Loading...

नयाँ अपडेट

फलफुल बारेका रोचक तथ्य, सही राख्छ स्वास्थ्य - NepaliVirals

फलफुलका रोचक तथ्य, सही राख्छ स्वास्थ्य

लिची खाँदा एकदम ध्यान दिनुपर्ने कुरा के हो भने यसको बीउ (गेडा) जुन हामीले खाने भागको भित्र आकारमा पनि ठूलो हुन्छ त्यो खानु हुँदैन। त्यो विषालु हुन्छ।  

पुरा पढ्नुहोस् »

विभिन्न देशका २५ रोचक तथ्यहरू

१. जापान, जोर्डन र स्यान मरिनो यी तीन देशहरूका राष्ट्रगानमा केबल ४-४ लाइन छ । २. इटाली र फ्रान्सले विश्वका ४० प्रतिशत रक्सी उत्पादन गर्छन् । ३. मस्कोमा मौसम पूर्वानुमानकर्ताले यदि गलत पूर्वानुमान गरेमा तिनले जरिवाना तिर्नुपर्ने हुनसक्छ । ४.  रूस क्षेत्रफलका हिसाबले प्लुटो ग्रहभन्दा पनि ठूलो छ । ५.  रूस विश्वका यस्तो देश हो, जहाँ एक भागमा दिउँसो अर्को भागमा रात वा साँझ हुन्छ । ६. रूसमा पुरुषका तुलनका महिलाको संख्या ९ लाखभन्दा बढी छ । त्यहाँ छोरा जन्मे सरकारले सानो पुरस्कारसमेत दिन्छ । ७. एरिजोजनामा ऊँटको शिकार गर्नु अवैधानिक मानिन्छ । ८. सिंगापुरमा चुइगम राख्नु वा बेच्नु अवैधानिक छ । ९. फ्लोरिडामा घोडा चोरी गर्नेलाई फाँसीको सजायसमेत हुनसक्छ । १०. पेरूमा पिरामिडहरूका संख्या मिश्रमा भन्दा बढी छ । ११. स्कटल्यान्डमा सबैभन्दा बढी रातो कपाल हुने मानिसहरू हुन्छन् । १२. ब्राजिलका माउन्टेन एक्सिस सडकमा १६० वटा कारहरू साइड-बाइ-साइड अर्थात दायाँ-बायाँ एकै साथ गुड्न सक्छन । यो विश्वकै सबैभन्दा चौडाइ भएको सडक हो । १३. हरेक दिन विश्वका कुनै न कुनै देशमा कुनै विशेष दिवसका विदा हुन्छ । १४. अफगानिस्तान (Afghanistan) विश्वका एकमात्र यस्तो देश हो, जसका नाम ए बाट सुरू हुन्छ तर ए मै अन्त्य भने हुँदैन । १५. अल्बानिया यस्तो देश हो, जहाँ यदि तपाइँले टाउको हल्लाएर हो भन्नु भयो भने त्यसका अर्थ होइन र होइन भन्नुभयो भने हो भन्ने हुन्छ । १६. इजरायल विश्वका ती ९ देशमध्येको हो, जोसँग आफ्नै स्याटेलाइट प्रणाली छ, तर यसका प्रयोगले इजरायलले ड्रोन चलाउँछ । इजरायलले आफ्नो स्याटेलाइट प्रणााली अरुसँग बाँडेको छैन । १७. इजरायल विश्वको एकमात्र यहुदी राष्ट्र हो । १८. इजरायल विश्वका एकमात्र यस्तो देश हो, जहाँ महिलाहरूले अनिवार्य रूपमा सैन्य सेवामा काम गर्नुपर्छ । १९. इजरायलमा आइतबारका दिन नाक सफा गर्न पाइँदैन,यसो गरिएमा कारबाही पनि हुनसक्छ । २०. अष्ट्रेलियामा विश्वका एकमात्र महाद्वीप हो, जहाँ सक्रीय ज्वालामुखी छैनन । २१. अष्ट्रेलियामा कंगारुहरूको संख्या त्यसको कुल बसोबासभन्दा दोब्बर छ । २२.अष्ट्रेलियामा हरेक वर्ष १ खर्ब ३५ अर्ब रक्सीका बोतल बनाइन्छ । २३. अष्ट्रेलियामा झन्डै १५ करोड भेडा पाइन्छ । यदि त्यहाँ एक वर्षमा उत्पादन भएको ऊनबाट स्कार्फ बनाउन सुरु गरियो भने त्यसले पूरै विश्वलाई बेर्न सकिन्छ । २४. साउदी अरबले मासुका लागि  अष्ट्रेलियाबाट ऊँट  आयात गर्छ । २५. करिब २५ प्रतिशत अष्ट्रेलियनहरू अन्य देशमा जन्मेका हुन् ।  

पुरा पढ्नुहोस् »

‘भ्यालेन्टाइन्स डे’का केही रोचक तथ्यहरू

सबैलाइ थाह छ फेब्रुअरी १४ तारिख विश्वभरि नै  प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । याे प्रेमका दिन हो, आफ्नो माया प्रेम अभिव्यक्त गर्ने दिन हो । युवा मुटुहरू यस दिनका ब्यग्रताका साथ प्रतीक्षा गर्ने गर्छन । हरेक प्रेम गर्ने मानिसका लागि यसका अलग्गै महत्व छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । ‘भ्यालेन्टाइन डे’का केही रोचक तथ्यहरू भ्यालेन्टाइन डे  विश्वभरि नै मनाइन्छ । नेपालमा कहिलेबाट याे मनाउन थालियो भन्ने आधिकारिक जानकारी छैन । भारतमा भने १९९०का दशकदेखि मनाउन थालिएको पाइन्छ । भ्यालेन्टाइन डेका दिन नेपालमा २ करोड रूपैयाँबराबरको गुलाबका फूल किनबेच हुन्छ । भ्यालेन्टाइन डेका दिनमात्र २ लाख स्टिक गुलाबका फूल बेचिने गरेको छ । रोज डेः भ्यालेन्टाइन डेको पहिलो दिन  फेब्रुअरी ७ तारिखबाट सुरु हुन्छ, जसलाई  रोज डे भनिन्छ । रोज डेका दिन प्रेमीप्रेमिकाले एकअर्कालाई गुलाबको फूल दिन्छन् । प्रपोप डेः रोज डेको भोलिपल्ट अर्थात फेब्रुअरी ८ का दिन प्रपोप डे मनाइन्छ । प्रपोज डेका दिन आफूले मन पराएका वा मन पराइएकीलाई प्रेम प्रस्ताव राखिन्छ । चकलेट डेः  फेब्रुअरी ९ का दिन चकलेट डे मनाइन्छ । यस दिन आफ्ना प्रेमी वा प्रेमिकालाइ चकलेट दिएर प्रेममा मिठास भरिन्छ । टेडी डेः फेब्रुअरी १०  का दिन टेडी डे मनाइन्छ । यस दिन प्रेमी वा प्रेमिकालाई विशेष उपहार स्वरुप टेडी बियरका खेलौना उपहार दिइन्छ । प्रमिस डेः फेब्रुअरी ११  का दिन प्रमिस डे मनाइन्छ । यस दिन आफ्नो प्रेम अन्तिम अवस्थासम्म कायम राख्नेछु भनेर आफ्ना  प्रेमी वा प्रेमिकासँग विशेष वाचाबन्धन गरिन्छ । हग डेः फेब्रुअरी १२  का दिन हग डे मनाइन्छ । यो भ्यालेन्टाइन डेभन्दा दुई दिनअघि मनाइने यस दिवसका दिन आफ्ना प्रेमीप्रेमिकालाइ अंगालोमा बेरिन्छ । किस डे- फेब्रुअरी १३  का दिन किस डे मनाइन्छ । यस दिन आफ्नी प्रेमी-प्रेमिकालाई चुम्बन गरेर प्रेम व्यक्त गरिन्छ । भ्यालेन्टाइन डे- फेब्रुअरी १४ का  यो प्रेमीप्रेमिकाका लागि विशेष सम्झनायोग्य दिनका रूपमा रहोस् भनेर प्रेमका सबै उपायहरू अबलम्बन गरिन्छ । भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइनका नाममा मनाइन्छ । सन्त भ्यालेन्टाइन ई. पू. २६९ मा शहिद भएका थिए, उनलाई १४ फेब्रुअरी २६९ दिन फ्लोमिनिया मृत्युदण्ड दिइएको थियो । विश्वको पहिलो भ्यालेन्टाइन कार्ड सन् १५४१ मा पठाइएको थियो । सन्त भ्यालेन्टाइनकाे अवशेष रोमको सेन्ट फ्रेंक्स्ड चर्च र डबलिन (आयरल्यान्ड)  को स्ट्रीट कामिलेट …

पुरा पढ्नुहोस् »

