यी हुन् राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्ने

यी हुन् राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्ने

नेपालमा राजनीति गरेर सत्तामा जानका लागि भारतका विभिन्न एजेन्सी र सरकारी निकायसँग राष्ट्रहित विपरित सन्धी सम्झौता गर्ने क्रम आजको होइन। राजा र उनीहरुले बसाल्न खोजेको थितीलाई तानाशाही व्यवस्थाको नाम दिँदै भारतको स्वार्थ अनुसार प्रजातन्त्रको रागमा देशलाई कंगाल गराउने काम राजनीतिक नेतृत्वबाट हुँदै आएको छ। नेपाललाई सुगौली सन्धीको समय देखी नै नेपालका केही मुट्ठीभर राजनीतिक नेता र कर्मचारीहरुले प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रको नाममा कमाइखाने भाँडो बनाएको र्सवविधित कुरा नै हो। राजनीतिक परिवर्तन र क्रान्तिको भाषण गर्ने तर भ्रष्ट र स्रोत नखुलेको कमाइमा रमाउने राजनीतिक नेतृत्वको कारण नेपाल दिनदिनै कहाली लाग्दो भविष्यको बाटोमा छ।

भारतीय दूतावास अनि गुप्तचर एजेन्सीसँग गोप्य साँठगाँठ राख्ने राजनीतिक नेतृत्वकै कारण देश विकासको खुड्कीलो चढ्न सकिरहेको छैन। दुर्इवटा संविधानसभाको निर्वाचन पछि पनि देशमा विकासको नाम नै सुन्न गारो परिरहेको छ। भने अर्को तिर देशका नदीनाला भारत र भारतीय कम्पनीलाई बेच्ने काम भइरहेको छ। पछिल्लो समय नेपालीलाई अन्धकारमा राख्दै काँग्रेस, एमाले अनि माओवादी लगायतका राजनीतिक दलले कर्णाली  नदी भारतलाई नेपालको हित विपरित गएर दिने निर्णय गरेका छन्। यद्यपी चनाखो नागरिक समाज र युवाहरुले कर्णाली बचाउन अभियान नै सुरु गरेका छन्। जनताहरु जुर्मुराए पछि भारतीय हितमा राष्ट्रद्रोह गर्न तम्सने राजनीतिक दल र तिनका नेताको पनि केही जोर भने चल्ने देखिँदैन। यसै क्रममा कर्णाली  बचाउ अभियानले अहिलेसम्म भारतसँग गरिएका राष्ट्रद्रोही सम्झौता र तीनका हस्ताक्षरकर्ताहरुको लिस्ट नै सार्वजनिक गरेको छ जुन यस्तो छ। नेपालको हितप्रतिकूलका राष्ट्रघाती सन्धिसम्झौतामा हस्ताक्षर गर्नेहरू

१. सुगौली सन्धिः

नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय । इष्ट इण्डिया कम्पनीका तर्फबाट लेफ्टेनण्ट कर्णेल प्यारिश ब्य्राडशा । सन् १८१५ डिसेम्बर २ का दिनका सुगौलीमा हस्ताक्षर भइ १८१६ मार्च ४ का दिन मकवानपुरमा सन्धि आदानप्रदान ।

२. शारदा बाँध सम्झौताः

नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने प्रधानमन्त्री चन्द्रशम्शेर जबरा । भारतका तर्फबाट कर्णेल केलअन । सन् १९२० अगष्ट २३ मा पत्राचार भइ १९२० अक्टोबर २१ मा सदर ।

३. सन् १९५० को सन्धिः

नेपालका तर्फबाट हस्ताक्षर गर्ने प्रधानमन्त्री मोहनशम्शेर जबरा । भारतका तर्फबाट भारतीय राजदूत चन्द्रेश्वरप्रसादनारायण सिंह । सन १९५० जुलाई ३१ काठमाडौँमा हस्ताक्षर ।

४. कोशी सम्झौताः

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा नेपाल भारतबीच हस्ताक्षरित कोशी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने महावीर शम्शेर । भारतका तर्फबाट गुल्जारीलाल नन्दा । सन् १९५४ अप्रिल २५ का दिन काठमाडौँमा हस्ताक्षर ।

५. गण्डक सम्झौताः

तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पालामा नेपाल भारतबीच हस्ताक्षरित गण्डक सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गर्ने उपप्रधानमन्त्री सुवर्णशम्शेर । भारतका तर्फबाट भारतीय राजदूत भगवान सहाय । सन् १९५९ डिसेम्बर ४ का दिन काठमाडौँमा हस्ताक्षर ।

६. टनकपुर सम्झौताः

नेपालका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अख्तियारप्राप्त सामान्य प्रशासन मन्त्री महेश्वरप्रसाद सिंह । भारतका तर्फबाट विदेशमन्त्री माधवसिंह सोलङ्की । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १९९१ डिसेम्बर ५–११ बीच सम्पन्न भारत भ्रमणको बेला, नयाँ दिल्लीमा हस्ताक्षर ।

७. महाकाली सन्धि (परराष्ट्रमन्त्रीस्तरमा):

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी । भारतका तर्फबाट विदेशमन्त्री प्रणव मुखर्जी । १९९६ जनवरी २९ काठमाडौँमा हस्ताक्षर । प्रधानमन्त्रीस्तरमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउबा, भारतका तर्फबाट प्रधानमन्त्री पीभी नरसिंह राव । १९९६ फेब्रुअरी १२ मा नयाँ दिल्लीमा हस्ताक्षर ।

८. माथिल्लो कर्णाली सम्झौताः

नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्ने सहसचिव अनुपकुमार उपाध्याय र फड्के किनाराका साक्षी सहसचिव राजेन्द्र कु. क्षेत्री र विद्युत विकास विभागका उपमहाप्रबन्धक सुनिलबहादुर मल्ल । जीएमआर आइटीडीका तर्फबाट अभिनाश शाह, साक्षी हरविन्दर मनोचा र राजीब मिश्र । २००८ जनवरी २४ का दिन काठमाडौँमा हस्ताक्षर ।

