हालसालै अपडेट भएका

पानीको बोतलबाट सजिलै बन्छ १५ थरि समान (दंग पार्ने भिडियो)

तपाई हामीले पानी खान प्रयोग गर्ने प्लाष्टिकको बोतल पानी सकेपछि के गर्छौ ? कतिपयले फेरि पानी खान सुरक्षित राख्छन भने धेरैले पानी सकेपछि फोहोरका रुपमा फालिदिन्छन । तर यो भिडियो हेरी सकेपछि तपाई अचम्ममा पर्नु हुन्छ । तपाईले त्यसरी फाल्ने बोतलबाट बिभिन्न १५ थरि समान तपाई आफैले बनाउन सक्नु हुन्छ त्यो पनि सामान्य तरिकाले । पत्याउनु भएन ? एउटा सामान्य बोतलबाट १५ थरि समान भनेपछि पत्याउन गार्है पर्ला । तर यो भिडियो हेर्नुहोस जसमा रोचक तरिका अपनाएर पानीको बोतलबाट १५ ओटा समान बनाएर देखाईएका छन् । यसो गर्दा एकातिर उक्त समान किन्ने पैसा जोगिन्छ अर्को तिर बाताबरण प्रदुषण न्यूनीकरणमा सघाउ पुग्छ ।

पुरा पढ्नुहोस् »

उपत्यकाका चार नारायण ’bout जान्नैपर्ने कुराहरु

हिन्दु धर्म अनुसार चार नारायण शक्तिशाली मानिन्छ । ति हुन् भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण, इचँगुनारायण र ललितपुरको विशङ्खुनारायण । त्यसो त बिभिन्न चाडपर्वहरुमा यी नारायणस्थलहरुमा भक्तजनहरुको भिड लाग्छ । अन्य समयमा पनि यहाँ दर्शनार्थीहरुको प्राय: सधै भिडभाड नै हुन्छन । आखिर के महत्व छ त चार नारायणको ? पढ्नुहोस....

पुरा पढ्नुहोस् »

यसरी चिट चोर्छन् विद्यार्थी (पढ्नुहोस् ३४ तरीका)

परीक्षामा चिट नचोर्ने कमै होलान । तपाइले कस्तो कस्तो तरिका अपनाएर चिट चोर्नु भो ? चिट चोर्नु अनैतिक र गैर कानुनी हो भन्ने थाहा हुँदा हुँदै पनि हामी चिट चोर्न छोड्दैनौ किनकी हामीलाई जसरी पनि परीक्षा उत्तीर्ण हुनु छ । हरेक बिद्यार्थीलाई परीक्षा भनेपछि शत्रु झैँ लाग्छ । त्यसो त परीक्षा उत्तीर्ण नगरी कोही पनि सफल हुन् भने सक्दैन । जागिरका लागि लिइने परिक्षा होस् अथवा विद्यार्थी जीवनमा लिइने परिक्षा नै किन नहोस । त्यसो त परीक्षा उत्तीर्ण गर्नका लागि परीक्षार्थीहरुले अपनाउने शैली हो चिटिङ् । बिद्यालयदेखि बिश्वबिधालयसम्म बिश्वब्यापी रुपमा चिट चोरिन्छ । विश्वमा चिट चोर्ने बिभिन्न तरिकाहरु रहेका छन् । पढ्नुहोस् बिद्यार्थीहरुले चिट चोर्ने ३४ तरिका....

पुरा पढ्नुहोस् »

‘भ्यालेन्टाइन विक’ सुरु (पढ्नुहोस कुन दिन के गर्ने ?)

प्रेम गर्नेहरुको महान पर्व भ्यालेन्टाइन डे मनाउनका लागि आजदेखि भ्यालेन्टाइन विक सुरु भएको छ । फेबु्अरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन दिवस नेपालमा पनि विगतका बर्षदेखि साप्ताहिक रुपमा मनाइदै आइएको छ । राजधानी लगायतका शहरमा भ्यालेन्टाइनको रौनकता छाएको देख्न सकिन्छ । यो साता भरि आफ्नो प्रियसीलाई बिभिन्न उपहार दिएर भ्यालेन्टाइन विक मनाउने चलन छ । पढ्नुहोस् कुन दिन कसरी मनाउने....

पुरा पढ्नुहोस् »

यस्तो १० सपना जसले मृत्युको संकेत गर्छ

सपनाको भबिष्यबाणीमा कतिको बिश्वास हुन्छ ? यसमा कतिपयलाई बिश्वास लाग्ला त कतिपयलाई बिश्वास नलाग्ला तर यो सबैको चियो र चासोको बिषय बन्ने गरेको छ । त्यसो त कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ भन्ने बिषयमा बिभिन्न धारणाहरु रहेका छन् । यहाँ हामी तपाईलाई यस्तो १० सपनाको बारेमा जानकारी दिदैछौ जसले मृत्युलाई संकेत गर्दछ । के कस्तो सपना देखिए मृत्युको खबर प्राप्त हुने अथवा मृत्यु हुन् सक्छ त ? पढ्नुहोस...

