सलमान खानका गोप्य १० रोचक तथ्य जुन तपाईलाई थाहै छैन

सलमान खानका गोप्य १० रोचक तथ्य जुन तपाईलाई थाहै छैन

‘सलमान खान’ एउटा यस्तो नाम हो जुन फिल्मी जगतमा मात्रै होइन ‘सेलिब्रेटी सोसाइटी’मा समेत क्रेजी नाम बन्न सफल भएको छ  । उनको स्टारडमको बलिउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन्  । salman

स्मरणीय कुरा के हो भने यी सुपरस्टार सलमान खानको क्रेज त्यसै बढेका होइनन । उनको ब्रान्डीङ्का पछाडि उनले गरेका विभिन्न क्रियाकलाप र उनको जीवन संघर्षले ठूलो भूमिका निभाएको छ । बाहिरबाट नियाल्दा उनको जुन व्यक्तित्व छ, उनको भित्रि रहस्य पनि त्यतिकै गर्बलायक छ । रिललाइफमा मात्रै होइन रियल लाइफमा पनि उनको संघर्ष र योगदान उतिक्कै प्रशंसनीय छ । तर कतिपय उनका भित्रि पाटोहरु भने अझै सार्वजनिक भएका छैन । जति सार्वजनिक भएका छन् त्यो पनि धेरैलाई थाहा छैन । हामीले उनको जीवनका केही भित्रि पाटो खोतल्ने प्रयास गरेका छौ । पढ्नुस् सुपरस्टार सलमानका ’boutमा गोप्य रहस्य बनेका यी तथ्यहरु ।

सलमान खानको जिन्दगी एक खुला पुस्तक हो । त्यही पनि यस्ता केही पानाहरु छन् जुन धेरै थोरै पटक पल्टाइएका छन् । सलमान खानको पुरा नाम अब्दुल रशिद सलिम सलमान खान हो । पौडिनमा धेरै सौखिन छन् उनी । स्कुल जिबनमा ‘स्विमिंङ् च्याम्पियन’ पनि बनेका थिए उनी । पेन्टिङमा पनि राम्रो कला छ उनमा । त्यसो त ‘जय हो’ फिल्मको पोस्टर पनि उनी आफैले बनाएका थिए। सलमानले अभिनयको तालिम डेजी इरानीको इन्स्टिच्युटबाट लिएका हुन् । उनीसंगै साजिद खान र चंकी पाण्डेले पनि तालिम लिएका थिए ।

सलमान खानको नायक बन्ने चाहना थिएन । उनलाई निर्देशक बन्ने रहर थियो। तर निर्माताको सल्लाहमा उनी अभिनय क्षेत्रमा आएका हुन्। लेखनको पनि उनलाई उत्तिकै शौख रहेको छ। फिल्म ‘वीर’ र ‘चन्द्रमुखी’ सलमानले नै लेखेका हुन् ।

सन २००४ मा युएसएको पिपुल म्यागेजिनमा सलमानलाई ‘बेस्ट लुकिंग म्यान इन दी वर्ल्ड’को सुचीमा सातौ र भारतबाट पहिलो स्थान मिल्यो । त्यस्तै सलमानलाई साइक्लिङको पनि उस्तै शौख छ । मुम्बईको सडकमा साइकल चलाउने सलमानले यो बानीले स्वास्थ्य राम्रो बनाउने ठान्दछन ।

हिमेश रेशामिया, साजिद-वाजिद, संजय लीला भंसाली, जैकलीन फर्नाडीज, सोनाक्षी सिन्हा जस्ता स्टारलाई बलिउडमा सलमान खानले नै भित्र्याएका हुन् । त्यस्तै  खानका धेरै नजिक र राम्रा साथी हुन् संजय दत्त ।

उनीमाथि एउटा गहन मुद्धा लाग्यो ‘हिट एण्ड रन’ । यस्तो अपराध गर्नेमा सलमान पहिला व्यक्ति भने होइनन । राजकुमारका छोरा पुरु राजकुमारले रक्सिको नशामा आफ्नो कार ८ जना माथि कुदाएका थिए। तर उनी मात्र १ लाख ६० हजार रुपैयाँ जरिवाना तिरेर रिहा भए ।

ट्वीटरमा सलमान खानका १७ करोड फ्यान छन, त्यस्तै २ करोड ५० लाख बढी फेसबुक ‘लाइक’ छन । उनको ५ फिल्मले लगातार १ सय करोड रुपैयाँ बढी कमाइ गरेको छ । त्यस्तै सलमानले ६ सय भन्दा बढी बच्चाहरुको हर्ट सर्जरी गराइदिएका छन भने ४ सय बढी कैदीका लागि जरिवाना तिरेर उनीहरुलाई ६३ जेलबाट रिहा गराएका छन । फिल्म उद्योगमा सलमान एक्लै यस्ता अभिनेता हुन् जसको लगातार पांच फिल्म (दबंग, रेडी, बॉडीगार्ड, एक था टाइगर, दबंग-२) ले १०० करोड भन्दा बढी कमाइ गरेको छ ।

सलमान ‘बिंग हुम्यान’ नामक एक गैरसरकारी संस्था चलाएका छन् जसले बच्चा र गरिबलाई सहयोग गर्दछ । पछिल्लो समय सलमानले युवाहरुलाई रोजगार दिनका लागि एक वेबसाइट पनि संचालन गरेका छन् । उनको प्रोडक्सन हाउसको कमाइ पनि एनजीओलाई नै जान्छ । सलमानले यही प्रोडक्सन हाउसले ‘चिल्लर पार्टी’ जस्तो सामाजिक सरोकार राख्ने फिल्म बनाएका थिए ।

यो पढ्न छुट्यो कि ?

