जन 29, 2018 | सम्बन्ध, हट टपिक्स
कुुनै पनि सम्बन्धमा गाढापन र आनन्द अनुभूति आवश्यक हुन्छ । पुरुषहरूले दिनमा कैयन पटक यौन सम्पर्कको आनन्द लिन चाहन्छन् भन्ने भनाइ एकातिर छ भने अर्कातिर महिलाहरू पनि पुरुषले नै जस्तै आनन्द प्राप्त गर्छन् । तर, सबैभन्दा ठूलो रहस्य भने महिला वा पुरुष कसले रति क्रियामा सबैभन्दा बढी आनन्द उठाउँछन्? यो प्रश्नका उत्तर पढेर तपाईलाई पनि आश्चर्य लाग्न सक्छ ।
महाभारतको अनुशासन पर्वमा मानव जीवनसँग जोडिएका कैयन पक्षहरूमाथि चर्चा गरिएको छ । धर्मराज युधिष्ठिरलाई एउटा प्रश्नले लामो समयदेखि हैरान तुल्याइरहेको छ । वाणहरुको शैय्यामा सुतेर मृत्युको प्रतीक्षा गरिरहेका भीष्मसँग उनले यो प्रश्न सोधे । युधिष्ठिरले भीष्मसँग सोधेः सहवासका क्रममा स्त्री–पुरुषको मिलनको सुख कसले अनुभव बढी गर्छन्? यौन क्रियाका क्रममा सबैभन्दा बढी आनन्द कसले पाउँछ?
भीष्मले भने– “यो प्रश्नको उत्तर दिन अत्यन्तै कठिन छ, जबसम्म स्त्री र पुरुष दुवैको अनुभव कसैले एकै साथ गरेको नहोस् ।” अनि भीष्मले भने– युधिष्ठिर तिम्रो प्रश्नको उत्तर भङ्गस्वाना र सकराको कथाका माध्यमबाट नै दिन सकिन्छ । आफ्नो प्रश्नको उत्तर पाउनका लागि यो कथा सुन ।
धेरै वर्षअघि भङस्वाना नाम गरेको एक राजा थिए । उनी अत्यन्तै न्यायप्रेमी र यजश्वी थिए, तर उनका कुनै पुत्र थिएनन । पुत्रको चाहनामा ती राजाले ‘अग्निष्टुता’ नामक यज्ञ गरे । यज्ञको हवनमा केवल अग्नि देवताको मात्र आदर गरियो, त्यसैले देवराज ईन्द्र निकै क्रोधित भए ।
ईन्द्रले आफ्नो रिस प्रकट गर्नका लागि ती राजालाई दण्ड दिन चाहे । एक दिन ती राजा शिकारमा जाँदा ईन्द्रले उनलाई सम्मोहित गरिदिए । राजा भङ्गस्वाना वनमा यताउता अलमलिन थाले । सम्मोहित अवस्थामा उनले सबै होस गुमाए, उनलाई न त दिशाहरू’bout कुनै सम्झना थियो, न त आफ्ना सैनिकहरू नै देखिरहेका थिए । भोक प्यासले उनलाई आकुल–ब्याकुल बनाइ दिएको थियो । अचानक उनले एक सानो नदी देखे, जुन कुनै जादूजस्तो अत्यन्तै आकर्षक देखिइरहेको थियो । राजा त्यो नदीका तर्फ अघि बढे र उनले पहिले आफ्नो घोडालाई पानी पिलाए अनि आफैले पनि पिए ।
जसै राजा पानीमा प्रवेश गरे, पानी पिए, उनले के देखे भने उनका शरीर बदलिँदै गएको छ । उनी विस्तारै विस्तारै एक स्त्रीमा परिणत भए । लज्जाले गर्दा राजा आलाप बिलाप गर्न थाले । यस्तो किन र कसरी भयो भन्ने उनले बुझेकै थिएनन ।