९. अरुण ३ सम्झौताः

नेपाल सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्ने सहसचिव अनुपकुमार उपाध्याय, फड्के किनाराका साक्षी सहसचिव राजेन्द्र के. क्षेत्री र विद्युत विकास विभागका उपमहाप्रबन्धक सुनिल बहादुर मल्ल । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम लि.का तर्फबाट उपमहाप्रबन्धक श्री सञ्जय उप्पल, फड्के किनाराका साक्षी मनोज दीक्षित । २००८ मार्च २ का दिन काठमाडौँमा हस्ताक्षर ।

१०. माथिल्लो कर्णाली पीडीएः

नेपाल सरकारका तर्फबाट लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्त र फड्के किनाराका साक्षी उपसचिव खगेन्द्र रिजाल । जीएमआरका तर्फबाट आरभी सेसन र प्रशारण लाइन कम्पनीका तर्फबाट हरविन्दर मनोचा । साक्षी, माथिल्लो कर्णाली जलविद्युत लि. राजिब मिश्र र प्रशारण लाइन कुलमित के शर्मा । २०१४ सेप्टेम्बर १९ का दिन काठमाडौँमा हस्ताक्षर ।

११. अरुण ३ पीडीएः

नेपालका तर्फबाट लगानी बोर्डका मुख्य कार्यकारी अधिकृत राधेश पन्त, सतलज जलविद्युत निगमका तर्फबाट अध्यक्ष आरपी सिंह । २०१४ नोभेम्बर २५ का दिन काठमाडौँमा हस्ताक्षर ।

२०७२ सालमा बदनामी ८ अनुहार

२०७२ सालमा बदनामी ८ अनुहार

०७२ साललाई बिदाई गर्दै हामी ०७३ सालमा प्रवेश गरेका छौ । ०७२ साल बेदनाले नै बित्यो । सिमित व्यक्तिका लागि फापे पनि धेरैलाई रुवाएर गयो ०७२ सालले । आखिर जे होस् बितेका कुरालाई अब बिर्सिनुको बिकल्प छैन । अब कहिले पनि कदापी यस्तो समय नआओस भने कामना गरौ । भूकम्प, नाकाबन्दी, प्रकोप, दुर्घटना लगायतले सर्वसाधारणलाई आजित तुल्याउदा कतिपय उच्च पदस्थ व्यक्तिहरु भन्ने बिभिन्न कारणबश बिबादमा तानिए । यी ८ व्यक्ति जसले ०७२ सालमा बदनामी कमाए ।

१. हरि पराजुली

hari

फोटो: नयाँ पत्रिका

काठमाडौँको मूलपानीमा धान दिवस मनाउन पुगेका कृषि मन्त्री हरि पराजुलीले होस् गुमाउदा मन्त्री पद नै गुमाउनु पर्यो । पराजुलीले रोपाहार महिलामाथि अभद्र व्यवहार गरेपछि चौतर्फी आलोचनामा परे । उनका कारण एमाले पार्टीमाथि नै प्रश्न चिह्न उठ्यो । यद्यपि पराजुलीले भने आफूले कुनै अश्लिल हर्कत नगरेको बताउँदै आएका छन् ।

२. अर्चना पनेरु

01 why archana paneru viral

फोटो: अर्चनाको फेसबुक

यो बर्ष एकाएक चर्चामा आएकी युवती हुन् अर्चना पनेरु । सामाजिक सञ्जाल फेसबुकमा अर्ध–नग्न तस्विरहरु पोष्ट गर्दै चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले पक्राउ पनि गर्यो । महेन्द्रनगर भाँसीमा रहेको लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चनाले आफ्ना नग्न तस्विरहरु लगातार पोष्ट गर्न थालेपछि उनी बर्ष भरि नै चर्चामा रह्यो । एक बर्ष भित्रै उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरे । यसले पनि उनलाई चर्चामा ल्यायो । पछिल्लो समय केही निर्देशकले आफुलाई सेक्स अपिल गरेको बताएपछि पुन: र्पहरी केस परेको थियो । साथै उनीसहित केही फिल्मकर्मीलाई शुटिंगस्थलबाटै प्रक्राउ गरिएको थियो ।

३. खुमबहादुर खडका

khum

फोटो: न्युज नेपाल

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का ०७२ मा पनि चर्चामा रहे । भ्रष्टचारी प्रमाणित भएपछि जेल सजाय कटाएर आएका खुमबहादुर हिन्दू राज्यको माग गर्दै सडकमा आए । उपचार खर्च भन्दै  खडकालाई उपचारार्थ बीस लाख दिने तत्कालीन कोइराला सरकारले निर्णय गर्यो । आफू त बदनाम भए नै स्वच्छ छविका त्यागी नेता तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालालाई समेत विवादमा पारे । कांग्रेस केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याएर पुन: उनी चर्चामा आए ।

४. सागर थापा

game1

फोटो: अनलाइन खबर

म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा प्रहरी फन्दामा परे । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा थापासहित ५ खेलाडी पक्राउ परे । उनीसँगै पक्राउ पर्नेमा विकाससिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र प्रशिक्षक अञ्जन केसी रहेका छन् ।

५. ल्हारक्याल लामा

lyar

फोटो: कान्तिपुर

नेपाली कांग्रेस, नेकपा एमाले हुँदै एकीकृत माओवादीका सभासद् बनेका भिक्षु ल्हारक्याल लामा वर्ष २०७२ मा बद्नाम भए । अख्तियारको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि अख्तियारले लामालाई प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले उनलाई सार्वजनिक अपराधको मुद्धा चलायो । गोलीकाण्डमा धरौटीमा छुटेका एमाओवादी सांसद ल्हारक्याल लामा पुनः ठगीमा पक्राउ परे । लामा ३० लाख धरौटीमा छुटेका थिए ।