धनी पति खोजेका बलिउडका अभिनेत्रीहरू

हातमा मैला सुनाका थैला के गर्नु धनले साग र सिस्नु खाएका बेस आनन्दी मनले तपाइँले धेरै पटक मुनामदनमा महकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका यी पङ्तिहरू पढ्नु भएका होला । तर, आधुनिक विश्व त्यस्तो छैन । यहाँ मानिसहरू पैसाका लागि जे पनि गर्न तयार हुन्छन् । बलिउडका नाम चलेका अधिकांश अभिनेत्रीहरूले आफ्नो सुन्दरताको भर्‍याङ बनाउँदै धनाढ्यहरूसँग विवाह गरेका छन् । आज हामी त्यसरी धनाढ्यहरूसँग विवाह गर्ने टप १० बलिउड अभिनेत्रीहरू’bout चर्चा गर्दछौँ । १. टिना-अनिल अम्बानी भारतकै धनाढ्य अर्बपतिमध्येमा पर्ने अनिल अम्बानीकी श्रीमती टिना अम्बानी सन् १९८०का दशकमा बलिउडकी लोकप्रिय अभिनेत्री थिइन । उनले आफ्नो करिअरमा नाम, प्रतिष्ठा र सम्पत्ति पनि राम्रै आर्जन गरेकी थिइन, तर सबै कुरा टिकेनन् । उनको ख्याती विस्तारै खस्न थाल्यो, आफूलाई पुनः स्थापित गर्ने क्रममा टिनाले अनिल अम्बानीलाई चुनिन । २. सेलिना जेटली- पिटर हाग कुनै समय सेलिना जेटली निकै चलेको नाम थियो । प्रसिद्धिको जुन शिखरमा उनी हिडिरहेकी थिइन, त्यसका तुलनामा उनका आय सन्तोषजनक थिएन । त्यसैले उनले अष्ट्रेलियाका धनी व्यवसायी पिटर हागलाई चुनिन । पिटर हाग एक होटल व्यवसायी हुन् । सेलिनाले २०११ मा पिटरसँग बिहे गरेपछि बलिउडबाट टाढिएकी हुन् । विवाहपूर्व नै गर्भावती भएपछि उनले पिटरसँग हतारहतार विवाह गरेकी थिइन । ३. श्रीदेवी-बोनी कपुर ९० को दशककी प्रसिद्ध नायिका श्रीदेवीका तुलनामा उनका पति बोनी कपुर निकै बुढा छन् । यही कारण अधिकांश मानिसहरू श्रीदेवीले सम्पत्तिकै लागि उनी नायक अनिल कपुरका दाजु बोनी कपुरसँग विवाह गरेको बताउने गर्छन् । बोनी कपुरले जेठी श्रीमती मोना शाैरीलाई त्यागेर श्रीदेवीसँग विवाह गरेका हुन् । ४. अमृता अरोरा-शकील लद्दाख आफ्नी पहिली पत्नीसँग सम्बन्ध बिच्छेद गरेपछि धनाढ्य व्यापारी शकील लद्दाखले पुनः प्रेमिल जीवनका अनुभव गरे । यस पटक उनले साथ पाएका थिए बलिउड अभिनेत्री अमृता अरोराको । विवाहपूर्व नै गर्भवती भएका कारण आलोचना खेप्नु परे पनि अमृताका लागि यो भाग्योदयका समय बन्यो । उनले औपचारिक रूपमा नै शकील लद्दाखसँग विवाह गरिन भने अहिले उनका दुई छोराहरू छन् । ५.विद्या बालन-सिद्धार्थ राय कपूर विद्या बालन हलिउडकी स्थापित अभिनेत्री हुन् भने सिद्धार्थ राय कपूर बलिउडका सफल निर्माता । दुवैले एकै साथ काम गर्न थालेपछि दुवैबीच आकर्षण बढेको हो । वास्तविकता जे भए पनि विद्या बालनले पैसाकै लागि सिद्धार्थ राय कपूरसँग विवाह गरेकी हुन् भन्ने जनमानसमा परेको छ । ६. आयशा टाकिया- फरहान आजमी  बलिउडकी सुन्दर अभिनेत्रीहरूमध्येमा पर्ने आयशा टाकिया मोडल पनि हुन् भने उनी एक चर्चित टेलिभिजन प्रस्तोता …

पुरा पढ्नुहोस् »

सपनाका रोचक तथ्यहरू

हरेक मानिसले राति सुतेपछि सपना देख्ने गर्छन्, यहाँसम्म कि आँखा नदेख्ने दृष्टिविहीनले पनि सपना देख्छन् । कतिपय सपना बिहान उठ्दा सम्झिइन्छ भने कतिपय राति नै बिर्सिइन्छ । आउनुस सपनाका ’boutमा केही रोचक तथ्यहरू थाह पाउँ । १. तपाईं सपनामा सही समय बताउन सक्नु हुन्न, तपाइ जति पटक सपनामा समय देख्नु हुन्छ, त्यति नै पटक फरक- फरक समय देखिन्छ । २. मान्छे घुरिरहेका बेला सपना देख्न सक्दैन । ३.तपाईंलाई विश्वास नहुन सक्छ, हाम्रो आँखा खुल्नेवित्तिकै हामी सपनाका ५० प्रतिशत कुरा भुलिसकेका हुन्छाैं । त्यतिमात्र होइन, १० मिनेटपछि हामी सपनाका ९० प्रतिशत कुरा भुलिसक्छाैं । ४. यदि तपाईंलाई आफूले सपना देख्दिन भन्ने लाग्छ भने तपाईं भ्रममा हुनुहुन्छ, किनकी सबै मानिसले सपना देख्छन्, यद्यपि केही मानिसले सपना बिर्सन्छन् । ५. एक अनुमानअनुसार एक जना औसत मानिसले वर्षमा १४६० वटा सपना देख्ने गर्छ । ६. दृष्टिविहीनहरूले पनि सपना देख्छन् । जो पछि गएर अन्धोपनका शिकार भएका हुन्छन्, तिनले सपनामा चित्रआकृतिहरू देख्छन्, तर जो मानिस जन्मैदेखि दृष्टिविहीन हुन्छन्, उनका सपनाका आवाज, छोएर बनेका अमूर्त आकारप्रकार, बासना, भावनाहरू मिश्रित हुन्छन् । ७. सपनामा हामीले केबल ती अनुहारमात्र देख्छाैं, जसलाई पहिला कहिले हामीले देखेका हुन्छाैं । हाम्रो मष्तिस्कले आफै अनुहारका आकृति बनाउँदैन । हामीले वास्तविक जीवनमा चाहे एक झलक टाढाबाट देखेका व्यक्ति होस् वा फिल्म टीभी अथवा फोटोमा देखेका व्यक्तिका अनुहारमात्र देखिन्छ । ८. हरेक मानिसको सपना रंगिन हुँदैन । प्रायःजसो  मानिसले सादा (श्यामश्वेत) सपना देख्छन् । ९. अधिकांस सपनामा चिन्ता वा त्यसले उत्पन्न गर्ने विभिन्न खालका प्रतिक्रियाजन्य, जस्तो सर्पले खेदेको, टोकेको, बाघ-भालु वा कुकुरले खेदेको, टोकेको सपना देखिन्छ । सपनामा नकारात्मक भावना, सकारात्मक भन्दा बढी हुन्छन् । १०. जनावरहरूले पनि सपना देख्छन् । अध्ययनहरूबाट के देखिएको छ भने जनावरहरूका दिमागले पनि मानिसका दिमागले जस्तै तरंगहरू छाड्छन् । ११. पुरुष र महिलाका सपनाहरू अगल-अलग किसिमका हुन्छन् । करिब ७० प्रतिशत पुरुषका सपना अन्य पुरुषका ’boutमा हुन्छन् भने महिलाका सपनामा पुरुष  र महिला दुवैका मिश्रण हुन्छ । १२. फेड्रिक ओगस्टले बेनजेन (C6H6) जस्ता जटिल रसायनिक फर्मूला  सपनाबाट उत्प्रेरित भएर बनाएका थिए । उनले सपनामा केही सर्पहरू देखेका थिए, जसले आफ्नो पुच्छर खाइरहेका थिए । १३. अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले आफ्नो मृत्यु भन्दा केही समय पहिला आफ्नी श्रीमतीसँग भनेका थिए- “मैले आफ्नो सपनामा केही मानिसहरू रोइ रहेको देखेको थिएँ ।” १४. हामीले सुतिरहेका बेला ९० …

पुरा पढ्नुहोस् »

सम्भोगको यो रहस्य आजसम्म कसैले सुल्झाउन सकेनन् !