राजा भङ्स्वाना कराउन लागे– “हे भगवान ! पुरुषबाट स्त्री बनेपछि राज्यका जनतासँग म कसरी अनुहार देखाउँ? मेरो ‘अग्नीष्टुता’ अनुष्ठानबाट मेरा १०० पुत्रहरु जन्मिएका छन्, अब उनीहरुका सम्मुख कसरी परुँ? मेरी रानी, महारानीहरू जो मेरा प्रतीक्षा गरिरहेका छन्, उनीहरूसँग म कसरी भेट्न सकुँला? मेरो पुरुषत्वसँगै मेरो राजपाठ पनि गुम्ने भयो ।”
स्त्रीका रूपमा जब राजा राजधानी फर्के, उनलाई देखेर सबै मानिसहरू आश्चर्यचकित भए । राजाले राजसभा बोलाए र आफ्नो फैसला सुनाउँदै भने अब उनी राजपाठ छोडेर बाँकी जीवन जंगलमा बिताउने छन् ।
यति भनेर राजा जंगलतर्फ प्रस्थान गरे । त्यहाँ गएर उनी स्त्रीका रूपमा एक तपस्वीका आश्रममा बस्न थालिन जसबाट उनले कैयन पुत्रहरूलाई जन्म दिइन र आफ्ना ती पुत्रहरूलाई लिएर पुरानो राज्यमा लगिन । त्यहाँ पुगेर यज्ञबाट जन्मेका पुत्रहरूलाई भनिन्– “तिमीहरू मेरा ती पुत्र हौ, जब म एक पुरुष थिए, यिनीहरू मेरा यी पुत्र हुन्, जब म स्त्री छु । तिमीहरू आपसमा मिलीजुली यो राज्य सम्हाल ।” त्यसपछि सबै दाजुभाइ मिलेर बस्न थाले ।
सबैजनाले सुखपूर्वक जीवन व्यतीत गरिरहेको देखेर देवराज इन्द्रलाई रिस उठ्यो । उनमा बदलाको भावना फेरि जाग्न थाल्यो । उनले सोच्न थाले कि ती राजालाई मैले स्त्रीमा बदलिएर तिनका लागि नराम्रोका ठाउँमा राम्रो पो गरिदिएँ । यस्तो सोचेर ईन्द्रले एक ब्राह्मणको रूप लिए र पुगे राजा भङ्गस्वानाको राज्यमा । त्यहाँ पुगेर तिनले सबै राजकुमारहरूलाई भड्काइ दिए ।
ईन्द्रले भड्काइ दिएपछि सबै दाजुभाइहरू आपसमा नै लड्न थाले, एकअर्कालाई मार्न थाले । यो कुरा भङगस्वानालाई थाह भएपछि उनी शोकाकुल हुन पुगे । ब्राह्मणका ईन्द्र तिनी भएका ठाउँमा पुगे र सोधे कि उनी किन रोइ रहेकी छिन्? भङ्गस्वानाले रुँदा रुँदै पूरै घटना ईन्द्रलाई बताइदिइन, त्यसबपत ईन्द्र आफ्नो वास्तविक रूपमा आए र राजालाई तिनका गल्तीका ’boutमा ज्ञात तुल्याए ।
ईन्द्रले भने– “तिमीले केबल अग्निको मात्र पूजा ग¥यौ र मेरो अनदर गर्याै, त्यसैले मैले तिम्रो साथमा यो खेल रचेँ ।” यो सुन्नेवित्तीकै भङ्गस्वाना ईन्द्रको पाउ परे र आफूले अन्जानमा गरेको अपराधका लागि क्षमा मागे । राजाको याचनापछि ईन्द्रको मनमा दया जाग्यो । उनले राजा भङ्गस्वानालाई माफ गरेर तिनका पुत्रहरू जीवित बनाउन सक्ने बरदान दिए ।
उनले भने– “हे स्त्रीरूपी राजन, आफ्ना छोराहरूमध्ये कुनै एकलाई जीवित बनाऊ ।” त्यसपछि भङ्गस्वानाले ईन्द्रसँग यदि त्यस्तो हो भने आफूले स्त्रीका रूपमा जन्म दिएका पुत्रहरू जीवित तुल्याउन आग्रह गरे । देवराज ईन्द्र छक्क परे र उनले यसको कारण सोधे । भङ्गस्वानाले भनिन– “हे इन्द्र! एक स्त्रीको प्रेम, एक पुरुषकोे प्रेमभन्दा निकै बढी हुन्छ, त्यसैले म आफ्ना कोखबाट जन्मेका बालकहरूको जीवन दान माग्दछु ।”