६. गणेश थापा

ganes

फोटो: हिमालय टाइम्स

भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) को नैतिक समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगायो । प्रतिबन्धसहित उनीमाथि २० हजार स्वीस फ्रयाङ्क (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय पनि गर्यो । सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कांग्रेसमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ह्यान्स जोचिमले नेतृत्व गरेको स्वतन्त्र नैतिक समितिले थापालाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

२० वर्षदेखि एन्फाका अध्यक्षमा रहेका थापालाई गतवर्ष ५८ करोडभन्दा बढी अनियमितता गरेको संसद्को सार्वजनिक लेखा समितिले ठहर गर्दै अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।

७. गोपाल खडका

gopal

फोटो: पहिलो पोष्ट

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का भारतीय दुतावासको सल्लाहमा सञ्चालित भएको ठहर आपूर्ति मन्त्रालयले गर्यो ।
भारतीय नाकाबन्दीपछि देशमा इन्धन सङ्कटमा परिरहेका बेला नेपाल सरकारले बनाएका योजनाहरु भारतीय दुतावासमा बुझाएको आरोप खड्कालाई लाग्यो । चीनसँगको इन्धन सम्झौतामा कार्यकारी निर्देशक खड्का बाधक बनेको ठहर प्रधानमन्त्री केपी ओलीसमेतले गरे ।

भारतीय नाकाबन्दीका कारण नेपालमा ईन्धन अभाव भइरहेका बेला कालोबजारी गरेको भन्दै निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई सञ्चालक आपूर्ति सचिव तथा सञ्चालक समिति अध्यक्ष ङईन्द्र उपाध्यायाको अध्यक्षतामा बसेको बैठकले खड्कालाई सातदिने प्रष्टीकरण सोध्यो ।

८. पारस शाह

paras

फोटो: फेस्म्यु डटकम

पूर्व युवराज पारस शाह लागू पदार्थसहित थाइल्याण्डमा पक्राउ परे । शाहले आफूले चलाउने कारमा गाँजा बोकेको आरोप लगाइयो । यो आरोपमा उनी बैंककस्थित प्रहरीको थुनामा बसे । यसअघि शाह लागूपदार्थ कारोबारमा संलग्न रहेको आशंकामा पनि पक्राउ परेका थिए । यही आरोपमा उनी विरुद्ध थाइ अदालतमा मुद्दा समेत परेको थियो । पारस शाह विभिन्न समयमा मादक पदार्थ सेवन, लागु औषध र पारिवारिक कलहका कारण चर्चामा आइरहन्थे । लागुऔषधसहित बैंककमा पक्राउ परेका पूर्वयुवराज पारस शाह ७ लाख थाई भाट, २१ लाख नेपाली रुपैयाँ धरौटी राखेर छुटे । त्यसपछि नेपाल आएका उनी पुन: बिभिन्न कारणले चर्चामा रहे ।

यो पढ्नु भयो ?

२०७२ का प्रमुख ८ घटना

२०७२ मा प्रबिधि क्षेत्रका १४ उपलब्धि

२०७२ मा चर्चित ८ हिरो

२०७२ मा सर्वोच्च पदमा पुग्न सफल ४ महिला

२०७२ का प्रमुख ८ घटना

२०७२ का प्रमुख ८ घटना

०७२ साल नेपालका लागि ऐतिहासिक बर्ष बन्न पुगेको छ । भूकम्प, संविधान, नाकाबन्दीलगायतका महत्वपूर्ण घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो ।

भूकम्पको भयdharahara

यस वर्षको सुरुमै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ मिनेट जाँदा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भयो । भूकम्पबाट आठ हजार ८५६ जनाको ज्यान गयो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।earth

विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनका अनुसार भूकम्पबाट ६.७ खर्ब रूपैयाँ बराबरको भौतिक क्षति भयो । बर्ष भरि नै आम सर्वसाधारण भूकम्पको भयमा बाच्न बिबस बने । त्यो भूकम्पको परकम्पन अझै रोकिएको छैन ।

संबिधानsambidhan

संविधानसभाबाट संबिधान जारी गर्ने नेपालीको चाहना यो बर्ष पूरा भयो । भदौ ३० गते संविधानसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले पारित नेपालको संविधान असोज ३ गते मुलुकको पहिलो राष्ट्रपति डा रामवरण यादवद्वारा लागू भएको घोषणा भयो ।

नाकाबन्दी nakabandi

संबिधान जारी भए लगतै भारतले अघोषित नाकाबन्दी गर्यो । नेपाली जनताले झन्डै पाँच महिना निकै दयनीय दैनिकी बिताउन पर्यो । संविधानका केही विषयमा असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले तराई मधेस ठप्प पा¥यो भने भारतले दक्षिणी सिमानामा नाकाबन्दी गर्यो । nakabandi1
पूर्वप्रधानमन्त्री थापा र कोइरालाको निधन

२०७२ सुरुवातसँगै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो ।

यसै वर्ष पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा माघ २६ गते आफ्नै निवास, महाराजगन्जमा असामयिक निधन भयो ।

शेर बहादुरलाई लक्की

नेपाली काँग्रेसको फागुन २० देखि २४ सम्म राजधानीमा सम्पन्न १३औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गर्यो् । त्यस्तै पूर्वसभापति सुशील कोइरालाको निधनपछि रिक्त काँग्रेस संसदीय दलको नेतामा पनि देउवा नै निर्वाचित भए ।

ह्यारी र ओलीको भ्रमण 

चैत ६ देखि बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को नेपाल भ्रमण भयो । बेलायती शाही परिवारका सदस्यले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर नेपालको औपचारिक भ्रमण गरेको हो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेदेखि भएको भारत भ्रमण र चैत ७ गतेदेखि भएको जनगणतन्त्र चीनको भ्रमण पनि नेपालको राजनीतिमा दूरगामी महत्वका रहे । दुवै छिमेकी मुलुकसँग भएका पारवहन सम्झौता मुुलुकका लागि ऐतिहासिक बन्यो ।