कुुनै पनि सम्बन्धमा गाढापन र आनन्द अनुभूति आवश्यक हुन्छ । पुरुषहरूले दिनमा कैयन पटक यौन सम्पर्कको आनन्द लिन चाहन्छन् भन्ने भनाइ एकातिर छ भने अर्कातिर महिलाहरू पनि पुरुषले नै जस्तै आनन्द प्राप्त गर्छन् । तर, सबैभन्दा ठूलो रहस्य भने महिला वा पुरुष कसले रति क्रियामा सबैभन्दा बढी आनन्द उठाउँछन्? यो प्रश्नका उत्तर पढेर तपाईलाई पनि आश्चर्य लाग्न सक्छ । महाभारतको अनुशासन पर्वमा मानव जीवनसँग जोडिएका कैयन पक्षहरूमाथि चर्चा गरिएको छ । धर्मराज युधिष्ठिरलाई एउटा प्रश्नले लामो समयदेखि हैरान तुल्याइरहेको छ । वाणहरुको शैय्यामा सुतेर मृत्युको प्रतीक्षा गरिरहेका भीष्मसँग उनले यो प्रश्न सोधे । युधिष्ठिरले भीष्मसँग सोधेः सहवासका क्रममा स्त्री–पुरुषको मिलनको सुख कसले अनुभव बढी गर्छन्? यौन क्रियाका क्रममा सबैभन्दा बढी आनन्द कसले पाउँछ? भीष्मले भने– “यो प्रश्नको उत्तर दिन अत्यन्तै कठिन छ, जबसम्म स्त्री र पुरुष दुवैको अनुभव कसैले एकै साथ गरेको नहोस् ।” अनि भीष्मले भने– युधिष्ठिर तिम्रो प्रश्नको उत्तर भङ्गस्वाना र सकराको कथाका माध्यमबाट नै दिन सकिन्छ । आफ्नो प्रश्नको उत्तर पाउनका लागि यो कथा सुन । धेरै वर्षअघि भङस्वाना नाम गरेको एक राजा थिए । उनी अत्यन्तै न्यायप्रेमी र यजश्वी थिए, तर उनका कुनै पुत्र थिएनन । पुत्रको चाहनामा ती राजाले ‘अग्निष्टुता’ नामक यज्ञ गरे । यज्ञको हवनमा केवल अग्नि देवताको मात्र आदर गरियो, त्यसैले देवराज ईन्द्र निकै क्रोधित भए । ईन्द्रले आफ्नो रिस प्रकट गर्नका लागि ती राजालाई दण्ड दिन चाहे । एक दिन ती राजा शिकारमा जाँदा ईन्द्रले उनलाई सम्मोहित गरिदिए । राजा भङ्गस्वाना वनमा यताउता अलमलिन थाले । सम्मोहित अवस्थामा उनले सबै होस गुमाए, उनलाई न त दिशाहरू’bout कुनै सम्झना थियो, न त आफ्ना सैनिकहरू नै देखिरहेका थिए । भोक प्यासले उनलाई आकुल–ब्याकुल बनाइ दिएको थियो । अचानक उनले एक सानो नदी देखे, जुन कुनै जादूजस्तो अत्यन्तै आकर्षक देखिइरहेको थियो । राजा त्यो नदीका तर्फ अघि बढे र उनले पहिले आफ्नो घोडालाई पानी पिलाए अनि आफैले पनि पिए । जसै राजा पानीमा प्रवेश गरे, पानी पिए, उनले के देखे भने उनका शरीर बदलिँदै गएको छ । उनी विस्तारै विस्तारै एक स्त्रीमा परिणत भए । लज्जाले गर्दा राजा आलाप बिलाप गर्न थाले । यस्तो किन र कसरी भयो भन्ने उनले बुझेकै थिएनन । राजा भङ्स्वाना कराउन लागे– “हे भगवान ! पुरुषबाट स्त्री बनेपछि राज्यका जनतासँग म …

पुरा पढ्नुहोस् »

बच्चा पाएका कति दिनसम्म यौन सम्पर्क गर्न हुँदैन?

हरेक महिला जीवनमा आमा बनेको अनुभूति गर्न चाहन्छन् । आमा बनेको अनुभव विश्वकै सर्वोत्तम अनुभव मानिन्छ । बच्चा पाइसकेपछि अर्थात प्रसुति भइसकेपछि  महिलाको शरीर पहिला जस्तो हुँदैन । गर्भावती अवस्थामा महिलाहरूको शरीरमा निकै परिवर्तन आउँछ । त्यसैले बच्चा पाएका लगत्तै यौन सम्पर्क राख्ने विषयमा सोचरहनु भएको छ भने कृपया सावधानी अपनाउनु होस् । बच्चा जन्माउने क्रम अर्थात प्रसब प्रक्रियामा महिलाहरू शारीरिक र मानसिक दुवै रुपमा थाकेका हुन्छन् । शरीर पनि अति नै संवेदनशील भएको हुन्छ, त्यसैले शारीरिक सम्बन्ध राख्ने विषयमा हतार गर्नुहुँदैन । प्रसवपछि करिब एक महिनासम्म महिलाहरूलाई रक्तस्राब हुन्छ भने ९ महिनासम्म एकतित्र भएर बसेको तरल पदार्थ गर्भाशयबाट बाहिरिइ रहेको हुन्छ । बच्चा दुई प्रकारले जन्मन्छन्, नर्मल र अप्रेशन  (सिजेरियन)गरेर । बच्चा नर्मल नै जन्मेको रहेछ भने एक पटक डाक्टरको सल्लाह लिनुहोस् । किनकी यस्तो बेलामा महिलाको योनीद्वार फैलिएको हुन्छ र बच्चा पाइसकेपछि गर्भाशयमा चोट पुगेको हुन्छ । गर्भाशयमा बनेको घाउ पुरिन पनि समय लाग्छ । यदि प्रसवका क्रममा योनीद्वार चिरिएको (Episiotomy) छ भने त्यो सामान्य हुन कम्तिमा ६ हप्ता समय लाग्छ, तर चिरा पारिएको स्थानमा लगाइएको टाँका कारण केही केही महिलाले ६ हप्तापछि पनि यौन सम्पर्क राख्न असहज महसुस गर्छन्  । यस्तो बेलामा यौन सम्पर्क राखेमा संक्रमण हुने खतरा बढी हुन्छ । यदि सिजेरियन अप्रेसनबाट बच्चा भएको हो भने यौन सम्पर्क राख्न कम्तिमा पनि ६ हप्ता पर्खनु पर्छ भने डाक्टरको सल्लाह लिएरमात्र यौन सम्पर्क गर्नु उपयुक्त हुन्छ । सिजेरियन गरेर बनेको टाँकाको घाउ नपुरिइन्जेलसम्म यौन सम्पर्क राख्नु हुँदैन । प्रसुति जुन ढंगले भए पनि रक्तस्राव नियमित नहुइन्जेलसम्म यौन सम्बन्ध बनाउनु हुँदैन । प्रसबपछि महिलाहरूका स्तनमा पनि समस्या सुरु भएको हुन्छ । पहिला सामान्य अवस्थामा रहेका स्तनका दुग्ध ग्रन्थिहरू सक्रिय हुन्छन् र त्यहाँ दूध उत्पादन सुरु हुन्छ । त्यसपछि महिलाहरूले स्तन टन्केको, दुःखेको महसुस गर्न थाल्छन् । नर्मल ढंगले प्रसुति भएको हो भने महिलाले कम्तिमा एक महिना र सिजेरियनमा कम्तिमा तीन महिनासम्म आफूलाई अस्वस्थ्य महसुस गरेका हुन्छन् । त्यसैले यस अवधिमा यौन सम्पर्क राख्नु हुँदैन ।    

पुरा पढ्नुहोस् »

पिसाब का ४० रोचक तथ्य

हाम्रो शरीरले खपत नगर्ने पानी, रगत प्रशोधनपछि निस्कने विकारहरू पिसाब र पसिनाका रूपमा बाहिर निस्कने गर्छ । सामान्यतया एक स्वस्थ व्यक्तिले दिनमा ४ देखि ६ पटकसम्म पिसाब फेर्ने गर्छ । पिसाबले टनटन च्यापेका बेला मानिसले शाैचालय नपाए झाडी, पर्खाल, सवारीसाधनमा छलिएर पनि हलुका भएको देखेकै हाैंला, तर सबैले त्यसरी पिसाब फेर्न सक्दैनन् । यस्तो समस्यालाई साइ ब्लाडर सिन्ड्रोम भनिन्छ । पिसाबका का केही तथ्यहरूः १. हाम्रो मूत्र थैलीले मात्र २.५ कप अर्थात ४०० देखि ६०० मिलिलिटर पिसाब संग्रहित गर्नसक्छ भने हात्तीको मुत्रथैलीमा ५० लिटरसम्म पिसाब जम्मा हुनसक्छ । २. एक जना मानिसले दैनिक सात पटकसम्म पिसाब फेर्छ भने करिब ६.३ कप पिसाब फेर्छ । मानिसले कति पिसाब फेर्छ भन्ने कुरा उसले पिउने पानी र तरल पदार्थ तथा अन्य खानपिनमा भर पर्छ । ३. शरीरबाट पिसाब युरेथ्रा नामक नली हुँदै बाहिर निस्कन्छ । महिलाहरूमा यो नलीको लम्बाई केबल १.२ देखि १.६ इन्च हुन्छ भने पुरुषहरूमा यसको लम्बाई ८ इन्चसम्म हुनसक्छ । ४. यदि तपाईले सपनामा पिसाब फेरेको देख्नु भयो भने बिछ्याैनामै पिसाब फेर्नसक्ने सम्भावना अत्याधिक हुन्छ । ५. पिसाबमा करिब ३००० हजार तत्वहरू हुन्छ, तिनमा ९५% पानी, २.५% युरिया र २.५% नुन, हर्मोनहरू तथा केही पोषक तत्वहरूका मिश्रण हुन्छ । ६.पूरै जीवनभरिमा तपाईको मृगाैलाले करिब १० लाख ग्यालेन (३७ लाख लिटर) पानीलाइ पिसाबमा बदलिदिन्छ, यो सानोतिनो तलाउबराबर नै हो । ७. यदि तपाई केही गरी मरुभूमिमा हराउनु भयो र पानी पाउनु भएन भने पनि कृपया पिसाब नपिउन होला, किनकी पिसाबमा यति नुन हुन्छ कि यसले तपाइको प्यास बुझाउनका सट्टा तपाइको शरीरबाट उल्टै पानी कम गरिदिन्छ । यही कारण अमेरिकी सेनामा सैनिकहरूलाइ कुनै पनि हालतमा आफ्नो पिसाब नपिउने सल्लाह दिइन्छ । ८. बिरालोको पिसाब अँध्यारोमा पनि चमिन्छ, किनकी त्यसमा फस्फोरस हुन्छ, जुन अक्सिजनका सम्पर्कमा आउनेवित्तीकै चम्किन थाल्छ । ९. औषधि बनाउनमा पनि पिसाबका प्रयोग गरिन्छ, उदाहरणका लागि युरोकिनेस औषधि, जसले हर्टअट्याक भएका बेला रगत जम्नबाट रोक्न सहयोग गर्छ । १०. एक वयस्क मानिसले एक वर्षमा पिसाब गरेरै यति हाइट्रोजन उत्पन्न गर्छ कि एउटा कर २६८९ किमी कुद्न सक्छ । ११. एन्टार्कटिकाका हिमतालमा जमेका कुल हिउँका ३ प्रतिशत पेङ्गुइनको पिसाब हो । १२. एकै पटक रक्तदान गर्न र पिसाब फेर्न सकिँदैन । १३. नासाले यस्तो मेसिन बनाएको छ, जसले अन्तरिक्षयात्रीहरूको पिसाबलाई पिउन योग्य बनाइदिन्छ …

