अष्ट्रेलियामा ब्युटीसीएनको कमाई यस्तो

अष्ट्रेलियामा ब्युटीसीएनको कमाई यस्तो

ब्युटी अर्थात् सुन्दरता, सुन्दर हुन को चाहँदैन यो संसारमा? सुन्दर देखिन अनि भनिन चाहनेको संख्या जति धेरै छ त्यति नै ठूलो यो सुन्दरता व्यवसायको छ। विश्वभर सुन्दर बन्ने चाहना राख्नेहरू छन्। जसले गर्दा मानिसलाई सुन्दर बनाउने मानिसहरू पनि धेरै नै छन्। वास्तवमा सुन्दरता यतिखेर मानिसहरूको पेशा र व्यवसायको उद्योग नै बनिसकेको छ। यो उद्योगमा काम गर्नेहरूको कमाई पनि राम्रा देखिन चाहनेहरूको संख्यासँगै बढिरहेको छ। अष्ट्रेलियामा ब्युटीसीएनको कमाई यस्तो - NepaliVirals

अष्ट्रेलिया एक हिसाबले संसारकै उन्नत र विकसित देश हो। त्यसमा पनि धनि राष्ट्र र तुलनात्मक हिसाबमा विश्वका अरू देशहरूमा भन्दा यहाँका मानिसहरूको कमाई र खर्च गर्ने शक्ति धेरै छ। त्यसैले यहाँ ब्युटीपार्लरको काम गर्नेहरूको कमाई र व्यवसाय पनि धेरै राम्रो छ।

ब्युटीसीएनको काम

ब्युटीपार्लरमा अनुहार तथा छालाको सुन्दरता सम्बन्धि काम नै धेरै हुन्छ। त्यसो त कपाल काट्ने, छाँट्ने, मानिसहरूको कपाल रंग्याउने तथा  नयाँ नयाँ  स्टाइलको बनाउने काम ‍ब्युटीसीएनको हो। मानिसहरूको आँखाको परेला देखी खुट्टाको पिंडौला सम्मको रूप र बान्की सुधार्ने काम भएकाले नयाँ फेसनमा आएका शैलीलाई पछ्याउँदै जानु र राम्रो भन्दा राम्रो नतिजा दिनसक्नुमा ब्युटीसीएनको सफलता लुकेको हुन्छ। समयसँगै आएका प्रविधीको प्रयोग गर्नु र आफूलाई यो क्षेत्रमा आउने परिवर्तन साथै ट्रेन्ड फलो गर्न सक्नु नै यस क्षेत्रमा सफल हुने माध्यम हो।

ब्युटीसीएनका लागी चाहिने सिप

ब्युटी ईन्डस्ट्री सेवा उद्योग भएका कारण यसमा लाग्न चाहनेले आफूलाई ग्राहकको सेवामा खटिएको व्यक्तिका रूपमा उभ्याउन सक्नुपर्छ। राम्रो व्यक्तिगत सम्बन्ध विकास तथा बोलीचालीको शैली भएका व्यक्तिहरू यो क्षेत्रमा लाग्दा सफलता पाउन खास गाह्रो हुँदैन। यसमा लाग्न चाहनेको बोलीचाली राम्रो हुनु जरूरी छ भने धैर्यताका पूर्वक अरूको कुरा सुन्न सक्ने पनि हुनुपर्छ। ब्युटीपार्लरको सेवा लिने मान्छेहरूले पैसा धेरै तिरेका हुन्छन् भने उनीहरूले कम्प्लेन पनि धेरै गर्छन् त्यसो त ब्युटीसीएनको सानातिना गल्तिले सेवा लिन मानिसहरूको अनुहार वा सुन्दरतामा नै नराम्रो असर पार्न सक्छ त्यस्ता अवस्थामा नेगोसिएट गर्ने, उनीहरूको कुरा सुन्ने क्षमता हुनै पर्दछ।[ads2]