खेलकुद बिबाद र उपाधिgame1

अखिल नेपाल फुटबल संघ एन्फा विवाद,  म्याच फिक्सिङ खेल मिलेमतो लगायतका प्रकरणमा मुछिएको नेपाली फुटबलले २३ वर्षपछि दुईवटा महत्वपूर्ण सफलता हात पार्यो ।

यसै वर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीले त्यसको केही समयपछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक हात पार्यो ।

हवाई दुर्घटनाplane

हवाई यातायतका क्षेत्रमा यो वर्ष दुःखद रह्यो । फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो भने यसै वर्ष नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना हुँदा चालकद्वयले आफू मरेर नौजना यात्रुको ज्यान जोगाए ।

२०७२ मा सर्वोच्च पदमा पुग्न सफल ४ महिला

२०७२ मा सर्वोच्च पदमा पुग्न सफल ४ महिला

अबको केही घण्टामा हामी नया बर्षमा प्रवेश गर्दै छौ । यो बर्ष थुप्रै उथलपुथलहरु भए । कतिपयका लागि जीवनभर नमेटिने दाग बने भने कतिपयका लागि सुखद रहे । समग्रमा यो बर्ष खासै सफल बन्न सकेन । त्यसका बाबजुद पनि केही आशातित प्रगतिहरु भने नभएका होइनन । यो बर्ष बिशेषत: केही महिलाहरुका लागि स्मरणीय बर्षको रुपमा रहन सफल भयो । यो वर्ष नेपालले प्रमुख पाँच पदमध्ये राष्ट्रपति, सभामुख तथा प्रधान न्यायाधीशका रूपमा महिला नेतृत्व प्राप्त गरेको छ ।

ओनसरी घर्ती मगर onsari

लामो समयदेखिको नेपाली जनताको चाहना यो बर्ष पूरा भयो । यो बर्ष संविधानसभामा जनताद्वारा निर्वाचित करिब ९० प्रतिशत जनप्रतिनिधिको सहमतिमा नेपालको संविधान–२०७२ जारी भएको हो । यो संविधानसँगै नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता एवं संघीयताको नयाँ इतिहास प्रारम्भ भएको छ । यसको कार्यान्वयनको पक्ष जटिल अवश्य छ तर संविधानमा समेटिएका विषयवस्तुको हिसाबले यो संविधानलाई विश्वकै उत्कृष्ट संविधानहरूमध्ये एक मानिएको छ ।

संविधान निर्माणपछि संविधानसभालाई व्यवस्थापिका संसद्मा रूपान्तरण गरियो । त्यसपछि लामो समय सभामुख रहेका सुवास नेम्वाङको स्थानमा ओनसारी घर्ती सभामुख निर्वाचित भइन् । १० बर्ष युद्ध लडेकी एउटी दुर्गम ठाउँकी महिला मुलुकको सर्वोच्च पदमा पुग्ने अबसर यसै बर्ष मिल्यो ।

विद्यादेवी भण्डारीbidya

यसै बर्ष नेपालले पहिलो महिला राष्ट्रपतिका रूपमा विद्या भण्डारीले नाम लेखाउन सफल बनिन् । संसदमा भण्डारीले ३ सय २७ मत पाएर राष्ट्रपति निर्वाचित भएका हुन् । भण्डारीले कांग्रेसका पूर्वमहामन्त्रि कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो । गुरुङले २ सय १४ मत प्राप्त गरेका थिए ।

२०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याङ गाविसमा पर्ने गुराँसेमा जन्मिएका भण्डारीले २०३९ सालमा तत्कालिन नेकपा (माले)का नेता मदनकुमार भण्डारीसँग भूमिगत विवाह गरेका थिए । २०५० साल जेठ ३ गते चितवनको दाशढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारीको निधन भएपछि  राष्टपति भण्डारी राजनीतिमा सक्रिय भएका हुन् । राष्ट्रपनि निर्वाचित भण्डारीले २०६७ सालमा रक्षा मन्त्री भएर काम गरेका थिए ।

सुशीला कार्कीSushila-Karki(1)

सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीशका रूपमा अबको केही दिनमा नियुक्त हुदै छिन । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् । कानुन अनुसार अब संसदीय समितिबाट कार्कीको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।

विस २०६५ साल माघ ९ गते सुशिला सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी हुन् । त्यसको दुई वर्षपछि ०६७ मंसिर २ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनिन् । अहिले उनी बरिष्ठ न्यायाधीश छिन् । कार्कीको ’boutमा थप पढ्न यहाँ क्लिक गर्नुहोस् ।

नविना लामाnabina

 नेकपा एमाले निकट विद्यार्थी संगठनको नेतृत्व पनि यो बर्ष महिलाको हातमा पुग्यो । दीपक गौतमलाई पराजित गर्दै नविना लामा अखिलको २२ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन ।  रामकुमारी झाँक्रीपछि लामा अखिलको अध्यक्ष बन्ने महिला नेतृ हुन् ।

प्रचण्डका पाँच कमजोरी

प्रचण्डका पाँच कमजोरी

प्रचण्ड, अर्थात् पुष्पकमल दहाल। वर्तमान एकीकृत नेकपा माओवादीका अध्यक्ष। वास्तवमा उनी जत्तिको नेता र उनको जत्तिको सफलता नेपालको राजनीतिमा सायदै कसैले पाएको थियो। उनी नेपालको राजनीतिका एकमात्र यस्तो नेता हुन् जसले आफैले कल्पना गरेको भन्दा ठूलो सफलता छोटो समयमा पाए र त्यति नै छोटो समयमा गुमाए पनि। कुनै समयमा ‘प्रचण्डको आदेश’ भन्नासाथ युवा तथा कार्यकर्ता मर्न मार्न तम्सिन्थे। साँच्चै प्रचण्ड ‘प्रतापी’ नै भएर उदाएका थिए। माओवादीको भन्दा फरक विचार राख्नेले गाऊँमा बास त परैको कुरा उस्तै परे सास नै गुमाउने अवस्था सकिएपछी भने माओवादीको डर घट्दै गयो साथै माओवादी ’boutका भ्रम पनि तोडिए साथै प्रचण्डको करिश्मा नि हराउँदै गयो।