पुरा पढ्नुहोस् »

मान्छेकै मासु खाने डरलाग्दा अघोरी नागा बाबा

शिवरात्रि आउन लागेको छ । यतिखेर अनेकथरि बाबाहरू यहाँ देखा पर्छन, कालो लुगा लगाउने, नरमुण्डको माला लगाउने, राताराता आँखा भएका, विचित्रका मन्त्र भट्याउने डरलाग्दा अघोरीहरू पनि आउने गरेका छन् ।  तपाई‌ंहरूले शिवरात्रिमा नागा बाबाहरूका अनेकन चर्किकला देख्नु भएकै होला । शिव रात्रिमा पशुपतिनाथ आउने नागा बाबाहरूले लिंगमा लठ्ठी बेरेर त्यसले ढुंगा उचाल्नेमात्र होइन कि कहिलेकाँही त मान्छे नै उभ्याएर अनेक चर्तिकला देखाउँछन् । वास्तवमा को हुन् त ती अघोरी नागा बाबा? कहाँबाट आउँछन्? के छ तिनका रहस्य? आज हामीले भिडियोसहित यो विशेष सामग्री तयार पारेका छाैं । अाम मानिसहरू  भूतप्रेत र आत्माहरू पनि जतिको अघोरी जोगीहरूसँग डराउने गर्छन । नागाहरू सबै अघोरी साधु हुँदैनन् । अघोरी साधुहरूका संसारै अलग्गै हुन्छ । उनीहरू हिन्दु धर्मअन्तर्गत नै एक सम्प्रदायका अंग हुन्, तर तिनीहरूका ’boutमा थोरै मानिसलाई‌ मात्र थाह छ । यतिमात्र कुरा सुनिन्छ कि जब हामी सुत्छाैं अनि ती अघोरी बाबाहरूको वास्तविक  असली कार्य प्रणाली शुरु हुन्छ । मध्यरातमा पुगेर ती अघोरी बाबाहरूले के गर्छन भन्ने कुरा उनीहरूका बीचमा मात्र थाह हुन्छ । अघोरी बाबाहरू सदैव तिनीहरूका अनाैठो व्यवहार, एकान्तप्रियता र तिनीहरूले गर्ने रहस्यमय गतिविधिहरूका कारणले चिनिन्छ । हेर्दा जति विचित्र उनीहरू हुन्छन्, त्यति नै अनाैठा तिनका साधनाहरू पनि हुने गर्छ । भनिन्छ, अघोरीहरूका साधना मासु, मदिरा र मैथुनबिना पूर्ण हुँदैन । तर यसका पछाडि के कारण छ, त्यो भन्न सकिँदैनन् । कतिसम्म भनिन्छ भने राक्षसहरूपछि अघोरी सम्प्रदायका बाबाहरू नै यस्ता मानिस हुन्, जसले मानिसकै मासु खाने गर्छन् ।  अघोर पन्थ अघोरीहरू शैव सम्प्रदायका मानिन्छन् । यिनीहरूका आफ्नै पन्थ हुन्छ, जसलाई‌  अघोर पन्थ भनिन्छ । अघोर पन्थको उत्पत्तिका विषयमा निश्चित प्रमाणहरू भेटिएका छैनन्, अघोर पन्थ कपालिक सम्प्रदायसँग मिल्दोजुल्दो मानिन्छ । भगवान शिव स्वयं एक अघोरी मानिएका हुनाले यिनीहरूलाई‌  साक्षात शिव मान्ने पनि चलन छ । तीन खालका साधना अघोरीहरूले तीन प्रकारका साधना गर्छन,  शिव साधना, शव साधना र श्मशान साधना। शिव साधनामा शवमाथि उभिएर साधना गरिन्छ । अन्य प्रकारका साधनामा पनि शवमाथि उभिएर वा त्यसमाथि खुट्टा चढाएर विशेष प्रकारका योगाशन गर्ने गरिन्छ । यस प्रकारका सबै साधनाहरूमा मानव मासु र मदिरा प्रसादका रुपमा चढाइन्छ । प्रमुख स्थान नेपालमा शिवरात्रिका बेला नागा बाबा र केही अघोरी बाबाहरू पनि आउने गरे पनि तिनीहरू भारतबाटै आउने गर्छन् । भारतमा पनि अघोरीहरू सबै ठाउँमा पाइँदैनन् । भारतको असमस्थित कामख्या मन्दिर सबैभन्दा धेरै अघोरी …

पुरा पढ्नुहोस् »

विश्वकै यस्तो गाउँ, जहाँ बस्छन् आइमाई लोग्नेमान्छे सबै नाङ्गै

हाम्रो विश्व यस्तो छ कि यहाँका ठाउँठाउँमा भएका परम्परा र चालचलन’bout हरेक दिनजसो नयाँ नयाँ खोज गर्ने हो भने पनि वर्षाैं लाग्छ । अहिलेका आधुनिक विश्वमा मानिस नयाँपनकै खोजी हुन्छ । अरु कसैलाई उत्पट्याङ लाग्ने कुरा मानिसले आफ्नो स्वच्छन्दताका लागि पनि गरिरहेकै हुन्छ । विश्वमा यस्ता ठाउँहरू पनि जहाँ मानिस नाङ्गै बस्छन्, नाङ्गै खानपिन गर्छन, नाङ्गै सुत्छन्, नाङ्गै घुम्छन् । त्यो पनि अमेजनका जंगलभित्रका आदिवासी होइनन्, आधुनिक विश्वकै मानिसहरूका ’boutमा हामी कुरा गर्दैछाैं । विश्वभरि झन्डै २१० औपचारिक रूपमै छन्, संयुक्त राष्ट्र संघबाट औपचारिक मान्यता नपाएका थप चार पाँच देश छन् । ती देशहरूबीच हजाराैं प्रकारका संस्कार र  रितिथिति पनि छन् । तिनीहरूका रहनसहन खानपिनमा पनि अनेकन भिन्नताहरू छन् । हामी अधिकांश मानिसहरूका लुगा, उनीहरूले लुगा लगाउने ढंग आदि हेरेर तिनीहरूको जाति, धर्म र देशका अनुमान लगाउन सक्छाैं । जब मानिसले लुगै लगाउँदैनन भने कहाँका भनेर पत्ता लगाउने । यस्तै अचम्मको संस्कार बचाएर राखेको छ ब्रिटेनको स्पिलप्लाट्ज गाउँले….. यो प्रसंग हो बेलायतको हर्टफोर्डशायरको ब्रिकेटवुडमा केही टाढा यस्तो सानो गाउँ छ, त्यहाँका के केटाकेटी, के बूढापाका, के युवायुवती, के महिला, के पुरुष सबै नै कपडा नलगाइ बस्छन्, अर्थात नाङ्गै बस्छन् । उनीहरू जंगलभित्र बस्ने आदिवासीजस्तो लुगै नभएर नाङ्गै बसेका भने होइनन् । आधुनिक लाइफस्टाइलमै बाँच्छन्, आधुनिक सुख-सुविधा सबै उपयोग गर्छन । यसका पछाडि एक खास कारण छ, जसले गर्दा उनीहरू नाङ्गै बस्छन् । यहाँका मानिसहरू यसरी नाङ्गै बस्न थालेको ८५ वर्ष भइसकेको छ । वास्तवमा यो गाउँका ’boutमा धेरै मानिसहरूलाई अहिले पनि थाह छैन, यो गाउँ सन् १९२९ मा इसुल्ट रिचर्डसनले स्थापना गरेका थिए । त्यतिखेरै त्यहाँका मानिसहरूले उनीरू प्रकृतिको नजिक बसेर प्राकृतिक ढंगले नै बाँच्ने निधो गरेका थिए । त्यसपछि त्यहाँका बासिन्दाहरू अहिलेसम्म निर्वस्त्र नै बस्ने गरेका छन् । त्यहाँ कैयन पर्यटक पनि पुग्ने गर्छन, जसका लागि भाडाको घर पनि उपलब्ध गराइन्छ । त्यहाँ ब्रिटेनबाट मात्र होइन, अन्य देशबाट पनि पर्यटकहरू विदा मनाउन जान्छन् । तर, पर्यटकहरूले पनि त्यहाँ पुगेपछि लुगा भने लगाउन पाउँदैनन् अर्थात उनीहरू पनि नाङ्गै बस्नु पर्छ । त्यहाँ पुग्ने पर्यटकहरूले त्यही गाउँका नियमअनुसार नै आफूलाइ ढाल्नु पर्ने हुन्छ । सदैव लुगै लगाउन नपाइने भने होइन । जाडोका याममा आफूलाई न्यानो राख्न वा कुनै बेला आफूलाई इच्छा हुँदा लुगा लगाउन भने पाइन्छ । त्यहाँका मानिसहरूको आफ्नै मदिरालय- …

पुरा पढ्नुहोस् »