कसरी बन्ने अष्ट्रेलियामा ब्युटीसीएन

अष्ट्रेलियामा हरेक क्षेत्रमा काम गर्नको लागी सम्बन्धित क्षेत्रमा पढेको वा तालिम लिएको हुनुपर्छ। ब्युटीसीएनका रूपमा काम गर्नको लागी पनि भोकेसनल स्कूल अथवा ब्युटी ट्रेनिंग कलेजबाट तालिम लिन सकिन्छ। यस्ता कलेज तथा तालिम दिने संस्थाहरूले अष्ट्रेलियाको कानुन, यहाँका ग्राहकहरूको अधिकार र सही कामगर्ने शैली (गुड प्राक्टिस)को ’boutमा राम्रोसँग जानकारी दिन्छन्। जसले गर्दा अष्ट्रेलियामा पढेकाहरूले काममा जाँदा खास समस्या बेहोर्नु पर्दैन।

नेपालबाट ब्युटीसीएनको कोर्ष गरेर दक्षता हासिल गरेकाहरूलाई नेपाली तथा भारतीयहरूले खोलेको ब्युटिपार्लरहरूमा सहयोगीका रूपमा सिधै काममा राख्ने गरेको पनि पाईन्छ। त्यसैले नेपालबाट आउँदा केही नजान्नु भन्दा ब्युटीसीएनको काम जानेर आएको खण्डमा त्यसले अष्ट्रेलियामा काम पाउन समेत मदत गर्छ। त्यसो त नेपालमा सिकेको सिपको आधारमा थप अध्ययन गरेर जागिर पाउन तथा आफै व्यवसाय सुरू समेत गर्न सकिन्छ।

ब्युटीसीएनको काम

ब्युटीसीएनको काम भनेको आफूले काम गर्ने वा आफ्नो पार्लरमा आउने सेवाग्राहीको आवश्यकता र चाहना अनुसारको सुन्दरता बढाउने काम गर्ने हो। कपाल सेम्पु गर्ने देखी, रंग लगाउने, स्ट्रेट वा कर्लि बनाउने, काट्ने छोट्याउने, केराटिन लगायतका कपाल सम्बन्धि। फेसियल, मेक अप, वाक्सिंग, पेडीकेयर, मेनिकेयर, नङ पालिस, नक्कली नङ लगाउने, नङ  सरसफाई तथा डिजाईन। मेहदी लगाउने, विवाह वा पार्टीका लागी मेकअप गर्ने, लगायत सबै सुन्दर देखिनको लागि आवश्यक कुराहरू गर्नुपर्दछ।

ब्युटीसीएनको कमाई

 ब्युटी तथा फेसनको क्षेत्रमा काम गर्नेको कमाईको खासमा कुनै सिमा नै हुँदैन। यो यस्तो क्षेत्र हो तपाईंको परफरमेन्सले तपाईंको तलब वा कमाई निर्धारण गर्दछ। अष्ट्रेलियामा महिनामा २५-३० हजार डलर कमाउने ब्युटिसीएन पनि छन् अनि साताको सात आठ सय कमाउने पनि। स्यालरी एक्सपर्टको अनुमानमा एउटा ब्युटिसीएको सिड्नीमा कमाई सरदर वर्षको ६३ हजार ६ यस ४१ हुन्छ। यो भनेको घण्टाको ३१ डलर जस्तो हो। भरखर काम सुरू गर्नेहरूले ४८ हजार डलर वर्षको कमाउँछन् भने पाँच सात वर्षको अनुभव भएकाहरूले ७५ हजारको दरमा कमाई गर्न सक्छन्।

 