देवराज ईन्द्रले उनका सबै पुत्रहरूलाई जीवित तुल्याइ दिए र त्यसपछि राजालाई पुनः पुरुष रूप दिने कुरा बताए । “हे भङ्गस्वाना म तिमीबाट यति प्रशन्न भएँ कि अब म तिमीलाई पुनः पुरुष बनाइ दिन्छु ।” तर, राजाले त्यस कुरालाई ठाडै नकारी दिए ।
स्त्रीरूपी भङ्गस्वानाले भने– “हे देवराज इन्द्र, मै स्त्रीरूपबाटै खुसी र स्त्री नै रहन चाहन्छु ।” यो सुनेर देवराज ईन्द्र उत्सुक भएर सोधे, “हे राज के तिमी पुनः पुरुष भएका आफ्नो राजपाठ सम्हाल्न चाहँदैनौं?” भङ्गस्वानाले जवाफमा भने, “किनकी, संयोगले स्त्रीहरूलाई पुरुषका गुणामा ज्यादा आनन्द, तृप्ति र सुख प्राप्ति हुन्छ, त्यसैले म स्त्री न रहन चाहन्छु ।” देवराज ईन्द्रले तथास्तु भनेर त्यहाँबाट प्रस्थान गरे ।
अनि, भीष्मले भने– “हे युधिष्ठिर, शारीरिक सम्बन्धका समयमा स्त्रीहरूलाई पुरुषले भन्दा बढी सुखानुभूति प्राप्त हुन्छ र स्त्रीहरू पुरुषका तुलनाका कैयन गुणा संवेदनशील हुन्छन् ।”
यद्यपि, वैज्ञानिकहरूका बीचमा आनन्दको परिभाषामै विभेद छ । मानवीय कल्पना, शरीरको संरचना, मष्तिस्कको बनावटका कारण यौन सम्पर्कबाट प्राप्त हुने अनुभूतिका बीचमा रायहरू पनि फरक फरक नै पाइएको छ । युवावयमा महिलाका शरीर नदेखेका पुरुषले पिँडुलामात्रै देख्यो भने पनि उत्तेजित हुनसक्छ भने दक्षिणी अमेरिकामा हुकेका मानिसका लागि ब्रा पेन्टी र स्वीमिङ कस्टममा हिडेका केटी देख्दा पनि सामान्य महसुस हुन्छ ।
पुरुषबाट स्त्री ट्रान्ससेक्सुअल र स्त्रीबाट पुरुष ट्रान्ससेक्सुअलहरूमाथि गरिएका अध्ययनले फरक फरक निष्कर्श निकालेका छन् । न्यूरोबायलोजिकल अध्ययनबाट के थाह भएको भने यौन क्रियाका क्रममा पुरुषले छिट्टै आनन्द महसुस गर्छन् भने महिलाले विस्तारो विस्तारै । त्यसैले पुरुषले पूरा मजै नपाएको अनुभूति गर्ने गर्छन ।
जन 20, 2018 | जानकारी, समाज
विश्वका कुनै पनि सभ्य समाजमा बलत्कारलाई गम्भीर अपराधका रूपमा लिइन्छ । बलत्कारमा परेका पीडितले जीवनभर मानसिक यातना झेल्नु पर्छ । कतिपय अवस्थामा उनका कुनै दोष नभए पनि सामाजिक तिरस्कारसमेत भोग्न बाध्य हुनुपर्छ । सामाजिक प्रताडना, बदनामी झेल्न नसकेर कतिपय अवस्थामा त बलत्कृत महिलाहरूले आत्महत्या नै गर्नु परेका घटनाहरू सार्वजनिक भइरहेका छन् । नेपालमा बलत्कारसम्बन्धी सजाय केही