जब तिलिचो तालमा नाङ्गै पर्यटक पुगे

  नेपालको हिमाली साैन्दर्यका लाभ उठाउन विश्वभरिका मानिसहरू यहाँ आउने गरेका छन् । अनि यहाँका हिमाल र तालहरूमा अनेकन उत्पट्याङ काम गरेर आफूलाई चर्चित बनाउनेका पनि कमी छैन । हामी यस पटक विश्वकै अग्लो स्थानमा पर्ने ४९२० मिटर अग्लो स्थानमा पर्ने तिलिचो तालमा नाङ्गै सनबाथ गरिरहेका विदेशी पर्यटकको फोटो प्रस्तुत गर्दैंछाैं । यो फोटो ट्रेकिङ गाइड नाैसेर घलेले खिचेका हुन् ।

पुरा पढ्नुहोस् »

१५ यस्ता देश जहाँ बलत्कारीलाई दिइन्छ क्रुर सजाय

विश्वका कुनै पनि सभ्य समाजमा बलत्कारलाई गम्भीर अपराधका रूपमा लिइन्छ । बलत्कारमा परेका पीडितले जीवनभर मानसिक यातना झेल्नु पर्छ । कतिपय अवस्थामा उनका कुनै दोष नभए पनि सामाजिक तिरस्कारसमेत भोग्न बाध्य हुनुपर्छ । सामाजिक प्रताडना, बदनामी झेल्न नसकेर कतिपय अवस्थामा त बलत्कृत महिलाहरूले आत्महत्या नै गर्नु परेका घटनाहरू सार्वजनिक भइरहेका छन् । नेपालमा बलत्कारसम्बन्धी सजाय केही खुकुलो भएको, बलत्कारसम्बन्धी उजुरी र कानुनी कारबाही प्रक्रियामा जाँदा उल्टै बदनाम हुने डर, न्याय पाउनमा हुने ढिलाइले गर्दा धेरैजसो घटनाहरू गोप्य नै राखिन्छन् । तर विश्वमा केही यस्ता देश छन् । जहाँ बलत्कारीहरूप्रति कडा कानुनी कारबाहीका व्यवस्था छन् । आज हामी त्यस्तै कडा कानुनी व्यवस्था भएका देशहरूका ’boutमा चर्चा गर्दैछाैं । १. चीन चीनमा बलत्कारीहरूलाई सीधै मृत्युदण्डको सजाय सुनाइन्छ । कतिपय गम्भीर प्रकरणमा त बलत्कारीको गुप्तांग काटिदिने वा निष्क्रिय तुल्याइदिनेसम्मका सजाय दिइन्छ । २.ईरान ईरानमा बलत्कारीलाई सीधै फाँसीका सजाय दिइन्छ वा सार्वजनिक स्थलमा ढुंगाले हानेर मार्नका लागि रिसले उग्र भएका जनताका बीचमा छाडिदिइन्छ । ३. नेदरल्यान्ड नेदरल्यान्डमा बलत्कारका दोषीलाई उमेरका आधारमा ४ देखि १० वर्षको काराबासको सजाय दिइन्छ । नेदरल्यान्ड यस्तो देश हो, जहाँ बिनासहमति फ्रेन्स किस (ओठ जोडेर गरिने चुम्बन) पनि बलत्कारका रूपमा व्याख्या गरिएको छ र आरोपितहरूलाई बलत्कारबराबर नै सजाय दिइन्छ । ४. फ्रान्स फ्रान्समा बलत्कारीलाई १५ वर्षसम्म जेल सजायका साथसाथै यातना दिने कानुनी व्यवस्था छ, यस्तो सजाय ३० वर्षसम्म बढाउन सकिने व्यवस्था छ । ५. उत्तर कोरिया बलत्कारजस्ता अपराधका लागि उत्तर कोरियामा कुनै दया र जेलसजायको प्रावधान छँदैछैन, बलत्कारीलाई पक्राउ गर्ने वित्तिकै गोली ठोकेर मारिदिइन्छ । ६. रूस रूसमा बलत्कारीलाई काराघरमा तीन वर्षसम्म थुनिन्छ, उसले पीडितलाई पुर्‍याएको क्षतिका आधारमा कैद सजाय ३० वर्षसम्म  पुर्‍याइन्छ । ७‍. अफगानिस्तान अफनिस्तारमा बलत्कारीलाई बलत्कार भएको चार दिनभित्र गोली ठोकेर मारिन्छ अर्थात मृत्युका सजाय दिइन्छ । ८. नर्बे नर्बेमा बतल्कारीलाई पीडितसँग गरिएको निर्दयी व्यवहारका आधारमा ४ देखि १५ वर्षसम्मका सजाय हुने कानुन छ । ९. अमेरिका अमेरिकामा बलत्कारसम्बन्धी दुई किसिमका कानुनहरू छन्, पहिलो संघीय कानुन र अर्को राज्य कानुन । संघीय कानुनअनुसार बलत्कारीलाई ३० वर्षसम्म कैदको व्यवस्था छ भने राज्य कानुनअनुसार फरक-फरक किसिमका सजायका व्यवस्थाहरू छन् । १०. भारत भारतमा बलत्कारविरुद्धको कानुन २०१३ पछि त्यहाँ बलत्कारीलाई १४ वर्षसम्म जेल सजाय हुन्छ भने केही प्रकरणहरूमा फाँसी र जन्मकैदका समेत फैसला हुनसक्ने व्यवस्था छ । ११. साउदी अरब …

पुरा पढ्नुहोस् »

सात कक्षा फेल तर करोडौंको मालिक

भनिन्छ नि मानिसका जीवनले कतिखेर कोल्टे फेर्छ भन्नै सकिन्न। जस्तो सुकै कठिन समय होस्, केबल आफूमा केही गर्ने हिम्मत, चाहना र इच्छाशक्ति भने हुनुपर्छ । यदि हामीले बच्चाहरूलाई सम्झाई बुझाई गर्ने हो, उत्प्रेरणा दिने हो भने आफ्नो गल्तीबाट सिकेर भविष्यमा सफल बनेका उदाहरण पनि कैयन छन् ।

पुरा पढ्नुहोस् »

यस कारण हुन्छ एक्स रे खतरनाक

तपाई हामीले हाडजोर्नीका कुनै समस्या आउँदा वा छाति दुःखेमा एक्स रे गर्ने गरेका छाैं, तर हामीले उपचारका लागि रोग वा समस्या चिन्न गर्ने गरेको एक्स रे हामीले सोचेभन्दा बढी खतरनाक हुनसक्छ । एक्स रे  अत्यन्तै बढी विद्युत चुम्बकीय विकिरण भएको ऊर्जा प्रणााली हो, यसलाई कतिपय अवस्थामा एक्स-रेडिएसन पनि भनिन्छ । एक्स रेले हाडजोर्नीमा भएका समस्या, छाति-फोक्सो वा अन्य भित्री अंगमा भएका समस्या पत्ता लगाउन मात्र होइन सुरक्षाका लागि पनि काम गर्ने गर्छ । एयरपोर्टहरूमा यसकै माध्यमले हातहतियार वा अन्य प्रतिबन्धित वस्तुका ओसारपसार पत्ता लगाइन्छ । जर्मनीका वैज्ञानिक विलहम रोजटनले सन् १८९५ मा एक्स रे पत्ता लगाएका थिए । उनकै नाममा यसलाई कतै कतै रोजटन विकिरण पनि भनिन्छ । विश्वकै पहिलो एक्स रे विलहम रोजटनकै श्रीमतीको हातको थियो, जसमा उनीहरूको विवाहको औंठी पनि देखिएको थियो । एक्स रेसँग जोडिएका केही रोचक तथ्यह यस्ता छन् : १. विलहम रोजटनद्वारा एक्स रेको खोजी संयोगवस भएको थियो । वास्तवमा उनी त्यस दिन भ्याकुम ट्युबहरूमा केही प्रयोग गरिरहेका थिए, त्यही बेला उनले  विचित्र किसिमका विकिरणहरू महसुस गरे । पछि थाह भयो ती साधारण किसिमका तरंगहरू भने थिएनन्। २. एक्स रेको खोजी गरेबापत विलहम रोजटनलाई सन् १९०१ मा नोबेल पुरस्कार दिइएको थियो । ३. विलहमकी पत्नी आफ्ना पतिको आविष्कारबाट खुसी थिइनन् । उनले आफ्नो हातको डरलाग्दो चित्र देखेपछि भनेकी थिइन-  “मलाई यस्तो लागेको थियो कि मैले मेरो मृत्यु देखेकी हुँ।” ४. एक्स रेको सहयोगले चिकित्सा क्षेत्रमा निकै लाभ प्राप्त हुने सम्भावना थियो, त्यसैले विलहम रोजटनले यसको पेटेन्ट आफ्नो नाममा दर्ता गराएनन् । उनी यसको लाभ सबैले प्राप्त गरुन् भन्ने चाहन्थे । ५. एक्स रेलाई अंग्रेजीमा विभिन्न ढंगले लेखिन्छः X-rays, xray, X ray, X-ray,  x-ray ६.एक्स रे खोजी गरेको प्रारम्भका दिनहरूमा रोजटनले एक्स रे गर्नका लागि एउटा जिंक र शिशाका बक्साको प्रयोग गर्थे, ताकि उनको प्रयोगशालामा रहेका फोटोग्राफिक प्लेटहरू नबिग्रिउन । यसरी अन्जानवसै उनले आफूलाई पनि सुरक्षित बनाएका थिए । प्रारम्भिक समयमा उनलाई यी विकिरणहरूका अधिक सम्पर्कमा आउँदा क्यान्सरसम्म हुन सक्ने कुराका ज्ञानै थिएन । ७. एक्स रेको वेभलेन्थ (Wavelength) पराबैजनी विकिरणहरूभन्दा पनि कम हुन्छ त्यसले यो अति नै शक्तिशाली हुन्छ । एक्स रेको वेभलेन्थ देखिने खाले प्रकाशभन्दा पनि कम हुन्छ । ८. जो वैज्ञानिकहरूलाई एक्स रेबाट हुने नोक्सानी’bout थाह थिएन, तिनीहरूमा पछि छाला पोल्ने, चिलाउने, कपाल झर्ने र क्यान्सरजस्ता बिमारीहरू देखापरे …

