायो कि अहिले उनीहरु मिडियामा अन्तरबार्ता दिदै हिड्न व्यस्त छन् ।

आफ्नो फोटो भाइरल बनेपछि आशिष र रैनाको प्रतिक्रिया 

add3 add2

यो पढ्न छुट्यो कि ?

४ नेपाली युवती जो धनकै लागि ‘खुंखार’ बने

बिचित्रका १० हिन्दु मन्दिर

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