फलफुलका रोचक तथ्य, सही राख्छ स्वास्थ्य

फलफुलका रोचक तथ्य, सही राख्छ स्वास्थ्य

फललाई हामी फलफुल भनेर बुझ्छौं र व्यवहार गर्छौं। स्वास्थ्य र पोषणको लागी अभिन्न खानाको एक अंगका रूपमा फलफुललाई लिने गरिन्छ। भनिन्छ, फलफुल नियमित खाने व्यक्तिलाई हत्तपति रोगले छुन सक्दैन। त्यसो त नेपालमा ‘बेलाको राग’ भनेर मौसम अनुसारको फलफुल तथा तरकारी खानुपर्छ भन्ने मान्यता नै छ। जसको सिधा अर्थ हो आफु बसेको भूगोलमा उपलब्ध फलफुल स्वास्थ्य र आरोग्यको लागी अति नै महत्वपूर्ण हुन्छ। जसको नियमित सेवनले मानिसलाई स्वस्थ र तन्दुरूस्त रहन मदत गर्दछ। फलफुलको बहुगुणकारी विषेशताका पक्षमा हामी धेरै सचेत नै छौं तर यस्ता केही तथ्य छन् जसले फलफुलको हाम्रो जानकारीलाई थप प्रस्ट र रोचक बनाउँछ।

फलफुल बारेका रोचक तथ्य, सही राख्छ स्वास्थ्य - NepaliVirals

यी हुन् फलफुलका रोचक कुरा

 

  • फलफुलसँग संबन्धित पढ़ाईको विषयलाई ‘Pomology’ भनिन्छ।

 

  • अमेरिकाका पसलहरूमा बेचिने स्याउहरू एक वर्ष पुराना हुन्छन्।

 

  • विश्वको सबैभन्दा लोकप्रिय फल गोलभेडा (टमारटर) हो। यो विश्वभर नै उस्तै हिसाबले खपत हुन्छ।

 

  • लिची खाँदा एकदम ध्यान दिनुपर्ने कुरा के हो भने यसको बीउ (गेडा) जुन हामीले खाने भागको भित्र आकारमा पनि ठूलो हुन्छ त्यो खानु हुँदैन। त्यो विषालु हुन्छ।

 

  • विश्वभरमा जति अंगूर उत्पादन हुन्छ त्यसको ७१ प्रतिसत भाग रक्सी बनाउनमा प्रयोग हुन्छ।

 

  • स्याउको तेल मानिसको छालाको लागी निक्कै लाभदायी हुन्छ। स्याउको तेल लगाउँनाले अनुहारमा चाउरी पर्दैन भने छाला चिलाउने, दुख्ने तथा फुट्ने समस्या निको हुन्छ। अनुहार विशेष गरेर गाला फुट्ने समस्या हुनेहरूलाई यो निक्कै नै लाभदायी हुन्छ।

फलफुल बारेका रोचक तथ्य, सही राख्छ स्वास्थ्य - NepaliVirals

  • केरामा सानो मात्रामा भएपनि रेडियोधर्मी पदार्थ हुन्छ।

 

  • औषधी खानासाथ अंगुर खानेहो भने त्यसले तपाईंको मृत्य पनि हुनसक्छ।

 

  • यदी तपाईंले अंगुरलाई माईक्रोवेभमा राख्नुहुन्छ भने यो प्वाट्ट फुट्छ।

 

  • यदी तपाईंले स्याउ पानीमा राख्नुभयो भने यो पानीमा उत्रिन्छ। किनकी स्याउमा २५ प्रतिशत हावा हुन्छ।

 

  • यदी तपाईंमा केही कुराले जलन भईरहेको छ भने केरा खानुस्। यसले जलनलाई कम गर्छ। किनकी केरामा एक खालको प्राकृतिक अम्ल हुन्छ जसले शरिर भित्र पुगेपछी भईरहेको जलनलाई कम गर्छ।

 

  • विश्वभरमा स्याउ करिब सात हजार प्रकारका छन्।

 

  • आँप विश्वभर सबैभन्दा मन पराईने फल हो। आँपलाई फलको राजा पनि भन्ने गरिन्छ,

 