पुरा पढ्नुहोस् »

महिलाका १० उत्तेजित अंग जहाँ छुने वित्तिकै ‘करेन्ट’ लाग्छ

पुरुष र महिलाको यौनांगको समागमले मात्र चरम सन्तुष्टी प्राप्त हुन सक्दैन । यसका लागि त दुवैमा विशेषः कला हुन जरुरी छ । पुरुषलाई त स्खलनपछि केही हदसम्म सन्तुष्टी प्राप्त होला तर महिलालाई सन्तुष्टी प्राप्त गर्न त्यति सहज छैन । त्यसो त अवुझ जिवनसाथी परेको खण्डमा महिलाले जिवनभर यौन सन्तुष्टीबाट प्राप्त हुने स्वर्गीय आनन्दबाट वञ्चित हुन पर्छ । यसैकारण अनेक बाहानाबाजीमा कयौले सम्बन्ध विच्छेद गरेका छन । यौन सन्तुष्टि तब प्राप्त हुन्छ जब यौनसाथी उत्तेजित हुन्छ । महिला र पुरुष दुबैले दुबैलाई उत्तेजित बनाउन सकेको खण्डमा मात्रै दुबैले पूर्ण चरम सन्तुष्टि प्राप्त गर्न सकिन्छ । अतस् पुरुषलाइ भन्दा महिलालाई उतेजनामा आउन बढी समय लाग्छ । यो कुरा पुरुषले बुझ्न नसकेको खण्डमा महिलाले कहिले पनि चरमसुख प्राप्त गर्न सक्दैन । स्नेहपूर्व भएर, सुमसुम्याए वा चुम्बन गरेर महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन्। अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उत्तेजना उत्पन्न हुन्छ ।

पुरा पढ्नुहोस् »

क्यान इन्फोटेकका ५ आकर्षण

राजधानीको भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक चलिरहेको छ । मेलाको दोश्रो दिनसम्ममा १ लाख २४ हजार ३ सय ८२ जनाले अवलोकन गरिसकेका छन् । इन्फोटेकमा सहभागि कम्पनीहरुले नयाँ नयाँ प्रविधिजडित उत्पादनहरु आकर्षक स्किमका साथ सार्वजनिक गरेका छन । विशेष गरी इन्टरनेट सेवा प्रदायक स्टलहरु, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरु, ल्यापटप, कम्प्युटरका स्टलहरु, इन्भर्टर तथा ब्याट्रीका स्टलहरु, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरु, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बनेका छन । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन । हामीले इन्फोटेकमा भएका ५ आकर्षण प्रस्तुत गरेका छौं जहाँ अवलोकनकर्ताहरुको दैनिक जसो भिड लागेका छन् ।

पुरा पढ्नुहोस् »

नयाँ शक्तिलाई ७ प्रश्न

नयाँ शक्तिको नाममा पुराना र आफ्नो क्षेत्रमा असफल साबित भएकाहरुलाई अग्रमोर्चामा राखेर सार्वजनिक गरेपछि लामो समय चर्चामा रहेको बाबुराम भट्टराईको नयाँ शक्ति नयाँ लेबलमा पुरानै रक्सी रहेको आम टिप्पणी सुनिन थालेको छ। आम जनताको सार्वजनिक मञ्चका रुपमा रहेका चिया अनि भट्टी पसलहरुमा बाबुरामको नयाँ शक्तिले खासै मानिसहरुलाई आकषिर्त गर्न सकेको छैन। तर पनि केही सिमित मिडियाले भने उनलाई अझै नेपालमा विकासको मुल फुटाउन सक्ने र्'इन्द्रका बाउ चन्द्र'का रुपमा नै चित्रण गर्न भने छोडेका छैनन्। माओवादीमा रहँदै देखी बाबुराम भट्टराईको भारत सम्बन्ध आम मानिसमा चासोको विषय रहँदै आएको छ। त्यसो त भट्टराईकी श्रीमती हिशिला यमीको आर्थिक हैसियत र उनी जोडिएको भ्रष्ट्राचारको विषयले पनि उनको राजनीतिक छविलाई धुमिल पारेको छँदैछ। आम मानिसले आशा गरेको व्यक्तिका रुपमा उदाएका बाबुराम भट्टराईलाई लोकप्रियताको शिखरबाट ओर्लन खासै समय लागेन। यद्यपी राजनीतिको खुला बजारमा नयाँ दोकान खोल्न खोजेका उनलाई उनले बिगतमा गरेका काम, निर्णय र बाचाका बारेमा जनतालाई जवाफ नदिएसम्म नयाँ शक्तिको दोकान चलाउन भने मुस्किलै हुनेछ। नयाँ शक्तिका रुपमा उदाउन खोजेका बाबुरामसँग जनताले जवाफ पनि खोजेका छन् जुन सामाजिक सञ्जाल र मिडियामा पनि सार्वजनिक भइ नै रहेका छन्। यसै क्रममा अमेरिकाको मासाचुसेटसमा बस्ने नेपाली उद्यमी रुद्र पाण्डे (पाण्डेका बारेमा यहाँबाट जान्नुहोस्) ले सामाजिक सञ्जाल फेसबुक मार्फत नयाँ शक्ति र बाबुराम भट्टराईलाई सात प्रश्न राखेका छन् जसको जवाफबाट मात्र आर्थिक पारदर्शिता, सुशासन, विधिको पालना लगायत उनको राजनीतिक भविष्यको आँकलन गर्न सकिन्छ। उनका प्रश्नहरु यस्ता छन्।