माओवादी द्वन्द्वकालमा प्रचण्डको ’boutमा फैल्याईएका भ्रमको पर्दा हट्न थालेपछी प्रचण्डको राजनीति पनि ओरालो लाग्यो। र यतिखेर प्रचण्ड राजनीतिक शक्ति र महत्वका हिसाबमा प्रचण्ड छैनन उनि त पुष्पकमल दाहाल बनिसके। शान्ति प्रक्रिया मार्फत प्रजातन्त्र स्वीकारेर खुला समाजमा पस्दा उनको ’boutमा बनाइएको भ्रमको पर्दा ह्वांगै हुनु नै उनको राजनीतिको सबैभन्दा कमजोर पक्ष हुन पुग्यो जसले उनका अरू कमजोरीहरू पनि सतहमा देखिए। र उनी प्रतिको आशा, विश्वास र संभावना जुन नेपाली जनताले परिवर्तन र बलिदानको रूपमा ठड्याएका थिए ती सबै सद्दाम हुसेनको बगदादमा ठडिएको सालिक जसरी नै ढले। धेरै मध्ये प्रचण्डका पाँच सम्बन्ध यस्ता छन् जसले उनको व्यक्तित्व साथै दल र बाटोलाई नै कमजोर बनाई रहेका छन्।जसले उनको ओज, महत्व र सामयिकता नै समाप्त पारेको छ।

प्रचण्डका पाँच कमजोरी

भारतीय दूतावासमा प्रचण्ड-बाबुराम र मधेशी दलका नेता जाँड पार्टीमा रमाउँदै ! नेपाललाई कमजोर बनाउने राजनीतिक आवरणका शक्ति पनि माओवादी र मधेशी नै हुन् भन्ने अहिले प्रमाणित भईसकेको छ। र यी सबैको सम्बन्ध कता छ भन्ने यस्तै पार्टीले खुलस्त पार्ने गरेको छ।

१. भारतीय खुफिया एजेन्सीसँगको सम्बन्ध

प्रचण्डलाई राजनेता बन्न नसक्नु अनि उनको राजनीतिक उचाइ स्वात्तै घट्नुको प्रमुख कारण नै उनको भारतीय खुफिया एजेन्सीसँगको सम्बन्धको खुलासा हो। माओवादीकालमा उनको राजनीतिक तथा रणनीतिक सत्य अत्यन्त गोप्य थियो अनि उनका ’boutमा अनेकन प्रपोगाण्डा फैल्याइएका थिए। जसको भ्रममा आम नेपाली जनता साथै देशको राजनीतिक शक्ति, राज्यको प्रशासन र फौजी संरचना समेत भ्रममा थिए। अरू त अरू आफुलाई राज्यसत्ताको हकदार ठान्ने राजा र उनको दरबार प्रशासन समेत यस’boutमा पूर्ण त बेखबर थिए। नत्र आफूलाई खसाल्ने खाडल बनिसकेको राजा ज्ञानेन्द्रले आभास पक्कै पाउने थिए।

खुला राजनीतिमा आएपछी प्रचण्डको भारतीयदूतावासमा नियमित हुने बसउठ र भोज साथै उनका राजनीतिक निर्णयहरू सबै भारत निर्देशक हुने गरेको घाम जस्तै छर्लंग भयो। त्यसमाथी भारतीय पूर्व सैनिक अधिकारीको पुस्तकले तत्कालिन माओवादीका नेता प्रचण्ड र बाबुरामले भारतको खुफिया एजेन्सी र प्रधानमन्त्री कार्यालयमा नेपालमा भारतको स्वार्थलाई प्रमुख स्थान दिने, त्यसको पक्षमा भारतीय गुप्तचर निकायसँग मिलेर काम गर्ने सम्झौता गरेर भारतमा आश्रय र भारतको सहयोग पाएको खुलासा नै गरयो। कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा र राजा नेन्द्र र वीरेन्द्रका एडीसी रहेका नेपाली सेनाका अधिकारीको पुस्तकमा उल्लेख भएका तथ्य तथा प्रसंगले पनि उनको भारत सम्बन्ध र उनले कसका लागी काम गरेका छन् भन्ने सबै खुलस्त गरेको नै छ। त्यसो त विकिलिक्सले उजागर गरेको तथ्यले नि माओवादी भारतको सद्भाव र सहयोगमा नेपालमा अस्थिरता निम्त्याएर यहाँको श्रोत साधनमा भारतको एकलौटी चलाउने साधनको रूपमा भारतिय खुफिया एजेन्सी ‘रअ’ले स्थापित गरिएको समुह भएको देखाएको थियो।

प्रचण्डका पाँच कमजोरी

पुष्पकमल र सीता दाहाल, पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बखत। फोटो: नेपालप्लसडटकम

 