पुरा पढ्नुहोस् »
यस्ता छन्, सन्नी लियोनीसँग जोडिएका रोचक कुरा

यस्ता छन्, सन्नी लियोनीसँग जोडिएका रोचक कुरा

'सन्नी लियोनी' बलिउडमा यतिखेर उनको चर्चा शिखरमा नै छ। धेरै युवाको मोबाईलमा क्लिप्सको रूपमा रहेकी उनका प्रति युवा आशक्तिमा आजसम्म कमि आएको छैन। करियर पोर्न स्टारका रूपमा सुरु गरेकी भए पनि अहिले उनी बलिउडकी स्थापित नायिका हुन्। सेक्स, पोर्न भन्दा बाहिर पनि उनको राम्रो छवी बनिसकेको छ यतिखेर। भारतमा कलाकारितामा जमेकी उनका बारेका यस्ता रोचक तथ्यहरू छन्, जो धेरैलाई कमै थाहा छ।

पुरा पढ्नुहोस् »

पानीका पच्चीस कुरा

हामीले पंचमहाभूतको एउटा तत्वको रूपमा पानीलाई बुझ्दै आएका छौं। आकाश, वायु, अग्नि, जल तथा पृथ्वी को संज्ञा नै पंचमहाभूत हो। प्रकृतिमा जे जति पद्धार्थहरू छन् ती सबै यी नै पाँच तत्वबाट बनेका छन्। मानव जिवन नै यी पाँच तत्वमा अडिएको छ। यी मध्ये कुनै नहुने हो भने मानव जिवनको कल्पना पनि गर्न सकिन्न। हुन त पृ्थ्वीमा जमिन भन्दा पनि धेरै भूभाग पानीले ढाकेको छ तर पनि खान योग्य पानीको मात्रा निक्कै कम छ। हुन त नेपाल पानीमा विश्वकै दोश्रो धनी मुलुक मानिन्छ तर नेपालमा नै पानीको माध्यमबाट उत्पादन हुने बिजुलीको अभाव छ भने काठमाण्डौं लगायत देशका मुख्य शहरहरूमा खानेपानी कै अभाव छ। त्यसो त देशका कृषियोग्य भूभागमा सिंचाइ समेत पुग्न सकेको छैन। पानी बिनाको संसारको कल्पना सायदै हुनसक्छ। हामी केही समय मात्र पानी नखाइ बस्ने हो भने प्याकप्याक पर्छौं। बच्चै देखी हामीले सुन्दै आएका छौं ‘पानी नै जिन्दगानी’। त्यसो त ‘थोपा सिंचाई’ पनि सुनिरहेको नै हो। अनि पहाडी क्षेत्रमा पानीको लागी पंधेरा सम्म पुग्न घण्टौं लाग्ने अवस्था आजपनि हट्न नसकेको हाम्रो वास्तविकता हो। पानी र पंधेरा अनि कलधाराका कुरा घुर्मैलो सम्झनामा रहेका शहरियाहरूका बीच चाहीं अहिले पानी तान्ने मेसिन र धारामा पानी आउने तालिका कण्ठै हुने अवस्था बनेको छ। त्यसै भएर त पम्प बेच्नेहरूले विज्ञापननै बनाए ‘सर्भो भए अरू किन खोज्ने’ त्यसो त पानी जोगाऔं भनेर विज्ञापन बजाउन थालेको पनि दशकौं भइसकेको छ। पानी हाम्रो जिवनको अभिन्न अंग र दैनिक अत्यावश्यक पदार्थ मात्र होईन पानी नै बेचेर करोडपति हुने पनि काठमाण्डौंमै दर्जनौं भईसके तर पनि हाम्रो पानीको प्यास सजिलै मेटिनेवाला छैन। त्यसो त काठमाण्डौंले मेलम्चीको पानीले प्यास मेट्ने रहर गरेको पनि तीन दशक नै हुन लागिसक्यो। ‘मेलम्ची पानीले…….नानीको…..बानीले…’, ‘यो पानी कस्तो बैमानी….’, ‘टिपटिप वर्षा पानी….’ जस्ता दर्जनौं गीत बनिसके अनि चलचित्रका निर्देशकले नायिकाका अंगको दर्शन गराउन नायिकालाई पानीमा नाच्न लगाउने ग्ल्यामर शैलीले पनि धेरै ‘पानी नमाग्ने’ खालका चलचित्रलाई नाफामा लगे तर आज सम्म पनि पानीका ’bout धेरै कुरा हामीलाई थाहा छैन। यो आलेखमा पानीका ’boutमा पच्चीस तथ्य प्रस्तुत गरिएको छ, जुन हामीले जान्नु जरूरी छ : 1. भन्नलाई चाहिं पानीको रंग हुँदैन भनिन्छ तर वास्तवमा पानीको रंग हल्का नीलो हुन्छ। 2. संसारमा १% मात्रै पानी पिउन योग्य छ, जसमा ९०% पानी अंटार्कटिकामा जमेर बरफका रूपमा रहेको छ। पिउन योग्य १% …

पुरा पढ्नुहोस् »

भारत वा पाकिस्तान को बलियो? यस्तो त सैनिक क्षमता

भारत र पाकिस्तानको सिमा क्षेत्र नजिकै रहेको भारतीय सेनाको बेस क्याम्पमा भएको आतंकवादी आक्रमण पछि भारत र पाकिस्तानका बीच आक्रामक सम्बन्ध विकास भएको छ। अर्न्तराष्ट्रिय मञ्चमा यतिखेर भारत पाकिस्तानले उसको बलुचिस्तान क्षेत्रमा गरेको अमानविय गतिविधिको चर्चा गर्न थालेको छ भने पाकिस्तानले खुलेर नै कस्मिरमा भएको भारतीय सेनाको नागरिक हत्याको विषयलाई उठाउन थालेको छ। यी दुर्इ देशको सम्बन्धमा दरार देखिन थालेपछि नै भारतीय मिडिया एक गठ भएर पाकिस्तानको विरुद्ध र युद्धको पक्षमा पत्रकारिता भन्दा पनि प्रपोगाण्डामा नै उत्रिएका छन्। दक्षिण एशियाका दुर्इ आणविक हतियारले सुसज्जित देश बीचको तनावका कारण फेरी यो क्षेत्रले भयानक युद्धको विभिषीका वेहोर्नु पर्ने त होइन भन्ने भय पैदा भएको छ। यतिखेर भारतीय मिडिया पाकिस्तानसँग भारतको सैनिक क्षमताको तुलना गरिरहेका छन् भने भारत-पाक युद्ध भयो भने कसरी भारतीय युवा सेनालाई साथ दिन युद्धमा सहभागी हुन सक्छन् भनेर मिडियाले नै प्रशिक्षित पार्न थालेका छन्। भारतले मिडिया मार्फत युद्धको धम्की दिएको स्पष्ट देखिएको छ भने पाकिस्तानले युद्धक विमानहरुबाट भारत पाकिस्तान सिमामा हवाइ गस्ती गर्न थालेको र उक्त क्षेत्रहरुमा नागरिक उडानहरु स्थगित गरेको समाचारहरु आइरहेका छन्। यस्तो अवस्थामा ग्लोबलफायरपावरडटकम नामक वेबसाइटले सीआइए, वर्ल्डफ्याक्ट बुक, वीकीपीडिया, सार्वजनिक मञ्चमा उपलब्ध सूचना र मिडिया रिपोर्ट आदीलाई आधार बनाएर भारत र पाकिस्तानको सैन्य र हतियार क्षमताको तुलनात्मक स्थिती तयार पारेको छ। भारत र पाकिस्तानका बिच युद्ध होला नहोला, त्यो दोस्रो पक्ष भएपनि यतिखेर नेपालको छिमेकमा युद्धको कालो बादल मडारिएको चाहिँ प्रस्ट छ। रसायनिक हतियारले सुसज्जित दुर्इ देश बीचको समस्याले नेपाललाई पनि समस्यामा पार्ने प्रस्ट नै छ। हेरौं यी युद्धमा होमिन तयार भएका दुर्इ देशको सैनिक ताकत यस्तो छः

पुरा पढ्नुहोस् »

