शब्दमा आधारित भएर गरिएको संग्रह: बलिउड

धनी पति खोजेका बलिउडका अभिनेत्रीहरू

हातमा मैला सुनाका थैला के गर्नु धनले साग र सिस्नु खाएका बेस आनन्दी मनले तपाइँले धेरै पटक मुनामदनमा महकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका यी पङ्तिहरू पढ्नु भएका होला । तर, आधुनिक विश्व त्यस्तो छैन । यहाँ मानिसहरू पैसाका लागि जे पनि गर्न तयार हुन्छन् । बलिउडका नाम चलेका अधिकांश अभिनेत्रीहरूले आफ्नो सुन्दरताको भर्‍याङ बनाउँदै धनाढ्यहरूसँग विवाह गरेका छन् । आज हामी त्यसरी धनाढ्यहरूसँग विवाह गर्ने टप १० बलिउड अभिनेत्रीहरू’bout चर्चा गर्दछौँ । १. टिना-अनिल अम्बानी भारतकै धनाढ्य अर्बपतिमध्येमा पर्ने अनिल अम्बानीकी श्रीमती टिना अम्बानी सन् १९८०का दशकमा बलिउडकी लोकप्रिय अभिनेत्री थिइन । उनले आफ्नो करिअरमा नाम, प्रतिष्ठा र सम्पत्ति पनि राम्रै आर्जन गरेकी थिइन, तर सबै कुरा टिकेनन् । उनको ख्याती विस्तारै खस्न थाल्यो, आफूलाई पुनः स्थापित गर्ने क्रममा टिनाले अनिल अम्बानीलाई चुनिन । २. सेलिना जेटली- पिटर हाग कुनै समय सेलिना जेटली निकै चलेको नाम थियो । प्रसिद्धिको जुन शिखरमा उनी हिडिरहेकी थिइन, त्यसका तुलनामा उनका आय सन्तोषजनक थिएन । त्यसैले उनले अष्ट्रेलियाका धनी व्यवसायी पिटर हागलाई चुनिन । पिटर हाग एक होटल व्यवसायी हुन् । सेलिनाले २०११ मा पिटरसँग बिहे गरेपछि बलिउडबाट टाढिएकी हुन् । विवाहपूर्व नै गर्भावती भएपछि उनले पिटरसँग हतारहतार विवाह गरेकी थिइन । ३. श्रीदेवी-बोनी कपुर ९० को दशककी प्रसिद्ध नायिका श्रीदेवीका तुलनामा उनका पति बोनी कपुर निकै बुढा छन् । यही कारण अधिकांश मानिसहरू श्रीदेवीले सम्पत्तिकै लागि उनी नायक अनिल कपुरका दाजु बोनी कपुरसँग विवाह गरेको बताउने गर्छन् । बोनी कपुरले जेठी श्रीमती मोना शाैरीलाई त्यागेर श्रीदेवीसँग विवाह गरेका हुन् । ४. अमृता अरोरा-शकील लद्दाख आफ्नी पहिली पत्नीसँग सम्बन्ध बिच्छेद गरेपछि धनाढ्य व्यापारी शकील लद्दाखले पुनः प्रेमिल जीवनका अनुभव गरे । यस पटक उनले साथ पाएका थिए बलिउड अभिनेत्री अमृता अरोराको । विवाहपूर्व नै गर्भवती भएका कारण आलोचना खेप्नु परे पनि अमृताका लागि यो भाग्योदयका समय बन्यो । उनले औपचारिक रूपमा नै शकील लद्दाखसँग विवाह गरिन भने अहिले उनका दुई छोराहरू छन् । ५.विद्या बालन-सिद्धार्थ राय कपूर विद्या बालन हलिउडकी स्थापित अभिनेत्री हुन् भने सिद्धार्थ राय कपूर बलिउडका सफल निर्माता । दुवैले एकै साथ काम गर्न थालेपछि दुवैबीच आकर्षण बढेको हो । वास्तविकता जे भए पनि विद्या बालनले पैसाकै लागि सिद्धार्थ राय कपूरसँग विवाह गरेकी हुन् भन्ने जनमानसमा परेको छ । ६. आयशा टाकिया- फरहान आजमी  बलिउडकी सुन्दर अभिनेत्रीहरूमध्येमा पर्ने आयशा टाकिया मोडल पनि हुन् भने उनी एक चर्चित टेलिभिजन प्रस्तोता …

Read More »

यस्ता छन्, सन्नी लियोनीसँग जोडिएका रोचक कुरा

यस्ता छन्, सन्नी लियोनीसँग जोडिएका रोचक कुरा

'सन्नी लियोनी' बलिउडमा यतिखेर उनको चर्चा शिखरमा नै छ। धेरै युवाको मोबाईलमा क्लिप्सको रूपमा रहेकी उनका प्रति युवा आशक्तिमा आजसम्म कमि आएको छैन। करियर पोर्न स्टारका रूपमा सुरु गरेकी भए पनि अहिले उनी बलिउडकी स्थापित नायिका हुन्। सेक्स, पोर्न भन्दा बाहिर पनि उनको राम्रो छवी बनिसकेको छ यतिखेर। भारतमा कलाकारितामा जमेकी उनका बारेका यस्ता रोचक तथ्यहरू छन्, जो धेरैलाई कमै थाहा छ।

Read More »

सर्वाधिक कमाउने बलिउडका १० हिरो

बिश्वमा सर्वाधिक ठूलो आर्थिक कारोबार हुने फिल्मी क्षेत्र मध्ये बलिउड अगाडि छ । एउटा फिल्मकै करोडौको कारोबार हुन्छ बलिउडमा । त्यसो त बलिउड कलाकारहरुको आम्दानी पनि उत्तिकै आकर्षक छ । हेर्नुहोस् बलिउडमा सर्वाधिक कमाई गर्ने १० कलाकार ।

Read More »