२. श्रीमती सीता दाहाल

हरेक लोग्ने मानिसको एउटा सबैभन्दा ठुलो कमजोरी नै श्रीमती हो। दुनियाँलाई जित्ने बादशाह पनि आफ्नै श्रीमतीसँग हार्छ। प्रचण्ड नि कुनै नयाँ खेतको मुला साबित भएनन्। बाहिर सबैका लागी प्रचण्ड भएपनि घरमा श्रीमती सिता दाहालको लागी घुर्की देखाएर मनाउन सक्ने लोग्ने मात्र भए। जसले गर्दा उनको नैतिक धरातल नै धरापमा परयो। छोराको तीन बिवाह देखी, बुहारी र नाती माथिको घरेलु हिंशाको श्रृंखला त घर बाहिर खासै आएन तर छोरी पट्टिका छोरानाति देखी आफन्तलाई भूकम्प पीडितका नाममा चिन घुमाउने देखी आर्थिक लेनदेनमा सिता दाहालको आशिर्वाद र हुकुम चलेको देखिन्छ। यहाँ सम्म कि पार्टिको कुनै पद विशेषमा नियुक्तिका लागि पनि उनको आशिर्वाद र दबाबले काम गर्ने गरेको छ। ओली सरकारका गृहमन्त्री नै प्रचण्डको गृहमन्त्रीको सेटिंगमा नियुक्त भएको कुरा त छिपेकै छैन पार्टीमा पनि। पार्टीका पदको भागबण्डामा पनि सिताजीको भूमिका हुने गरेकाले पार्टीमा रूष्ट हुनेको संख्या निक्कै छ। प्रचण्ड क्याम्प छोडेकालाई यो राम्रै थाहा भएको कुरा हो। यो पनि प्रचण्ड हेडक्वाटर रहेको माओवादी टुक्रनुको एउटा कारण हो। छोरा प्रकाशको घर गृहस्थी बिगार्नमा पनि सिताकै हात देखिन्छ, प्रचण्ड त टुलुटुलु। ‘माओका नि १६ श्रीमती थिए…’ भन्ने भनाई सिता कै हो।

 

प्रचण्डका पाँच कमजोरी

प्रचण्डको पारिवारिक तस्वीर। सत्ता र शक्तिमा आएपछी प्रचण्डका सन्तानको शान नै बेग्लै भएको छ। तस्वीर: अनलाईनखबरडटकम

३. सन्तान मोह

सन्तान मोहका सिलसिलामा त प्रचण्डले महाभारतका धृतराष्ट्रलाई नि पछाडी पार्दछन्। त्यसको उदाहरण कतै खोज्न जानै पर्दैन। पार्टीमा छोरी ज्वाईं, छोरा अनि आफन्तको पद के कसो छ, र एमाओवादीबाट मिल्ने जति सुविधा कसरी कसलाई मिलेको छ हेरे नै थाहा हुन्छ। दुनियाँका छोराछोरीलाई कुकुर मराई बनाउने प्रचण्ड आफ्ना सन्तान रोगले गलिएर (लाखौं खर्च गरेपछी पनि केही नलागेर) मर्दा डाँको छोडेर रोएको त सार्वजनिक स्थानमै पो हो त। समाचार पनि हेर्नु सुन्नु भएकै हो नि हैन? छोरा प्रकाश सगरमाथा चढ्दा राज्यको दुई चार करोड सहयोग पनि मिलेकै हो। त्यसो त छोरा प्रकाशको हरकतलाई पूर्व युवराज पारस शाहको उदण्डतासँग जोडेर नि हेरिएकै थियो। मनलागि बोल्न र गर्न प्रचण्डका छोराछोरीलाई रोक्ने कसले। त्यसमाथी दुईचार अनलाईन चलाइर प्रपोगाण्डा खेती नि चलेकै छ। त्यसो त प्रचण्डका ससुराली खलक र भाईखलकलाई पनि यसैमा जोड्दा हुन्छ, उनिहरू पहिले कस्ता थिए र अहिले के गरिरहेछन् बुझे पनि हुन्छ। ‘सारी गवाँई एक तरफ जोरूका भाई एक तरफ’ भन्ने कहावत त उनले भारतमा बस्दै सुनेका हुन् त्यसलाई चरितार्थ मात्र नेपालमा गरिरहेका छन्।

प्रचण्डका पाँच कमजोरी

नझुक्किनुस्, यी बाबुराम प्रचण्ड नै हुन्। करिब १० वर्ष जति पुरानो फोटो हो। तस्वीर: नेकपा एमाओवादी

४. पैसा

पैसाको ’boutमा त प्रचण्डको धारणा के छ संसारलाई थाहा भइसक्यो। वर्तमानका केपी ओलीले नै १० अर्ब दियो भने एमाओवादीले कुनै आन्दोलन गर्दैन भनेकै हुन्। माओवादीको नाममा हिंश्रक आन्दोलन गर्नु अघि, गर्दाको बखत र सार्वजनिक जिवनमा आउँदा सम्म प्रचण्डको जिवन र अहिले १० वर्षको सान सौकत हेर्दा नै प्रचण्डको पैसाको वृद्दिदर थाहा हुन्छ। बिना कुनै पेशा, व्यवसाय कसरी आयो प्रचण्डसँग यत्रो पैसा? भन्ने त कुनै प्रश्न नै हुनसक्दैन। माओवादी लडाकु सिविरको आर्थिक हिनामिना, स्वेच्छिक अवकाशमा गएका लडाकुको चेक खोसिएको काण्ड देखी अजय सुमार्गीको अनौठो आर्थिक सम्वृद्धी अनि प्रचण्ड बसेको घर साथै भाटभटेनीमा प्रचण्डको लगानीको गाईंगुईं अनि भाटभटेनिको आक्रामक लगानी बृद्धिको समाचार पनि पढ्नु भएकै होला। देशमा जति पनि ठुला आर्थिक घपला भएका छन् त्यसका पात्रहरू प्रचण्डसँगै नजिक हुनु पनि रहस्यकै कुरा छ। चाहे रक्तचन्दन तस्कर होस् या टुप्पावाट पलाएका व्यवसायी सबै प्रचण्ड निकट। भनिन्छ पैसा र त्यसको व्यवस्थापन प्रचण्डलाई भारी परिरहेको छ। त्यसमा पनि सम्पत्ती सुद्धिकरण वा भ्रष्ट्राचारको केसमा पर्ने डरले आजकल प्रचण्ड भारतको लाइन विपरित हुने कुरा मुखबाट निकाल्न डराईरहेका छन्।

प्रचण्डका पाँच कमजोरी

कोेटेश्वरका होटल व्यवसायी रामहरी श्रेष्ठकोमा खाना खाँदै माओवादीका उच्च तहका नेता प्रचण्ड, बाबुराम, बादल लगायत। पछी आर्थिक हिनामिना खुल्ने संभावनाका कारण माओवादीले नै श्रेष्ठको हत्या गरयो।  तस्वीर: पिपल्सरिभ्यू