  • स्ट्रेबरी र काजु यस्ता फल हुन, जसको बीउ फलको बाहिर हुन्छ। बाँकी सबै फलफुलको बिउ फलको भित्र हुन्छ।

 

  • पहिले पहिले शोधकर्ताहरू लामो समयको यात्रा तथा खोजमा निस्कँदा तरबुजालाई पानीको बिकल्पको रुपमा प्रयोग गर्दथे।

फलफुल बारेका रोचक तथ्य, सही राख्छ स्वास्थ्य - NepaliVirals

  • तपाईंले याद गर्नुभएको छ केरालाई पानीमा राख्नुभयो भने यो तैरन्छ।

 

  • केरा काँचैमा बोटबाट घरी नै काटेर निकालेपछी पनि कृतिम रूपमा रसायनिक पदार्थको मदतले पकाउन सकिन्छ। तर, अंगुर यसरी पकाउन सकिन्न। त्यसैले अंगुरलाई बोटमा नै पाक्न दिइन्छ।

 

  • जापानमा किसानहरूले तरबुजालाई वर्गाकार रूपमा फलाउँछन् ताकी पछी सजिलोसँग स्टोरमा राख्न सकिओस्।

 

  • भुईंकटहरको फललाई यसको बोटमा नै उल्टो पारेर राखिदिने हो भने छिटो पाक्छ। सिधा भुईंकटहरलाई भने पाक्न अलिक बढी समय लाग्छ।

 

  • गोलभेंडामा मानिसको शरिरमा भन्दा बढी जीन पाईन्छ।

 

  • मानिसको डिएनए DNA को आधा हिस्सा केरासँग मिल्छ।

 

  • कागती सरसफाईका लागी प्रयोग हुने सबैभन्दा पुरानो फल हो। यसमा धेरै मात्रामा एसिड हुने भएकाले यसले भाँडाहरु चम्काउने मात्र होईन, ब्याक्टरिया समेत मार्दछ।

 

  • कफी खाँदा भन्दा स्याउ खाँदा धेरै उर्जा प्राप्त हुन्छ।

 

  • वैज्ञानिकहरूको मत यो पनि छ कि केरा नै पृथ्वीको पहिलो फलफुल हो।

 

  • बन्दागोभीमा पनि में भी तरबुजामा जस्तै धेरै पानी हुन्छ। तरबुजारमा ९२ प्रतिशत पानी हुन्छ भने बन्दागोभी र गाजर मा क्रमश ९० प्रतिशत र ८७ प्रतिशत पानीको मात्रा हुन्छ।

 

  • बदामको तेलबाट नाईट्रोग्लिसरीन पनि तयार गर्न सकिन्च जुन विस्फोटक पदार्थ बारूदको एक मुख्य हिस्सा हो।

 

  • सुकेको फल (ड्राईड फ्रुट)मा ताजा फलमा भन्दा धेरै क्यालोरी हुन्छ। ’cause सुख्खा गरिएको फलमा पानीको मात्रा हटाईएको हुन्छ।

फलफुल बारेका रोचक तथ्य, सही राख्छ स्वास्थ्य - NepaliVirals

  • स्ट्रबेरीमा सुन्तलामा भन्दा पनि धेरै भिटामिन सि पाईन्छ।

 

  • रातो रंगका फलफुलले तपाईं हाम्रो मुटुलाई स्वस्थ राख्नमा मदत गर्दछ।

 

  • अध्ययनहरूले यो पनि पत्ता लगाएका छन् कि हरेक बिहान अंगुर खाने बानी बसाल्ने हो भने यसले तपाईंको मोटोपन साथै तौल घटाउनमा मदत गर्छ। अंगुरले मधुमेह हुनबाट समेत बचाउँछ।

 

