डिस 28, 2015 | समाज
२०१५ को अन्त्यसंगै यो बर्ष भएका बिभिन्न घटनाक्रमहरुको समिक्षा गर्ने क्रम जारी छ । वेबसाइटहरुको वारेमा जानकारी दिने साइट एलेक्साडटकमका अनुसार सन् २०१५ मा विशेषतः सोसियल साइट, न्यूज साइट, सर्च इन्जिन र इकमर्स साइटहरु सर्वाधिक हेरिएका छन । नेपालमा सर्वाधिक हेरिएका वेबसाइटहरुको संक्षिप्त विवरण यस्तो छ ।

फोटो: एलेक्सा
१. फेसबुक
४ फेब्रुअरी २००४ देखि संचालनमा आएको सामाजिक संजाल फेसबुक बिश्वभर लोकप्रिय छ । यसका संस्थापक हुन मार्क जुकरवर्ग । इस्टाग्राम, ह्वाट्सएप, अकुलस, प्राइभेटकोर फेसबुकका सब्सीडायरी कम्पनीहरु हुन । पछिल्लो समय इन्टरनेटको पंहुज विस्तारसँगै यसका प्रयोगकर्ताहरु पनि बढेका छन् । यसको सक्रिय प्रयोगकर्ता १.४४ विलियन जना रहेको कम्पनीको दावी छ । फेसबुकले विभिन्न देशहरुको फ्रि इन्टनेट पनि प्रदान गर्दै आएको छ । सोसियल मिडियाको रुपमा समेत फस्टाउदै गएको फेसबुक चीन, इराक लगायत केही मुलुकहरुमा भने प्रतिबन्धित छन् । फेसबुक बिश्वमा प्रयोग हुने वेबसाइटहरुको सूचिमा दोश्रोस्थानमा छन भने अमेरिकामा पनि दोश्रो स्थानमै छन । त्यस्तै भारत, ब्राजिल, युके र जर्मनीमा तेश्रोस्थानमा रहेका छन् । नेपालमा भने पहिलो स्थानमा रहेको छ ।
२. गुगल
सर्च इन्जिन गुगल बिश्वमा सवैभन्दा बढी प्रयोग हुने वेबसाइट हो । केही नयाँ कुरा खोज्नु परयो अथवा आफूलाई जानकारी नभएको कुरा पत्ता लगाउनु परयो अथवा नयाँ विषयमा जानकारी लिनु परयो भने गुगलको सहारा लिन सकिन्छ । ४ सेप्टेम्वर १९९८ देखि संचालनमा आएको गुगलका संस्थापक ल्यारी पेज र सर्जिन ब्रेन हुन । बिश्वभर गुगलमा ५९ हजार ९ सय ७६ जना कर्मचारी कार्यरत छन । गुगल अमेरिकामा प्रयोग हुने वेबसाइटहरुको सूचिमा पनि पहिलो स्थानमा नै रहेका छन । त्यस्तै भारत, नेपाल, र ब्राजिलमा दोश्रो स्थानमा रहेको छ । त्यस्तै जापानमा पाचौं, इरानमा पहिलो स्थानमा रहेको छ । बहुराष्ट्रिय कम्पनी गुगलले सर्च इन्जिनका साथै मेल, न्यूज, क्लाउड, एडभर्टाइज, सफ्टवेयर लगायतका थुप्रै सेवाहरु प्रदान गर्दै आएको छ ।
३. यु–ट्युब
भिडियोहरु अपलोड गर्न, हेर्न र डाउनलोड गर्नका लागि यु–ट्युब लोकप्रिय छ । सन २००५ फेब्रुअरी १४ बाट संचालनमा आएको यु ट्युब बिश्वभर विभिन्न भाषामा उपलब्ध छन । यु ट्युब बिश्वभर प्रयोग हुने वेबसाइटहरुको सूचिमा तेश्रोस्थानमा रहेको छ भने अमेरिकामा चौथोस्थानमा रहेको छ । त्यस्तै भारत, जापान र ब्राजिलमा चौथोस्थानमा रहेको छ भने रसियामा पाचौंस्थानमा रहेको छ । नेपालमा भने तेश्रोस्थानमा रहेको छ ।
४. अनलाइन खबर
नेपाली समाचार साइट अनलाइन खबर सर्वाधिक हेरिएका साइटहरुको सूचीमा चौथोस्थानमा छ । गत वर्ष ग्लोबल रयांक ७ हजार ७ सय १७ रहेकोमा यो वर्ष २ हजार २ सय ५८ मा आउन सफल भएको छ । अनलाइन खवर नेपालबाट ६० प्रतिशत, अमेरिकाबाट ६.७ प्रतिशत, कतारबाट ४.१ प्रतिशत, युएइबाट ३.३ प्रतिशत र मलेसियाबाट ३.१ प्रतिशतले हेर्ने गरेको छ ।
