पुरुष भन्दा महिलाहरु बढी बिरामी हुन्छन किन ?

पुरुष भन्दा महिलाहरु बढी बिरामी हुन्छन किन ?

तपाइले कहिले ख्याल गर्नु भएको छ ? तपाइको परिवारमा पुरुष भन्दा महिलाहरु बढी बिरामी हुने गर्छन । यसै सन्दर्भमा भारतको बैंगलोर, हैदराबाद, कोलकाता, दिल्ली एनसीआर सहरमा एक अनलाइन सर्वेक्षण भएको छ । ‘केयर अन गो’ शिर्षक मा ६ महिनासम्म सर्वेक्षण गरिएको थियो । औषधि अर्डर र किनमेललाई आधार आधार मानेर गरिएको उक्त सर्वेक्षणबाट अनौठो नतिजा आएको छ ।

sick

पुरुषको तुलनामा महिलाको जीवनशैली फरक भएकाले बिरामी बढी हुन्छ । सहरी क्षेत्रमा १८ देखि ३५ बर्षका महिलामा हाइपर टेन्सन, आर्थराइटिस, कम्मर दुख्ने, मोटाउने, डायबिटीज र  थायराइडका बिरामी बढी देखिएका छन् । जीवनशैली संग सम्बन्धित बिरामी अधिक रहेका छन् ।

औषधि अर्डरमा १२.२४ प्रतिशत अर्डर हाइपरटेंशनको रहेको थियो भने ८.५४ प्रतिशत अर्थराइटिसको थियो । तेश्रो र चौथो नम्बरमा कोलेस्टर र डायबिटीजका समस्या रहेको थियो । महिलाहरु पुरुष भन्दा बढी बिरामी हुन्छन भन्ने बिषयमा बिज्ञहरु सहमत छन् । प्राय जसो महिलाहरु घरमै बस्छन । बाहिर कम निस्किने भएकाले भिटामिन डीको कमी हुन्छ ।

शरीरमा क्याल्सियम संग्रहका लागि भिटामिन डी महत्वपूर्ण मानिन्छ । जसले गर्दा महिलाहरुलाई अर्थराइटिसको समस्या हुन्छ । यसबाट जोर्नी, कम्मर र हड्डीहरुमा दुख्ने समस्या आउछ । प्राय पुरुषको तुलनामा महिलाहरुको मांसपेशी अथवा हड्डी कम्जोर हुन्छन । एक अनुसन्धान अनुसार भिटामिन डी को कमीले डायबीटीजको समस्या निम्तिने सम्भावना हुन्छ ।

गाउँको नामै कपाल गाउँ, क्या दामी महिलाहरु कपाल ! (हेर्नुस् फोटोफिचर)

गाउँको नामै कपाल गाउँ, क्या दामी महिलाहरु कपाल ! (हेर्नुस् फोटोफिचर)

लामो कपाल महिलाहरुको सौन्दर्यको प्रतिक हो । पुरुषहरु पनि लामो र मुलायम कपाल भएको महिलाप्रति आकर्षित हुन्छन । तर एउटा यस्तो गाउँ छ जहाँ सबै महिलाको कपाल २ मिटरसम्म लामो छ । सुन्दा अनौठो र अचम्म लागे पनि यो सत्य हो ।

चीनको दक्षिण पश्चिमस्थित गुइलिन प्रान्तमा पर्ने हुआंग्लुओ गाउँका महिलाहरु अनिवार्य रुपमै कपाल लामो हुने गरि पाल्छन । यो गाउँमा महिलाहरुले लामो कपाल पाल्ने चलन सदियौ देखिको चलन हो । अनौठो त के भने यही कारण यो गाउँको नाम नै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ता भएको छ । यो गाउँ संसारकै लामो कपालवाला गाउको रुपमा स्थापित बन्न पुगेको छ ।

यहाका महिलाहरु जीवनमा एक पटक मात्रै कपाल काट्छन जुन बिबाह भन्दा पहिले काटिन्छ । यो समाजका महिलाहरुको कपाल औशत २.३ मिटर लामो हुन्छन । यो समाजमा कपालकै सन्दर्भमा एउटा पर्व पनि मनाईछ । पर्वमा नदिमा गएर कपाल धुने र स्कार्फ बाड्ने गरिन्छ ।

यो समाजमा अनौठो परम्परा पनि रहेको छ । कुनै पनि महिलाको कपाल उनको श्रीमान् वा बालबच्चाले मात्रै देख्न सक्छन । यदी अन्य पुरुषले महिलाको कपाल खुल्ला रुपमा बिनास्कार्फ देख्यो भने उनी ति महिलाको घरमा पतिको रुपमा तीन बर्षसम्म बस्नु पर्नेछ । तर सन् १९८७ देखि भने यो चलन हटिसकेको छ ।