संजीवनी बुटीको हुँदैछ खोज

‘रामायण’ पढे, हेरेकाहरूलाई थाहा नै भएको कुरा हो रावणसँगको भगवान रामको युद्धका क्रममा घाईते भएका लक्ष्मणलाई बचाउन दिव्य बुटी संजिवनीको प्रयोग भएको थियो। रामायणमा उल्लेख भएको जिवनदायिनी बुटी नेपालीहरूको लागी टेलिसिरीयलको कथा र पौराणिक कालको प्रसंगको रुपमा मात्र रह्यो। नेपालको राजनीति विकास र सम्वृद्धि भन्दा पनि कमाउ भएकाले नेपालको ऐतिहासिकता र ऐतिहासिक वैज्ञानिक उपलब्धीहरूलाई अघि बढाउने काम भने हुन सकेको छैन। यस्ता कामहरू अघि बढ्नको लागि राजनीतिमा विवेक र ज्ञान भएका मानिसहरू आउन पर्छ तर परिस्थीति उल्टो छ। हत्या, गुण्डागर्दीवालाहरूको नै राजनीतिमा हैकम छ। यतिखेर मेडिकल शिक्षामा आयुर्वेदलाई वेवास्ता गरिएको छ र विदेशबाट ऐलोपेथिक औषधी मगाएर खाने क्रम बढिरहेकै छ। अझ त्यसमा पनि राजनीतिमा लागेकाले कमिसन खानुलाई सामान्य मान्न थालिएको छ। तर, भारतले भने रामायणमा लक्ष्मणको जिवन बचाएको बुटीको ’boutमा ठूलो अध्ययन गर्ने भएको छ। भारतको उत्तराखण्ड राज्यको आयुष विभागले संजीवनी बुटीको ’boutमा खोज गर्नको लागी आयुर्वेद विशेषज्ञहरूको  एउटा टोली नै गठन गरेको छ। हिमालय क्षेत्रमा संजिवनी बुटीको खोज गर्नको लागी उत्तराखण्ड सरकारले २५ करोड भारतीय रूपैंया लगानी गर्ने भएको छ। रामायणमा उल्लेख भएको संजीवनी बुटीको खोज गर्नको लागी उत्तराखण्ड सरकारले चार सदस्यीय समिती गठन गरिसकेको छ। उत्तराखण्डको सरकारले भारतको केन्द्रीय सरकारसँग यसका लागी सहयोग मागेको थियो केन्द्रबाट सहयोग आउन आलटाल भएपछी राज्यस्तरबाट नै यसको अध्ययन र खोजी गर्न लागेको उत्तराखण्डका आयुष मन्त्री सुरेन्द्र नेगीले पत्रकारहरूलाई जानकारी दिएको भारतीय मिडियामा खबर छ। उत्तराखण्डको हिमाली क्षेत्र र उच्च पहाडहरूबाट संजीवनी बुटीको खोजी सुरू हुनेछ। द्रोणाचल हिमाली क्षेत्रबाट संजीवनी बुटीको खोजी कार्य यसै महिनाबाट सुरू हुने  बताइएको छ। त्यसका लागी सबै तयारी पुरा भईसकेको छ। रामायणमा रावणसँगको युद्धमा लक्ष्मण घाइले भएपछी उपचारको लागी हनुमान जिवनदायिनी संजीवनी बुटीको खोज गर्न गएको उल्लेख छ। हनुमानले संजिवनीको पहिचान गर्न नसकेपछी द्रोणाचल पहाड नै उचालेर ल्याएका थिए। संजीवनी बुटी मानवको लागी चमत्कारी औषधी भएपनि यसको पहिचान गर्ने भने सजिलो छैन। रामायणकालमा नै हनुमानले यसको पहिचान गर्न नसकेकै कारण पुरै पहाडै उचालेर ल्याएका थिए।

पुरा पढ्नुहोस् »

सोच बदल्ने बलात्कार पछिका ८ तस्वीर

बलात्कार, शब्द नै निच सुनिन्छ। तर पनि हाम्रो समाजमा यस्ता अमानवीय गतिविधिमा लाग्नेको संख्या कम छैन। पछिल्लो छ महिनामा मात्र छ दर्जन बलात्कारका घटना समाचार बनेका छन्। बलात्कारका धेरै घटनाहरु घरभित्रै साम्य पारिन्छ, इज्जत अनि सामाजिक मान मर्यादाको नाममा। बलात्कारको सर्न्दभमा हाम्रो समाजको यस’boutमा रहेको धारणा नै गलत छ। नेपाली समाजले बलात्कारका घटनाको पिडीत पक्ष अर्थात् महिलालाई नै दोषीको रुपमा मान्छ। पुरुषवादी समाजमा बाँच्नुको सबैभन्दा ठूलो पीडा र विदेशको शिकार महिलाहरु यस्ता बलात्कार जस्ता घटनामा भएको देख्न सकिन्छ। घरेलु हिंशा देखी यौजन्य हिंशाका घटनामा समाज र समाजका प्रबुद्धहरुले महिलालाई नै दोषीका रुपमा उभ्याउँछन्। अनि महिलाको भूमिका खोजिन्छ त्यसमा केही फेला नपरे पनि चरित्रमा शंका गर्ने छुट त हरेक पुरुषले जन्मसिद्ध नै लिएको आएको हुन्छ। छोटा कपडा, घरबाहिर हिँड्नु, केटाहरुसँगको संगत, प्रेम र शारिरीक सम्बन्धका कुराहरुलाई जोडेर बलात्कार तथा महिला हिंशाका घटनामा महिलालाई नै कमजोर र दोषीका रुपमा उभ्याएर यस्ता कुराहरुलाई सामसुम पार्ने ध्यान हुन्छ समाज अनि परिवारको। नत्र इज्जत जाने र नाक काटिने जो डर छ। जुन बिलकुलै गलत मात्र होइन अपराधी मानसिकता हो। यस्तो मानसिकता धेरैमा छ त्यसैले त एक्लै जागिरका लागि अर्न्तवार्तामा निस्केकी, सामान किन्न निस्केकी अनि सार्वजनिक यातायातमा यात्रा गरिरहेकी युवतीहरु महिलाहरु यौन उत्पीडनको शिकार भइरहेका छन्। हाम्रो जस्तो एक्लै घाँसदाउरा र घर सम्हाल्नुपर्ने खालको समाजमा महिलालाई झन आफूलाई यौन पिपाशुका नजर र आक्रमणबाट जोगाउनु निक्कै मुस्किल छ। समाजमा महिलाहरु प्रति हुने यस्ता दूर्व्यवहार र अपराधमा महिलाको भन्दा पनि पिडक पक्षको साथ देखिने वर्गलाई व्यंग्य गर्ने हिसाबमा फोटोग्राफर याना मजरकेभिचले यौन उत्पीडनलाई लिएर एउटा फोटो सिरिज शुट गरेकी छिन्। जसले बलात्कारको घटनामा समाजको दृष्टिकोण र पिडकको पक्षमा उठ्ने आवाजलाई देखाइएको छ। सबै फोटोहरुमा एउटा नारीलाई पुरुषको हातले मुख बन्द गरेर कसरी समाजले बलात्कार पीडीतको मुख बन्द गराउँछ भन्ने पनि देखाउन खोजिएको छ। फोटोमा यौन उत्पीडनमा परेकी महिलाले समाजको दृष्टिकोणलाई व्यंग गरेर लेखिएका शब्दहरु प्लेकार्डका रुपमा लिएकी छिन्। यी यस्ता फोटो हुन् जसलाई ध्यान दिएर हेर्नुभयो भने तपाईंको सोच बदलिदिन्छ बलात्कारको घटनामा: मलाई थाहा हुनुपथ्र्यो कि कसरी जोगिनुपर्छ   म एक्लै निस्कनु हुँदैनथ्यो   सायद म बढी नै नजिक भएँ   मेरो गल्ती थियो मैले मदिरा पीएकी थिएँ   मैले आफ्नो ब्वाई फ्रेण्डलाई हुन्न भन्न सक्दिन मेरो स्कर्ट सारै छोटो थियो   मैले मेरो ड्रिंक तल राख्नुहुँदैन थियो …

पुरा पढ्नुहोस् »

मुख खोलिदिने १५ थ्रीडी टाटु

शरिर कलाका रुपमा टाटुलाई लिइन्छ। यो निक्कै पुरानो आदीवासी परम्परा हो, एशिया देखी अफ्रिका महादेशमा रहेका प्राचिन जाति तथा सम्प्रदायमा शरिरमा विभिन्न रंगहरु पोतेर कला प्रदर्शन गर्ने परम्परा रहेको छ। नेपालका धेरै सम्प्रदायमा शरिरमा विभिन्न खालको कला खोप्ने चलन छ। नेपाली पहाडी बस्ती साथै काठमाडौं उपत्यकामा पनि शरिरमा खोपिने चित्रलाई गहनाको रुपमा लिइन्छ। नेपाली विश्वास अनुसार शरिरमा खोपिएका टाटु मात्र त्यस्ता गहना हुन जुन मानिसले मर्दा आफूसँगै लिएर जान्छ।     नेपाली मध्यम वर्गिय समाजमा भने टाटु खोपाउनुलाई राम्रो मानिँदैन। टाटु खोप्ने अनि पियरसिंग गर्ने (शरिरका विभिन्न भागमा छेडेर धातुका गहना लगाउने) केटा वा केटीलाई आवाराका रुपमा हेर्ने मानसिकता आज पनि छ। हुन त नाक र कान छेड्ने पुरानो परम्परा हो तर पनि युवाहरुले नाक र कान छेड्ने परम्परालाई नाइटो र अन्य गोप्य अंगसम्म पुरयाएको पाइन्छ जसलाई समाज राम्रो मान्दैन। एशिया अफ्रिका देखी अमेरिका अनि यूरोप सबै महादेशमा सरोवरी भएको यो शरिरमा रंग प्रयोग गरेर कलात्मक स्वरुप दिने चलन यतिखेर प्रविधिको विकासका कारण निक्कै पृथक भएको छ। यो कला मात्र नभएर व्यवसाय अनि प्रविधि बनिसकेको छ। प्रविधिको प्रयोगले मानिसको छालामा वास्तविकताको भान दिने खालका चित्रहरु कोर्न सकिने भएको छ। थ्रिडी आर्टको रुपमा शरिरमा कोरिने चित्रहरुलाई अत्यन्त वास्तविक देखिने गरेर दृश्यात्मक एवं वास्तविक स्वरुप दिन सकिने भएको छ। जसले गर्दा टाटु अब केबल टाटुको रुपमा मात्र छैन। टाटु खोप्ने कलाकारको दक्षता, ज्ञान र अनुभवको आधारमा यस्ता थ्रीडी टाटुहरुले मानिसलाई उनीहरुको मुख खुलाका खुला हुने गरि दंग पार्ने गराउँछन्। यहाँ त्यस्ता केही अनौठा टाटुका तस्वीरहरु छन् जुन तपाइँले टाटु खोपाउने समयमा उदाहरणका रुपमा पनि लिन सक्नुहुन्छ।

