अप्रिल 22, 2021 | समाचार
नेपाल सरकारले विश्वभर फैलिएको कोरोना महामारीलाई देखाएर नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया सहित पाँच देशमा पढ्न जान रोक लगाएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूलाई जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चिन अध्ययनका लागी जान रोक लगाएको हो। मन्त्रालयले विदेश अध्ययन गर्न जाने विद्यार्थीकालागी ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेर ति देशहरूमा अध्ययन गर्न जानबाट रोक लगाएको हो। नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरूले अनिवार्य रूपमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबाट वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) लिनुपर्छ। यसरी लिईने वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) को आधारमा नै विद्यार्थीलाई नेपालबाट विदेशका विश्वविद्यालय तथा कलेजमा शुल्क तिर्नका लागी नेपाल राष्ट्रबैंकले डलर सटही तथा कारोबारको स्वीकृती प्रदान गर्दछ।
मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) नदिने भएपछी नेपालबाट अष्ट्रेलिया लगायतका देशमा अध्ययनका लागी जान चाहने विद्यार्थीले ति देशका विश्वविद्यालय तथा कलेजमा भर्ना हुन सक्दैनन्। यसअघि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) पाएर अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयमा पढ्नका लागी भर्ना भएका विद्यार्थीले भिजा आएर पनि अष्ट्रेलिया जान पाएका छैनन्, त्यसैले सरकारले यसखालको पत्र दिन नै केही समयको लागी बन्द गरेको हो।

अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयमा भर्ना भएका तथा भिजा लागिसकेका विद्यार्थीहरूले यतिखेर नेपालबाट नै अनलाईन अध्ययन गरिरहेका छन्। अनलाईन अध्ययनका लागी अष्ट्रेलिया र नेपालको समय नमिल्दा विद्यार्थीलाई हैरानी भईरहेको छ। ‘त्यत्रो महँगो शुल्क तिरेर पनि अष्ट्रेलिया जान पाईएको छैन, यहाँ बिजुली र ईन्टरनेटको भरपर्दो व्यवस्था नहुँदा पढ्न पनि निक्कै गाह्रो छ,’ अष्ट्रेलियाको भिजा आए पनि नेपालबाटै अनलाईन पढिरहेका नाम खुलाउन नचाहने एक विद्यार्थी बताउँछन्। चितवन घर भएका उनी यतिखेर पढाई सँगै अष्ट्रेलियाका लागी लिएको ऋण कसरी तिर्ने भन्ने कुराले समेत चिन्तित छन्। [ads1]
अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजमा नेपाली विद्यार्थी भर्ना गराउने एजुकेशन एजेन्टहरूले नेपालबाटै भएपनि अनलाईन पढ्नुपर्ने नत्र भिजा क्यान्सिल हुने भन्दै अनलाईन पढ्न दबाब दिईरहेको अवस्थामा सरकारको वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) बन्द गर्ने निर्णयले नयाँ विद्यार्थीहरूलाई भने राहत मिल्ने भएको छ।
नेपाली विद्यार्थी कहिले अष्ट्रेलिया जान पाउने पत्तो छैन