  • सुन्तलारँगका फलले आँखा, पहँलो रंगका फलले शरिरको तापक्रम, हरियो रंगका फलले हाड र दातलाई स्वस्थ राख्न मदत गर्छन्। त्यसो त निलो र बैजनी रंगका फलले सम्झना शक्ति बढाउन तथा कायम राख्न मदत गर्छन्।
सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

बलात्कार, शब्द नै निच सुनिन्छ। तर पनि हाम्रो समाजमा यस्ता अमानवीय गतिविधिमा लाग्नेको संख्या कम छैन। पछिल्लो छ महिनामा मात्र छ दर्जन बलात्कारका घटना समाचार बनेका छन्। बलात्कारका धेरै घटनाहरु घरभित्रै साम्य पारिन्छ, इज्जत अनि सामाजिक मान मर्यादाको नाममा।
बलात्कारको सर्न्दभमा हाम्रो समाजको यस’boutमा रहेको धारणा नै गलत छ। नेपाली समाजले बलात्कारका घटनाको पिडीत पक्ष अर्थात् महिलालाई नै दोषीको रुपमा मान्छ। पुरुषवादी समाजमा बाँच्नुको सबैभन्दा ठूलो पीडा र विदेशको शिकार महिलाहरु यस्ता बलात्कार जस्ता घटनामा भएको देख्न सकिन्छ। घरेलु हिंशा देखी यौजन्य हिंशाका घटनामा समाज र समाजका प्रबुद्धहरुले महिलालाई नै दोषीका रुपमा उभ्याउँछन्। अनि महिलाको भूमिका खोजिन्छ त्यसमा केही फेला नपरे पनि चरित्रमा शंका गर्ने छुट त हरेक पुरुषले जन्मसिद्ध नै लिएको आएको हुन्छ। छोटा कपडा, घरबाहिर हिँड्नु, केटाहरुसँगको संगत, प्रेम र शारिरीक सम्बन्धका कुराहरुलाई जोडेर बलात्कार तथा महिला हिंशाका घटनामा महिलालाई नै कमजोर र दोषीका रुपमा उभ्याएर यस्ता कुराहरुलाई सामसुम पार्ने ध्यान हुन्छ समाज अनि परिवारको। नत्र इज्जत जाने र नाक काटिने जो डर छ। जुन बिलकुलै गलत मात्र होइन अपराधी मानसिकता हो। यस्तो मानसिकता धेरैमा छ त्यसैले त एक्लै जागिरका लागि अर्न्तवार्तामा निस्केकी, सामान किन्न निस्केकी अनि सार्वजनिक यातायातमा यात्रा गरिरहेकी युवतीहरु महिलाहरु यौन उत्पीडनको शिकार भइरहेका छन्। हाम्रो जस्तो एक्लै घाँसदाउरा र घर सम्हाल्नुपर्ने खालको समाजमा महिलालाई झन आफूलाई यौन पिपाशुका नजर र आक्रमणबाट जोगाउनु निक्कै मुस्किल छ।

समाजमा महिलाहरु प्रति हुने यस्ता दूर्व्यवहार र अपराधमा महिलाको भन्दा पनि पिडक पक्षको साथ देखिने वर्गलाई व्यंग्य गर्ने हिसाबमा फोटोग्राफर याना मजरकेभिचले यौन उत्पीडनलाई लिएर एउटा फोटो सिरिज शुट गरेकी छिन्। जसले बलात्कारको घटनामा समाजको दृष्टिकोण र पिडकको पक्षमा उठ्ने आवाजलाई देखाइएको छ। सबै फोटोहरुमा एउटा नारीलाई पुरुषको हातले मुख बन्द गरेर कसरी समाजले बलात्कार पीडीतको मुख बन्द गराउँछ भन्ने पनि देखाउन खोजिएको छ। फोटोमा यौन उत्पीडनमा परेकी महिलाले समाजको दृष्टिकोणलाई व्यंग गरेर लेखिएका शब्दहरु प्लेकार्डका रुपमा लिएकी छिन्। यी यस्ता फोटो हुन् जसलाई ध्यान दिएर हेर्नुभयो भने तपाईंको सोच बदलिदिन्छ बलात्कारको घटनामा:

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 1

मलाई थाहा हुनुपथ्र्यो कि कसरी जोगिनुपर्छ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 2

म एक्लै निस्कनु हुँदैनथ्यो

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 3

सायद म बढी नै नजिक भएँ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 4

मेरो गल्ती थियो मैले मदिरा पीएकी थिएँ

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 5

मैले आफ्नो ब्वाई फ्रेण्डलाई हुन्न भन्न सक्दिन

[ads1]

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 6

मेरो स्कर्ट सारै छोटो थियो

 

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 7

मैले मेरो ड्रिंक तल राख्नुहुँदैन थियो

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर 8

मलाई अनुमान हुनु पर्दथ्यो कि यस्तो केही हुन सक्छ

मुख खोलिदिने १५ थ्रीडी टाटु

मुख खोलिदिने १५ थ्रीडी टाटु

शरिर कलाका रुपमा टाटुलाई लिइन्छ। यो निक्कै पुरानो आदीवासी परम्परा हो, एशिया देखी अफ्रिका महादेशमा रहेका प्राचिन जाति तथा सम्प्रदायमा शरिरमा विभिन्न रंगहरु पोतेर कला प्रदर्शन गर्ने परम्परा रहेको छ। नेपालका धेरै सम्प्रदायमा शरिरमा विभिन्न खालको कला खोप्ने चलन छ। नेपाली पहाडी बस्ती साथै काठमाडौं उपत्यकामा पनि शरिरमा खोपिने चित्रलाई गहनाको रुपमा लिइन्छ। नेपाली विश्वास अनुसार शरिरमा खोपिएका टाटु मात्र त्यस्ता गहना हुन जुन मानिसले मर्दा आफूसँगै लिएर जान्छ।

 

 


नेपाली मध्यम वर्गिय समाजमा भने टाटु खोपाउनुलाई राम्रो मानिँदैन। टाटु खोप्ने अनि पियरसिंग गर्ने (शरिरका विभिन्न भागमा छेडेर धातुका गहना लगाउने) केटा वा केटीलाई आवाराका रुपमा हेर्ने मानसिकता आज पनि छ। हुन त नाक र कान छेड्ने पुरानो परम्परा हो तर पनि युवाहरुले नाक र कान छेड्ने परम्परालाई नाइटो र अन्य गोप्य अंगसम्म पुरयाएको पाइन्छ जसलाई समाज राम्रो मान्दैन।

थ्रीडी टाटु २

थ्रीडी टाटु ७

एशिया अफ्रिका देखी अमेरिका अनि यूरोप सबै महादेशमा सरोवरी भएको यो शरिरमा रंग प्रयोग गरेर कलात्मक स्वरुप दिने चलन यतिखेर प्रविधिको विकासका कारण निक्कै पृथक भएको छ। यो कला मात्र नभएर व्यवसाय अनि प्रविधि बनिसकेको छ। प्रविधिको प्रयोगले मानिसको छालामा वास्तविकताको भान दिने खालका चित्रहरु कोर्न सकिने भएको छ। थ्रिडी आर्टको रुपमा शरिरमा कोरिने चित्रहरुलाई अत्यन्त वास्तविक देखिने गरेर दृश्यात्मक एवं वास्तविक स्वरुप दिन सकिने भएको छ। जसले गर्दा टाटु अब केबल टाटुको रुपमा मात्र छैन। टाटु खोप्ने कलाकारको दक्षता, ज्ञान र अनुभवको आधारमा यस्ता थ्रीडी टाटुहरुले मानिसलाई उनीहरुको मुख खुलाका खुला हुने गरि दंग पार्ने गराउँछन्। यहाँ त्यस्ता केही अनौठा टाटुका तस्वीरहरु छन् जुन तपाइँले टाटु खोपाउने समयमा उदाहरणका रुपमा पनि लिन सक्नुहुन्छ।