यसरी कपाल लामो राख्नुका पछाडि एउटा मान्यता छ । महिलाको कपाल जति लामो भयो त्यति नै परिवार भाग्यशाली हुने बिश्वास गरिन्छ । लामो कपाल दिर्घायू, सम्पन्नता र सौभाग्यको प्रतिक मान्ने चलन छ ।hair5 hair4 hair1 hair hair2 hair3

फोटो: आइचोक

कोरियन भाषा परिक्षा दिदै हुनुहुन्छ ? पढ्नुस् १५ नयाँ नियम

कोरियन भाषा परिक्षा दिदै हुनुहुन्छ ? पढ्नुस् १५ नयाँ नियम

korea2

फोटो: नेपालबाणी

नेपालीहरुको आकर्षक रोजगारीको गन्तब्य बनेको कोरिया । कोरिया जान मरिहत्ते गर्नेहरुको भिड बर्षेनी बढ्दो छ तर कोरियाले निश्चित परिमाणमा मात्र नेपाली कामदारलाइ कोरिया लैजाने गरेको छ । यसले गर्दा कोरिया जान बिभिन्न परिक्षाहरु पार गर्नु जरुरि छ । त्यसो त यो बर्ष झनै कम मात्रामा नेपाली लैजाने भएको छ । यो बर्ष कोरिया भाषा परीक्षाका लागि केही नया नियमहरु थपिएका छन् ।

korea1

फोटो: हाम्राकुरा

कोरियन भाषा परीक्षा आगामी असार ४ र ५ गते  हुँदैछ । त्यसका लागि वैशाखको १५ देखि १८ गतेसम्म परीक्षाको आवेदन फाराम भरिँदैछ । फारम भर्नु अघि यी १५ कुरालाई ख्याल गर्न सकेन भने तपाइको फरक अस्वीकृत हुनेछ ।

१. शाखाले आवेदकहरुलाई फारम भर्न ४ दिनको समय उपलब्ध गराएको छ । आतिएर पहिलो दिन नै फारम भर्नु पर्छ भन्ने छैन ।

२. आवेदन दर्ता गर्दा तोकिएको बैंकको काउण्टरमा २४ अमेरीकी डलर बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्नेछ । त्यसका लागि फारम भर्नभन्दा अघिल्लो दिनको सटही दरअनुसारको रकमको व्यवस्था गर्न शाखाले अनुरोध गरेको छ ।

३. आवेदन फाराममा हालसालै (तीन महिना यता) खिचेको ३.५*४.५ सेन्टीमिटरको २ प्रति फोटो टाँस्नुपर्नेछ । त्यसैले आवेदकले त्यसैसाइजको सफा र अनुहार चिनिने फोटो लिएर आवेदन केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

४. भाषा परीक्षा र छनौट स्वच्छ, निष्पक्ष, पारदर्शी हुने भएकोले कसैको कुनै प्रलोभनमा नपर्न शाखाले आवेदकहरुलाई अनुरोध गरेको छ ।

५. भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनपर्नेछ । साताैं भाषा परीक्षाको आवेदन सन् १९७६ अप्रिल २८ देखि सन् १९९८ अप्रिल २७ (२०३३ वैशाख १६ देखि २०५५ वैशाख १४) बीच जन्म भएका व्यक्तीले मात्रै भर्न पाउनेछन् ।

६. एकजना आवेदकले एउटै मात्र फराम पाउनेछन् । सो फाराम च्यात्न नपाइने तर केरमेट भएमा सच्याउन पाइने शाखाले जानकारी दिएको छ ।

७. आवेदकले आवेदन फाराममा आफ्नो जन्म मिति इश्वी सम्वतमा उल्लेख गर्नुपर्नेछ । फाराम भर्न कालो बलपेन प्रयोग अनिवार्य गरिएको छ ।

८. शाखाले बिहान ९ बजेदेखि ६ बजेसम्म फारम भर्न भएकाले भीडमा नआत्तिइ, लाइनमार्फत, शान्तिपूर्वक फारम दर्ता गराउन  पनि आग्रह गरेको छ ।

९. फाराममा भरिएको विवरण ( नाम, थर, अङ्ग्रेजी जन्म मिति लगायत) राहदानीमा भएको भन्दा फरक परेमा भाषा परीक्षा उर्त्तीण भएपनि रोष्टर (प्रतीक्षासूची)मा नाम समावेश नगरिने निर्देशक बास्तोलाले बताए ।  त्यसैले राहदानीमा भएको विवरण फरक नपर्नेगरी फाराममा भर्नु पर्नेछ ।