अष्ट्रेलियाले अर्थतन्त्रको ठूलो हिस्सा मानिएको शिक्षा क्षेत्रलाई गम्भिर प्रभाव पारिरहेकोले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउनका लागी रणनीतिक रूपमा तयारी थालेको छ महिना भन्दा बढी हुन लागिसकेको छ। तर, कोभिड विरूद्धको खोपको प्रभावकारिता र अष्ट्रेलियाभर खोप लगाउने काम नसकिँदा सम्म अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउने काम मुस्किल देखिएको छ। यद्यपी न्यूसाउथवेल्स, भिक्टोरिया जस्ता ठूला र धेरै अन्तर्राष्ट्रिय विद्यार्थीको रोजाईमा रहेका राज्यले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजना भनाएपनि त्यसमा नेपाली विद्यार्थी समेटिने वा नसमेटिने भन्ने यकिन छैन। भारतमा फैलिएको कोरोनाको नयाँ खालको संक्रमणका कारण भारतबाट विद्यार्थीहरु आउन पाउने संभावना निक्कै कम छ। त्यसो त नेपालको पनि कोरोना संक्रमणको दर र निदानका लागी चालिएका कदमहरू देख्दा अष्ट्रेलियाले नेपाली विद्यार्थीहरूलाई छिट्टै अष्ट्रेलिया ल्याउनेमा शंका नै छ। यद्यपी अस्ट्रेलियामा रहेका नेपाली मूलका शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका)ले अष्ट्रेलियन सरकारले केही निर्णय नगरेको अवस्थामा अष्ट्रेलियाको बोर्डर खुल्दैन भन्ने खालको भ्रम पैदा नगर्न अनुरोध गरेको छ। तर, नेपाली विद्यार्थीलाई छिट्टै अष्ट्रेलियाको बोर्डर खुल्छ भन्ने आश्वस्त हुने खालको कुनै पनि कुरा अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका)ले गरेको छैन।
नेपाली विद्यार्थी ठूलो संख्यामा अष्ट्रेलिया आएको भएपनि भारतलाई समेत प्राथमिकता नदिने भन्ने कुराहरू आईरहँदा नेपाली विद्यार्थीहरूलाई छिट्टै अष्ट्रेलियाले बोर्डर खोल्छ भन्नेमा आशंका छ। तर, अष्ट्रेलिया सरकारको निर्णय नआउन्जेल खुल्छ वा खुल्दैन भन्नेमा गलफत्ति गर्नु वा धारणा बनाउनु भने सही हुँदैन।
विदेशमा बसेर पढिरहेकालाई भने समस्या छैन
सरकारले गरेको यो वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) नदिने निर्णयले पहिले देखी विदेशमा बस्दै र पढ्दै आएका विद्यार्थीलाई भने केही प्रभाव पार्दैन। सरकारले सूचनामा नै पहिले देखी नै विदेशमा पढिरहेकालाई भने यस्तो पत्र फेरी पनि आवश्यक भए जारी गरिदिने भनेको छ। विदेशमा बसिरहेका तर कोर्ष वा कलेज परिवर्तन गर्न चाहने विद्यार्थीलाई भने सरकारले यसखालको पत्र बनाईदिने भनेको छ।
सेप 24, 2016 | हट टपिक्स
भारत र पाकिस्तानको सिमा क्षेत्र नजिकै रहेको भारतीय सेनाको बेस क्याम्पमा भएको आतंकवादी आक्रमण पछि भारत र पाकिस्तानका बीच आक्रामक सम्बन्ध विकास भएको छ। अर्न्तराष्ट्रिय मञ्चमा यतिखेर भारत पाकिस्तानले उसको बलुचिस्तान क्षेत्रमा गरेको अमानविय गतिविधिको चर्चा गर्न थालेको छ भने पाकिस्तानले खुलेर नै कस्मिरमा भएको भारतीय सेनाको नागरिक हत्याको विषयलाई उठाउन थालेको छ। यी दुर्इ देशको सम्बन्धमा दरार देखिन थालेपछि नै भारतीय मिडिया एक गठ भएर पाकिस्तानको विरुद्ध र युद्धको पक्षमा पत्रकारिता भन्दा पनि प्रपोगाण्डामा नै उत्रिएका छन्।
दक्षिण एशियाका दुर्इ आणविक हतियारले सुसज्जित देश बीचको तनावका कारण फेरी यो क्षेत्रले भयानक युद्धको विभिषीका वेहोर्नु पर्ने त होइन भन्ने भय पैदा भएको छ। यतिखेर भारतीय मिडिया पाकिस्तानसँग भारतको सैनिक क्षमताको तुलना गरिरहेका छन् भने भारत-पाक युद्ध भयो भने कसरी भारतीय युवा सेनालाई साथ दिन युद्धमा सहभागी हुन सक्छन् भनेर मिडियाले नै प्रशिक्षित पार्न थालेका छन्। भारतले मिडिया मार्फत युद्धको धम्की दिएको स्पष्ट देखिएको छ भने पाकिस्तानले युद्धक विमानहरुबाट भारत पाकिस्तान सिमामा हवाइ गस्ती गर्न थालेको र उक्त क्षेत्रहरुमा नागरिक उडानहरु स्थगित गरेको समाचारहरु आइरहेका छन्। यस्तो अवस्थामा ग्लोबलफायरपावरडटकम नामक वेबसाइटले सीआइए, वर्ल्डफ्याक्ट बुक, वीकीपीडिया, सार्वजनिक मञ्चमा उपलब्ध सूचना र मिडिया रिपोर्ट आदीलाई आधार बनाएर भारत र पाकिस्तानको सैन्य र हतियार क्षमताको तुलनात्मक स्थिती तयार पारेको छ।