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीका हाँसो लाग्दा २७ उखान टुक्का

तार्किक र हस्यौली उखान टुक्का भन्न खप्पिस छन् प्रधानमन्त्री केपी शर्मा ओली । त्यसो त प्रधानमन्त्री ओलीको टुक्काले कयौ पटक बिपक्षीहरु चिधिएका छन् भने कतिपयले प्रतिबाद पनि गरेका छन् । आखिर जे जसो भए पनि उनका टुक्काहरुले भाषणलाई चोटिला बनाउने गरेका छन् । स्रोता दर्शकलाई मनोरञ्जन दिने गरेका छन् । हेरौ प्रधानमन्त्री ओलीका २७ उखान टुक्का जुन पढेर जस्तो सुकै कठोर मानिस पनि पेट मिचिमिची हाँस्न बाध्य हुन्छन ।

पुरा पढ्नुहोस् »

जोसमा होस् गुमाएका १५ नेपाली हिरोइन

जवानीमा जोसलाई राम्ररी सदुपयोग गर्न सके जीवन बन्छ तर सम्हालिएर काबुमा राख्न नसक्दा जीवनभर दाग लाग्ने मात्र होइन पल पल तड्पिरहन बाध्य हुन्छ । अझ सेलेब्रेटीहरुले त झन निकै सतर्कता अपनाउनु पर्ने हुन्छ । सानो तिनो हेलचेक्र्याइँ पनि सेलिब्रेटीहरुको जीवनमा ठूलो महत्व राख्छ । त्यसैले त भनिन्छ 'नाम कमाउन जति गाह्रो हुन्छ बद्नाम हुन् त्यो भन्दा कयौ गुणा सजिलो हुन्छ ।' प्रसंग हो नेपाली हिरोइनहरुको चर्चामा आउने स्टाइलको । चर्चामा आउनैका लागि अंग प्रदर्शन त सामान्य भैहाल्यो । यसका अलावा कोही पुरुषलाई बलात्कार गर्छिन त कोही शिशुलाई दुध चुसाउछिन् । टंङ् किस, बेड सिन, छाडा डाइलग त सामान्य झैँ लाग्छन उनीहरुलाई । हामीले यहाँ १५ नेपाली हिरोइनहरुको जानकारी पस्किने जमर्को गरेका छौ जो कुनै बेला ह्वात्तै तातेर अहिले स्वात्तै सेलाएका छन् । जो अचेल गुगलमा मात्र भेटिन्छ भन्दा फरक पर्दैन ।

पुरा पढ्नुहोस् »

यस्ता ५ बानी गर्छ हानी

सफलताको साँचो हो बानी र ब्यबहार । तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुरा तपाईँको व्यवहारले देखाउँदछ । तपाईँको बानीले तपाईँको स्वभाव झल्काउँदछ । बानी सफलताको साँचो मात्र होइन असफलताको आधार पनि हो तसर्थ केही यस्ता बानीहरु छन् जुन हामीले त्याग्नु पर्छ तब मात्र सफलता हात लाग्छ । यदि तपाईको पनि यस्तो बानी छ भने त्यागी हाल्नुहोस ।

पुरा पढ्नुहोस् »

