धनी पति खोजेका बलिउडका अभिनेत्रीहरू

धनी पति खोजेका बलिउडका अभिनेत्रीहरू

हातमा मैला सुनाका थैला के गर्नु धनले

साग र सिस्नु खाएका बेस आनन्दी मनले

तपाइँले धेरै पटक मुनामदनमा महकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका यी पङ्तिहरू पढ्नु भएका होला । तर, आधुनिक विश्व त्यस्तो छैन । यहाँ मानिसहरू पैसाका लागि जे पनि गर्न तयार हुन्छन् । बलिउडका नाम चलेका अधिकांश अभिनेत्रीहरूले आफ्नो सुन्दरताको भर्‍याङ बनाउँदै धनाढ्यहरूसँग विवाह गरेका छन् ।

आज हामी त्यसरी धनाढ्यहरूसँग विवाह गर्ने टप १० बलिउड अभिनेत्रीहरू’bout चर्चा गर्दछौँ ।

१. टिना-अनिल अम्बानी

भारतकै धनाढ्य अर्बपतिमध्येमा पर्ने अनिल अम्बानीकी श्रीमती टिना अम्बानी सन् १९८०का दशकमा बलिउडकी लोकप्रिय अभिनेत्री थिइन । उनले आफ्नो करिअरमा नाम, प्रतिष्ठा र सम्पत्ति पनि राम्रै आर्जन गरेकी थिइन, तर सबै कुरा टिकेनन् । उनको ख्याती विस्तारै खस्न थाल्यो, आफूलाई पुनः स्थापित गर्ने क्रममा टिनाले अनिल अम्बानीलाई चुनिन ।

२. सेलिना जेटली- पिटर हाग

कुनै समय सेलिना जेटली निकै चलेको नाम थियो । प्रसिद्धिको जुन शिखरमा उनी हिडिरहेकी थिइन, त्यसका तुलनामा उनका आय सन्तोषजनक थिएन । त्यसैले उनले अष्ट्रेलियाका धनी व्यवसायी पिटर हागलाई चुनिन । पिटर हाग एक होटल व्यवसायी हुन् । सेलिनाले २०११ मा पिटरसँग बिहे गरेपछि बलिउडबाट टाढिएकी हुन् । विवाहपूर्व नै गर्भावती भएपछि उनले पिटरसँग हतारहतार विवाह गरेकी थिइन ।

३. श्रीदेवी-बोनी कपुर

९० को दशककी प्रसिद्ध नायिका श्रीदेवीका तुलनामा उनका पति बोनी कपुर निकै बुढा छन् । यही कारण अधिकांश मानिसहरू श्रीदेवीले सम्पत्तिकै लागि उनी नायक अनिल कपुरका दाजु बोनी कपुरसँग विवाह गरेको बताउने गर्छन् । बोनी कपुरले जेठी श्रीमती मोना शाैरीलाई त्यागेर श्रीदेवीसँग विवाह गरेका हुन् ।

४. अमृता अरोरा-शकील लद्दाख

आफ्नी पहिली पत्नीसँग सम्बन्ध बिच्छेद गरेपछि धनाढ्य व्यापारी शकील लद्दाखले पुनः प्रेमिल जीवनका अनुभव गरे । यस पटक उनले साथ पाएका थिए बलिउड अभिनेत्री अमृता अरोराको । विवाहपूर्व नै गर्भवती भएका कारण आलोचना खेप्नु परे पनि अमृताका लागि यो भाग्योदयका समय बन्यो । उनले औपचारिक रूपमा नै शकील लद्दाखसँग विवाह गरिन भने अहिले उनका दुई छोराहरू छन् ।

५.विद्या बालन-सिद्धार्थ राय कपूर

विद्या बालन हलिउडकी स्थापित अभिनेत्री हुन् भने सिद्धार्थ राय कपूर बलिउडका सफल निर्माता । दुवैले एकै साथ काम गर्न थालेपछि दुवैबीच आकर्षण बढेको हो । वास्तविकता जे भए पनि विद्या बालनले पैसाकै लागि सिद्धार्थ राय कपूरसँग विवाह गरेकी हुन् भन्ने जनमानसमा परेको छ ।

