हालसालै अपडेट भएका

युवतीको यौन चाहना थाहा पाउने ५ संकेत

महिला र पुरुषको सम्बन्ध सामाजिक रुपमा बिहेले बाँधिदिन्छ भने जैविक रुपमा यौनले। त्यसैले यौन सम्बन्ध नै नारी पुरुष बीचको 'बोण्ड'हो जसले दुर्इलाई एक बनाएर राख्छ। र यसको अभावमा समाजले बाँधिदिएको सम्बन्धले कुनै महत्व राख्दैन। यो हामीले देख्दै भोग्दै आएको सत्य पनि हो। यौन चाहना मौखिक रुपमा भन्ने कुरा होइन । अझ पूर्वीय संस्कारमा हुर्केका नेपालीका लागी यो त झन आपसी समझमा आधारित गहन कुरा हो । आफ्नो पार्टनरसँग यौन चाहना ब्यक्त गर्दा नराम्रो सोच्ने हुन् कि भन्ने सबैलाई लाग्छ । त्यसो त यौन प्रस्ताब अथवा यौन चाहना मुखले भनेर भन्दा पनि हाउभाउ र लक्षणबाट बुझेर अघि बढ्नुको मज्जा नै बेग्लै हुन्छ । स्मरणीय कुरा के पनि हो भने आफ्नो पार्टनरको हाउभाउले यौन चाहना बुझ्न नसक्दा स्वर्गीय आनन्दबाट बन्चित हुने मात्रै होइन सम्बन्ध नै चट हुन् पनि सक्छ तसर्थ पनि आफ्नो पार्टनरको शारीरिक तथा भावनात्मक हाउभाउले उनको यौन चाहन बुझेर आफुले पनि सोही अनुसार हाउभाउ देखाएर यौन सम्बन्धमा अघि बढ्नु उत्तम हुन्छ । अर्को कुरा के पनि हो भने यौनको मामलामा पुरुष भन्दा महिलाहरु अलि बढी गुमनाम हुन् चाहन्छन । महिलाहरु भित्रभित्रै जलेर असिनपसिन हुँदा पनि मौखिक रुपमा यौन प्रस्ताब स्विकार गर्दैनन् भने प्रस्ताब राख्ने त परको कुरा भै हाल्यो । त्यसैले पनि महिलाको यौन चाहना हाउभाउबाटै बुझ्न जरुरी छ । यौन चाहना भएर भित्रै देखि उकुसमुकुस भएपछि महिलाहरुको शारीरिक ब्यबहार तथा हाउभाउमा केही लक्षण देखा पर्छन त्यसलाई पक्रिन सक्नु नै सक्षम पुरुषको योग्यता हो । आखिर के के हुन् त यौन चाहनाले जलेकी महिलाले देखाउने ५ ब्यबहार ? पढ्नुहोस्...

पुरा पढ्नुहोस् »

शुभेच्छाको शरिरका गोप्य ४ रहस्य

जाडो मौसममा गरिएको फोटोसुटमा सुभेच्छाका शरिरमा जाडोले काँडा उम्रेको स्पष्ट देखिन्छ भने उनले काखीको रौं समेत राम्ररी नहटाएको देखिन्छ। उनको यतिखेरको विवादित फोटोसुटले उनको कमजोर प्रस्तुती र शैलीलाई मात्र देखाएको छैन। उनको शरिरका ४ गोप्यतालाई भंग गरेको छ। उनको शरिरका ४ गोप्य राज यस्ता छन्।

पुरा पढ्नुहोस् »

महिलाबाट पुरुषले खोज्ने ७ कुरा

महिला र पुरुषको सम्बन्धमा पुरुष जहिले पनि माथि हुन्छ। यो मानव सभ्यताले नै स्थापित गरेको कुरा हो। जहिले र जुन समाजमा पनि पुरुष महिलाबाट आशा राख्ने स्वभावको हुन्छ। एक खालको शासकवृत्ति हुन्छ पुरुषमा। त्यसैले पनि अधिकांश समाज र परिवार पुरुष प्रधान नै रहेका छन्।