५. सिद्धान्त

प्रचण्डसँग राजनीतिक सिद्धान्तको कुरा जोड्दा धेरैलाई हाँसो रोक्न गारो हुनसक्छ। खासमा प्रचण्डको सबैभन्दा ठूलो कमजोरी भनेको नै सिद्धान्त हो। उनको एउटै सिद्धान्त ‘एनि हाउ, पैसा जम्मा गर र शक्तिमा रहु’ भन्ने हो। यसलाई समाजवाद, माओवादको सप्कोले छोप्न उनलाई कम्ता हैरानी छैन। पछिल्लो समय लारक्याल लामाले फेरी सप्को हटाएर उदांगो पारिदिईहाले। उनै के त गोली बैंक लकरमा राख्ने बौद्धमार्गी नि। 😛 पहिले पहिले बाबुराम र मोहन वैद्यले सैद्धान्तिक कुरा गरिदिन्थे यतिखेर सबै लाखापाखा लागेकाले नि उनलाई सिद्धान्तको कुरा गर्न गारो परिरहेको छ। त्यसैले त बाबुराम छुट्टेर गएपछी एमाओवादी यतिखेर भुईं न भाँडामा भएको छ। लडाकुको चेक खोस्ने देखी भारतीय दूतावासमा जाँड पार्टी गर्ने त छोडौं आफैले उचालेको मुद्दा समावेसी र समानुपातिकको व्यवस्था सभासद तथा सांसद पद बिक्रि गर्न बाहेक अरू काममा आएन। माओवादीले प्रचण्डको नेतृत्वमा लिएका कुनै पनि निर्णय र गरेका काम कतै कुनै सिद्धान्तमा टेकेर हैन कि उनको व्यक्तिगत स्वार्थमा टेकेर गरिएका थिए। नत्र बन्दुकका गोली बैंकमा राख्ने बौद्धमार्गी कसरी सभासद बन्नु। सत्य के हो भने गरिब जनताको बुद्धि भुट्ने अनेकन सिद्धान्त र मुक्तिको नारा रच्ने प्रचण्ड सामन्तवाद, साम्राज्यवादको विरोध गर्दै आफै सामन्त बने र साम्राज्यवादी र बिस्तारवादीको खेलौना साबित भए।

इतिहासकै सबैभन्दा क्रुर १० शासक

इतिहासकै सबैभन्दा क्रुर १० शासक

निरो,  नेपाली राजनीतिक आन्दोलन र दमनको सिलसिला चलेको समयमा हमेशा नेपाली राजनीतिज्ञ र पत्रकारले प्रयोग गर्ने नाम हो यो । रोम जलिरहँदा निरोले बाँसुरी बजाएको प्रसंग राजा ज्ञानेन्द्रदेखी अहिले प्रधानमन्त्री केपी ओली सम्म जोडिएको आएको छ । यद्यपी २० हजार भन्दा बढीको हत्याको कारक बनेका प्रचण्ड र बाबुरामलाई तुलना गर्ने इतिहासका पात्र नेपाली मिडियालाई मिलेको देखिँदैन । तर मानव इतिहास निक्कै क्रुर शासकहरुको शासनकाल कटेर आएको छ । यहाँ शासन टिकाउन र सत्तामा टिकिरहन क्रुर र अमानविय शैली अपनाएका १० शासकको ’boutमा उल्लेख गरिएको छ ।

१. इदी अमिन

idiविश्वका एक क्रुर शासकका रुपमा इदी अमिन दादाले युगान्डामा सैनिक तानाशाह एवं राष्ट्रपतिका रुपमा सन् १९७१ देखी १९७९ सम्म शासन चलाएका थिए। ब्रिटिश औपनिवेशिक रेजिमेन्टको किंग्स अफ्रिकन राइफल्समा सन् १९४६ मा भर्ति भएका अमिन पछि सोही राइफल्सको कमाण्डर भए र अन्तत जनवरी १९७१ मा सैनिक कू गरेर सबै राज्यसत्तामा कब्जा जमाए ।

सैनिक फिल्डमार्शल र राष्ट्राध्यक्ष बनेर युगाण्डामा क्रुर शासन स्थापित गरे। उनको शासनकालमा मानव अधिकार हनन, जातिय संहार, राजनीतिक दमन, गैरन्यायिक हत्या र युगाण्डाबाट भारतीयहरुलाई निकाला गर्ने काम व्यापक रुपमा भयो ।

उनको शासनकालमा पाँचलाख सम्म मानिसहरु मारिएको अनुमान छ । यूरोपेलीलाई घृणा गर्ने उनको निधन २० जुलाइ २००३ मा किंग फैजल अस्पताल जेद्धा साउदी अरबमा भयो ।

२. अत्तिला द हुन

hunअत्तिला द हुन, पूर्वी यूरोप, ककेसस र मध्यएशिया क्षेत्रमा रहेको हुन फिरन्ते समुहका शासक हुन् जसले सन् ४३४ देखी ४५३ सम्म शासन चलाए । हुनाइक साम्राज्यका नेताका रुपमा आफूलाई स्थापित गर्न सफल उनको साम्राज्य यूराल देखी राइन नदी साथै डेन्यूब नदी देखी बाल्टिक सागरम सम्म फैलिएको थियो ।

इतिहासका एक क्रुर खलनायकका रुपमा यूरोप र पुरै विश्वले उनलाई सम्झन्छ । पश्चिम यूरोपमा उनलाई क्रुरता र लोभका कारण सम्झिइन्छ । उनले पटक पटक यूरोपमा आक्रमण गरेर फ्रान्स, इटाली र उत्तरी यूरोपलाई कब्जा र थर्कमान पारेका उनी रोमलाई कब्जा गर्न भने असफल रहे ।