बायोडाटा बनाउदा धेरैले गर्ने ५ गल्ती

बायोडाटाले नै जागिर पाउने/नपाउने सम्भाबनाको निर्क्यौल गर्छ । तसर्थ यो एकदमै महत्वपूर्ण प्राथमिक कागजात हो । तर यति धेरै महत्वपुर्ण डकुमेन्ट बनाउन पनि हामी हेलचेक्राइ गर्छौ । जसले गर्दा हातमा आएको जागिर समेत गुम्ने गर्छ । हेर्दा सानोतिनो लाग्ने यस्ता गल्तीहरुले ठूलो अर्थ राख्छ अर्थात यो ठूलो गल्ती हो । झट्ट हेर्दा खासै ठूलो गल्ति नभए पनि यस्ता गल्तिहरुको असर भने ठूलो हुन्छ । त्यसैले बायोडाटा कहिँ पेश गर्नुभन्दा पहिला राम्रोसंग हेर्नु पर्छ । आउनुहोस जानौं हामीले बायोडाटामा गर्ने गरेका केही गल्तीहरु । धेरैले यस्ता गल्ती गरे पनि तपाइचाहिँ नगर्नुस् तब मात्र जागिर पक्का हुन्छ ।

पुरा पढ्नुहोस् »

छोरा चाहियो कि छोरी ? सम्भोगअघि यी कुरा ख्याल गरौँ

सेक्स केवल सन्तुष्टिका लागि मात्र होइन सन्तानोत्पादन अर्थात बंश विस्तारका लागि पनि हो । त्यसो त हाम्रो जस्तो पूर्वीय समाजमा छोरी को भन्दा छोराको महत्व अधिक मानिन्छ । यसै कारण पनि कतिपय दम्पत्ति छोराकै लागि मतिहत्ते गर्छन र दर्जनौ छोरी जन्मिदा पनि थाक्दैनन् । छोरा र छोरी जन्मिनुलाई बिज्ञानले आफ्नै कोणबाट विश्लेषण गरिएको छ । तर पनि धर्मशास्त्रहरुमा कुन कुन दिन सम्भोग गर्दा छोरा र छोरी जन्मिन्छ भन्ने केही भनाईहरु रहेका छन् । पढ्नुहोस् ज्योतिषशास्त्रका अनुसार छोरा पाउन र छोरी पाउन कुन कुन दिन सम्भोग गर्ने .....

पुरा पढ्नुहोस् »

जान्नुहोस् महिलाका ९ अनौठा कुरा

तपाइँले तपाइँको गर्लफ्रेण्ड वा श्रीमतीलाई राम्रोसँग चिन्नु नै भएको छैन भनेर कसैले भन्यो भने तपाइँ हामी जो कोही पनि त्यो मानिससँग झगडा गर्न तम्सन्छौं। तर साँच्ची के हामीले हाम्रा श्रीमती, गर्लफ्रेण्ड वा साथी जो महिला छन् उनीहरुलाई भित्रै देखी चिनेका जानेका छौं त? यो यतिखेरको अहम सबाल हो। हामीले जत्ति नै चिनेको नजिकको भने तापनि महिलालाई चिनेका छैनौं। यहाँ चिन्ने भन्न खोजेको हो स्वभाव, प्रवृत्ति अनि आनिबानीको कुरा। प्रकृतिले नै मानिसमा भेद गरेको छ महिला र पुरुषका सोच्ने शैली देखी आनिबानी जन्मँदा देखी नै फरक खालको भएर आएको हुन्छ। नारी अधिकार भनेर एनजिओ आइएनजिओको पैसामा र्सार्वजनिक मञ्चमा जत्ति नै कुर्लिए पनि महिला अधिकारवादी महिलाहरुको स्वभाव पनि उही हो भलै उनीहरु बाहिर नदेखिओस भनेर धेरै नै अभिनय गर्दछन्। आखिर दामको सबाल जो छ। तर पनि महिलामा पुरुषले हेर्दा र महशुस गर्दा यस्ता अनेकौं चाखलाग्दो र अनौठो स्वभाव हुन्छ त्यसको बयान सामान्य मानिसले गर्न पनि सक्दैन। लामो समय देखी महिलाका बारेमा यस्ता अनौठा प्रसंगका बारेमा चर्चा हुँदै आएको छ। महिलाहरु बुझी नसक्नुका हुन्छन । मुख हेरेर चिन्नु त असम्भब भैहाल्यो जिन्दगी भर संगै बिताएकाले पनि महिलाका बारेमा सबै कुरा जान्न बुझ्न सक्दैनन् । त्यसो त कतिपय पुरुष साहित्यकारले महिलालाई कहिल्यै पनि चिन्न नसकिने ब्यक्तित्वको रुपमा अर्थ्याएका छन् । एक साहित्यकारले त ‘वुमन इज फरेनल्याण्ड’ अर्थात महिला भनेको विदेशी भूमी हो समेत भनेका छन् । हामीले यहाँ महिलाको बारेमा लामो अनुसन्धानपछि पत्ता लागेका ९ चाखलाग्दो तथ्यहरु प्रस्तुत गरेका छौ ।

