शब्दमा आधारित भएर गरिएको संग्रह: गुगल

भारतमा बन्यो बिना ड्राईभर चल्ने कार

विश्वभर गुगलको स्वचालित कारको चर्चा चलेको समयमा भारतका एक युवाले ड्राईभर बिना नै चल्ने कार तयार पारेका छन्। भारत राजस्थानका २८ वर्षिय भोमराज सिंहले आफ्नो ७९६ सिसिसको मारूती सुजुकी कारलाई नै बिना ड्राईभर मोबाइलको सहायताले चलाउन सकिने बनाएका हुन्। उनले बनाएको कारको रोड टेस्ट पनि भइसकेको छ। सिंह कारको सुरक्षा प्रविधि भरपर्दो रहेको दाबी गर्छन। कारलाई ड्राईभर बिहिन बनाउनका लागी उनले कारको ड्राईभर बस्ने सिट निकालेर त्यहाँ आफैले जोरजाम गरेको घरेलु उपकरणहरू फिट गरेका छन्।

Read More »

गुगलबाट जानौं कहाँ जान कति लाग्छ

गुगल, तपाइँको मनमा उब्जेका प्रश्नको जवाफ दिने वेबसाइट भने हुन्छ यसलाई। हुन पनि इन्टरनेट सर्च इन्जिन गुगल मनचिन्ते झोली जस्तो छ। जसले जे खोजे पनि मिल्ने। नेपालमा इन्टरनेट चलाउनेहरु अधिकांशको होम पेजका रुपमा नै गुगल सेट भएको हुन्छ। गुगल र फेसबुकको प्रयोग इन्टरनेट कनेक्सन जाँच्नका लागि समेत प्रयोग हुन्छ। गुगल एउटा र्सच इन्जिन मात्र होइन तपाइँ हामीले यसका विभिन्न सेवाहरु प्रयोग गरिरहेका छौं। इमेज, सामाजिक सञ्जाल, निशुल्क सफ्टवेयरहरु, एनालिटिक्स, विज्ञापन सेवा यस्ता अनेकन सेवा छन्। यी सबै भन्दा बढि चर्चामा रहेको र लोकप्रिय सेवा चाहिँ खोज्ने (र्सच) नै हो। मनमा निस्केका हरेक प्रश्न जवाफका लागि कसैलाई सोधिन्छ भने पहिलो गुगल नै पर्छ।

Read More »

चोरी गर्नेको गुगल चट

वेबसाइट, यतिखेर नेपालमा यसैको ट्रेण्ड बसेको छ। काठमाडौंका हरेक जागिर छोडेका पत्रकार वेबसाइट खोलिरहेका छन्। पत्रकारिता गर्न या आफ्नो पत्रकारिताको लतलाई कायम राख्न। विदेशीएका नेपाली उपलब्ध उच्चगतिको इन्टरनेट र खाली समयलाई कटाउन ब्लग तथा वेबसाइट नै चलाइरहेका छन्। यी दुवै प्रवृत्तिले एउटा फाइदा चाहिँ के भएको छ भने इन्टरनेटमा नेपाली भाषाको प्रयोग बढिरहेको छ।

Read More »

वेबसाइटलाई गुगलको रोक

अरु आमसञ्चार माध्यमका लागि जस्तै वेबसाइट तथा ब्लग चलाउनेहरुका लागि आमदानी र आशको एउटै मात्र केन्द्र हो विज्ञापन। वास्तवमा पत्रकारिता गर्ने वा मनोरञ्जन गराउने जे माध्यम भएपनि त्यसको सञ्चालनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि विज्ञापनमा भर पर्नै पर्छ। शताब्दी देखी नै आमसञ्चारका माध्यमले त्यही मार्ग अपनाएका छन्। वेबसाइटहरुका लागि पनि त्यही कुरा लागु हुने हो। वेबसाइट तथा ब्लग चलाउनेहरुले विज्ञापनबाट राम्रो आशा राखेका हुन्छन्। चाहे त्यो यो स्थानिय बजारका सेवा वा उत्पादनका होस् या वहुराष्ट्रिय। विश्वमा धेरै यस्ता विज्ञापन सेवा प्रदायक छन् जसले वेबसाइटहरुका लागि विज्ञापन उपलब्ध गराउँछन्। सबै भन्दा धेरै कहलिएको हो इन्टरनेट कि गुगललको विज्ञापन सेवा गुगल एडसेन्स। नेपालमा वेबसाइट तथा ब्लग चलाउने धेरैले यसैबाट पैसा आउँछ भन्ने भ्रममा वेबसाइट खोलिरहेका तथा चलाइरहेका छन्। वास्तवमा नेपाली वेबसाइटका लागि भने गुगलले विज्ञापन दिँदैन। नेपाली भाषाका वेबसाइटहरुले गुगलले प्रदान गर्ने एचटीएमएल कोडलाई सम्पादन गरेर आफ्नो वेबसाइटमा देखाइरहेका छन्। जसले गर्दा समाचारको विषय भन्दा निक्कै फरक विज्ञापनहरु नेपाली वेबसाइटहरुमा देखिएको पाइन्छ। त्यसो त गुगलको विज्ञापनबाट केही डलर आम्दानी गर्नका लागि अरुको वेबसाइट तथा पुस्तकका सामग्री चोरेर जस्ताको तस्तै वा यौनिक सामग्री राख्नेहरु पनि कम छैनन्।

Read More »
Loading...