६. आयशा टाकिया- फरहान आजमी 

बलिउडकी सुन्दर अभिनेत्रीहरूमध्येमा पर्ने आयशा टाकिया मोडल पनि हुन् भने उनी एक चर्चित टेलिभिजन प्रस्तोता पनि हुन् । अर्कातिर फरहान आजमी पनि सुन्दरता (ह्यान्डसमनेस)का आधारमा कम भने छैनन, तर उनी धनाढ्य भएकै कारण आयेशा टाकियाले पैसाकै कारण उनलाई चुनेका धारणा छ ।

७. किम शर्मा- अली पुञ्जानी

बलिउडकी सुन्दर अभिनेत्री किम शर्माका नाम यसअघि स्पेनका कार्लोससँग जोडिएको थियो । विश्वासिलो स्रोतहरूका अनुसार कार्लोसका तुलनामा किमबाट बढी प्रभावित भएका केन्याका धनाढ्य व्यापारी अली पुञ्जानीलाई किमले पैसाले तानेको बताउँछ । किम र कार्लोसबीच कुनै पनि वैवाहिक समस्या नभए पनि पैसाकै कारण अन्ततः उनले अली पुञ्जानीसँग दोस्रो घरबार गरिन् ।

८. डिम्बी गांगुली र राहुल महाजन

डिम्पी गांगुली खासै चर्चित अभिनेत्री होइनन । उनका बलिउडमा त्यति ख्याति पनि छैन । तर, उनले धनाढ्य व्यक्ति राहुल महाजनलाई फँसाइन र विवाह गरिन । भनिन्छ, डिम्पी धनाढ्य व्यक्तिलाई फँसाउनैका लागि फिल्मी उद्योगमा आएकी थिइन । उनले विवाहपछि बलिउड अभिनययात्रा त्यागिन ।

९. जुही चावला-जय मेहता

बलिउडकी सफल अभिनेत्रीमध्यकी जुही चावलाका लाखाैं प्रशंसकहरू उनीसँग जीवन बिताउन चाहन्थे, तर ती लाखाैं प्रशंसकहरूलाई निराश बनाउने जुहीले आफूभन्दा केही वर्ष जेठा जय मेहतासँग विवाह गरिन । उनीहरूबीचको उमेर अन्तर देखेर जोकोहीले पनि पैसाकै लागि जुहीले जय मेहतालाई छानेको अन्दाज लगाउन सक्छन् ।

१०. शिल्पा सेठ्ठी-राज कुन्द्रा

भारतकी सर्वाधिक राम्रीमध्ये मानिएकी शिल्पा सेठ्ठीले अचानक दुबई जाने फैसला किन गरिन भन्ने बलिउडमा अनेक अफवाह फैलन नपाउँदै उनले राज कुन्द्रासँग विवाह गरेको खबर बाहिर आयो । राज कुन्द्रा दुबईका प्रख्यात व्यापारी हुन् ।

 