यी हुन् राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्ने

यी हुन् राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्ने

नेपालमा राजनीति गरेर सत्तामा जानका लागि भारतका विभिन्न एजेन्सी र सरकारी निकायसँग राष्ट्रहित विपरित सन्धी सम्झौता गर्ने क्रम आजको होइन। राजा र उनीहरुले बसाल्न खोजेको थितीलाई तानाशाही व्यवस्थाको नाम दिँदै भारतको स्वार्थ अनुसार प्रजातन्त्रको रागमा देशलाई कंगाल गराउने काम राजनीतिक नेतृत्वबाट हुँदै आएको छ। नेपाललाई सुगौली सन्धीको समय देखी नै नेपालका केही मुट्ठीभर राजनीतिक नेता र कर्मचारीहरुले प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रको नाममा कमाइखाने भाँडो बनाएको र्सवविधित कुरा नै हो। राजनीतिक परिवर्तन र क्रान्तिको भाषण गर्ने तर भ्रष्ट र स्रोत नखुलेको कमाइमा रमाउने राजनीतिक नेतृत्वको कारण नेपाल दिनदिनै कहाली लाग्दो भविष्यको बाटोमा छ।

भारतीय दूतावास अनि गुप्तचर एजेन्सीसँग गोप्य साँठगाँठ राख्ने राजनीतिक नेतृत्वकै कारण देश विकासको खुड्कीलो चढ्न सकिरहेको छैन। दुर्इवटा संविधानसभाको निर्वाचन पछि पनि देशमा विकासको नाम नै सुन्न गारो परिरहेको छ। भने अर्को तिर देशका नदीनाला भारत र भारतीय कम्पनीलाई बेच्ने काम भइरहेको छ। पछिल्लो समय नेपालीलाई अन्धकारमा राख्दै काँग्रेस, एमाले अनि माओवादी लगायतका राजनीतिक दलले कर्णाली  नदी भारतलाई नेपालको हित विपरित गएर दिने निर्णय गरेका छन्। यद्यपी चनाखो नागरिक समाज र युवाहरुले कर्णाली बचाउन अभियान नै सुरु गरेका छन्। जनताहरु जुर्मुराए पछि भारतीय हितमा राष्ट्रद्रोह गर्न तम्सने राजनीतिक दल र तिनका नेताको पनि केही जोर भने चल्ने देखिँदैन। यसै क्रममा कर्णाली  बचाउ अभियानले अहिलेसम्म भारतसँग गरिएका राष्ट्रद्रोही सम्झौता र तीनका हस्ताक्षरकर्ताहरुको लिस्ट नै सार्वजनिक गरेको छ जुन यस्तो छ। नेपालको हितप्रतिकूलका राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्नेहरू

१. सुगौली सन्धिः

नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय । इष्ट इण्डिया कम्पनीका तर्फबाट लेफ्टेनण्ट कर्णेल प्यारिश ब्य्राडशा । सन् १८१५ डिसेम्बर २ का दिनका सुगौलीमा हस्ताक्षर भइ १८१६ मार्च ४ का दिन मकवानपुरमा सन्धि आदानप्रदान ।

२. शारदा बाँध सम्झौताः

नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने प्रधानमन्त्री चन्द्रशम्शेर जबरा । भारतका तर्फबाट कर्णेल केलअन । सन् १९२० अगष्ट २३ मा पत्राचार भइ १९२० अक्टोबर २१ मा सदर ।

३. सन् १९५० को सन्धिः

नेपालका तर्फबाट हस्ताक्षर गर्ने प्रधानमन्त्री मोहनशम्शेर जबरा । भारतका तर्फबाट भारतीय राजदूत चन्द्रेश्वरप्रसादनारायण सिंह । सन १९५० जुलाई ३१ काठमाडौँमा हस्ताक्षर ।