पुरा पढ्नुहोस् »

कसरी भन्ने ‘आइ लभ यु’ ? यसो गर्नुस्

प्रेम अभिव्यक्त गर्ने एउटा उत्तम तरिका हो 'आइ लभ यु' भन्ने । प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात 'म तिमीलाई प्रेम गर्छु' भनेर भनिदै आएता पनि यो तरिका मात्र सबैथोक भने होइन । यो वाक्य यतिधेरै गहन छ कि जुन धेरैका लागि महाभारी हुने गर्छ । आफुले भित्रै देखि मन पराउदा पनि आफ्नो प्रियसीले के भन्ने हुन् भनेर 'आइ लभ यु' भन्न सकिरहेका हुदैनन् । यदि तपाईलाई यस्तै

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले क-कसलाई बाँडे २ महिनामा २ करोड चन्दा ? (नामावलीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले २ महिना भित्रमा करिब २ करोड रुपैया राष्ट्रिय ढुकुटीबाट रित्याएका छन् । ओलीले बिभिन्न व्यक्तिहरुलाई ढुकुटीबाट जथाभाबी रकम बाडेको खुलासा भएको हो । यी हुन् प्रधानमन्त्रीबाट रकम पाउने भाग्यमानीहरु...

पुरा पढ्नुहोस् »

लभ पर्दा जानै पर्ने काठमाडौंका १० ठाउँ

'पिरती आफै हुँदो रहेछ...' भन्ने गीत पनि पुरानो भयो बाउबाजेको पालाको जस्तो। यतिखेर पिरती हुनको लागि पनि धेरै रिक्वायरमेन्ट पुरा गर्नुपर्छ। पैसा, पढाइ अनि करिअर सबैको समावेसी स्वरुप नदेखिइकन अनुभव हुने माया होइन दुर्इ दिनको घामछायाँ मात्र हो।

पुरा पढ्नुहोस् »

योनीका अनौठा १० कुरा

मानिस आफैमा रहस्यले भरिएको प्राणि हो। त्यसमा पनि नारीलाई त भगवानले पनि बुझ्न सक्दैन भनेर भनिएको छ। गर्ल फ्रेण्ड, साथी वा श्रीमती भएकाहरुले यसको भेउ पक्कै पाउनु भएकै छ। नारीको स्वभाव मात्र होइन शरिर पनि रहस्यले भरिएको छ। विशेष गरेर पुरुषहरुका लागि नारीका संवेदनशिल र गोप्य अंगहरु रहस्यमयी र चासोपूर्ण रहन्छन्।

पुरा पढ्नुहोस् »

यो सूची हेरेर लाइन बस्यो भने पेट्रोल पक्का

नेपाल आयल निगमले निजी कार, जीपलाई बुधबारदेखि लटका आधारमा पेट्रोल बाँड्ने भएको छ । काठमाडौं उपत्यकाका ५३ वटा पेट्रोल पम्पबाट पेट्रोल वितरण गर्ने तयारी अनुसार निगमले पेट्रोल पम्पको नामावली सार्वजनिक गरेको छ ।

पुरा पढ्नुहोस् »

यसरी पार्दैछ सरकारले तपाइँको घर झिलिमिली

हावाबाट बिजुली निकालेर भएपनि आघौं सम्म नेपालबाट लोडसेडिङ अन्त्य गर्ने दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नयाँ तरिकाले तपाइँ हाम्रो घरमा झिलिमिली ल्याउने भएको छ। त्यसको सूचना आजका प्रमुख दैनिक पत्रिकामा विद्युत प्राधिकरणले प्रकाशन गरेको छ।

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीका ४ कमजोरी

प्रधानमन्त्री केपी शर्मा ओली, देशले पाएको अर्को रोगी नेतृत्व हो। गिरिजाप्रसादबाट सुरु भएको रोगले थलिएका र समकालिन समाजको सोचाइको दायरा भन्दा निक्कै पर पुगेका व्यक्तिहरु सत्ता सञ्चालनमा पुग्ने क्रमको निरन्तरतामा शुसिल कोइराला पछिको पालोमा परे उनी। हुन त राजनीतिमा शारिरीक भन्दा पनि मानसिक र्इच्छा शक्ति र निर्णय क्षमता महत्वपूर्ण हुन्छ। तर र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्। यति सम्म कि उनको कुरा र काममा कुनै संगती पाउन सकिन्न।

पुरा पढ्नुहोस् »

किसका १३ प्रकार, आज कस्तो गर्ने?