५. गुगल डटकम डट एनपी
यो गुगलकै नेपाली भर्सन साइट हो ।
६. इकान्तिपुर
इकान्तिपुर डटकम पनि न्युज साइट हो । यसको ग्लोवल रयांकमा ८ हजार ४३ औं स्थानमा रहेको छ । इकान्तिपुर डटकमबाट अनलाइनका साथै कान्तिपुर पब्लिकेशनबाट प्रकाशन हुने कान्तिपुर, साप्ताहिक, नारी, नेपाल लगायत पढ्न सकिन्छ । कान्तिपुरले यो वर्ष अनलाइन संस्करणलाई परिमार्जन गरेर आकर्षक र नयाँ सुविधाहरु थप गरेको छ ।
७. सेतोपाटी
यो पनि नेपाली न्युज साइट नै हो । यसको ग्लोबल ¥यांक गत वर्ष करिव १४ हजार ८ रहेकोमा यो बर्ष घटेर १० हजार २ सयमा आएको छ । सेतोपाटीले ग्लोबल संस्करण र किनमेल संस्करण संचालन गरेपछि यसको अपडेट झन रफ्तार बढेको छ ।
८. ट्वीटर
माइक्रोब्लगिङ साइट ट्विटर सन २००६ देखि संचालनमा आएको हो । ज्याक डर्सै, नअ ग्लास, विज स्टोन, इभान विलियम यसका संस्थापक हुन् । पछिल्लो समय बिश्वभर यसको ट्रेन्ड बढ्दो छ । यसको २०३ मिलियन प्रयोकर्ता रहेको कम्पनीको दावी छ । बिश्वभर संचालित वेबसाइटहरुको सुचिमा यो ९ औं स्थानमा रहेको छ भने अमेरिकामा आठौं स्थानमा रहेको छ । नेपालमा पनि यो आठौं स्थानमै रहेको छ ।
९.इताजा खवर
इताजा खबरले टपटेन रयांकिङमा पहिलो पटक प्रवेश पाएको छ ।
१०.नागरिकन्यूज
रिपब्लिकाको न्यूज साइट नागरिकन्युज नेपालमा हेरिने न्यूजसाइट मध्ये पाचौंस्थानमा रहेको छ । गत वर्ष चौथोस्थानमा रहेको थियो । नेपालमा हेरिने समग्र साइटहरु मध्ये ११ औंस्थानमा रहेको छ भने ग्लोबल रयांक १२ हजार ८ सय रहेको छ ।
अक्ट 28, 2013 | टेक्नोलोजी
इन्टरनेट, कम्पयुटरको यो जालोमा पछिल्लो समय आम मानिसको गतिविधि सामाजिक सञजालमा केन्द्रीत हुन थालेको छ। आम दैनिकीका तस्विर तथा भिडियोहरु साझे गर्ने क्रम चलिरहेको छ भने इन्टरनेटमा गीत देखी चलचित्र सबै सित्तैमा उपलब्ध हुन थालेका छन्। जसले गर्दा फिल्म सित्तैमा डाउनलोड गरेर चाहेको समयमा हेर्न सकिने भएको छ। त्यसो त मोबाइल र आफ्नो प्रयोगको सजिलो उपकरणमा राख्न साथै साथीभाईमा सेयर गर्न समेत सजिलो बनेको छ।

भिडियो डाउनलोड गर्ने अनेकन उपायहरु यतिखेर उपलब्ध छन्। यूट्यूबका भिडियो डाउनलोड गर्नका लागि आफ्नो ब्राउजरमा सानो एडअन मात्र राखे पुग्छ भने कम्प्युटर छुट्टै सफ्टवेयर समेत स्थापित (इन्स्टल) गर्न सकिन्छ। यस्ता सफ्टवेयरहरुको माध्यमबाट भिडियो डाउनलोड गर्नकालागि सम्बन्धित भिडियोको यूआरएल (वेबठेगाना) कपी गरेर सफ्टवेयरमा राख्नुपर्छ।