भारत र पाकिस्तानका बिच युद्ध होला नहोला, त्यो दोस्रो पक्ष भएपनि यतिखेर नेपालको छिमेकमा युद्धको कालो बादल मडारिएको चाहिँ प्रस्ट छ। रसायनिक हतियारले सुसज्जित दुर्इ देश बीचको समस्याले नेपाललाई पनि समस्यामा पार्ने प्रस्ट नै छ। हेरौं यी युद्धमा होमिन तयार भएका दुर्इ देशको सैनिक ताकत यस्तो छः

जन 4, 2016 | राजनीति, हाँसोउठ्दो
काठमाडौँ २० पुस ।
प्रधानमन्त्री केपी शर्मा ओली, देशले पाएको अर्को रोगी नेतृत्व हो। गिरिजाप्रसादबाट सुरु भएको रोगले थलिएका र समकालिन समाजको सोचाइको दायरा भन्दा निक्कै पर पुगेका व्यक्तिहरु सत्ता सञ्चालनमा पुग्ने क्रमको निरन्तरतामा शुसिल कोइराला पछिको पालोमा परे उनी। हुन त राजनीतिमा शारिरीक भन्दा पनि मानसिक र्इच्छा शक्ति र निर्णय क्षमता महत्वपूर्ण हुन्छ। तर र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्। यति सम्म कि उनको कुरा र काममा कुनै संगती पाउन सकिन्न।
र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाहे जस्तो काम गर्न नसकेको भन्दै आत्मलोचना गर्दै आएका छन । त्यसो त भारतीय नाकाबन्दीका कारण पनि आफ्नो कार्यकालमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको उनको टिप्पणी छ तर विडम्वना नाका खोल्नतिर भने खासै चासो दिएको देखिदैन । परिणमतः नेपाली जनताले न्यूनतम आधारभूत आवश्यकताका लागि समेत सोर्स लगाउनु पर्ने अन्यथा भोकै दिनरात विताउनु पर्ने अवस्था सिर्जना भएको छ । जुन प्रधानमन्त्रीले वुझेर पनि वाध्यतावशः वुझ पचाईरहेका छन् । बाहिरी आँखाले हेर्दा चनाखो जस्तो देखिए पनि प्रधानमन्त्री ओली भित्रभित्रै कतिसम्म कमलो रहेछ भन्ने कुरा बल्ल खुल्न थालेको छ । हेरौ प्रधानमन्त्रीका मुख्यतः ४ कमजोरी जसले गर्दा आम सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् ।

सत्ता टिकाउन फुपुको सराद्धे
नेपालीमा भनाइ छ, लुटको धन फुपुको सराद्ध। त्यस्तै झैं केपी ओली यतिखेर मन्त्रालय फुटाएर मनलागि मन्त्री पद बाँढ्ने अभियानमा छन्। संविधानले कल्पना गरेको भन्दा धेरै मन्त्रालय र मन्त्री बनाएर संविधान लागु गर्ने अभिभारा रहेका उनी आफैले संविधान विपरितका गतिविधि गरिरहेका छन्।
प्रधानमन्त्रीको सवैभन्दा ठूलो कमजोरीका रुपमा देखा पर्न थालेको कमजोरी हो- सत्ता टिकाउने खेल । उनले आफ्नो सत्ता लम्ब्याउनका लागि आँखा चिम्लेर लागि परेका छन । उनको मनस्थितीमा सवैलाई सत्ता दिएर सवै समस्या समाधान हुन्छ भन्ने छ जुन सरासर गलत हो । चोरलाई चावी दिने ओलीको रणनीतिले फेल खाने निश्चित छ जसको संकेत अहिले नै देखिन थालेका छन् । मन्त्रालयलाई टुक्रा टुक्रा पारेर सत्ता टिकाउनकै लागि मुलुकको ढुकुटी रित्याउनु भनेको एकखाले ठूलो राष्ट्रघाटी कदम हो । यसले मुलुकलाई त भड्खालोमा डुबाउछ नै साथसाथै प्रधानमन्त्री स्वयंलाई पनि घाँडो बन्ने पक्का छ । आधा दर्जन उपप्रधानमन्त्री बनाएर सत्ता टिकाउने रणनीतिमा लागेका ओली पुनः करिव तीन दर्जन मन्त्रालय थपथाप र टुक्राटाक्री बनाएर विरोधीलाई गुपचुप राख्ने दाउमा छन् । यो उनको ऐतिहासिक गल्ती हुने देखिएको छ । यो उनको सवैभन्दा मुर्खतापूर्ण कमजोरी हो ।