*

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

बलात्कार, शब्द नै निच सुनिन्छ। तर पनि हाम्रो समाजमा यस्ता अमानवीय गतिविधिमा लाग्नेको संख्या कम छैन। पछिल्लो छ महिनामा मात्र छ दर्जन बलात्कारका घटना समाचार बनेका छन्। बलात्कारका धेरै घटनाहरु घरभित्रै साम्य पारिन्छ, इज्जत अनि सामाजिक मान मर्यादाको नाममा।
बलात्कारको सर्न्दभमा हाम्रो समाजको यस’boutमा रहेको धारणा नै गलत छ। नेपाली समाजले बलात्कारका घटनाको पिडीत पक्ष अर्थात् महिलालाई नै दोषीको रुपमा मान्छ। पुरुषवादी समाजमा बाँच्नुको सबैभन्दा ठूलो पीडा र विदेशको शिकार महिलाहरु यस्ता बलात्कार जस्ता घटनामा भएको देख्न सकिन्छ। घरेलु हिंशा देखी यौजन्य हिंशाका घटनामा समाज र समाजका प्रबुद्धहरुले महिलालाई नै दोषीका रुपमा उभ्याउँछन्। अनि महिलाको भूमिका खोजिन्छ त्यसमा केही फेला नपरे पनि चरित्रमा शंका गर्ने छुट त हरेक पुरुषले जन्मसिद्ध नै लिएको आएको हुन्छ। छोटा कपडा, घरबाहिर हिँड्नु, केटाहरुसँगको संगत, प्रेम र शारिरीक सम्बन्धका कुराहरुलाई जोडेर बलात्कार तथा महिला हिंशाका घटनामा महिलालाई नै कमजोर र दोषीका रुपमा उभ्याएर यस्ता कुराहरुलाई सामसुम पार्ने ध्यान हुन्छ समाज अनि परिवारको। नत्र इज्जत जाने र नाक काटिने जो डर छ। जुन बिलकुलै गलत मात्र होइन अपराधी मानसिकता हो। यस्तो मानसिकता धेरैमा छ त्यसैले त एक्लै जागिरका लागि अर्न्तवार्तामा निस्केकी, सामान किन्न निस्केकी अनि सार्वजनिक यातायातमा यात्रा गरिरहेकी युवतीहरु महिलाहरु यौन उत्पीडनको शिकार भइरहेका छन्। हाम्रो जस्तो एक्लै घाँसदाउरा र घर सम्हाल्नुपर्ने खालको समाजमा महिलालाई झन आफूलाई यौन पिपाशुका नजर र आक्रमणबाट जोगाउनु निक्कै मुस्किल छ।

समाजमा महिलाहरु प्रति हुने यस्ता दूर्व्यवहार र अपराधमा महिलाको भन्दा पनि पिडक पक्षको साथ देखिने वर्गलाई व्यंग्य गर्ने हिसाबमा फोटोग्राफर याना मजरकेभिचले यौन उत्पीडनलाई लिएर एउटा फोटो सिरिज शुट गरेकी छिन्। जसले बलात्कारको घटनामा समाजको दृष्टिकोण र पिडकको पक्षमा उठ्ने आवाजलाई देखाइएको छ। सबै फोटोहरुमा एउटा नारीलाई पुरुषको हातले मुख बन्द गरेर कसरी समाजले बलात्कार पीडीतको मुख बन्द गराउँछ भन्ने पनि देखाउन खोजिएको छ। फोटोमा यौन उत्पीडनमा परेकी महिलाले समाजको दृष्टिकोणलाई व्यंग गरेर लेखिएका शब्दहरु प्लेकार्डका रुपमा लिएकी छिन्। यी यस्ता फोटो हुन् जसलाई ध्यान दिएर हेर्नुभयो भने तपाईंको सोच बदलिदिन्छ बलात्कारको घटनामा:

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 1

मलाई थाहा हुनुपथ्र्यो कि कसरी जोगिनुपर्छ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 2

म एक्लै निस्कनु हुँदैनथ्यो

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 3

सायद म बढी नै नजिक भएँ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 4

मेरो गल्ती थियो मैले मदिरा पीएकी थिएँ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 5

मैले आफ्नो ब्वाई फ्रेण्डलाई हुन्न भन्न सक्दिन

[ads1]