तर, भीएसओ नाम गरेको एउटा भिडियो डाउनलोडर छ जसको माध्यमबाट भिडियो डाउनलोड गर्नु निक्कै सजिलो छ। यसमा यूट्यूब जस्ता भिडियो सेयरि साइटका भिडियो डाउनलोड गर्नका लागि भिडियोको वेबठेगाना कपी पनि गर्नु पर्दैन। तपाइँले आफ्नो ब्राउजरमा भिडियो हेर्दा हर्दै भिडियो आफै डाउनलोड हुन्छ। त्यसका लागि तपाइँले यो सफ्टवेयर आफ्नो कम्प्युटरमा स्थापित गरेर डाउनलोडरको सेटिङमा streaming monitoring लाई enable गरे पुग्छ। त्यसपछि तपाइँको कम्प्युटरमा जुनसुकै ब्राउजरमा भिडियो हेरेपनि त्यो स्वत डाउनलोड हुन्छ। यो सफ्टवेयरले सबै खालका ब्राउजरलाई समर्थन गर्छ। यदी डाउनलोड भइरहेको समयमा लाइन गयो वा केही समस्याका कारण कम्प्युटर बन्द भयो भने पनि यसले डाउनलोड भइरहेका भिडियोलाई गरि पुरै डाउनलोड गर्छ। यसले भिडियो डाउनलोड गरिरहेको समयमा भिडियोको आकार र डाउनलोडको गति पनि हेर्न सकिन्छ।
यो भिएसओ भिडियो डाउनलोडर यहाँबाट डाउनलोड गर्न सकिन्छ।
अगस्ट 26, 2013 | टेक्नोलोजी
स्क्यान गरेका डकुमेन्ट तथा प्रिन्ट गरेर नै दिएका पेजहरुलाई डिजिटल रुपमा रुपान्तरण गर्नका लागि टाइप गर्न लाग्नुभएको छ भने पख्नुहोस् तपाइँले टाइप नगरी फोटोको रुपमा पाएका त्यसखालका डकुमेन्टलाई अक्षमा नै बदल्न सक्नुहुन्छ। स्क्यान गरेका तथा डिजिटल फोटोको रुपमा रहेका अक्षरहरुलाई पुन अक्षरमा बदल्नका लागि अक्षर चिन्ने (क्यारेक्टर रिकग्निसन) सफ्टवेयरहरु उपलब्ध भइसकेका छन्। 
ती मध्ये केही सफ्टवेयर भने निशुल्क अनलाइन टूलका रुपमा पाउन सकिन्छ। ती मध्यै एउटा हो ओसीआरअनलाइन। जसको पूरा अर्थ हो अप्टिकल क्यारेक्टर रिकग्निसन अनलाइन। जुन निशुल्क रुपमा स्क्यान गरेका तथा फोटो खिचेर राखेका अक्षरहरुलाई फेरी अक्षरको रुपमा बदल्नका लागि उपलब्ध छ। यो अनलाइन टूलले धेरै मात्रामा सही शब्दहरु उतार्ने दाबी गरिएको छ। यसले अंग्रेजी मात्र नभएर विश्वका विभिन्न एकसय ५३ जति भाषाका अक्षरहरुलाई चिनेर फोटोबाट टेक्स्ट फाइलका रुपमा रुपान्तरण गर्दछ।
यसको फोटोबाट अक्षर बनाउने सेवा निशुल्क छ। यसले फन्टहरुको पनि पहिचान गर्न सक्दछ। त्यसका लागि तपाइँले यसको वेबसाइटमा दर्ता भने हुनुपर्छ। त्यसपछि तपाइँले वेबसाइटमा बनेको आफ्नो एकाउन्टको प्रयोग गरेर एकपटकमा पाँच पेज फोटो फाइललाई अक्षरका रुपमा रुपान्तरण गर्न सक्नुहुन्छ। यो सेवा प्रयोगका लागि यहाँ क्लिक गर्नुहोला।
जुलाई 10, 2013 | टेक्नोलोजी
इन्टरनेट, विश्वलाई एकै ठाउँमा ल्याएको यो प्राविधिक कम्प्युटरको जालोले हामी सबैलाई एकै ठाउँ बनाएको छ। सूचना देखी मनोरञ्जनका सबै सामग्री एकै ठाउँ सजिलै र सित्तैं पाइने भएको छ। त्यसो त सामाजिक र सार्वजनिक अर्न्तक्रिया पनि इन्टरनेट मार्फत नै हुन थालेका छन्। त्यसैले त सामाजिक सञ्जाल फेसबुक र माइक्रो ब्लग साइट ट्वीटर विश्वका धेरै हेरिने वेबसाइटका रुपमा दरिएका छन्।
आम नेपालीका लागि भने इन्टरनेटमा उपलब्ध धेरै सूचनाहरु पहुँचमा आउन सकेका छैनन्। कारण हो भाषा, कम्प्युटर र इन्टरनेटका सामग्री अंग्रेजी भाषामा छन्। नेपालीमा उपलब्ध सामग्रीहरु थोरै मात्र भएकाले तीनले आम इन्टरनेट प्रयोगकर्तालाई खासै धेरै समय अध्ययनमा टिकाइराख्न सक्दैनन्। तपाइँ हामीलाई विभिन्न वेबसाइटमा राखिएका अंग्रेजी सामग्री सजिलै बुझ्न गाह्रो हुन्छ। कतिपय शब्दको त अर्थ नै जानिँदैन। यस्तो अवस्थामा साइबर वा घरमा कम्प्युटर चलाइरहँदा डिक्सनरी हातमा समातेर बस्ने कुरा पनि भएन।
