शब्दमा आधारित भएर गरिएको संग्रह: प्रेम

‘भ्यालेन्टाइन्स डे’का केही रोचक तथ्यहरू

सबैलाइ थाह छ फेब्रुअरी १४ तारिख विश्वभरि नै  प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । याे प्रेमका दिन हो, आफ्नो माया प्रेम अभिव्यक्त गर्ने दिन हो । युवा मुटुहरू यस दिनका ब्यग्रताका साथ प्रतीक्षा गर्ने गर्छन । हरेक प्रेम गर्ने मानिसका लागि यसका अलग्गै महत्व छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । ‘भ्यालेन्टाइन डे’का केही रोचक तथ्यहरू भ्यालेन्टाइन डे  विश्वभरि नै मनाइन्छ । नेपालमा कहिलेबाट याे मनाउन थालियो भन्ने आधिकारिक जानकारी छैन । भारतमा भने १९९०का दशकदेखि मनाउन थालिएको पाइन्छ । भ्यालेन्टाइन डेका दिन नेपालमा २ करोड रूपैयाँबराबरको गुलाबका फूल किनबेच हुन्छ । भ्यालेन्टाइन डेका दिनमात्र २ लाख स्टिक गुलाबका फूल बेचिने गरेको छ । रोज डेः भ्यालेन्टाइन डेको पहिलो दिन  फेब्रुअरी ७ तारिखबाट सुरु हुन्छ, जसलाई  रोज डे भनिन्छ । रोज डेका दिन प्रेमीप्रेमिकाले एकअर्कालाई गुलाबको फूल दिन्छन् । प्रपोप डेः रोज डेको भोलिपल्ट अर्थात फेब्रुअरी ८ का दिन प्रपोप डे मनाइन्छ । प्रपोज डेका दिन आफूले मन पराएका वा मन पराइएकीलाई प्रेम प्रस्ताव राखिन्छ । चकलेट डेः  फेब्रुअरी ९ का दिन चकलेट डे मनाइन्छ । यस दिन आफ्ना प्रेमी वा प्रेमिकालाइ चकलेट दिएर प्रेममा मिठास भरिन्छ । टेडी डेः फेब्रुअरी १०  का दिन टेडी डे मनाइन्छ । यस दिन प्रेमी वा प्रेमिकालाई विशेष उपहार स्वरुप टेडी बियरका खेलौना उपहार दिइन्छ । प्रमिस डेः फेब्रुअरी ११  का दिन प्रमिस डे मनाइन्छ । यस दिन आफ्नो प्रेम अन्तिम अवस्थासम्म कायम राख्नेछु भनेर आफ्ना  प्रेमी वा प्रेमिकासँग विशेष वाचाबन्धन गरिन्छ । हग डेः फेब्रुअरी १२  का दिन हग डे मनाइन्छ । यो भ्यालेन्टाइन डेभन्दा दुई दिनअघि मनाइने यस दिवसका दिन आफ्ना प्रेमीप्रेमिकालाइ अंगालोमा बेरिन्छ । किस डे- फेब्रुअरी १३  का दिन किस डे मनाइन्छ । यस दिन आफ्नी प्रेमी-प्रेमिकालाई चुम्बन गरेर प्रेम व्यक्त गरिन्छ । भ्यालेन्टाइन डे- फेब्रुअरी १४ का  यो प्रेमीप्रेमिकाका लागि विशेष सम्झनायोग्य दिनका रूपमा रहोस् भनेर प्रेमका सबै उपायहरू अबलम्बन गरिन्छ । भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइनका नाममा मनाइन्छ । सन्त भ्यालेन्टाइन ई. पू. २६९ मा शहिद भएका थिए, उनलाई १४ फेब्रुअरी २६९ दिन फ्लोमिनिया मृत्युदण्ड दिइएको थियो । विश्वको पहिलो भ्यालेन्टाइन कार्ड सन् १५४१ मा पठाइएको थियो । सन्त भ्यालेन्टाइनकाे अवशेष रोमको सेन्ट फ्रेंक्स्ड चर्च र डबलिन (आयरल्यान्ड)  को स्ट्रीट कामिलेट …

Read More »

लभ पर्दा जानै पर्ने काठमाडौंका १० ठाउँ

'पिरती आफै हुँदो रहेछ...' भन्ने गीत पनि पुरानो भयो बाउबाजेको पालाको जस्तो। यतिखेर पिरती हुनको लागि पनि धेरै रिक्वायरमेन्ट पुरा गर्नुपर्छ। पैसा, पढाइ अनि करिअर सबैको समावेसी स्वरुप नदेखिइकन अनुभव हुने माया होइन दुर्इ दिनको घामछायाँ मात्र हो।

Read More »

किसका १३ प्रकार, आज कस्तो गर्ने?

चुम्बन, म्वाइँ अनि किस। माया जनाउनका लागि प्रेमी प्रेमीकाले एक अर्कालाई गर्ने मायालु स्पर्श हो यो। यसले सम्बन्धमा मसला मिलाउँछ अनि मायाको आभाष दिलाउँछ।धेरैलाई लाग्छ प्रेमिका या श्रीमतीलाई चुम्बन गर्न म जान्दछु। तर धेरै पुरुष तथा महिलालाई चुम्बन गर्न नै आउँदैन। जसका कारण उनीहरु प्रेम अनि सम्बन्धको मजा लिनबाट चुकिरहेका हुन्छन्।

Read More »
Loading...