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 6

मेरो स्कर्ट सारै छोटो थियो

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 7

मैले मेरो ड्रिंक तल राख्नुहुँदैन थियो

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 8

मलाई अनुमान हुनु पर्दथ्यो कि यस्तो केही हुन सक्छ

जान्नुहोस् महिलाका ९ अनौठा कुरा

जान्नुहोस् महिलाका ९ अनौठा कुरा

तपाइँले तपाइँको गर्लफ्रेण्ड वा श्रीमतीलाई राम्रोसँग चिन्नु नै भएको छैन भनेर कसैले भन्यो भने तपाइँ हामी जो कोही पनि त्यो मानिससँग झगडा गर्न तम्सन्छौं। तर साँच्ची के हामीले हाम्रा श्रीमती, गर्लफ्रेण्ड वा साथी जो महिला छन् उनीहरुलाई भित्रै देखी चिनेका जानेका छौं त? यो यतिखेरको अहम सबाल हो। हामीले जत्ति नै चिनेको नजिकको भने तापनि महिलालाई चिनेका छैनौं। यहाँ चिन्ने भन्न खोजेको हो स्वभाव, प्रवृत्ति अनि आनिबानीको कुरा। प्रकृतिले नै मानिसमा भेद गरेको छ महिला र पुरुषका सोच्ने शैली देखी आनिबानी जन्मँदा देखी नै फरक खालको भएर आएको हुन्छ। नारी अधिकार भनेर एनजिओ आइएनजिओको पैसामा र्सार्वजनिक मञ्चमा जत्ति नै कुर्लिए पनि महिला अधिकारवादी महिलाहरुको स्वभाव पनि उही हो भलै उनीहरु बाहिर नदेखिओस भनेर धेरै नै अभिनय गर्दछन्। आखिर दामको सबाल जो छ। तर पनि महिलामा पुरुषले हेर्दा र महशुस गर्दा यस्ता अनेकौं चाखलाग्दो र अनौठो स्वभाव हुन्छ त्यसको बयान सामान्य मानिसले गर्न पनि सक्दैन। लामो समय देखी महिलाका ’boutमा यस्ता अनौठा प्रसंगका ’boutमा चर्चा हुँदै आएको छ।

Image: Tumblr

महिला आधा विश्व, धर्ती, आमा अनि ममताकी प्रतिमूर्ति। एका तर्फमहिलाको ’boutमा यस्तो बयान छ भने अर्को तर्फ महिलालाई विश्वविद्यालय र बुझेर पनि नसकिने विषयको रुपमा लिने गरिन्छ। विशेष गरेर महिलाको स्वभाव, चरित्र अनि प्रकृतिलाई ठम्याउन नसकिने विचार सनातन देखी निरन्तर समाजमा छ। त्यसैले त संस्कृतमा पनि भनिएको छः

त्रिया चरित्रं ,पुरुषस्य भाग्यम देवो न जानाति,कुतो मनुष्यः 

महिला

Image: Tumblr

महिलाहरु बुझी नसक्नुका हुन्छन । मुख हेरेर चिन्नु त असम्भब भैहाल्यो जिन्दगी भर संगै बिताएकाले पनि महिलाका ’boutमा सबै कुरा जान्न बुझ्न सक्दैनन् । त्यसो त कतिपय पुरुष साहित्यकारले महिलालाई कहिल्यै पनि चिन्न नसकिने ब्यक्तित्वको रुपमा अर्थ्याएका छन् । एक साहित्यकारले त ‘वुमन इज फरेनल्याण्ड’ अर्थात महिला भनेको विदेशी भूमी हो समेत भनेका छन् । हामीले यहाँ महिलाको ’boutमा लामो अनुसन्धानपछि पत्ता लागेका ९ चाखलाग्दो तथ्यहरु प्रस्तुत गरेका छौ ।

Image: Tumblr

१. कुनै पनि महिलाले आफूलाई थाहा भएको कुरा ४७ घण्टा १५ मिनेट भन्दा बढी कसैलाई पनि नभनी बस्न सक्दैनन् ।

 

 २. महिलाहरुले दिनमा ३ पटक झुट बोल्छन् जवकी पुरुष दिनमा कम्तिमा ६ पटक । 

 

 ३. महिला वर्षमा कम्तिमा ३० दखि ६४ पटक सम्म रुन्छन् तर पुरुष भने केवल ६ देखि १७ पटक मात्र । 


 ४. महिलाको मुटु पुरुषको भन्दा छिटो धड्किन्छ । 

 

 ५. कुनै पनि महिला यौन सम्पर्कको ८ वा १० दिनपछि गर्भवती बन्न सक्ने सम्भावना पनि हुन्छ । 

Image: Tumblr

 ६. गर्भवती अवस्थामा घुर्ने महिलाले साना बच्चा जन्माउने सम्भावना हुन्छ ।

 