पुरा पढ्नुहोस् »

यी हुन कानुनले छुन नसकेका ५ डन

अस्थिर राजनीतिक अबस्था र नेताहरुको सत्ता मोहका कारण मुलुकमा मनोमानी बढ्दो छ । यसैले पनि नेतृत्व तहमा पुगेकाहरुमा समेत 'डनमोह' बढेको छ । चरी मर्दा होस् अथवा कुमार घैटे मर्दा नेताहरुले देखाएको प्रिबृति नै यसका ज्वलन्त उदाहरण हुन् । यसैकारण पनि डन भनिएकहरुको मनोबल झन झन झाँगिदो छ । र अपराध मौलाउदै गएका छन । सम्पति शुद्धीकरण विभागले ०७० साल जेठ ५ गते ‘डन’ भनेर चिनिएका पाँचजना गुण्डा नाइके विरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दा अहिलेसम्म गुपचुप अवस्थामै छ । सम्पत्ति शुद्धीकरणको छानविनमा परेका पाँचैजना अभियुक्तहरु धरौटी बुझाएर बाहिर निस्कएको दुई वर्षभन्दा बढी भैसक्यो । तर, राजनीतिक नेताहरुको हात टाउकोमा भएका यी डनहरुलाई न त प्रहरीले केही गर्न सकेको छ न त अदालतले नै। दुर्इ वर्ष देखी यी डन ज्वाइँ बनेर बसिरहेका छन्। उनीहरुको मुद्दाको टुंगो अहिलेसम्म लाग्न सकेको छैन । को को हुन् त ति डनहरु ? पढ्नुहोस्...

पुरा पढ्नुहोस् »

पत्ता लगाउनुस् तपाईको यो पहिलो जन्म कि पुनर्जन्म?

''केवल अनौठा यादहरु आउनाले मात्र पुर्वजन्मको संकेत गरेको भनेर भन्न सकिन्न। तर यो एउटा संकेत भने हो । कयौं पटक बच्चाहरुले अनौठा यादहरु सम्झेका घटनाहरु पाइएको छ। सामान्यरुपमा बच्चाहरु पुराना समयका घटनाहरु बढि याद गर्ने सक्ने हुन्छन। सुन्दा काल्पनिक लाग्ने त्यस्ता स्मृतिहरु बिस्तारमा सुन्दा सत्य नै सावित भएका छन् । बालकपनको बेला पुर्वजन्मका यादहरु बढी ताजा हुने गर्दछ। जति धेरै पुर्वजन्म थिए, त्यति नै त्यस्ता यादहरु बढी सम्झन्न खोज्छ मस्तिष्कले ।'' पुनर्जन्मका बारेमा धेरैले सुनेको हुनुपर्छ । कतिपयलाई यसको बिश्वास लाग्ला त कतिलाई नलाग्ला । तर जे सुकै भए पनि हरेकलाई लाग्छ कि आफ्नो यो जन्म पहिलो कि पहिले पनि मान्छे नै भएर जन्मेको थिएँ । हामीले यहाँ केहि टिप्सहरु संकलन गरेका छौ जसले तपाईको यो जन्म पहिलो हो कि पुनर्जन्म हो भन्ने बारेमा अनुमान गर्न सकिन्छ ।

पुरा पढ्नुहोस् »

काठमाडौँमा धेरैले सुन्ने १० ‘न्युज’ रेडियो

कुनै बेला संचारमाध्यमहरु मध्ये सर्वाधिक लोकप्रिय रेडियो/एफएम पछिल्लो समय अनलाइनहरुको बिकाससंगै केही मात्रामा खुम्चिएको आभास हुन् थालेका छन् । त्यसो त अझै पनि रेडियोहरु खुल्ने क्रम भने जारी नै छ । औषत भन्दा पनि मनोरोंजन र समाचारमुलक रेडियोहरु स्रोताहरु माझ बढी लोकप्रिय छन् । त्यसो त पछिल्लो समय अनलाइन रेडियोहरुको विकास पनि तिब्र गतिमा भैरहेका छन् । यसले पनि रेडियोहरुको क्रेज बढ्दो क्रममा रहेको संकेत दिन्छ । हामीले यहाँ स्रोताहरुको रोजाई र अनुभावमा आधारित भएर राजधानी आसपास सबै भन्दा धेरै सुनिने 'टप टेन' 'न्युज रेडियो' हरु प्रस्तुत गरेका छौ । पढ्नुहोस कुन कुन हुन् त समाचारका लागि सर्वाधिक सुनिने रेडियो हरु....