सावाँ अक्षरको उखाने प्रवृति
केपी ओलीको शैक्षिक पृष्ठभूमि अहिलेको जुग जमाना अनुसार भन्दा साक्षर मात्र हो भन्दा फरक नपर्ला। उनले राखेका सल्लाहकार पनि राजनीतिक कार्यकर्तालाई भर्ति गर्ने र राज्यकोष खर्चने बाहेक देशलाई केही गर्न सक्ने ल्याकत भएका देखिँदैनन्। त्यसैले त कमनसेन्स भएका मानिसले भन्नै नसक्ने कुराहरु प्रधानमन्त्रीबाट घोषणा भइरहेका छन्।
ओलीको शैक्षिक पृष्ठभूमि अहिलेको जुग जमाना अनुसार भन्दा साक्षर मात्र हो भन्दा फरक नपर्ला
प्रधानमन्त्री ओलीको अर्काे कमजोरी हो उखाने प्रवृति । मनमा लागेका कुरा प्वाक्क बोलि दिँदा उनी धेरै पटक चिप्लेका छन । पार्टी अध्यक्ष मात्रै होईन प्रधानमन्त्री भैसक्दा पनि उनले झोलामा हात्ती अटाई दिने खालका टिप्पणीहरु गर्दै आएका छन । एकातिर खाना पकाउने ग्याँसको अभावले सर्वसाधारण भोक तार्ने सकस परिरहेका बखत प्रधानमन्त्री ओलीले भने हावाबाट विजुली निकालेर लोडसेडिङ हटाउने प्रतिक्रिया दिएपछि उनलाई सर्वसाधारणले हावामै उडाई दिए । भूकम्प र नाकाबन्दीलै चरम सास्ती खेपिरहेका सर्वसाधारणलाई उनको अभिव्यक्तिहरु तिखो वाण बन्ने गरेको छ । त्यसो त कतिपयले उनलाई ख्यालख्यालैमा सत्ता टिकाउने कसरतमा रहेको भन्दै आलोचना गर्न थालेका छन् ।
जनआवाजको वेवास्ता
तराईमा आन्दोलन चल्दा पाकेको आँप झरेको संज्ञा दिने ओलीले सरकारमा आउँदा जस्तो मानिसहरुको र्समर्थन पाएका थिए त्यसको विपरित जनाकांक्षालाई रदि्दको टोकरीमा हाल्ने काम गरे। भूकम्पबाट पिडीत बनेका परिवारलाई राहत दिने र पुन निर्माणको कामलाई अघि बढाउनुपर्ने गम्भिर समयमा पुननिर्माण प्राधिकरणमा नियुक्तिलाई लिएर आर्थिक शुभलाभको पक्षलाई जोड दिएर जाडोमा कठ्यांग्रिएर भूकम्प पिडीत मर्ने सम्मको स्थिती ल्याए।
जनताको भावना र आवाज नसुनेको भन्ने सन्दर्भमा आफू फेसबुक, टि्वटर हेरेर काम गर्ने मानिस नभएको भन्ने उनले आफ्नो ’boutमा लेखेर पत्रकारहरुले जागिर पचाउने अवस्था बनाइदिएको सम्म भन्न भ्याए। विज्ञान र प्रविधिको आजको युगमा पनि प्रधानमन्त्री ओली फेसबुक ट्वीटरबाट टाढा छन् । हुन त प्रधानमन्त्री ओलीले ट्वीटर प्रयोग गर्ने गरेका छन तर सामाजिक सञ्जालमा आएको टिप्पणी र जन दबाबमा खासै ध्यान दिएको देखिदैन । त्यसो त प्रधानमन्त्री ओली स्वयंले केही दिन अघि एक कार्यक्रममा आफू फेसबुकमा आएको दबाबका आधारमा काम नगर्ने अभिव्यक्ति दिएका थिए । स्मरणीय कुरा के हो भने अहिले देशको समसामयीक अवस्थाको विश्लेषण र आवश्यकताका सामाजिक संजाल एउटा चौतारी बनेको छ जुन प्रधानमन्त्री ओलीले वेवास्ता गरेका छन । जसले गर्दा पनि उनकौ मनस्थिती पुरातन सोचतर्फ उन्मुख भएको देखिन्छ ।
सिन्को पनि भाँचेनन्