पुरा पढ्नुहोस् »

यी हुन् राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्ने

नेपालमा राजनीति गरेर सत्तामा जानका लागि भारतका विभिन्न एजेन्सी र सरकारी निकायसँग राष्ट्रहित विपरित सन्धी सम्झौता गर्ने क्रम आजको होइन। राजा र उनीहरुले बसाल्न खोजेको थितीलाई तानाशाही व्यवस्थाको नाम दिँदै भारतको स्वार्थ अनुसार प्रजातन्त्रको रागमा देशलाई कंगाल गराउने काम राजनीतिक नेतृत्वबाट हुँदै आएको छ। नेपाललाई सुगौली सन्धीको समय देखी नै नेपालका केही मुट्ठीभर राजनीतिक नेता र कर्मचारीहरुले प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रको नाममा कमाइखाने भाँडो बनाएको र्सवविधित कुरा नै हो। राजनीतिक परिवर्तन र क्रान्तिको भाषण गर्ने तर भ्रष्ट र स्रोत नखुलेको कमाइमा रमाउने राजनीतिक नेतृत्वको कारण नेपाल दिनदिनै कहाली लाग्दो भविष्यको बाटोमा छ। भारतीय दूतावास अनि गुप्तचर एजेन्सीसँग गोप्य साँठगाँठ राख्ने राजनीतिक नेतृत्वकै कारण देश विकासको खुड्कीलो चढ्न सकिरहेको छैन। दुर्इवटा संविधानसभाको निर्वाचन पछि पनि देशमा विकासको नाम नै सुन्न गारो परिरहेको छ। भने अर्को तिर देशका नदीनाला भारत र भारतीय कम्पनीलाई बेच्ने काम भइरहेको छ। पछिल्लो समय नेपालीलाई अन्धकारमा राख्दै काँग्रेस, एमाले अनि माओवादी लगायतका राजनीतिक दलले कर्णाली  नदी भारतलाई नेपालको हित विपरित गएर दिने निर्णय गरेका छन्। यद्यपी चनाखो नागरिक समाज र युवाहरुले कर्णाली बचाउन अभियान नै सुरु गरेका छन्। जनताहरु जुर्मुराए पछि भारतीय हितमा राष्ट्रद्रोह गर्न तम्सने राजनीतिक दल र तिनका नेताको पनि केही जोर भने चल्ने देखिँदैन। यसै क्रममा कर्णाली  बचाउ अभियानले अहिलेसम्म भारतसँग गरिएका राष्ट्रद्रोही सम्झौता र तीनका हस्ताक्षरकर्ताहरुको लिस्ट नै सार्वजनिक गरेको छ जुन यस्तो छ। नेपालको हितप्रतिकूलका राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्नेहरू १. सुगौली सन्धिः नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय । इष्ट इण्डिया कम्पनीका तर्फबाट लेफ्टेनण्ट कर्णेल प्यारिश ब्य्राडशा । सन् १८१५ डिसेम्बर २ का दिनका सुगौलीमा हस्ताक्षर भइ १८१६ मार्च ४ का दिन मकवानपुरमा सन्धि आदानप्रदान । २. शारदा बाँध सम्झौताः नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने प्रधानमन्त्री चन्द्रशम्शेर जबरा । भारतका तर्फबाट कर्णेल केलअन । सन् १९२० अगष्ट २३ मा पत्राचार भइ १९२० अक्टोबर २१ मा सदर । ३. सन् १९५० को सन्धिः नेपालका तर्फबाट हस्ताक्षर गर्ने प्रधानमन्त्री मोहनशम्शेर जबरा । भारतका तर्फबाट भारतीय राजदूत चन्द्रेश्वरप्रसादनारायण सिंह । सन १९५० जुलाई ३१ काठमाडौँमा हस्ताक्षर । ४. कोशी सम्झौताः तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा नेपाल भारतबीच हस्ताक्षरित कोशी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने महावीर शम्शेर । भारतका तर्फबाट गुल्जारीलाल नन्दा । सन् १९५४ अप्रिल २५ का दिन काठमाडौँमा हस्ताक्षर । ५. गण्डक सम्झौताः …

पुरा पढ्नुहोस् »

विदेशबाट नेपाल फर्कनेले ध्यान दिनुपर्ने ३ कुरा

विदेशमा काम गरेर नेपाल फर्कन लाग्नुभएको छ भने नयाँ आर्थिक वर्ष अर्थात साउन १ गते देखी नेपाल सरकारले गरेको भन्सार सम्बन्धी परिवर्तन बुझेर मात्र झोला कस्नुस्। नत्र काठमाण्डौंमा जहाजबाट उत्रे पछी भन्सारका कर्मचारीको चक्रब्युहमा फस्नुहोला। तपाईं हामी धेरैलाई थाहा छ काठमाण्डौं विमानस्थलका कर्मचारी, प्रहरी अनि भन्सारका हाकिमहरू कति भ्रष्ट र हरामी छन्। विदेशबाट फर्कनेलाई कसरी दुख दिने, ट्र्यापमा पार्ने र पैसा झार्ने भनेर योजना बनाएका कर्मचारीबाट आफ्नो खुन पसिनाको कमाई जोगाएर घरलैजान चाहनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुस पहिले। साउन देखी सरकारले विदेशबाट काम गरेर फर्किँदा ल्याउन पाइने केही सामानहरुलाई प्रतिबन्ध लगाएको छ भने केही सामानहरूको भन्सार शुल्क बढाएको छ। नेपाल सरकार भन्सार विभागले झिटी-गुन्टा मार्फत सुन, मदिरा र समदर भन्सार जस्ता कुरामा विदेशबाट फर्कनेहरूलाई तत्काल ठूलो प्रभाव पर्ने खालको परिवर्तन गरेको छ। जुन साउन १ गतेदेखी लागु हुँदैछ।

पुरा पढ्नुहोस् »

बिश्वकै सेक्सी एयरहोस्टेज भएको ४ एयरलाइन्स, यात्रासंगै मस्ती !

सवारीसाधनमा यात्रा गर्दा संगैको सिटमा ब्युटीफुल तरुनी परोस भन्ने धेरै केटाहरुको चाहना हुन्छ । केटाहरु मात्रै होइन केटीहरु पनि संगैको साथी राम्रो र रमाइलो गफ गर्न मन पराउने खालको होस् भन्ने चाहन्छन । अझ लामो दुरीको यात्रा गर्दा संगैको साथी मन नमिल्ने/नबोल्ने खालको पर्यो भने त्यो भन्दा नरमाइलो अरु के होला र ? सार्वजनिक बस/माइक्रोमा यात्रा गर्दा त यस्तो अनुभूति हुन्छ भने प्लेनमा यात्रा गर्दा कस्तो अनुभूति होला ? पक्कै पनि जो कसैको मनमा आफ्नो साथमा पर्ने साथी राम्रो र रमाइलो परोस भन्ने चाहन्छन । यी त भए संगै यात्रा गर्ने साथीहरुका कुरा । तर कतिपय एयरलाइन्सहरुले भने यात्रुलाई आकर्षण गर्न हट एण्ड सेक्सी एयरहोस्टेजहरु नियुक्त गरेका छन् । ति एयरलाइन्सहरुमा यात्रा गर्दा एयरहोस्टेज संग भावनात्मक मस्ती गर्न पाइन्छ । कुन कुन एयरलाइन्समा छन् यस्तो सुबिधा ?

पुरा पढ्नुहोस् »

पुरुष भन्दा महिलाहरु बढी बिरामी हुन्छन किन ?

तपाइले कहिले ख्याल गर्नु भएको छ ? तपाइको परिवारमा पुरुष भन्दा महिलाहरु बढी बिरामी हुने गर्छन । यसै सन्दर्भमा भारतको बैंगलोर, हैदराबाद, कोलकाता, दिल्ली एनसीआर सहरमा एक अनलाइन सर्वेक्षण भएको छ । 'केयर अन गो' शिर्षक मा ६ महिनासम्म सर्वेक्षण गरिएको थियो । औषधि अर्डर र किनमेललाई आधार आधार मानेर गरिएको उक्त सर्वेक्षणबाट अनौठो नतिजा आएको छ ।

पुरा पढ्नुहोस् »

पांडेको मृत्युले भद्रगोलमा भूत आतंक ! (हेर्नुस भिडियो)

नेपाली सिरियलहरु मध्ये लोकप्रिय सिरियल हो भद्रगोल । तर भद्रगोलको पछिल्लो एपिसोडमा भूत आतंक छाएको छ । भद्रगोलका मुख्य कलाकार पांडेको मृत्युपछि भद्रगोलमा भूत आतंक सिर्जना भएको हो । जयन्तेसंगै बाटोमा हिडिरहेका उनलाई गाडीले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु लगतै उनको दाह सस्कार गरिए पनि उनको आत्मा भड्किएको भन्दै सिरियल भद्रगोलमा पाडेको भूत आतंक मच्चिएको छ । पांडेको गाउमा मात्रै होइन बेलासेको मामाघरमा समेत पांडेको भूत पुगेको भन्दै कोकोहोला मच्चिएको छ । थप पढ्नुस....

पुरा पढ्नुहोस् »
Loading...