पुरा पढ्नुहोस् »

भिडियोमा हेर्नुस, यसरी बस्दैछन् मंगल ग्रहमा मानिस

मंगल, ज्योतिषिय दृष्टिले शुभ मानिने यो ग्रहले तपाइँ हामीलाई मंगल गरे पनि नगरेपनि वैज्ञानिकहरुले चाहिँ यो ग्रहलाई मंगलगर्ने भएका छन्। त्यो पनि मानिसको वस्ती बसाएर। अमेरिकी नेतृत्वमा चलिरहेको अन्तरिक्ष अभियानले अब पृथ्वी भन्दा बाहिर मानववस्ती विस्तारको सपना देख्न थालेको छ। पछिल्लो समयका मंगल अभियानले यो ग्रहमा मानिस बाँच्न सक्ने देखाएपछि यतिखेर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ध्यान मंगलमा मानिसको बस्ती बसाउने छ। त्यसका लागि जुटिरहेको अन्तरिक्ष अभियानले आगामी १० देखी १५ वर्षा मंगल ग्रहमा मानिसको वस्ती बसाउने पक्का छ। यतिखेर मंगल ग्रहमा मानिसको वस्ती बस्ने कुरालाई ठोकुवा गरेर भन्न सकिने अवस्था भएपनि १० वर्षा अन्तरिक्ष अभियानले कस्तो गति लिन्छ भन्ने अनुमान गर्न भने मुस्किल छ। मंगल ग्रहमा मानिसको वस्ती बसाउने भन्दै नासाले अन्तरिक्ष यान देखी पृथ्वी देखी मंगलग्रह सम्मको यात्रा, खानपान र उर्जाको व्यवस्थापनका लागि तयारी गरिरहेको छ। त्यसै क्रममा नासाले एनिमेटेड भिडियो तयार पारेर वैज्ञानिकहरुले कसरी मंगल ग्रहमा जाने र मानिसको बसोबासका लागि आवश्यक सामग्रीहरुको उपलब्धताको व्यवस्थापन गर्ने योजना बनाएका छन् त्यसलाई सार्वजनिक गरेको छ। मंगलग्रहमा मानिसको आवागमनका लागि अनौठो खालको सवारी साधनको डिजाइन गरिएको छ। आधुनिक प्रविधिले सुसज्जित यस्ता सवारीहरुले मंगलमा पनि पृथ्वीकै जस्तो भान गराउने छन्। अहिलेको परिस्थिती र अनुमान अनुसार मंगल ग्रहमा जान र फर्कनका लागि मानिसलाई तीन वर्षको समय लाग्छ। यसलाई घटाउने गरि द्रूत गतिको अन्तरिक्ष यान निर्माणको लागि अध्ययन पनि जारी नै रहेको छ भने नासा र विश्वभरका अन्तरिक्ष वैज्ञानिकहरुले सन् २०३० सम्ममा मंगलग्रहमा मानिसलाई बसाउन सकिने आशा राखेका छन्।

पुरा पढ्नुहोस् »

यस्ता ७८ सपना हुन्छन् खतरनाक

रुढीवादी, सपना र त्यसले पार्ने प्रभावका बारेमा सोध्ने वा सुनाउनेलाई सबैभन्दा पहिले दिने तथा पाउने जवाफ यही हो। मानिस जतिसुकै आधुनिक भएको स्वांग पारोस् उसले आफूलाई सपनाको संसार भन्दा पर राख्न सक्दैन। सपनाको छुट्टै संसार छ, जहाँ हाम्रो अवचेतन मनले हामीलाई निन्द्राको समयमा लैजान्छ। मानिसका सबैजसो अंग र प्रणाली सुसुप्त अवस्थामा रहेको समयमा सपना देखिने भएकाले कतिपयलाई यो भ्रम जस्तो पनि लाग्न सक्छ। त्यसैले धेरैले सपनाको कुरालाई भ्रम वा अन्धविश्वास भनेर टार्ने गरेको पनि पाइन्छ। तर लामो समय देखी हाम्रो समाज र परम्पराले सपनालाई एउटा महत्वको पक्षका रुपमा स्वीकारेको छ। सपनाको भाषा सांकेतिक हुन्छ र त्यसले दिने फल पनि सांकेतिक नै हुन्छ। त्यसैले त प्राचिन कालमा राजा महाराजाहरुले सपनाको अर्थ पत्ता लगाउनका लागि पण्डित एवं स्वप्न विशेषज्ञहरु राखेका हुन्थे। जतिखेर मानिसको सबै इन्द्रिय पनि काम गरिरहेका हुँदैनन त्यतिखेर हुने अनुभव हो सपना। जसले जिवनको नै संकेत गरिरहेको हुन्छ। त्यसैले सपनालाई वेवास्ता पनि नगर्नुहोस्, यसले भूत, भविष्य र वर्तमानको जानकारी दिएको हुन्छ। यहाँ यस्ता ७८ सपनाको फलको चर्चा गरिएको छ, जसले तपाइँको जिवनमा संकट, समस्या, फसाद र खतराको संकेत गरेका हुन्छन्।