१०. म्यानुफ्याक्चरिङतर्फ फाराम भर्नेले महल ५ मा उद्योगका प्रकार र विस्तृत कार्यक्षेत्रअन्तर्गत मापन, जडा र फिटिङमध्ये आफुलाई ईच्छा लागेको कुनै एक स्थानमा मात्र कालो मसिले पोत्न सक्नेछन् ।

११. कृषि र पशुपालनमा भर्नेले कृषि, खेती, वा पशुपालनमध्ये एक रोज्न पाउनेछन् । प्रवेश पत्रमा रहेको महल ५ मा समेत यस्तो उद्योगका प्रकार र बिस्तृत कार्यक्षेत्र उल्लेख गर्न अनिवार्य गरिएको छ । यसरी भाषा परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये उच्चतम अङ्क प्राप्त गर्ने उत्तीर्ण हुनेछन् ।

१२. भाषा परीक्षा उत्तिर्ण हुनु भनेको कोरियामा रोजगारीका लागि आवेदन गर्न योग्य भएको भन्ने बुझ्नुपर्ने शाखाका निर्देशक बास्तोलाले बताए । भाषा परीक्षा पास गर्दैमा कोरियामा रोजगारी पाउने सुनिश्चितता नहुने उनले जानकारी दिए ।

१३.  दरखास्त दर्ता भएपछि भाषा परीक्षाको लागि प्रवेशपत्र दर्तास्थलबाटै उपलब्ध गराइने शाखाले जनाएको छ । प्रवेशपत्र लिएर मात्रै आवेदक घर फर्किनु पर्नेछ ।

१४.  फाराम दर्ताको लागि तोकिएका केन्द्रहरुमा उम्मेदवारले यसपाली एमआरपी (राहदानी)को सक्कल प्रमाणपत्र अनिवार्य गरिएको छ । यस्तै आवेदकले एमआरपीको प्रतिलिपी पनि लिएर जानुपर्नेछ । पासर्पोट बाहेकको अन्य कागजात मान्य हुदैन ।

१५. फारामको नाम थर महलमा अंग्रेजी क्यापिटल लेटरमा पहिले थर त्यसपछि नाम लेख्नुपर्ने छ ।

korea

फोटो: उज्यालो

यी हुन् बिश्वकै १० शक्तिशाली भूकम्प

यी हुन् बिश्वकै १० शक्तिशाली भूकम्प

यी हुन् बिश्वकै १० शक्तिशाली भूकम्प

फोटो: अन्नपुर्ण

नेपालमा विनाशकारी भूकम्प गएको आज ठिक एक वर्ष पूरा भएको छ । २०७२ साल बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको ७ दशमलव ८ म्याग्निच्युटको भूकम्पमा परि करिब नौ हजार नेपालीको ज्यान गएको थियो भने दुई हजार २०० भन्दा बढी घाइते भएका थिए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको भूकम्प नेपालीका लागि कालो दिन बनेको छ  ।

त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । गोरखा भूकम्प गएको आइतबार एक वर्ष पुग्दा पनि परकम्प आउने क्रम रोकिएको छैन । आजै पनि बिहान नुवाकोट केन्द्र भएर ४.२ रेक्टरको परकम्पन गएको छ ।

वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अहिलेसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४ सय ४९ वटा परकम्प गएका छन ।

नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७ दशमलव ९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७  दशमलव ८ र चिलीमा ७ दशमलव ९ रिक्टरको भूकम्प गएको थियो । भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७ दशमलव ९ रिक्टरका १५ र ७ देखि ७ दशमलव ९ र ६ देखि ६दशमलव ९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।

१९९० सालको महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को गोरखा भूकम्प हो । २०४५ सालमा उदयपुर केन्द्रबिन्दु बनाएर ६  दशमलव ७ रिक्टर स्केलको भूकम्प गएको थियो जसबाट ७ सय २१ जनाको मृत्यु भएको थियो । १९९० सालमा गएको ८ दशलमव ३ रिक्टर स्केलको महाभूकम्पबाट नेपालमा आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा क्षति भएको थियो ।

ऐतिहासिक रुपमा हेर्दा नेपालमा १३१२ सालमा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । विगतका भूकम्पको तथ्याङ्क हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले बताए । पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो ।

के भन्छन भूगर्भविद् ?

भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ ।

त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ । सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमारसम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ ।

विश्वका १० शक्तिशाली भूकम्पका १० तस्बिर

खाना खाने वित्तिकै गर्न नहुने ५ काम

खाना खाने वित्तिकै गर्न नहुने ५ काम

बिहानको खाना खाएपछि काममा लाग्छौ भने रातीको खाना खाएपछि सुत्छौ । यी त सामान्य कुरा भए । खाना खाने बितिकै सुत्नु हुदैन भन्ने त धेरैलाई थाहा हुनु पर्छ । यसका अलावा यी ५ काम पनि खाना खाने बितिकै गर्नु हुदैन जसले तपाइको स्वास्थ्यमा असर गर्दछ ।

१. नुहाउनु हुँदैन

bath

फोटो: हेल्थ केयर

विश्वकै क्रुर बलात्कारी जसलाई २ सय बर्ष जेल सजाय तोकियो

विश्वकै क्रुर बलात्कारी जसलाई २ सय बर्ष जेल सजाय तोकियो

‘बलात्कार’ शब्द समेत हामी सुन्न सक्दैनौ । तर यो भोग्नेको हालत के होला ? त्यसमाथि उमेर नै नपुगेका नानीहरु बलात्कारमा पर्दा हालत के होला ? यो कल्पनाबाहिरको कुरा हो । जुन हामी सोच्न पनि सक्दैनौ ।

तर कतिपय मान्छेहरु यस्ता हुन्छन जो पशुपंक्षीदेखि नाबालिका र शिशुलाई समेत बलात्कार गर्न पछि पर्दैनन् । हालै अमेरिकामा भएको एउटा घटनाले यो कुरालाई घाम जतिक्कै छर्लंग बनाइ दिएको छ । जसलाई संसारका सबै भन्दा क्रुर बलात्कारी भन्दै २ सय वर्षको जेल सजाय सुनाईएको छ । उसको अपराध नै त्यस्तो थियोकी उनलाई जति सजायँ सुनाए पनि कमै हुन्थ्यो ।
ericअमेरिकाको अदालतले पूर्व तटरक्षक एरिक केविन मास्टर्सले १८ महिनाको बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
उनले आफ्नो कर्तुतका भिडियोसमेत बनाएका थिए । गत बिहीबार २९ बर्षीय एरिकलाई मिसिगनको अदालतले २०० बर्षको सजाय सुनाएको छ ।
अदालतका न्यायाधीश मार्क ट्रसकले सजायँ सुनाउँदै भने (‘तिमी साँच्चिकै राक्षस हौ । हामीलाई यो सुनिश्चित गर्नु छ कि तिमीजस्ता मानिसले पुनः समाजमा कदम राख्न नसकुन् ।’

न्यायाधीशले इजलासमै जानकारी दिए कि उनले ३१ बर्षको व्यवसायिक जीवनमा यस्तो बर्बर घटना अहिलेसम्म सुनेका थिएनन् ।एरिकले सन् २०१२ मा गरेको अपराधका लागि २०० बर्ष सम्मको सजायँ सुनाइएको हो । उनलाई पछिल्लो महिनामात्र तीन बच्चाको पोर्नोग्राफीको मामलामा ५० बर्षको सजायँ सुनाइएको थियो ।

न्यायाधीशले जव यस हर्कतको ’bout यस मामलाको प्रमाण गन्न सुरु गर्दा अदालतमा रहेका मानिसहरु भावुक बनेका थिए । न्यायाधीशले भने(‘तिमीले १८ महिनाको बच्चीलाई उठायौं, उ बिल्कुलै निर्दोष थिइ, तिमीले उसलाई एक मोटल (हाइवेमा रहेको होटल) को कोठामा लग्यौ । त्यसपछि बच्चीलाई निर्बश्त्र र्पायौ र बेडमा राखेर बच्चीको बलात्कार र्गयौ ।

एफविआइका अनुसार एरिकले यस पाशविक हर्कतको भिडियो बनाएर चाइल्ड पोर्नोग्राफी कारोबारमा बेचेका थिए । सुनुवाईको क्रममा एरिकले उनको यो दोषका लागि माफी मागेका थिए ।

पीडित बालिकाको आमाले न्यायाधीशसँग भनिन् (‘यस मानिसले मेरी छोरीको जिन्दगी बर्वाद बनायो, उ यो घटना कहिल्यै बिर्सिन सक्दिन, न्यायाधीश ज्यू म तपाईँसँग प्रार्थाना गर्छु कि यसलाई कहिल्यै नछोड्ने सजायँ होस्, यो दुनियाँमा रहन लायक छैन ।’