खुकुलो भएको, बलत्कारसम्बन्धी उजुरी र कानुनी कारबाही प्रक्रियामा जाँदा उल्टै बदनाम हुने डर, न्याय पाउनमा हुने ढिलाइले गर्दा धेरैजसो घटनाहरू गोप्य नै राखिन्छन् । तर विश्वमा केही यस्ता देश छन् । जहाँ बलत्कारीहरूप्रति कडा कानुनी कारबाहीका व्यवस्था छन् । आज हामी त्यस्तै कडा कानुनी व्यवस्था भएका देशहरूका ’boutमा चर्चा गर्दैछाैं ।
१. चीन
चीनमा बलत्कारीहरूलाई सीधै मृत्युदण्डको सजाय सुनाइन्छ । कतिपय गम्भीर प्रकरणमा त बलत्कारीको गुप्तांग काटिदिने वा निष्क्रिय तुल्याइदिनेसम्मका सजाय दिइन्छ ।
२.ईरान
ईरानमा बलत्कारीलाई सीधै फाँसीका सजाय दिइन्छ वा सार्वजनिक स्थलमा ढुंगाले हानेर मार्नका लागि रिसले उग्र भएका जनताका बीचमा छाडिदिइन्छ ।
३. नेदरल्यान्ड
नेदरल्यान्डमा बलत्कारका दोषीलाई उमेरका आधारमा ४ देखि १० वर्षको काराबासको सजाय दिइन्छ । नेदरल्यान्ड यस्तो देश हो, जहाँ बिनासहमति फ्रेन्स किस (ओठ जोडेर गरिने चुम्बन) पनि बलत्कारका रूपमा व्याख्या गरिएको छ र आरोपितहरूलाई बलत्कारबराबर नै सजाय दिइन्छ ।
४. फ्रान्स
फ्रान्समा बलत्कारीलाई १५ वर्षसम्म जेल सजायका साथसाथै यातना दिने कानुनी व्यवस्था छ, यस्तो सजाय ३० वर्षसम्म बढाउन सकिने व्यवस्था छ ।
५. उत्तर कोरिया
बलत्कारजस्ता अपराधका लागि उत्तर कोरियामा कुनै दया र जेलसजायको प्रावधान छँदैछैन, बलत्कारीलाई पक्राउ गर्ने वित्तिकै गोली ठोकेर मारिदिइन्छ ।
६. रूस
रूसमा बलत्कारीलाई काराघरमा तीन वर्षसम्म थुनिन्छ, उसले पीडितलाई पुर्याएको क्षतिका आधारमा कैद सजाय ३० वर्षसम्म पुर्याइन्छ ।
७. अफगानिस्तान
अफनिस्तारमा बलत्कारीलाई बलत्कार भएको चार दिनभित्र गोली ठोकेर मारिन्छ अर्थात मृत्युका सजाय दिइन्छ ।
८. नर्बे
नर्बेमा बतल्कारीलाई पीडितसँग गरिएको निर्दयी व्यवहारका आधारमा ४ देखि १५ वर्षसम्मका सजाय हुने कानुन छ ।
९. अमेरिका
अमेरिकामा बलत्कारसम्बन्धी दुई किसिमका कानुनहरू छन्, पहिलो संघीय कानुन र अर्को राज्य कानुन । संघीय कानुनअनुसार बलत्कारीलाई ३० वर्षसम्म कैदको व्यवस्था छ भने राज्य कानुनअनुसार फरक-फरक किसिमका सजायका व्यवस्थाहरू छन् ।
१०. भारत
भारतमा बलत्कारविरुद्धको कानुन २०१३ पछि त्यहाँ बलत्कारीलाई १४ वर्षसम्म जेल सजाय हुन्छ भने केही प्रकरणहरूमा फाँसी र जन्मकैदका समेत फैसला हुनसक्ने व्यवस्था छ ।
११. साउदी अरब
साउदी अरबमा कुनै व्यक्तिलाई बलत्कार आरोपमा दोषी पाइएमा जाँचबुझपूर्व नै सार्वजनिक रूपमा मारिन्छ । यो विश्वकै क्रुरतम सजाय हो ।
१२. इजिप्ट