राजनीतिमा संकटलाई अवसरको रुपमा लिइन्छ। देशमा भयावह संकटको अवस्थामा नेतृत्व सम्हाल्न पुगेका ओलीलाई इतिहास बनाउने र आफूलाई साबित गर्ने अवसर प्राप्त थियो। तर यिनले ढलेको सिन्को भाँच्ने त के उठाउने सम्म पनि काम गरेनन्। उत्तर तिरका नाका खोल्न सरकारले तत्परता त देखाएन देखाएन चिनसँगको व्यापार वाणिज्य सन्धिलाई पनि वेवास्ता गरयो।
अख्तियारले अनुसन्धानका लागि बोलाएका एमालेका भ्रष्टहरुलाई संरक्षण गरिदिने आश्वासन दिएर आफूलाई भ्रष्टहरुको मसिहाका रुपमा मात्र उभ्याए
इन्धन जस्तो अत्यावश्यक सामग्री उपलब्ध नहुँदा समेत उनको सरकारले तेल वितरणमा अराजकता मच्चाएर भ्रष्टाचार र कालोबजारीलाई संस्थागत नै गरयो। राष्ट्रियताको मुद्दा र नारा उचालेर सरकारमा पुगेका ओलीले न राष्ट्रियता सुदृढ हुने काम गरे न भारतको नाकाबन्दीका कारण छाएको अभावलाई नै व्यवस्थापन गर्ने ’bout कुनै काम नै। माफिया, कालोबजारी र भ्रष्टाचारमा संलग्नहरुलाई प्रोत्साहन दिने काम उनकै नेतृत्वमा बालुवाटारबाट भयो। अख्तियारले अनुसन्धानका लागि बोलाएका एमालेका भ्रष्टहरुलाई संरक्षण गरिदिने आश्वासन दिएर आफूलाई भ्रष्टहरुको मसिहाका रुपमा मात्र उभ्याए। ५० को दशकमा चलेको एमाले भ्रष्टहरुको क्लब हो भन्ने भनाइलाई केपी ओलीले सरकारमा रहेको समयमा प्रमाणित नै गरेर छोडे।
प्रधानमन्त्री बन्नु पूर्व उखान टुक्काले ट्वाक–ट्वाक हान्ने प्रधानमन्त्री ओली अचेल पर्ख र हेरको रणनीतिमा छन् । भारतीय नाकाबन्दी तीन महिना वितिसक्दा पनि उनले न कुनै दिर्घकालिन निर्णय गर्न सकेका छन न त नाका खोल्ने प्रभावकारी कदम नै चाल्न सकेका छन् । विगतमा भारतीय प्रवृतिविरुद्ध अभिव्यक्ति दिएर वाहवाही पाएका ओली प्रधानमन्त्री बनेपछि कुर्सी जोगाउनकै लागि भारतको नाकाबन्दीविरुद्ध बोल्न डराएको अधिकांशको बिश्लेषण छ ।
त्यसो त भारतको नाकाबन्दीले आजित सर्वसाधारणको मनमा अलिकति भरोसा समेत भर्न सकेका छैन्न । चीनसँग इन्धन लगायतका व्यापार सम्झौता गरेर भारतीय एकलौटी व्यापार तोड्न उनी थरथर कामिरहेका छन् । जुन उनको कार्यकालको सवैभन्दा कालो धब्बा बन्ने धेरैको अनुमान छ ।
जन 2, 2016 | भिडियो, हाँसोउठ्दो

कोकाकोला, यसका ’boutमा कसैले केही भन्नै पर्दैन। हुन त कोकाकोलाका लागि कुनै मौसम पनि कुर्नु पर्दैन तर पनि नेपालमा गर्मीको मौसम कोकको मौसम हो। त्यसैले त गर्मीको समयमा रेडियो देखी टेलिभिजनमा सुनिन्छ चिसो भनेकै कोकाकोला…’
कोकाकोला गर्मीमा रिफ्रेस हुनका लागि मात्र खाइँदैन। कतिका लागि यो स्टाइल पनि हो भने कतिका लागि आदत। तर स्वास्थ्यका लागि कोकाकोला धेरै राम्रो चिज भने होइन। त्यसो त विभिन्न समयमा कोकाकोला ट्वाइलेट सफा गर्न प्रयोग गरेको भिडियो र त्यसका तथ्यहरु सार्वजनिक भएका नै हुन्। छिमेकी मुलुक भारतमा कोकाकोलामा अखाध्य रसायन भेटिएको देखी नेपालमा कोकाकोलाले उत्पादन गरेको पानी अखाध्य भएको समाचार सुनेर पक्कै पनि कोकाकोला पिउन डराउनु भएकै हुनर्ुपर्छ। तर समाचारमा आएजस्तो कोकाकोलाको बोटलमा ब्लेड नै फेला पर्ने र स्वास्थ्य तत्कालै बिगार्ने भने होइन।
तर कालो रंगको कोकाकोला सेतो भयो भने त्यसलाई के भन्ने? कालोरंगको कोकाकोलालाई सेतो बनाइदिएका छन् एक युवकले। क्रेजीरसियनहृयाकर नामक यूट्यूब च्यानल चलाउने युवकले भुइँ सफा गर्न एवं कपडा धुन प्रयोग गर्ने ब्लिच राखेर कालो कोकाकोलालाई सेतो रंगको बनाइदिएका छन्।

हेर्नुस् भिडियोमा