चुम्बन, म्वाइँ अनि किस। माया जनाउनका लागि प्रेमी प्रेमीकाले एक अर्कालाई गर्ने मायालु स्पर्श हो यो। यसले सम्बन्धमा मसला मिलाउँछ अनि मायाको आभाष दिलाउँछ।धेरैलाई लाग्छ प्रेमिका या श्रीमतीलाई चुम्बन गर्न म जान्दछु। तर धेरै पुरुष तथा महिलालाई चुम्बन गर्न नै आउँदैन। जसका कारण उनीहरु प्रेम अनि सम्बन्धको मजा लिनबाट चुकिरहेका हुन्छन्।

पुरा पढ्नुहोस् »

१० हजार, बल्ल बाँढ्दैछ सरकार

भूकम्प गएको जुग हुन लागिसक्यो। तपाइँलाई लाग्ला छ महिना पनि भएको छैन? न्यायो चोटाकोठा अनि रेस्टुरेन्टमा बसेर दिन गन्न सजिलो छ। तर भूकम्पको चपेटामा परेर घरबार अनि परिवार गुमाएकाका लागि यी महिनाहरु एउटा मात्र नभएर दुर्इ चार जुग नै भइसक्यो। भूकम्पबाट बाँचेको ज्यानलाई जाडोले बिताउला जस्तो भइसकेको छ। पुसको मध्य तिर आएर सरकारले बल्ल राहतको तयारी गरेको छ। त्यो पनि १० हजार मात्र। त्यसमा पनि कर्मचारी, राजनीतिक दलका कार्यकर्ताको हातबाट जोगिएर बास्तविक पीडितको हातमा कति पुग्ने हो कुनै यकिन छैन।

पुरा पढ्नुहोस् »

यी हुन् सुनको कार र जहाजका मालिक

सुनको गहना बनाउन नै कति गाह्रो छ, सुनको कार र जहाज किन्ने चढ्ने कुरा त सपनामा पनि देख्न सकिन्न। आम मानिसको कुरा हो यो। तर विश्वका धनाढ्यहरुमा केही यस्ता छन् जो सुनको कार र जहाज किनेर पृथ्वीलाई नै र्स्वर्ग बनाएका छन्

पुरा पढ्नुहोस् »

यी हुन् राम्रो सेल्फी खिच्ने १० मोबाइल

सेल्फीको क्रेजसँगै मोबाइल फोन निर्माताहरुले पनि मोबाइलको फ्रन्ट क्यामेराको गुणस्तरमा सुधार गरेका छन् ताकि मानिसहरुले राम्रो सेल्फी लिन सकुन। यतिखेर बजारमा उपलब्ध १० यस्ता मोबाइल फोन छन् जसले उत्कृष्ठ सेल्फी खिच्न सक्छन्।

पुरा पढ्नुहोस् »

ब्लिच हालेपछि कोकाकोला भयो सेतो

कोकाकोला, यसका बारेमा कसैले केही भन्नै पर्दैन। हुन त कोकाकोलाका लागि कुनै मौसम पनि कुर्नु पर्दैन तर पनि नेपालमा गर्मीको मौसम कोकको मौसम हो। त्यसैले त गर्मीको समयमा रेडियो देखी टेलिभिजनमा सुनिन्छ चिसो भनेकै कोकाकोला...'