इजिप्टमा पनि बलत्कारीलाई सार्वजनिक रूपमा नै झुन्ड्याएर वा काटेर मारिन्छ । जसबाट बलत्कारका ’boutमा समाजमा सन्देश पुर्याउन सकियोस् ।
१३. इजरायल
इजरायलमा बलत्कारीलाई कम्तिमा चार र बढीमा १६ वर्षसम्मका कैद सजायको प्रावधान छ ।
१४. यूएई
यूएईमा पनि बलत्कारीलाई सीधै मृत्युदण्डको सजाय दिइन्छ ।
१५. ग्रिस
ग्रीसमा कानुनी किताबहरूमा बलत्कारका परिभाषा स्पष्ट रूपमा लेखिएका छन् । कुनै पनि प्रकारका शारीरिक शोषण, यौन उत्पीडन, ज्यान मार्ने धम्की दिएर गरिने जबर्जस्ती याैन सम्पर्कलाई बलत्कार मानिएको छ । यस्तो अपराधमा आजीवन कैद गरिन्छ भने अपराधीलाई जनावरसरह सिक्रीले बाँधेर राखिन्छ ।
अप्रिल 6, 2016 | समाज, सम्बन्ध, हट टपिक्स, हाँसोउठ्दो
भनिन्छ, एउटा सफल पुरूषको पछाडी एउटा महिलाको हात हुन्छ। त्यो हात भनेको प्रेरणा, उत्साह अनि साथको हो। त्यसैले त जिवनका उकाली ओरालीहरूमा नारी र पुरूष रथका दुई पांग्रा बनेर गुड्छन्। यो गुडाईलाई र सम्बन्धलाई पुरूष सफलतासँग जोडेर हेर्दा समाजले लच्छिन र अलच्छिनको कुरा गर्छ। नेपाली समाज धेरै लामो समय देखी मानिसको शरिर, व्यवहार र सोचलाई लच्छिन र अलच्छिनको आँखाले हेर्छ। त्यसैले त छोराको लागी बुहारी खोज्न निस्कने अभिभावकले केटीको आँखा कैलो छ कि छैन खुट्टामा रौं छ कि छैन हेर्छन। अनि केही लच्छिनकी हुने की अलच्छिनको हुने पत्तो लगाउँछन्। यसरी महिलाको अंग तथा व्यवहारबाट मानिस पत्तो लगाउने चलन नेपालमा मात्र होईन विकसित र वैग्यानिक भनेका यूरोप र अमेरिकामा पनि छ।
संसारमा सबै भन्दा बढी कसैको कुरा हुन्छ भने त्यो महिलाको नै हो। महिलाका सबै पक्ष’bout लेख्ने र बयान गर्ने हो भने ४ वेद १८ पुराणलाई पछी पार्ने गरेर नयाँ पुराण र महाभारतहरूको नै सृजना हुनसक्छ। त्यसो त धेरै स्वस्थानीमा सुनिने शेषनागले पनि महिलाको ’boutमा सांगोपांग बयान गर्न सक्नेमा शंका व्यक्त गर्न सकिन्छ। धेरै मानिसहरू सिधै भनिदिन्छन् महिलाको ’boutमा बयान गरि साध्य छैन। महिला भन्नुस नारी भन्नुस वा केटी यीनमा अनौठो जादु नै हुन्छ। पुरूष प्रति बरू महिला आकर्षित नहोलान् तर महिलामा प्रकृतिले यस्तो गुण दिएको छ कि हरेक पुरूष महिला प्रति अाशक्त नै हुन्छ। यस्तो नारी प्रती पुरूषको आशक्ति पनि महिलाको कारभ नै पैदा हुन्छ, के तपाईंलाई थाहा छ, महिलाका हरेक अंगमा केही न केही राज लुकेको हुन्छ । त्यसले उनीहरुको स्वभावदेखि लिएर भविष्यसम्मका विभिन्न जानकारी दिनसक्छ । हेर्नुस कुन अंगमा के राज लुकेको हुन्छ ?
