भिडियोमा हेर्नुस, यसरी बस्दैछन् मंगल ग्रहमा मानिस

04
यस्ता घर हुनेछन् मंगलमा मानिसको लागी

मंगल, ज्योतिषिय दृष्टिले शुभ मानिने यो ग्रहले तपाइँ हामीलाई मंगल गरे पनि नगरेपनि वैज्ञानिकहरुले चाहिँ यो ग्रहलाई मंगलगर्ने भएका छन्। त्यो पनि मानिसको वस्ती बसाएर। अमेरिकी नेतृत्वमा चलिरहेको अन्तरिक्ष अभियानले अब पृथ्वी भन्दा बाहिर मानववस्ती विस्तारको सपना देख्न थालेको छ। पछिल्लो समयका मंगल अभियानले यो ग्रहमा मानिस बाँच्न सक्ने देखाएपछि यतिखेर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ध्यान मंगलमा मानिसको बस्ती बसाउने छ। त्यसका लागि जुटिरहेको अन्तरिक्ष अभियानले आगामी १० देखी १५ वर्षा मंगल ग्रहमा मानिसको वस्ती बसाउने पक्का छ। यतिखेर मंगल ग्रहमा मानिसको वस्ती बस्ने कुरालाई ठोकुवा गरेर भन्न सकिने अवस्था भएपनि १० वर्षा अन्तरिक्ष अभियानले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न भने मुस्किल छ।

01 Mangal Graha Mars exploration
अनुसन्धानका लागी यातायातको यस्तो व्यवस्था हुनेछ

मंगल ग्रहमा मानिसको वस्ती बसाउने भन्दै नासाले अन्तरिक्ष यान देखी पृथ्वी देखी मंगलग्रह सम्मको यात्रा, खानपान र उर्जाको व्यवस्थापनका लागि तयारी गरिरहेको छ। त्यसै क्रममा नासाले एनिमेटेड भिडियो तयार पारेर वैज्ञानिकहरुले कसरी मंगल ग्रहमा जाने र मानिसको बसोबासका लागि आवश्यक सामग्रीहरुको उपलब्धताको व्यवस्थापन गर्ने योजना बनाएका छन् त्यसलाई सार्वजनिक गरेको छ।

03
यसरी फलाइने छ मंगल ग्रहमा फलफुल तरकारी

नासाले तयार पारेको भिडियोमा मंगलमा मानिसहरु उत्रिइसकेपछि उनीहरुको लागि आवश्यक साधन र मानिसहरुको बसोबास गराउने क्षेत्रमा १०० किलोमिटरसम्म कसरी अनुसन्धान केन्द्र चलाउने, बिजुलीको व्यवस्था कसरी गर्ने, फलफुल तरकारी फलाउने भन्ने सम्मको योजना प्रस्तुत गरेको छ।

02 Mangal Graha Mars exploration
मंगल ग्रहमा मानिसको लागी सवारी साधन यस्तो हुनेछ

पृथ्वीमा बसेर वैज्ञानिकहरुको अन्तरिक्ष खोजको अभियानले पत्ता लगाएका अनौठा र रोचक तथ्यहरु पढ्ने, सुन्ने बानी परेकाहरुकालागि यो भिडियोले साँच्चै मानिसहरु मंगल ग्रहमा बस्ती बसाउनका लागि तयार भएको स्पष्ट देखाउँछ।

मंगलग्रहमा मानिसको आवागमनका लागि अनौठो खालको सवारी साधनको डिजाइन गरिएको छ। आधुनिक प्रविधिले सुसज्जित यस्ता सवारीहरुले मंगलमा पनि पृथ्वीकै जस्तो भान गराउने छन्। अहिलेको परिस्थिती र अनुमान अनुसार मंगल ग्रहमा जान र फर्कनका लागि मानिसलाई तीन वर्षको समय लाग्छ। यसलाई घटाउने गरि द्रूत गतिको अन्तरिक्ष यान निर्माणको लागि अध्ययन पनि जारी नै रहेको छ भने नासा र विश्वभरका अन्तरिक्ष वैज्ञानिकहरुले सन् २०३० सम्ममा मंगलग्रहमा मानिसलाई बसाउन सकिने आशा राखेका छन्।

भिडियोमा हेर्नुस, यसरी बस्दैछन् मंगल ग्रहमा मानिस:

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...