पुरा पढ्नुहोस् »

जाडोमा तताउने गरमागरम सेक्स शैली

जाडो दिनानुदिन बढ्दो छ । जाडोयाममा सेक्सका लागि मतिहत्ते हुनु स्वभाबिक हो । किनकी जाडो भगाउने ओखती हो सेक्स । तर स्मरणीय कुरा के पनि हो भने केही टिप्सहरु ख्याल गर्न सकेको खण्डमा थप गरमागरम सन्तुष्टि प्राप्त गर्न सकिन्छ । पार्टनरसँग टाँसिएर बस्नु, चुम्बन गर्नु त्योभन्दा पनि अघि बढ्नुको आनन्दै बेग्लै । यो चिसोमा तपाईको यौन जीवनका लागि हामीले यहाँ केही उपाय दिएका छौ । जसको प्रयोगबाट तपाईले अझ आनन्द महशुस गर्नुहुनेछ । सेक्सका लागि तयार हुनु भनेको कपडाबाट टाडा हुनु हो।तर, पुस माघको यो चिसोमा कपडा खोल्नु आफैमा कुनै यातना भन्दा कम नहोला । यस्तो अवस्थामा तपाई पार्टनरलाई यौनप्रति रुची बढाउने प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ

पुरा पढ्नुहोस् »

सपनाको संकेत, हेर्नुस १७३ सपनाले यस्ता फल दिन्छन्

भनिन्छ सपना त्यो हो जसले निदाउन दिँदैन। तर कमै मात्र मानिससँग यसखालको सपना देख्नसक्ने क्षमता हुन्छ। तर आम मानिसले भने निदाउँदा मात्र सपना देख्छन्। हामी सबै आम मानिसहरु मध्यरातमा अनेकन सपनाहरु देख्छौं कतिपय भयानक हुन्छन् र झस्केर बिउँझन्छौं भने कतिपयले आनन्द पनि दिन्छन्। भनिन्छ सपनामा मानिसले विपनामा गर्न नसकेको कुराहरु देख्छन् अनि सपनाले विपनाका कुराहरुको संकेत पनि गरेको हुन्छ। हाम्रो सांस्कृतिक मान्यताले पनि सपनालाई विशेष महत्व दिएको छ। त्यसैले संस्कृतमा विशिष्ट ग्रन्थ स्वप्नविचार प्रकाशित पाइन्छ। त्यसैको आधारमा यहाँ १७३ सपनाको फलको उल्लेख गरिएको छ।

पुरा पढ्नुहोस् »

सेक्सलाइफ सक्सेसफूल बनाउने १० सूत्र

सम्बन्ध सपार्ने र चकनाचुर पार्ने ओखति हो- सेक्स । यसको सहि सदुपयोगले जीवन नै उमंगमय बन्छ तर यसका केही टिप्सहरु थाहा नपाउदा जीवन नै निराशमा बदलि दिन्छ । सेक्स असन्तुष्टिकै कारण धेरै जसो दम्पती सम्बन्ध बिच्छेद गर्छन तर बिबिध कारणबश उनीहरु अदालतमा अनेक बहाना बनाउने गरेको सर्वेक्षणहरुले देखाएको छ ।

पुरा पढ्नुहोस् »

अफिसमा नगर्नुस् यस्ता ९ कुरा

अफिस अर्थात जीवन जिउने माध्यम । अझ भनौ आफ्नो खुबी र क्षमता प्रस्तुत गर्ने थलो । त्यसकारण पनि जुनसुकै अफिस होस् कुनै हेलचेक्राइ तथा मनपरी गर्नु हुन्न जसले तपाइको जीवनमै नकरात्मक छाप पर्न सक्छ । अफिसमा जागिर जोगाउन तिकडम गर्ने कर्मचारीदेखि आफ्नो क्षमता प्रस्तुत गर्ने कर्मचारीसम्म हुन्छन । साथै हुकार गर्ने हाकिमदेखि पारिवारिक मनोभाव जगाउने हाकिमसम्म पनि हुन्छन । अफिस कसरी चलाउने भन्ने भन्ने कुरा अफिसका ब्यबस्थापकमा निर्भर हुन्छ जव ब्यबस्थापन चुक्छ तब अफिस लथालिङ्ग र मनपरी बढ्न जान्छ । यसको प्रत्यक्ष असर नतिजामा पर्छ । हामीले यहाँ अन्जानमा अथवा जानीजानी बिभिन्न स्वार्थ राखेर कर्मचारीहरुले गर्ने बिभिन्न ९ गल्ती/ कमजोरी प्रस्तुत गरेका छौ । जुन जो कसैले पनि कार्यालयमा कहिल्यै गर्न हुदैन । यसले तपाईको व्यक्तिगत जीवनमै नकारात्मक असर पार्न सक्छ ।

