शब्दमा आधारित भएर गरिएको संग्रह: स्मार्टफोन

भगवानको पालामा मोबाइल भएको भए …

समकालिन समय र प्रवृती शैली अनुसार कलाकारको कल्पना र त्यसले पाउने रूपमा फरक आउँछ नै। यतिखेर मोबाईलको जमाना छ, स्मार्टफोन र सेल्फिले बजार पीटेको छ। सामाजिक संजालमा सेल्फी पोस्टने र त्यसैमा साता दिन सम्म आउने लाईक र कमेन्ट हेरेर मख्ख पर्नेको बहुमत छ। कल्पना गर्नुस यदी यस्तै स्मार्टफोन र सेल्फी क्रेज भगवानको पालामा भएको भए तपाईं हाम्रा पुजाकोठा, घरका भित्तामा झूण्डीएका भगवानका फोटामा उनीहरूको भावभंगी कस्तो हुन्थो होला?

Read More »

आयो विश्वकै सस्तो स्मार्टफोन, अपत्यारिलो फिचर

बिश्वकै सबै भन्दा सस्तो स्मार्टफोन कुन होला ? अनुमान गर्नुहोस त कतिपर्ला विश्वकै सबैभन्दा सस्तो स्मार्ट फोनको मूल्य ? तपाईको अनुमान सायदै मिल्ला । फोन कम्पनीहरु बीच फोनको फिचर, मूल्य र गुणस्तरीयतामा यति धेरै प्रतिस्पर्धा चलिरहेको छ कि जुन हामीले सोच्ने सकेका छैन । हो यही कुरालाई पुष्टि गरेको छ हालै सार्वजनिक भएको एउटा स्मार्टफोनले । सस्तो फोनको फिचर के राम्रो होला र भन्ने धेरैलाई लाग्न सक्छ । तर होइन यो फोनको फिचर पनि मूल्य जस्तै अपत्यारिलो नै छ । बिस्तृत पढ्नुहोस....

Read More »

पाँच तरिका स्मार्टफोन सुरक्षित राख्ने

स्मार्टफोन, आम मानिसको आवश्यकताको साधन बनिसकेको छ। यतिखेर नेपालमा मात्र २० लाख भन्दा माथि स्मार्टफोन प्रयोगकर्ता रहेको अनुमान गरिएको छ। यद्यपी यो संख्या नै वास्तविकता नहुन पनि सक्छ। स्मार्टफोनको प्रयोगबाट आम दैनिकी पनि स्मार्ट बनेको छ। घर र कार्यालय बीचको दूरी मेटाइदिएको छ स्मार्टफोनले। स्मार्टफोनको प्रयोग गरेर धेरैले कार्यालय र व्यवसायिक कामहरु पनि गर्ने गर्दछन्। जसका कारण स्मार्टफोनको सुरक्षामा ध्यान दिनु पनि आवश्यक भइसकेको छ। तपाइँका गोप्य सूचना र जानकारीहरु स्मार्टफोन हराउँदा वा कार्याल, घरमा छोडेको अवस्थामा अरुको पहुँचमा नपुगोस् भन्नका लागि स्मार्टफोनलाई सुरक्षित राख्न यस्ता पाँच तरिका छन् जो निशुल्क र सजिलै अपनाउन सकिन्छ।

Read More »

पटक पटक हृयाङ हुन्छ मोबाइल?

मोबाइल बोक्नेहरुका लागि पटक पटक मोबाइल हृयाङ हुनु हैरानीको कुरा हो। यसखालको समस्या तपाइँले पनि भोगिरहनु भएको होला। विभिन्न एप्लिकेसनहरु चलाइरहेको समयमा मोबाइल अचानक हृयाङ हुन्छ। अनि यसखालको हृयाङ हुने क्रम पटक पटक दोहोरिन्छ। यसले तपाइँलाई हैरान गराउँछ। मोबाइलमा इन्टरनेट चलाउँदा अनि फोन गरिरहेको समयमा पनि मोबाइल हृयाङ भएर हैरान गराउँछ। स्मार्टफोनमा यसखालको हैरानीको कारण हो मोबाइलको आन्तरिक मेमोरी र रयाम कम हुनु। जसले गर्दा ठूला आकारका धेरै ग्राफिक भएका एप्लिकेसनहरु चलाउँदा मोबाइल हृयाङ हुन्छ। यदी तपाइँको मोबाइल समय समयमा हृयाङ हुन थालेको छ भने जान्नुहोस् त्यसको मेमोरी र रयाम तपाइँको आवश्यकता भन्दा धेरै कम छ।

Read More »

यसमा ध्यान दिऔं सस्ता स्मार्टफोन किन्दा

स्मार्टफोन, भारत र चिनको बजारले गर्दा नेपालीका लागि पनि सस्तो साधन बनिसकेको छ। बजारमा धेरै यस्ता सस्ता स्मार्टफोनका ब्राण्डहरु उपलब्ध छन्। 'सस्तो बेसा पेट लागि मर' नहोस् भन्ने चाहनेहो भने यस्ता कुरामा ध्यान दिनुपर्छ

Read More »

यसरी जोगाऔं मोबाइल चोरी हुनबाट

मोबाइल फोन आजकल आम प्रयोगको साधन र सञ्चारको सुविधा युक्त ग्याजेट मात्र होइन। यो तपाइँको स्मरण शक्ति, बैंकको आर्थिक कारोबारको माध्यम, कम्प्युटर, सामाजिक सञ्जाल सम्म पहुँच पुरयाउने माध्यम अनि फोन र आवश्यक सूचना लेख्ने डायरी पनि हो। मोबाइल फोनहरु उत्पादक क्षेत्रमा पनि उत्तिकै लाभदायी साधन बनेका छन्। शैक्षिक देखी मनोरञ्जनात्मक मात्र होइन स्वास्थ्य सम्बन्धी एपहरुले गर्दा यो मोबाइल फोन डाक्टर भन्दा कम छैन। दुनियाँ नै मोबाइलमा अटाउने भइसकेको छ। त्यसैले प्रयोग पनि बढिरहेको छ साथै सुविधा र मूल्य पनि। महँगा मोबाइल हातमा बस्न थालका छन्। जसले गर्दा मोबाइलको प्रयोग मात्र होइन सुरक्षा पनि गर्नुपर्ने भएको छ। सुविधा र आवश्यकताले गर्दा ७०, ८० हजार पर्ने मोबाइल बोक्नुपर्ने अवस्था बनेको छ। कतिपयले त बैंकको किस्ताबन्दीमा पनि मोबाइल लिनुभएको होला। मोबाइल चलाउँदै गर्ने र पैसा पनि तिर्दै गर्ने योजना बनाएकाका लागि मोबाइल हरायो वा चोरी भयो भने किस्ता बाँकी रहन्छ अनि मोबाइलको बिल मात्र। त्यसैले मोबाइल किन्दा त्यसको सेवा, छुट र गुणस्तरमा ध्यान दिनुपर्छ भने चलाउँदा पनि हराउन नदिन विशेष ध्यान दिनैपर्छ। साथै हराएको खण्डमा फेला कसरी पार्न सकिन्छ वा हराएर हुने हानीलाई कसरी कम गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ। मोबाइल चोरी भएको खण्डमा त्यसबाट हुने हानी कम गर्न तथा चोरी भएको मोबाइल फिर्ता पाउने अवस्था बनाउन

Read More »
Loading...