सन् ४५२ मा आफ्नो बिहेको लागि यूद्ध रोकेर घर फर्केका उनी बिहेको रात नै रगतपच्छे भएर मृत्युवरण गर्न पुगे ।

३. चंगेज खान

khanचंगेज खान मंगोल साम्राज्यमा खानवंशको संस्थापक हुन् । उनले स्थापना गरेको मंगोल साम्राज्य इतिहासको ठूलो साम्राज्यका रुपमा स्थापित समेत भयो ।

उत्तरपूर्वी एशियाका फिरन्ते समुहलाई एकीकरण गरेर शक्तिमा आएका उनले मंगोल साम्राज्यको स्थापनासँगै आफूलाई चंगेज खान घोषणा गरेका हुन् ।

योद्धा एवं शासकका रुपमा उनले मंगोलियाका सबैजसो फिरन्ते समुदायलाई आफ्नो सैनिक शासन अन्र्तगत ल्याए।

४. पोलपोट

polpotविश्वमा कम्युनिष्टहरुको क्रुरताको बयान गर्दा नछुट्ने उदाहरण हुन् पोलपोट। पोल पोट सन् १९७६ देखी १९७९ सम्म खमेरुज नेता साथै क्याम्बोडिाका प्रधानमन्त्री रहे ।

अप्रिल १७, १९७५ मा क्याम्बोडियाको नेताका रुपमा स्थापित भएका उनको शासनको समयमा कट्टरपन्थी कम्युनिष्ट सरकारले लाखौं मानिसको हत्या गर्यो भने दशौंलाख मानिसहरु घरबार बिहिन बन्न पुगे ।

उनले देशलाई रोग, शोक, गरिबी र भोकमरी विरासतका रुपमा छाडेर गए । उनको समयमा गरिबी, हत्या, राज्यआतंक, भोकमरी, यातना आदीका कारण कम्तिमा १० लाख मानिसले ज्यान गुमाए ।

 

 

५. ब्लाड तृतीय

vladवालाचियाका शाषक ब्लाड तृतीय पनि निकै क्रुर शाषक हुन् । सन् १४५६ देखि १४६२ सम्मको उनको शाषणकालमा थुप्रै त्यस्ता क्रुर अमानबिय अत्याचारहरु भएका छन् । उनले नशाको शुरमा हजारौ अत्याचार गरेको बताइन्छ ।

उनले त्यहाको एम्लास शहरमा करिब २० हजार महिला,पुरुष तथा बालबालिकालाई सुली चढाएका थिए । उनले एकदमै अमानबीय तबरले शत्रुहरुलाई मरेका उदाहरण प्रश्ष्ट छन् ।

छाला काढ्ने, उमाल्ने, अन्धो बनाउने, झुन्ड्याउने, जलाउने, काट्ने लगायत क्रुर अत्याचार गरेर मार्न आदेश दिन्थे । त्यसै गरि कतिपयलाइ नाक काट्ने, कान काट्ने र यौनांग काट्ने जस्ता संजाय दिन्थे ।

६. इभान चतुर्थ

ivanरुसका प्रथम शाषक  इवान चतुर्थ पनि भयानक क्रुर शाषक हुन् । सन् १५३३ देखि १५४७ सम्मको अबधिमा उनले थुप्रै क्रुरताहरु गरेको बताईन्छ । इतिहासमा उनलाई बौद्धिक तर जटिल व्यक्तिका रुपमा चिनाइएको छ । कतिपयले उनलाई मानसिक सन्तुलन नभएका व्यक्तिका रुपमा पनि चित्रण गरेका छन् ।

धेरै मान्छे जम्मा गरेर जलाउदा उनी आनन्दित हुन्थे । शहरमा बचेका मानिसहरु अन्त नाभागोस भन्नका लागि सबैतिर पर्खाल बनाएका थिए । हरेक दिन ५०० देखि एक हजार जना मानिस सेनाले नियन्त्रणमा लिन्थे र इवान र उनका छोराका अगाडी उनीहरुलाई हत्या गर्थे । अन्ततः उनको मृत्यु पनि दुखद तरिकाले नै भएको थियो ।

७. एडल्फ़ इच्म्यानन्

adolf

सन् १९०६ मार्च १९ मा जन्मेका एडल्फ़ पनि क्रुर व्यक्ति हुन् । जर्मन  उनी एक आहुति थिए । उनले दोश्रो बिश्व युद्दमा ५ मिलियन मारिएकोमा उनलाई औधि खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

८. लियोपोल्ड

leipold

बेल्जीयन्सका राजा लियोपोल्ड ब्रसेल्सका राजा लियोपोल्ड र लुइसका दोश्रो छोरा हुन् । उनले कंगो फ्री राज्य घोषणा गरेका थिए । त्यसताका ३ लाख भन्दा बढीको मृत्यु भएको थियो ।

९. हिटलर

hitlarहिटलरको नाम नसुन्ने कमै होलान । जर्मन वर्कर पार्टीका नेता उनको जन्म जर्मनमा भएको थियो । सन् १९३३ देखि १९४५ सम्म जर्मन चान्सलर बनेका उनी दोश्रो बिश्व युद्दका प्रमुख व्यक्तिहरुको सूचीमा अग्र स्थानमा थिए ।

उनले ल्याएको प्रादेशिक नीतिहरू जुन धेरै नरसंहारका कारण बने । उनको तर्फबाट लाखौ नरसम्भार भएका थिए भने अन्तमा उनले सन् १९४५ मा आत्महत्या गरेका थिए ।

१०. जोसेफ स्टालिन

stalinस्टालिन ६ नोभेम्बर १९४१ देखि ५ मार्च १९५३ सम्म सोभियत युनियनका प्रिमियर थिए । करिब २९ बर्ष सोभियत युनियनलाई पकडमा राख्दा करिब लाखौ मानिसले ज्यान गुमाएका थिए भने उनको आफ्नै पक्षका मात्रै करिब २० मिलियन भन्दा बढी मान्छे मारिएका थिए ।