आँखा
ठूला आँखा हुने महिलाहरु खुल्ला विचार र दयालु स्वभावका हुन्छन् । उनीहरुको मन पनि आँखाजस्तै विशाल हुन्छ ।
कमर
सानो र चटक्क छिनेको कम्मर हुने महिलाहरु भाग्यमानी हुन्छन् ।
नाभी
नाभीको भित्रीभाग गहिरो भएका महिलाहरु सौभाग्याली र सुख दिने खालका हुन्छन् । यस्ता महिलाहरुले घरमा पनि समृद्धि ल्याउँछन् ।
नाक

चिटिक्क परेको सुन्दर नाक भएका महिलाहरुलाई सुख र खुसी प्राप्त हुन्छ । यिनीहरु परिवारका अन्य सदस्यका लागि पनि भाग्यशाली ठहरिन्छन् ।
पेट
जसको पेट मूलायम र पातलो हुन्छ उनीहरु सुखभोग गर्ने खालका हुन्छन् । उनीहरुलाई उच्च पद प्राप्त हुनसक्छ । यिनीहरु सामाजिक र धार्मिक स्वभावका पनि हुन्छन् ।
पैताला
पैताला मुलायम हुने महिलाहरु सुख भोग गर्ने स्वभावका हुन्छन् ।
कपाल
कपाल सिल्की र स्टेट हुने महिलाहरु सरल हुन्छन् । यिनीहरु कुरालाई घुमाएर गर्न र त्यसरी गरिएको कुरा बुझ्न नसक्ने हुन्छन् । प्राय: सरल र खुल्ला दिमागका हुन्छन् ।
ओंठ
जुन महिलाको ओंठ सानो हुन्छ, उनीहरु कडा स्वभावका हुन्छन् । तर, मुटूकोजस्तो सेपका सुन्दर ओंठ हुने महिलाहरु विश्वासले भरिपूर्ण तथा आकर्षक र सेक्सी हुन्छन् ।
नङ
लामो र पातलो नङ भएका महिलाहरुमा दृढता र मानसिक क्षमताको अभाव हुन्छ । यिनीहरु विचारका हिसाबले कमजोर हुन्छन् ।
फेब 26, 2016 | समाज
महिलाहरुका लागि निकै कठिनपूर्ण देश हो साउदी अरब । जहाँ महिलाहरुलाई ‘स्वतन्त्रता’ केवल सपना बन्ने गरेको छ । महिलाहरुले पाउनुपर्ने बिश्वब्यापी अधिकार समेत त्यहाँका महिलाहरुले पाउदैनन । महिलाहरुका लागि केही प्रतिबन्धहरु छन् । उनीहरुले यदी यो नियम तोडेको खण्डमा बिभिन्न खालका कारबाही समेत गरिन्छ । यस प्रकारको नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि बिशेष प्रहरी फोर्स नै गठन गरिएका छन् । यसैबीच त्यहाँका महिलाहरुलाई यी लगायत बिभिन्न अधिकारहरु सुनिश्चित गर्न आवाजहरु उठिरहेका छन् । त्यहाँ महिलाहरुलाई यस्ता झिनामसिना कुराहरुमा समेत बन्देज लगाईएको छ कि जुन थाहा पाउनु भयो भने तपाई अचम्मित हुनुहुनेछ ।
१. बैंक खाता खोल्न नपाउने
त्यहाका महिलाहरुले बैंकमा खाता खोल्न पतिको अनुमति लिनु पर्छ । अबिबाहितले भने खाता खोल्न पाउदैन । पैसा जम्मा गर्दा पाप लाग्छ भन्ने मान्यता छ ।
२ . पुरुषबिना हिंडडुल गर्न पाउँदैनन्
कहिँ कतै जानुपर्यो भने पुरुष आफन्त साथमा हुनु अनिवार्य छ । अन्यथा उनीहरुलाई हिरासतमा लिइन्छ । किनकी एक्लै हिड्दा अनैतिक मानिन्छ । यस अघि त्यहा एक युवती एक्लै हिड्दा सामुहिक बलात्कारमा परेकी थिईन ।
