Loading...

घरमा कहिल्यै राख्न नहुने ६ वस्तु

तपाईको घरमा शान्ति भएन ? धन आर्जनमा बाधा आइरहन्छ ? परिवारको स्वास्थ्यको बिभिन्न समस्याहरु आइरहन्छ ? वा पारिवारिक सम्बन्ध सधै तनाबमय बन्छ ? यदि त्यसो हो भने ख्याल राख्नुहोस । तपाइको घरको बास्तुशास्त्र नमिलेर पनि यस्तो भएको हुन् सक्छ । केही झिना मसिना कुराहरु ख्याल नगर्दा तपाई र तपाइको परिवार सधै तनाब भोग्न बिबस बनेको पनि हुन् सक्छ ।

पछिल्लो समय बास्तुशास्त्र अनुसार घर बनाउने र कोठा सजाउने चलन बढ्दो छ । नेपालमा मात्रै होइन विदेशमा पनि यो चलनले राम्रो स्थान पाउन थालेको छ । यी त भए बास्तुशास्त्रका कुरा ।  यसका साथै केही अन्य कुराहरु पनि ख्याल राख्नु जरुरी छ । सरसर्ती हेर्दा यी कुराहरु झिना मसिना झैँ लाग्छ तर यसले परिवारको मानसिक सोचाईमा प्रतिकुल असर पारिरहेको हुन्छ ।

बास्तु शास्त्रले कुन समान कुन दिशामा राख्ने भन्ने जानकारी दिन्छ तर कतिपय कुराहरु यस्ता पनि हुन्छन जुन घरमा राख्नै हुदैन । यी कुराहरु घरमा राख्दा त्यो घरमा बस्ने व्यक्तिको सोच्ने कोणमा प्रभाव परि त्यसको प्रत्यक्ष असर दैनिक क्रियाकलापमा पर्ने देखिन्छ । तर कतिपयले जानीनजानी यस्ता फोटोहरु घरमा सजाउने गर्दछन । जानी राख्नुहोस् यी ६ कुरा कदापी घरमा राख्नु हुदैन

१) महाभारतको फोटो अथवा प्रतीकMahabharat

महाभारतलाई भारतको इतिहासमा सबभन्दा भीषण युद्ध मानिन्छ । भनिन्छ कि यो युद्धको प्रतीकहरु, फोटो अथवा त्यस्तै प्रकारका चित्रहरु, रथ आदि घरमा राख्नाले क्लेश बढ्दछ । यतिमात्र होइन महाभारत ग्रन्थ पनि घरबाट टाढै राख्ने सल्लाह दिइन्छ ।

२) नटराजको मूर्तिnatraj

नटराज नृत्यकलाका देवता हुन् । प्राय हरेक क्लासिकल नृत्य गर्नेहरुको घरमा तपाईंले नटराजको मूर्ति देख्न सक्नुहुन्छ । तर नटराजको यो मूर्तिमा भगवान शिव ताण्डव नृत्यको मुद्रामा छन् । जुन विनाशको परिचायक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ मानिन्छ ।

३) ताजमहलtajmahal1

ताजमहल प्रेमको प्रतीक हो तर यो मुमताज गाडिएको ठाउँ पनि हो । त्यसैले ताजमहलको प्रतीक वा फोटो राख्नु नकारात्मक कुरा फैलाउनु हो । मानिन्छ कि यस्तो कुरा घरमा राख्नाले हाम्रो जीवनमा धेरै नकारात्मक असर पर्न सक्छ । यो सिधै मृत्युसँग सम्बधित छ त्यसैले यसलाई घरमा नराख्नु राम्रो हुन्छ ।

४) जङ्गली जनावरको प्रतीकtiger1

कुनै जङ्गली जनावरको तस्वीर अथपा सो पिस घरमा राख्नु पनि राम्रो मानिँदैन । यसका कारण घरमा बस्ने व्यक्तिहरु उग्र हुन थाल्दछन् । घरमा क्लेश र वैमनस्यता बढाउँछ ।

५) पानीको फोहोराwater

फोहोरा वा फाउन्टेनले तपाईंको घरको शोभा त बढाउँछ तर बहेको पानी सँगसँगै तपाईंको पैसा र समय पनि बहेर जान्छ । त्यसैले घरमा फोहोरा राख्नु राम्रो होइन ।

६) डुबेको जहाजships1

डुबेको नाउ यदि घरमा राख्नुहुन्छ भने त तपाईंको सौभाग्य पनि डुबाइदिन्छ । घरमा राखिएको डुबेको नाउको फोटो अथवा कुनै सो पिसले सिधै तपाईंको परिवारको नातामा आघात पुर्याउन सक्छ । नातामा डुबेको मूल्यहरुको प्रतीक हुन् यस्ता फोटोहरु । त्यसैले यस्ता फोटोलाई आफ्नो घरबाट टाढै राख्नु राम्रो हुन्छ ।

यो पढ्न छुट्यो कि ?

अहिले सम्मकै झुर १५ सेल्फी

 

बिचित्रका १० हिन्दु मन्दिर

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