पुरा पढ्नुहोस् »

किन्नुपर्ने 10 SLR क्यामेरा

फोटोको शौखिनका लागि यतिखेर एसएलआर क्यामेरा आवश्यकता पनि हो। जसरी डिजिटल प्रविधिका कारण फोटोग्राफी सस्तो र सुलभ भएको छ। त्यसरी नै अलिकता शीप र सक्रियता देखाउने हो भने यो पेशा र आमदानीको राम्रो क्षेत्र पनि बन्न सक्छ। जसका लागी तपाइँले यस्ता क्यामेरा किन्न सक्नुहुन्छ जो मूल्यमा सस्ता र काममा दामी छन्। यी यस्ता क्यामेरा हुन जसले तपाइँलाई एमेच्योर देखी प्रोफेसनल बनाउँछन्।

पुरा पढ्नुहोस् »

१० फोटोमा हेर्नुस् नयाँ वर्षको स्वागत

धेरै क्रिश्चियन देशहरु जो विकसित छ उनीहरु जीजस क्राइस्टको जन्मसँग जोडिएको क्यालेण्डर मान्दछन्। विश्वका धनी र शक्तिशाली मुलुकहरुले मान्ने भएकाले अंग्रेजी क्यालेण्डर विश्वकै मानक र साझे क्यालेण्डर भएको छ। त्यसैले र्इस्वी सम्वत् विश्वभर नै प्रचलनमा छ।व्यवसाय, बिदा अनि रमाइलोको संयोजनका साथ विश्वका १० प्रमुख शहरमा यसरी नयाँ वर्षलाई स्वागत गरियो। हेर्नुस् १० तस्वीरमा विश्वले देखाएको नयाँ वर्षको उल्लास।

पुरा पढ्नुहोस् »

१० फोटोमा हेर्नुहोस् नेपाली टोपी दिवसको रौनक

पश्चिमा सिनेमा र संस्कृतिका कारण नयाँ पुस्ता पश्चिमी क्याप र रयापमा भुलेपनि आखिरमा नेपाली शान भनेको टोपीमा नै छ भन्नेमा सबैको समान धारणा बनिसकेको छ। त्यसैले त पाल्पाली ढाका अनि भादगाउँले कालो टोपीमा नेपाली युवा ढल्कन्छ अनि झल्काउँछ नेपाली शान

पुरा पढ्नुहोस् »

भेटियो ८०० वर्ष पुरानो मोबाइल

अर्को ग्रहबाट आएका मानिसहरुले छोडेको आशंका गरिएको मोबाइल भेटिएपछि यतिखेर विश्वभर हंगामा फैलिएको छ। मोबाइल फोनलाई आधुनिक आविस्कारको साधन मान्दै आइएकोमा पुरातत्वविदहरुले ८०० वर्षपुरानो मोबाइल भेटाएपछि पृथ्वी बाहेक अर्को ग्रहका मानिस र उनीहरुको विकासबारे फेरी अर्को बहस छेडिएको छ। अष्ट्रियामा भेटिएको ८०० वर्ष पुरानो भनिएको मोबाइल नोकियाको पुरानो डिजाइनको जस्तै आकार प्रकारको छ। यसको किप्याडमा अंक र अंग्रेजीको अल्फाबेटको सट्टामा विभिन्न फरक फरक शैलीका चित्रहरु रहेका छन्।

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकै पार्टीका ६ राज्यमन्त्री जसले अझै शपथ लिन पाएनन्

