शब्दमा आधारित भएर गरिएको संग्रह: फोटो

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

बलात्कार, शब्द नै निच सुनिन्छ। तर पनि हाम्रो समाजमा यस्ता अमानवीय गतिविधिमा लाग्नेको संख्या कम छैन। पछिल्लो छ महिनामा मात्र छ दर्जन बलात्कारका घटना समाचार बनेका छन्। बलात्कारका धेरै घटनाहरु घरभित्रै साम्य पारिन्छ, इज्जत अनि सामाजिक मान मर्यादाको नाममा। बलात्कारको सर्न्दभमा हाम्रो समाजको यस’boutमा रहेको धारणा नै गलत छ। नेपाली समाजले बलात्कारका घटनाको पिडीत पक्ष अर्थात् महिलालाई नै दोषीको रुपमा मान्छ। पुरुषवादी समाजमा बाँच्नुको सबैभन्दा ठूलो पीडा र विदेशको शिकार महिलाहरु यस्ता बलात्कार जस्ता घटनामा भएको देख्न सकिन्छ। घरेलु हिंशा देखी यौजन्य हिंशाका घटनामा समाज र समाजका प्रबुद्धहरुले महिलालाई नै दोषीका रुपमा उभ्याउँछन्। अनि महिलाको भूमिका खोजिन्छ त्यसमा केही फेला नपरे पनि चरित्रमा शंका गर्ने छुट त हरेक पुरुषले जन्मसिद्ध नै लिएको आएको हुन्छ। छोटा कपडा, घरबाहिर हिँड्नु, केटाहरुसँगको संगत, प्रेम र शारिरीक सम्बन्धका कुराहरुलाई जोडेर बलात्कार तथा महिला हिंशाका घटनामा महिलालाई नै कमजोर र दोषीका रुपमा उभ्याएर यस्ता कुराहरुलाई सामसुम पार्ने ध्यान हुन्छ समाज अनि परिवारको। नत्र इज्जत जाने र नाक काटिने जो डर छ। जुन बिलकुलै गलत मात्र होइन अपराधी मानसिकता हो। यस्तो मानसिकता धेरैमा छ त्यसैले त एक्लै जागिरका लागि अर्न्तवार्तामा निस्केकी, सामान किन्न निस्केकी अनि सार्वजनिक यातायातमा यात्रा गरिरहेकी युवतीहरु महिलाहरु यौन उत्पीडनको शिकार भइरहेका छन्। हाम्रो जस्तो एक्लै घाँसदाउरा र घर सम्हाल्नुपर्ने खालको समाजमा महिलालाई झन आफूलाई यौन पिपाशुका नजर र आक्रमणबाट जोगाउनु निक्कै मुस्किल छ। समाजमा महिलाहरु प्रति हुने यस्ता दूर्व्यवहार र अपराधमा महिलाको भन्दा पनि पिडक पक्षको साथ देखिने वर्गलाई व्यंग्य गर्ने हिसाबमा फोटोग्राफर याना मजरकेभिचले यौन उत्पीडनलाई लिएर एउटा फोटो सिरिज शुट गरेकी छिन्। जसले बलात्कारको घटनामा समाजको दृष्टिकोण र पिडकको पक्षमा उठ्ने आवाजलाई देखाइएको छ। सबै फोटोहरुमा एउटा नारीलाई पुरुषको हातले मुख बन्द गरेर कसरी समाजले बलात्कार पीडीतको मुख बन्द गराउँछ भन्ने पनि देखाउन खोजिएको छ। फोटोमा यौन उत्पीडनमा परेकी महिलाले समाजको दृष्टिकोणलाई व्यंग गरेर लेखिएका शब्दहरु प्लेकार्डका रुपमा लिएकी छिन्। यी यस्ता फोटो हुन् जसलाई ध्यान दिएर हेर्नुभयो भने तपाईंको सोच बदलिदिन्छ बलात्कारको घटनामा: मलाई थाहा हुनुपथ्र्यो कि कसरी जोगिनुपर्छ   म एक्लै निस्कनु हुँदैनथ्यो   सायद म बढी नै नजिक भएँ   मेरो गल्ती थियो मैले मदिरा पीएकी थिएँ   मैले आफ्नो ब्वाई फ्रेण्डलाई हुन्न भन्न सक्दिन मेरो स्कर्ट सारै छोटो थियो   मैले मेरो ड्रिंक तल राख्नुहुँदैन थियो …

Read More »

आकाशबाट देखिएको अलकापुरी

रुसका फोटोग्राफरहरुको एयरप्यानो नामक गैरनाफामुलक समुहले काठमाडौंको वास्तविकताको आभाष दिलाउने हेराइ (भर्चुअल टुर)का लागि उच्च रेजुलोसनमा खिचेका यी पाँच तस्वीरमा काठमाडौं साँच्चिकै अलकापुरी देखिएको छ।

Read More »

फोटोलाई बनाउनुस् अक्षर

स्क्यान गरेका डकुमेन्ट तथा प्रिन्ट गरेर नै दिएका पेजहरुलाई डिजिटल रुपमा रुपान्तरण गर्नका लागि टाइप गर्न लाग्नुभएको छ भने पख्नुहोस् तपाइँले टाइप नगरी फोटोको रुपमा पाएका त्यसखालका डकुमेन्टलाई अक्षमा नै बदल्न सक्नुहुन्छ।

Read More »
Loading...