 ७. प्रत्येक महिलाले जीवनकालमा कम्तिमा ४ वर्ष महिनाबारी भएर विताउँछन् । 

 

८. प्रत्येक महिलाले जीवनभरीमा कम्तिमा १ वर्ष बराबरको अवधि के लगाउने भन्ने सोंचेर विताउँछन् ।

 

 ९ प्रत्येक महिलाले दिनमा २० हजार शब्द बोल्छन् जुन पुरुषको तुलनामा १३ हजारले बढी हो । 

जाडोमा तताउने गरमागरम सेक्स शैली

जाडोमा तताउने गरमागरम सेक्स शैली

जाडो दिनानुदिन बढ्दो छ । जाडोयाममा सेक्सका लागि मतिहत्ते हुनु स्वभाबिक हो । किनकी जाडो भगाउने ओखती हो सेक्स । तर स्मरणीय कुरा के पनि हो भने केही टिप्सहरु ख्याल गर्न सकेको खण्डमा थप गरमागरम सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

पार्टनरसँग टाँसिएर बस्नु, चुम्बन गर्नु त्योभन्दा पनि अघि बढ्नुको आनन्दै बेग्लै । यो चिसोमा तपाईको यौन जीवनका लागि हामीले यहाँ केही उपाय दिएका छौ । जसको प्रयोगबाट तपाईले अझ आनन्द महशुस गर्नुहुनेछ । सेक्सका लागि तयार हुनु भनेको कपडाबाट टाडा हुनु हो।तर, पुस माघको यो चिसोमा कपडा खोल्नु आफैमा कुनै यातना भन्दा कम नहोला । यस्तो अवस्थामा तपाई पार्टनरलाई यौनप्रति रुची बढाउने प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ ।

रेड वाइन

बेडमा वास्तविक एक्सनभन्दा पहिला रेड वाइनको ग्लासले तपाईको जित सुनिश्चित गर्न सक्छ । रेड वाइन यस्तो अवस्थामा कामोत्तेजक औषधिको काम गर्न सक्छ । यो प्रमाणित भइसकेको छ कि रेड वाइनले यस्तो अवस्थामा कमालको असर देखाउँछ । यसले तपाईलाई तातो राख्ने छ र तपाईले स्वर्णिम पलको भरपुर आनन्द लिन सक्नुहुनेछ ।

तातो शावर

चिसोको यो मौसममा तपाई दिनभर कार्यालयको कामबाट थाक्नु भएको छ भने आफ्नो यो थकानलाई यौन जीवनको भिलेन बन्न नदिनुस् । यद्यपि धेरै मानिस शावरलाई दुश्मन ठानेर नजिक जान पनि मान्दैनन् । तर जिसोयाममा यो निकै लाभदायक हुन सक्छ । यदि तपाई दिनभरको थकानबाट छुटकारा पाउन चाहनुहुन्छ भने तातो शावर लिएर यसको कमाल अनुभूत गर्न सक्नु हुन्छ । तातो पानीले तपाईको थकान बगाउनेछ । तपाईलाई जीवनको महत्वपूर्ण क्षणका लागि एनर्जी पनि प्रदान गर्नेछ ।

फेब्रेट परफ्युम

भलै तपाईलाई मनपर्ने सुगन्धन कुन हो? चिसोको यो मौसममा उत्तम सुगन्ध भएको डियो वा कुनै परफ्युमले पनि तपाईको यो पललाई रोमाञ्चक बनाउनेछ । यसले तपाईमा एक प्रकारको अनौठो उत्तेजना उत्पन्न गराउनेछ।

सफा बेड मस्त सेक्स

आफ्नो प्रेमिल क्षणमा डुब्नुअघि सुनिश्चित गर्नुस कि बेडमा ओछ्याइएको तन्ना सफा होस्। यद्यपि चिसोयाममा बेडरुमको तन्न, सिरिक आदि सफाचट राख्नु चुनौति नै हो।तर, यस्तो नहोस कि त्यसको गन्धले मुड खराब गरोस् ।यद्यपी केही महिलाका लागि यो कुनै ठुलो कुरा होइन । तर, हट, वाइल्ड सेक्सका साथै अधिकांश महिला सामान्यतः बेडमा सबै कुरा सफा र स्वच्छ चाहन्छन् । त्यसैले भनिएको हो, सफा बेड मस्त सेक्स ।