अंग्रेजीका सामग्री पढ्नमा यसखालको कठिनाइ नढाँटी भन्ने हो भने हामी सबैलाई परिरहेको छ। त्यसका लागि समाधान पनि नेपालीहरुले नै बनाइरहेका छन्। ती हुन अंग्रेजीलाई नेपाली बनाउने अनलाइन टूल। अर्थात् अंग्रेजीका शब्दलाई नेपालीमा अर्थ दिने माध्यम। यसका रुपमा अनलाइनमा शब्दकोश र अनुवादक समेत तयार भइसकेका छन्। विदेशी ठूला कम्पनीले बनाएका जस्ता नभएपनि नेपालीले बनाएका यी साधन तपाइँ हामीलाई अंग्रेजी बुझ्न सजिलो बनाउने खालका नै छन्।
अंग्रेजी नेपाली शब्दकोष
अनलाइन शब्दकोषका रुपमा रहेको यो अंग्रेजी नेपाली शब्दकोशमा २३ हजार भन्दा बढी शब्दहरुको अर्थ राखिएको छ। अंग्रेजीमा टाइप गरेका शब्दको अर्थ यसले नेपालीमा उपलब्ध गराउँछ। तत्कालका लागि बेटा भर्सनमा उपलब्ध यो शब्दकोषको एण्ड्रोइड तथा आइओएस एप पनि उपलब्ध छ। यो शब्दकोष प्रयोगका लागि यहाँ क्लिक गर्नुहोस्।
अंग्रेजी नेपाली अंग्रेजी शब्दकोष 
नेपाल लिंक नेटवर्कले तयार गरेको यो शब्दकोषमा अंग्रेजी शब्दहरुको नेपाली अर्थ पाउन सकिन्छ। यो शब्दकोषको विशेषता भनेको यसमा अंग्रेजी शब्दका अर्थहरु नेपालीमा मात्र होइन नेपाली शब्दहरुलाई अंग्रेजीमा के भनिन्छ भन्ने पनि छ। त्यसका लागि यो शब्दकोषले अंग्रेजी नेपाली र नेपाली अंग्रेजी शब्दार्थको सुविधा दिएको छ। यो शब्दकोष प्रयोगका लागि यहाँ क्लिक गर्नुहोस्।
दोभासे
दोभासे, नामको अर्थ नै दुर्इ भाषामा जानकारी दिने भन्ने बुझिन्छ। उल्था गरिदिने हो यसको सिधै अर्थ। काठमाडौं विश्वविद्यालय अर्न्तगत इन्फरमेसन एण्ड ल्यांग्वेज प्रोसेसिङ रिर्सच ल्याबले तयार पारेको यो वेबसाइटले चलन चल्तिमा रहेका अंग्रेजीका शब्दहरुलाई नेपालीमा अनुवाद गरिदिन्छ। यो वेबसाइट विकासको क्रममा रहेकाले यसमा जम्मा २२ हजारको हाराहारीमा शब्दहरु रहेका छन्। यो वेबसाइट मार्फत अंग्रेजीको उल्था गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
जुन 13, 2013 | टेक्नोलोजी
कार्टुन पत्रकारिता र कलाको रचनात्मक विधा हो। जहाँ व्यक्ति र वृत्तिलाई चित्रको माध्यमबाट रोचक प्रस्तुती दिइन्छ। कागजका पानामा कोरिने यस्ता चित्रहरुले कतिपय अवस्थामा शब्द वा तस्विरमा उतार्न नसकिने वास्तविकतालाई उतार्छन्। यो सञ्चार र चेतना फैल्याउने एक अनुपम विधा र कला मात्र नभएर यो मनोरञ्जनको माध्यम पनि हो। हाम्रो जस्तो गाईजात्राका अवसरमा समाजका सबै वर्ग र तप्काका नराम्रा र विसंगतिपूर्ण काम, गतिविधिलाई व्यंग्य गर्ने परम्परा भएको देशमा कार्टुनले धेरै महत्व राख्दछ। सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले झन यसलाई धेरै बल पुरयाएको छ। ब्लग तथा वेबसाइट बनाउने तथा चलाउने क्रम बढि रहँदा समाज र राजनीतिका विभिन्न पाटोहरुमा व्यंग्य कस्न साथै कतिपय गतिविधिलाई दृश्यमा उतार्नकालागि कार्टुन कला अपरिहार्य रहेको छ। त्यसो त चित्रकथाका रुपमा कुनै कथानकलाई प्रस्तुत गर्नका लागि पनि यो आवश्यक हुन्छ। तर यसखालको कला प्रस्तुत गर्नका लागि आवश्यकता भएर मात्र पुग्दैन। त्यसका लागि चित्रकलाको राम्रो ज्ञान हुनुपर्छ। ललितकला विषयको अध्ययन गरेका तथा धेरै समयको अभ्यास गरेकाले मात्र यसखालको चित्रहरु बनाउन सक्छन्। तर डिजिटल मिडियाको विकासले यसखालको चित्र बनाउने कलालाई पनि सजिलो बनाइदिएको छ। विभिन्न अनलाइन स्टुडियोले अनलाइन टूलका रुपमा यसरी चित्रकारी गर्ने अवसर प्रदान गरेका छन्।
यदी तपाइँ आफ्नो ब्लग तथा वेबसाइट साथै सामाजिक सञ्जालमा आफ्नो चित्रकारी देखाउन चाहनुहुन्छ। या साथीभाईका तस्विरलाई कार्टुनका रुपमा प्रस्तुत गर्न चाहनुहुन्छ भने तपाइँलाई त्यसका लागि ललितकला क्याम्पसमा गएर कक्षा लिनुपर्छ भन्ने छैन। त्यसका लागि अनलाइन टूल प्रयोग गर्न सक्नुहुन्छ। जसले लिंग, वर्णका आधारमा विभिन्न चित्रमा तपाइँले चाहे अनुसारको परिवर्तन ल्याउन सक्नुहुन्छ त्यो पनि एक क्लिकमा नै। तपाइँलाई त्यसका लागि यी वेबसाइटले सघाउँछन्।
एसपी स्टुडियो
यो कार्टुन तथा चित्र बनाउने अनलाइन स्टुडियो हो। यसमा तपाइँले विभिन्न आकारमा व्यक्तिका अनुहार, शरिर, कपाल साथै पृष्ठभूमिहरु परिवर्तन गरेर कार्टुन तथा चित्र तयार पार्न सक्नुहुन्छ। यसल अनुहार, आँखा, कपाल, टोपी साथै छालाको रंग अनि गतिविधिहरु बनाउने सजिलो अवसर दिन्छ। यसमा तपाइँले बेलुनहरु राखेर चित्रमा देखिएको मानिसको भनाईहरु पनि बनाउन सक्नुहुन्छ। यो वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मोन्जी
यो वेबसाइटले चित्रहरु बनाउन मात्र होइन मानिसको तस्विरलाई नै कार्टुनका रुपमा तयार पार्ने सुविधा दिन्छ। यसमा तपाइँ विभिन्न तस्विरहरुमा दैनिक प्रयोग हुने साधनहरु चश्मा, झोला लगायत मेकअपहरुको प्रयोग पनि गर्न सक्नुहुन्छ। यसमा आफूले खिचेको फोटो अपलोड गरेर त्यसमा विभिन्न नयाँ प्रयोग पनि गर्न सकिन्छ। यसमा रजिष्टर हुनुभयो भने तपाइँले रजिष्टर नभइ पाइने भन्दा धेरै नयाँ प्रयोगका अवसर पाउनुहुन्छ। यो वेबसाइटमा जानका लागि यहाँ क्लिक गर्नुहोस्।
ब्लगसीडीएन
यो वेबसाइटले तपाइँलाई मानिसको कार्टुन बनाउनमा सहयोग गर्छ। यसमा तपाइँले गर्नुपर्ने कामहरु निक्कै सजिला छन्। सामान्य रुपमा १० देखी १५ पटक माउसले क्लिक गरेको आधारमा नै तपाइँले आफूले चाहेको कार्टुन बनाउन सक्नुहुन्छ। यसमा तपाइँले व्यक्तिको कार्टुन मात्र नभएर त्यस्ता कार्टुनको प्रयोग गरेर कथानकको प्रस्तुती पनि दिनसक्नुहुन्छ। यो वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।