३. ड्राइभिङ् गर्न मनाही

Image: thedailybeast.com
ड्राइभिङ् गर्न नहुने त्यहाँ कुनै कानुनी प्रतिबन्ध छैन तर पनि त्यहाँ महिलाहरु सवारी चलाउन सक्दैनन् । किनकी उनीहरुलाई त्यहाँ धार्मिक प्रतिबन्ध छ । सवारी चलाउने महिलाले सामाजिक मान्यता तोडेको मानिन्छ ।
सन २०११ मा एक अन्तराष्ट्रिय संस्थाले ‘ओमन टु ड्राइभ’ अभियान चलाएका थिए । अभियान अन्तर्गत महिलाले गाडी चलाएको फोटो फेसबुक वा इन्टरनेटमा अपलोड गर्न भनिएको थियो तर यो अभियान खासै प्रभाबकारी भएनन् ।
४. मतदान गर्न पाउँदैनन्

Image: Guardian
साउदीमा महिलालाई मतदानको मात्र हैन कुनै पनि राजनीतिक अधिकार छैन । महिलाले मतदान गर्नु निकै गार्हो कुरा हो । पछिल्लो समय यो नियम खुकुलो बन्दै गएको भनिए पनि त्यसको खासै प्रभाव देखिन्न ।
५. पौडी खेल्न पाउँदैनन्
त्यहाँ महिलाहरुले पौडी खेल्नु त टाढाको कुरा पुरुषले नुहाएको समेत हेर्न हुदैन । महिलाले नुहाउदा पनि पुरुषहरुको ख्याल गर्नुपर्छ ।

Image: thenational.ae
६. किनमेल गर्दा कपडा ट्रायल गर्न सक्दैनन्
त्यहाका महिलाहरुलाई आफ्नो घर सिवाय बाहिर कपडा खोल्न मनाही छ । यति सम्म कडा नियम छ कि कपडा किन्न जाँदा समेत कपडा लागेर हेर्न मिल्दैन ।

Image: abc.net.au
७. कपडा पसलमा काम गर्न पाउँदैनन्
त्यहाँ महिलाहरुलाई यति सम्म कडा प्रतिबन्ध लगाएको छ कि उनीहरुले कपडा पसलमा काम गर्न पाउदैनन ।
८. फेसन पत्रिका पढ्न पाउँदैनन्
साउदी अरबका महिलाहरुले फेशन पत्रिकाहरु पढ्न सक्दैनन् तर सेन्सर गरिएका पत्रिकाहौर भने पढ्न सक्छन । उनीहरु ठान्छन कि फेसन पत्रिकामा छापिएका फोटो सामग्रीहरु इस्लामको मान्यता संग मिल्दैनन् ।

Image: feminist.org
९. बार्बी किन्न पाउँदैनन्
त्यहाँका महिलाहरुले बार्बी खेलौना किन्न सक्दैनन् किनेकी उनीहरुको समुदायमा यो खेलौना धर्म बिपरित छ ।
जन 21, 2016 | सम्बन्ध, हट टपिक्स, ह्युमर
तपाइँले तपाइँको गर्लफ्रेण्ड वा श्रीमतीलाई राम्रोसँग चिन्नु नै भएको छैन भनेर कसैले भन्यो भने तपाइँ हामी जो कोही पनि त्यो मानिससँग झगडा गर्न तम्सन्छौं। तर साँच्ची के हामीले हाम्रा श्रीमती, गर्लफ्रेण्ड वा साथी जो महिला छन् उनीहरुलाई भित्रै देखी चिनेका जानेका छौं त? यो यतिखेरको अहम सबाल हो। हामीले जत्ति नै चिनेको नजिकको भने तापनि महिलालाई चिनेका छैनौं। यहाँ चिन्ने भन्न खोजेको हो स्वभाव, प्रवृत्ति अनि आनिबानीको कुरा। प्रकृतिले नै मानिसमा भेद गरेको छ महिला र पुरुषका सोच्ने शैली देखी आनिबानी जन्मँदा देखी नै फरक खालको भएर आएको हुन्छ। नारी अधिकार भनेर एनजिओ आइएनजिओको पैसामा र्सार्वजनिक मञ्चमा जत्ति नै कुर्लिए पनि महिला अधिकारवादी महिलाहरुको स्वभाव पनि उही हो भलै उनीहरु बाहिर नदेखिओस भनेर धेरै नै अभिनय गर्दछन्। आखिर दामको सबाल जो छ। तर पनि महिलामा पुरुषले हेर्दा र महशुस गर्दा यस्ता अनेकौं चाखलाग्दो र अनौठो स्वभाव हुन्छ त्यसको बयान सामान्य मानिसले गर्न पनि सक्दैन। लामो समय देखी महिलाका ’boutमा यस्ता अनौठा प्रसंगका ’boutमा चर्चा हुँदै आएको छ।

Image: Tumblr
महिला आधा विश्व, धर्ती, आमा अनि ममताकी प्रतिमूर्ति। एका तर्फमहिलाको ’boutमा यस्तो बयान छ भने अर्को तर्फ महिलालाई विश्वविद्यालय र बुझेर पनि नसकिने विषयको रुपमा लिने गरिन्छ। विशेष गरेर महिलाको स्वभाव, चरित्र अनि प्रकृतिलाई ठम्याउन नसकिने विचार सनातन देखी निरन्तर समाजमा छ। त्यसैले त संस्कृतमा पनि भनिएको छः
त्रिया चरित्रं ,पुरुषस्य भाग्यम देवो न जानाति,कुतो मनुष्यः

Image: Tumblr
महिलाहरु बुझी नसक्नुका हुन्छन । मुख हेरेर चिन्नु त असम्भब भैहाल्यो जिन्दगी भर संगै बिताएकाले पनि महिलाका ’boutमा सबै कुरा जान्न बुझ्न सक्दैनन् । त्यसो त कतिपय पुरुष साहित्यकारले महिलालाई कहिल्यै पनि चिन्न नसकिने ब्यक्तित्वको रुपमा अर्थ्याएका छन् । एक साहित्यकारले त ‘वुमन इज फरेनल्याण्ड’ अर्थात महिला भनेको विदेशी भूमी हो समेत भनेका छन् । हामीले यहाँ महिलाको ’boutमा लामो अनुसन्धानपछि पत्ता लागेका ९ चाखलाग्दो तथ्यहरु प्रस्तुत गरेका छौ ।

Image: Tumblr
१. कुनै पनि महिलाले आफूलाई थाहा भएको कुरा ४७ घण्टा १५ मिनेट भन्दा बढी कसैलाई पनि नभनी बस्न सक्दैनन् ।
२. महिलाहरुले दिनमा ३ पटक झुट बोल्छन् जवकी पुरुष दिनमा कम्तिमा ६ पटक ।
३. महिला वर्षमा कम्तिमा ३० दखि ६४ पटक सम्म रुन्छन् तर पुरुष भने केवल ६ देखि १७ पटक मात्र ।
४. महिलाको मुटु पुरुषको भन्दा छिटो धड्किन्छ ।
५. कुनै पनि महिला यौन सम्पर्कको ८ वा १० दिनपछि गर्भवती बन्न सक्ने सम्भावना पनि हुन्छ ।

Image: Tumblr
६. गर्भवती अवस्थामा घुर्ने महिलाले साना बच्चा जन्माउने सम्भावना हुन्छ ।
७. प्रत्येक महिलाले जीवनकालमा कम्तिमा ४ वर्ष महिनाबारी भएर विताउँछन् ।
८. प्रत्येक महिलाले जीवनभरीमा कम्तिमा १ वर्ष बराबरको अवधि के लगाउने भन्ने सोंचेर विताउँछन् ।
९ प्रत्येक महिलाले दिनमा २० हजार शब्द बोल्छन् जुन पुरुषको तुलनामा १३ हजारले बढी हो ।