काठमाडौँ १६ पुस । राज्यमन्त्रीमा नियुक्त भएको एकसाता बितिसकेको छ तर उनीहरुले अझै शपथ लिन पाएका छैनन् । त्यो पनि प्रधानमन्त्रीकै पार्टीका मन्त्री । सुन्दा अनौठो लागे पनि यो यथार्थ हो ।      नियुक्त भएको एक साता बित्दा पनि एमालेका तर्फबाट नियुक्त भएका ६ राज्यमन्त्रीले अझै शपथ लिन नपाएका हुन् । मन्त्रालय थपेर र फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री ओलीले मन्त्रालयको ब्यबस्थापन र आन्तरिक बिबादलाई ब्यबस्थापन गर्न नसक्दा ६ जना राज्यमन्त्रीले अझै शपथ लिन नपाएका हुन्  । प्रधानमन्त्री ओलीले गत साता दुईमन्त्री नियुक्ति गरेका थिए। नियुक्ति गरेलगतै उनीहरूलाई शपथ ग्रहण गराइए पनि एमालेका तर्फबाट नियुक्त भएका ६ मन्त्रीलाई भने शपथ ग्रहण गराइएको छैन । प्रधानमन्त्री केपी ओलीले बिहीबार एमालेका तर्फबाट दामोदर भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र यादव, बलबहादुर महत, दीपनारायण साह र नरदेवी पुनलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ अनुसार राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ । मन्त्री नियुक्त भएलगतै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सल्लाहबिना प्रधानमन्त्री ओलीले यस्तो निर्णय गरेको भन्दै आपत्ति प्रकट गरेका थिए । मन्त्रालय फुटाएर मन्त्रीको संख्य ४० पुर्‍याएपछि नेता नेपाल प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन्। उनले राज्य मन्त्रीका लागि सांसदमध्ये अम्बरबहादुर थापा, गणेश ठगुन्ना, शत्रुध्न महतो, बैजानाथ चौधरी, नागेन्द्र चौधरीलगायतको नाम प्रधानमन्त्री ओलीलाई बुझाएको बताइन्छ ।

पुरा पढ्नुहोस् »

उत्तर कोरियाका ११ अनौठा प्रसंग

कम्युनिष्टहरु प्राकृतिक रुपमा नै प्रपोगाण्डा र कपोलकल्पित सूचना प्रवाहमा विश्वास राख्छन्। त्यसैले उत्तर कोरियाबाट आधिकारिक भनेर आएका सूचनाहरु पनि कति सत्य हुन भन्ने अनुमान पनि गर्न सकिँदैन।

पुरा पढ्नुहोस् »

बाबुरामलाई जनताको ९ प्रश्न !

नेपालको राजनीतिमा भारतीय जाशुसी निकायको चलखेलको लहरसँगै बग्न थालेका बाबुराम भट्टराईको नयाँ शक्तिको राग अलापले sमर्थन भन्दा पनि आलोचना र विरोध पाउन थालेको छ। आमजनताले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा बाबुरामलाई गाली बाहेक ताली दिएको बिरलै पाइएको छ। बाबुरामले माओवादी पार्टी अध्यक्ष प्रचण्डलाई गरेको ९ प्रश्नको चर्चासँगै एक युवाले बाबुरामलाई ९ वटा नै प्रतिप्रश्न राखेका छन्। जसमध्ये धेरैले उनी भारतीय एजेन्ट नभएको पुष्टि गर्न चुनौती दिन्छन्

पुरा पढ्नुहोस् »

कुहिरोमा चम्किँदो दुबई

काठामाडौंको राजनीति, व्यवस्था र अर्थतन्त्र कुहिरोको काग बनेको अवस्थामा नेपालीले रगत पसिना बगाएको देश दुबई भने कुहिरोले ढाकिँदा सम्पन्नताको ज्योतीले धपक्क बलेको छ।

पुरा पढ्नुहोस् »

प्रचण्डमाथि बाबुरामको ९ प्रश्न

नयाँ शक्तिका अभियन्ता बाबुराम भट्टराईले एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि गहन ९ बुँदे आरोप मिश्रित प्रश्न गरेका छन् । उनले आफूमाथि केही व्यक्तिहरुले चरित्रहत्या गर्ने दुष्प्रचार गरिरहेको भन्दै प्रचण्ड तर्फ लक्षित गर्दै माओबादका नाममा खाओबाद अंगालेको आरोप समेत लगाएका छन् । उनले गहन टिप्पणी गर्दै सामाजिक फेसबुकमा राखेको ९ बुदे प्रश्न यस्तो छ

पुरा पढ्नुहोस् »
Loading...