४. कोशी सम्झौताः

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा नेपाल भारतबीच हस्ताक्षरित कोशी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने महावीर शम्शेर । भारतका तर्फबाट गुल्जारीलाल नन्दा । सन् १९५४ अप्रिल २५ का दिन काठमाडौँमा हस्ताक्षर ।

५. गण्डक सम्झौताः

तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पालामा नेपाल भारतबीच हस्ताक्षरित गण्डक सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने उपप्रधानमन्त्री सुवर्णशम्शेर । भारतका तर्फबाट भारतीय राजदूत भगवान सहाय । सन् १९५९ डिसेम्बर ४ का दिन काठमाडौँमा हस्ताक्षर ।

६. टनकपुर सम्झौताः

नेपालका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अख्तियारप्राप्त सामान्य प्रशासन मन्त्री महेश्वरप्रसाद सिंह । भारतका तर्फबाट विदेशमन्त्री माधवसिंह सोलङ्की । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १९९१ डिसेम्बर ५–११ बीच सम्पन्न भारत भ्रमणको बेला, नयाँ दिल्लीमा हस्ताक्षर ।

७. महाकाली सन्धि (परराष्ट्रमन्त्रीस्तरमा):

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी । भारतका तर्फबाट विदेशमन्त्री प्रणव मुखर्जी । १९९६ जनवरी २९ काठमाडौँमा हस्ताक्षर । प्रधानमन्त्रीस्तरमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउबा, भारतका तर्फबाट प्रधानमन्त्री पीभी नरसिंह राव । १९९६ फेब्रुअरी १२ मा नयाँ दिल्लीमा हस्ताक्षर ।

८. माथिल्लो कर्णाली सम्झौताः

नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्ने सहसचिव अनुपकुमार उपाध्याय र फड्के किनाराका साक्षी सहसचिव राजेन्द्र कु. क्षेत्री र विद्युत विकास विभागका उपमहाप्रबन्धक सुनिलबहादुर मल्ल । जीएमआर आइटीडीका तर्फबाट अभिनाश शाह, साक्षी हरविन्दर मनोचा र राजीब मिश्र । २००८ जनवरी २४ का दिन काठमाडौँमा हस्ताक्षर ।

९. अरुण ३ सम्झौताः

नेपाल सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्ने सहसचिव अनुपकुमार उपाध्याय, फड्के किनाराका साक्षी सहसचिव राजेन्द्र के. क्षेत्री र विद्युत विकास विभागका उपमहाप्रबन्धक सुनिल बहादुर मल्ल । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम लि.का तर्फबाट उपमहाप्रबन्धक श्री सञ्जय उप्पल, फड्के किनाराका साक्षी मनोज दीक्षित । २००८ मार्च २ का दिन काठमाडौँमा हस्ताक्षर ।

१०. माथिल्लो कर्णाली पीडीएः

नेपाल सरकारका तर्फबाट लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्त र फड्के किनाराका साक्षी उपसचिव खगेन्द्र रिजाल । जीएमआरका तर्फबाट आरभी सेसन र प्रशारण लाइन कम्पनीका तर्फबाट हरविन्दर मनोचा । साक्षी, माथिल्लो कर्णाली जलविद्युत लि. राजिब मिश्र र प्रशारण लाइन कुलमित के शर्मा । २०१४ सेप्टेम्बर १९ का दिन काठमाडौँमा हस्ताक्षर ।

११. अरुण ३ पीडीएः

नेपालका तर्फबाट लगानी बोर्डका मुख्य कार्यकारी अधिकृत राधेश पन्त, सतलज जलविद्युत निगमका तर्फबाट अध्यक्ष आरपी सिंह । २०१४ नोभेम्बर २५ का दिन काठमाडौँमा हस्ताक्षर ।