नियमित यौन सम्पर्कबाट काइदाका फाइदा

कतिपय मानिसहरु यौनलाई केवल आफ्नो मनोरञ्जनको विषय मात्रै ठान्छ । जुन गलत सोचाइ हो । किनकी यौन सम्बन्धका  थुप्रै काइदाका फाइदा छन् । मनोरञ्जनका लागी मात्र गरिदैन ।

विभिन्न अध्ययनहरुका अनुसार यौन सम्पर्क शारीरिक आवश्यकता बन्दै गएको छ । दैनिक यौनसम्पर्कबाट मानिसलाई शारीरिक रुपमा विभिन्न थुप्रै फाइदा हुने विज्ञहरुको निष्कर्ष छ । हरेक कुराको झैँ यौनको पनि सहि सदुपयोग गर्नुपर्छ  ।

शारीरिक व्यायाम

यौन सम्पर्कलाई शारीरिक ब्यायामको एउटा राम्रो उदाहरणका रुपमा व्याख्या गरिएको छ । यौन सम्पर्कका क्रममा मानिसको शरीरमा त्यत्तिकै मात्रामा क्रियात्मक परिवर्तन हुन्छ, जति कुनै अन्य प्रकारको शारीरिक व्यायाम गर्दा हुन्छ । सातामा तीनपटक यौन सम्पर्क गर्नुलाई वैज्ञानिकहरुले एक वर्षको गणनामा ७५ माइल जोगिङ्ग गर्नुसरह मानेका छन् । यौन सम्पर्कबाट हड्डी र मांसपेशी बलियो हुने बताइन्छ ।

दुखाइबाट मुक्ति

यौन सम्पर्कबाट शारीरिक दुखाइबाट मुक्ति मिल्छ । टाउको दुख्ने, हातखुट्टा दुख्ने तथा विभिन्न अंग दुख्ने समस्या छ र तपाई त्यही दुखाइका कारण यौन सम्पर्कबाट टाढिन खोज्दै हुनुहुन्छ भने तपाई ठूलो गल्ती गर्दै हुनुहुन्छ । किनकी यौन सम्पर्कले त्यस्ता दुखाइ कम गर्न मद्दत गर्दछ ।

पेन किलरको काम

यौन सम्पर्कका क्रममा महिला र पुरुषको शरीरमा इन्डरफिन नामक हार्मोन पैदा हुन्छ, जसले पेन किलरको काम गर्दछ ।

प्रजनन् क्षमता वृद्धि 

यस अतिरिक्त नियमित यौन सम्पर्कले महिलामा प्रजनन् क्षमता बढाउने वैज्ञानिकहरुले जनाएका छन् ।

प्रोस्टेट ग्रन्थीको सुरक्षा

त्यसैगरी यौन सम्पर्कको तेस्रो फाइदाका रुपमा प्रोस्टेट ग्रन्थीको सुरक्षालाई लिइएको छ । यौन सम्पर्कका क्रममा शारीरिक द्रव्य बाहिर निस्कने र त्यसले प्रोस्टेट ग्रन्थीलाई सुरक्षा मिल्ने बताइन्छ । यौन सम्पर्कका क्रममा शरीरमा डोपामाइन नामक एक पदार्थ उत्पन्न हुन्छ, जसले स्ट्रेस हार्मोनसँग लड्न मद्दत गर्दछ ।

