शब्दमा आधारित भएर गरिएको संग्रह: सम्बन्ध

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

बलात्कार, शब्द नै निच सुनिन्छ। तर पनि हाम्रो समाजमा यस्ता अमानवीय गतिविधिमा लाग्नेको संख्या कम छैन। पछिल्लो छ महिनामा मात्र छ दर्जन बलात्कारका घटना समाचार बनेका छन्। बलात्कारका धेरै घटनाहरु घरभित्रै साम्य पारिन्छ, इज्जत अनि सामाजिक मान मर्यादाको नाममा। बलात्कारको सर्न्दभमा हाम्रो समाजको यस’boutमा रहेको धारणा नै गलत छ। नेपाली समाजले बलात्कारका घटनाको पिडीत पक्ष अर्थात् महिलालाई नै दोषीको रुपमा मान्छ। पुरुषवादी समाजमा बाँच्नुको सबैभन्दा ठूलो पीडा र विदेशको शिकार महिलाहरु यस्ता बलात्कार जस्ता घटनामा भएको देख्न सकिन्छ। घरेलु हिंशा देखी यौजन्य हिंशाका घटनामा समाज र समाजका प्रबुद्धहरुले महिलालाई नै दोषीका रुपमा उभ्याउँछन्। अनि महिलाको भूमिका खोजिन्छ त्यसमा केही फेला नपरे पनि चरित्रमा शंका गर्ने छुट त हरेक पुरुषले जन्मसिद्ध नै लिएको आएको हुन्छ। छोटा कपडा, घरबाहिर हिँड्नु, केटाहरुसँगको संगत, प्रेम र शारिरीक सम्बन्धका कुराहरुलाई जोडेर बलात्कार तथा महिला हिंशाका घटनामा महिलालाई नै कमजोर र दोषीका रुपमा उभ्याएर यस्ता कुराहरुलाई सामसुम पार्ने ध्यान हुन्छ समाज अनि परिवारको। नत्र इज्जत जाने र नाक काटिने जो डर छ। जुन बिलकुलै गलत मात्र होइन अपराधी मानसिकता हो। यस्तो मानसिकता धेरैमा छ त्यसैले त एक्लै जागिरका लागि अर्न्तवार्तामा निस्केकी, सामान किन्न निस्केकी अनि सार्वजनिक यातायातमा यात्रा गरिरहेकी युवतीहरु महिलाहरु यौन उत्पीडनको शिकार भइरहेका छन्। हाम्रो जस्तो एक्लै घाँसदाउरा र घर सम्हाल्नुपर्ने खालको समाजमा महिलालाई झन आफूलाई यौन पिपाशुका नजर र आक्रमणबाट जोगाउनु निक्कै मुस्किल छ। समाजमा महिलाहरु प्रति हुने यस्ता दूर्व्यवहार र अपराधमा महिलाको भन्दा पनि पिडक पक्षको साथ देखिने वर्गलाई व्यंग्य गर्ने हिसाबमा फोटोग्राफर याना मजरकेभिचले यौन उत्पीडनलाई लिएर एउटा फोटो सिरिज शुट गरेकी छिन्। जसले बलात्कारको घटनामा समाजको दृष्टिकोण र पिडकको पक्षमा उठ्ने आवाजलाई देखाइएको छ। सबै फोटोहरुमा एउटा नारीलाई पुरुषको हातले मुख बन्द गरेर कसरी समाजले बलात्कार पीडीतको मुख बन्द गराउँछ भन्ने पनि देखाउन खोजिएको छ। फोटोमा यौन उत्पीडनमा परेकी महिलाले समाजको दृष्टिकोणलाई व्यंग गरेर लेखिएका शब्दहरु प्लेकार्डका रुपमा लिएकी छिन्। यी यस्ता फोटो हुन् जसलाई ध्यान दिएर हेर्नुभयो भने तपाईंको सोच बदलिदिन्छ बलात्कारको घटनामा: मलाई थाहा हुनुपथ्र्यो कि कसरी जोगिनुपर्छ   म एक्लै निस्कनु हुँदैनथ्यो   सायद म बढी नै नजिक भएँ   मेरो गल्ती थियो मैले मदिरा पीएकी थिएँ   मैले आफ्नो ब्वाई फ्रेण्डलाई हुन्न भन्न सक्दिन मेरो स्कर्ट सारै छोटो थियो   मैले मेरो ड्रिंक तल राख्नुहुँदैन थियो …

Read More »

जाडोमा तताउने गरमागरम सेक्स शैली

जाडो दिनानुदिन बढ्दो छ । जाडोयाममा सेक्सका लागि मतिहत्ते हुनु स्वभाबिक हो । किनकी जाडो भगाउने ओखती हो सेक्स । तर स्मरणीय कुरा के पनि हो भने केही टिप्सहरु ख्याल गर्न सकेको खण्डमा थप गरमागरम सन्तुष्टि प्राप्त गर्न सकिन्छ । पार्टनरसँग टाँसिएर बस्नु, चुम्बन गर्नु त्योभन्दा पनि अघि बढ्नुको आनन्दै बेग्लै । यो चिसोमा तपाईको यौन जीवनका लागि हामीले यहाँ केही उपाय दिएका छौ । जसको प्रयोगबाट तपाईले अझ आनन्द महशुस गर्नुहुनेछ । सेक्सका लागि तयार हुनु भनेको कपडाबाट टाडा हुनु हो।तर, पुस माघको यो चिसोमा कपडा खोल्नु आफैमा कुनै यातना भन्दा कम नहोला । यस्तो अवस्थामा तपाई पार्टनरलाई यौनप्रति रुची बढाउने प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ

Read More »

सेक्सलाइफ सक्सेसफूल बनाउने १० सूत्र

सम्बन्ध सपार्ने र चकनाचुर पार्ने ओखति हो- सेक्स । यसको सहि सदुपयोगले जीवन नै उमंगमय बन्छ तर यसका केही टिप्सहरु थाहा नपाउदा जीवन नै निराशमा बदलि दिन्छ । सेक्स असन्तुष्टिकै कारण धेरै जसो दम्पती सम्बन्ध बिच्छेद गर्छन तर बिबिध कारणबश उनीहरु अदालतमा अनेक बहाना बनाउने गरेको सर्वेक्षणहरुले देखाएको छ ।

Read More »

महिलाबाट पुरुषले खोज्ने ७ कुरा

महिला र पुरुषको सम्बन्धमा पुरुष जहिले पनि माथि हुन्छ। यो मानव सभ्यताले नै स्थापित गरेको कुरा हो। जहिले र जुन समाजमा पनि पुरुष महिलाबाट आशा राख्ने स्वभावको हुन्छ। एक खालको शासकवृत्ति हुन्छ पुरुषमा। त्यसैले पनि अधिकांश समाज र परिवार पुरुष प्रधान नै रहेका छन्।

Read More »

लभ पर्दा जानै पर्ने काठमाडौंका १० ठाउँ

'पिरती आफै हुँदो रहेछ...' भन्ने गीत पनि पुरानो भयो बाउबाजेको पालाको जस्तो। यतिखेर पिरती हुनको लागि पनि धेरै रिक्वायरमेन्ट पुरा गर्नुपर्छ। पैसा, पढाइ अनि करिअर सबैको समावेसी स्वरुप नदेखिइकन अनुभव हुने माया होइन दुर्इ दिनको घामछायाँ मात्र हो।

Read More »
Loading...