पुरा पढ्नुहोस् »

थाहा पाउनै पर्ने पृथ्वीनारायणका १० दिब्य उपदेश

आज राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरणमा आज देश तथा विदेशमा बिबिध कार्यक्रमका साथ यो दिवस मनाइदै छ । राजा पृथ्वीनारायण शाहले उपत्यका लगायत बाइसी चौबिसी राज्य जितेर नेपाल एकीकरण गरेका थिए । नरभूपालशाह र रानी कौशल्यावतीको दाम्पत्यबाट गर्भ रहेको सात महिनामा नै जन्मेका पृथ्वीनारायणको लालनपालन, रेखदेख र शिक्षा दीक्षा भने जेठी महारानी चन्द्रप्रभादेवीबाट भएको हो । बीस वर्षे युवा अवस्थामा पृथ्वीनारायण गोरखा राज्यको गद्दीमा बसेका थिए । राजा भएलगत्तै नेपालको एकीकरणको महाअभियानमा होमिए पनि यसरी सतत् रूपमा युद्ध र संघर्ष गरेका उनी बाउन्न वर्षको उमेरमा जीर्णकायका भए । यसबेलासम्म पूर्वमा पल्लो किराँतसम्मका पहाडी भू-भागका साथै गण्डकी नदीदेखि कनकाइनदीसम्मका तराई क्षेत्र पनि एकीकरणको दायराभित्र आइसकेका थिए। कीर्तिपुरको युद्धमा उनी आफै पनि झण्डै मारिएका थिए । उनले जीवनको अन्तिम क्षणमा आफ्ना दरबारिया तथा जनताका नाममा भाइभारदारहरूलाई जम्मा गरी सुनाएका कुराहरु नै दिब्य उपदेश हुन् । यो उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छ । दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा रास्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् । पढ्नुहोस् उनका १० अति महत्वपूर्ण दिब्य उपदेश र उनका बारेका ८ रोचक कुरा

पुरा पढ्नुहोस् »

‘नो पाइन्ट डे’ भन्दै केटीहरुले धमाधाम पाइन्ट फुकालेपछि…

कि रेखाको चल्छ कि देखाको चल्छ भनेर नांगिनको लागि तयार भएको अभिव्यक्ति धेरै नयाँ तथा स्थापित मोडल र नायिकाले सार्वजनिक मञ्चमा भन्दै आएका छन्। जे होस् नेपालमा नांगिन छुट छ, मोडलिङ र कलाकारिताको नाममा। नग्न सभ्यताले यतिखेर बालखैकालमा पोर्न खेल्छु भन्दै नांगो फोटो फेसबुकमा अपलोड गर्ने अर्चना पनेरुलाई समेत सेलीब्रेटी बनाएको छ नेपालमा। नेपालका दुर्इ ठूला दैनिक त शुक्रबारे पत्रिका नै निकालेर प्रतिस्पर्धामा उत्रिएका छन्। शुक्रबार बजारमा निस्कने पत्रिकामा पढ्ने सामग्री भन्दा पनि नांगा फोटा प्रकाशन गरेर कलिलै उमेरका केटाकेटीलाई मानसिक रुपमा यौन र यौनिक अपराधका लागि उत्साहित गर्ने सामग्री मात्र पस्किइएको हुन्छ। विकसित देशका केही मानिसहरु अभियानको रुपमा नग्नतालाई सामाजिक अभ्यासको लागि लिएर अगाडी बढिरहेका हुन्छन्। त्यस्तै अभियानको रुपमा विश्वका धेरै देशमा 'नो पाइन्ट डे' अनि 'नो स्कर्ट डे'का रुपमा मनाउन थालिएको छ। हरेक वर्ष जनवरीमा मनाइने यो दिन शहरका विभिन्न रेल स्टेशनमा युवा युवतीहरु पाइन्ट तथा स्कर्ट नलगाइ कट्टुमा मात्र अफिस वा काममा गइरहेका हुन्छन् हेर्नुस भिडियोमा

पुरा पढ्नुहोस् »
Loading...