सेक्सलाइफ सक्सेसफूल बनाउने १० सूत्र

सेक्सलाइफ सक्सेसफूल बनाउने १० सूत्र

सम्बन्ध सपार्ने र चकनाचुर पार्ने ओखति हो- सेक्स । यसको सहि सदुपयोगले जीवन नै उमंगमय बन्छ तर यसका केही टिप्सहरु थाहा नपाउदा जीवन नै निराशमा बदलि दिन्छ । सेक्स असन्तुष्टिकै कारण धेरै जसो दम्पती सम्बन्ध बिच्छेद गर्छन तर बिबिध कारणबश उनीहरु अदालतमा अनेक बहाना बनाउने गरेको सर्वेक्षणहरुले देखाएको छ । तसर्थ दाम्पत्य जीवन सक्सेस्फूल बनाउनका निम्ति पनि सेक्सलाइफलाई सक्सेसफूल बनाउन जरुरी छ । उसो भए सेक्सलाइफलाई कसरी सक्सेस बनाउने त ? पढ्नुहोस १० टिप्स ।

१. रोमान्टिक कुरा गर्नुहोस

Image: whicdn.com

जहिले पनि तपाई मौका पाउनुहुन्छ आफ्नो पार्टनरलाई फोन गर्नुहोस र रोमान्टिक कुरा गर्नुहोस । रोमान्टिक नभए तपाई आफ्नो शुरुवाती रिलेसनको ’boutमा कुरागर्नुहोस ।

२. रोल प्ले

Image: Tumblr

आफ्नो पार्टनरसँग एउटा रोमान्टिक कहानी बनाउनुस र बेडरुममा उक्त रोल प्ले गर्नुस । अथवा तपाईलाई मनपर्ने कुनै अन्य रोल पनि प्ले गर्नसक्नुहून्छ । पार्टनर सँग नजिक आउने यो एउटा क्रिएटिभ तरिका हो ।

३. आफुलाई तनावमुक्त राख्नुहोस्

Image: Tumblr

तनाव र थकानबाट मुक्तहुने धेरै उपायहरु छन् । जस्तै तपाई आफुुलाई मनपर्ने फिल्म हेर्न सक्नुहुन्छ,अथवा योग, ध्यानगर्दा पनि तनावमुक्त भइन्छ।

४. साथीहरु सँग भेट्नुस

साथीहरुसँग भेट्दा तपाई एकपटक आफुलाई जवान अनुभव गर्न सक्नुहुन्छ । जसले तपाईको धरासायी यौन जीवन पुर्नआगमन हुनसक्छ ।

Image: Tumblr

५. जोक संसारमा खेल्नुहोस

एक अर्कालाई मूडफ्रेश बनाउन रमाइला जोक तथा ख्यालठट्टा गर्नुहोस  ।

६. कोठा सजाउनुस

कोठालाई सजाएर रोमान्टिक म्युजिक बजाउनुस, कोठाको बल्बलाई थोरै डिम बनाउनुस, आफ्नो पार्टनरलाई मसाज गर्नुस यसो गर्दा दिनभरीको थकान र तनाव कम भएर तपाईको यौन जीवनमा सुधार हुनसक्छ ।

७. पेटभरी खाना नखानुहोस
स्वास्थयका दृष्टिकोणले पनि धेरै खाना खानु राम्रो मानिदैन त्यसैले यसले तपाईको यौन जीवनमा पनि धेरै नै प्रभाव पार्छ । थोरै खान खानुले तपाईलाई झनबढि फुर्तिलो महशुस गराउछ।

८. पार्टनरलाई प्रेम स्पर्श दिनुहोस

Image: Tumblr

सबैभन्दा महत्वपुर्ण तरिका भनेको प्रेम स्पर्श हो । पार्टनरको मुड मेकअप गर्न कानको पछाडी र आखाँमा किस गर्नुुस ।

९.  पार्टनरलाई अंगालो मार्नुहोस

Image: Tumblr

यसरी अंगालो मार्दा स्किन टु स्किन कनेक्सन हुन्छ जसले तपाईको एक्सोटिन लेवललाई बढाउछ । यसले तपाई आफुलाई आनन्द महसुस गर्न सक्नुहुन्छ । र आफ्नो पार्टनरसँग अरु नजिक हुन मद्दत मिल्छ ।

१०.  सँगै बाथ लिनुस

Image: Tumblr

सेक्स लाइफ बढाउनको लागि यो पनि एउटा महत्वपुर्ण तरिका हो । बाथरुममा राम्रो परफ्यूम स्प्रे गर्नुस र सँगै नुहानुस् ।