अहिले सम्मकै झुर १५ सेल्फी

 

घरमा कहिल्यै राख्न नहुने ६ वस्तु

किन एकाएक भाइरल बन्यो यो भिडियो ? हेरेपछि हाँसो थाम्नै गाह्रो !

किन एकाएक भाइरल बन्यो यो भिडियो ? हेरेपछि हाँसो थाम्नै गाह्रो !

बच्चा स्याहार्नु जस्तो झन्झटिलो र गाह्रो काम सायदै होलान् । तर यो जसले भोगेको छ उसैलाई मात्र थाहा हुन्छ । एक जना बच्चा हुर्केपछि हाइसन्चो महशुस गर्छन हरेक आमा । अब कल्पना गर्नुहोस् जुम्ल्याहा अथवा तिम्ल्याहा बच्चा जन्मियो भने कसरी हुर्काउने ? प्रश्न सुन्दै कतिको टाउको दुख्यो होला किनकी यो स्वभाबिक पनि हो ।

अझ बुबाहरु त बालबच्चा भनेपछि टाउको कन्याउछन् । हेर्नुहोस् यो  भिडियो जुन हेर्ने बितिक्कै तपाईको हाँसोको आँसु झर्छ । यसमा एक जना पुरुषले दुई जना बच्चालाई कपडा लगाई दिएको छ ।

थाहा पाउनै पर्ने पृथ्वीनारायणका १० दिब्य उपदेश

थाहा पाउनै पर्ने पृथ्वीनारायणका १० दिब्य उपदेश

पुस २७ । आज राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरणमा आज देश तथा विदेशमा बिबिध कार्यक्रमका साथ यो दिवस मनाइदै छ । राजा पृथ्वीनारायण शाहले उपत्यका लगायत बाइसी चौबिसी राज्य जितेर नेपाल एकीकरण गरेका थिए । prithwi

नरभूपालशाह र रानी कौशल्यावतीको दाम्पत्यबाट गर्भ रहेको सात महिनामा नै जन्मेका पृथ्वीनारायणको लालनपालन, रेखदेख र शिक्षा दीक्षा भने जेठी महारानी चन्द्रप्रभादेवीबाट भएको हो ।

बीस वर्षे युवा अवस्थामा पृथ्वीनारायण गोरखा राज्यको गद्दीमा बसेका थिए । राजा भएलगत्तै नेपालको एकीकरणको महाअभियानमा होमिए पनि यसरी सतत् रूपमा युद्ध र संघर्ष गरेका उनी बाउन्न वर्षको उमेरमा जीर्णकायका भए । यसबेलासम्म पूर्वमा पल्लो किराँतसम्मका पहाडी भू-भागका साथै गण्डकी नदीदेखि कनकाइ नदीसम्मका तराई क्षेत्र पनि एकीकरणको दायराभित्र आइसकेका थिए। कीर्तिपुरको युद्धमा उनी आफै पनि झण्डै मारिएका थिए ।

उनले जीवनको अन्तिम क्षणमा आफ्ना दरबारिया तथा जनताका नाममा भाइभारदारहरूलाई जम्मा गरी सुनाएका कुराहरु नै दिब्य उपदेश हुन् । यो उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छ । यो उपदेश नुवाकोट देवघाट नजिक पृथ्वीनारायणले मौखिक बताउने र उपस्थित कोही कसैले लिपिबद्ध गरेका हुन् ।

कसले लिपिबद्ध गरेको भन्ने प्रष्ट एकीन नभए पनि उनका एक प्रिय सेनापति ‘बरब्शी’ अभिमानसिंह बस्नेतले पनि सारेर राखेका थिए भन्ने इतिहासमा उल्लेख छ । यिनैका वंशधर बखतमान सिंह बस्नेतको सौजन्यबाट इतिहास शिरोमणि बाबुराम आचार्यले प्राप्त गरी बाबुराम आचार्य र योगी नरहरिनाथको अथक प्रयासबाट पहिलो पटक छापिएको हो ।

दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा रास्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् ।

१- स्रोत साधनको सदुपयोग 

पृथ्वीनारायण शाहले स्रोत साधनको सदुपयोगका लागि सुझाव दिएका छन् । उनले खानी भएको ठाउमा गाउ भए पनि गाउलाई अन्यत्र सारेर खानी चलाउनु पर्ने तथा उब्जनी योग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्ने बताएका छन् ।

dibya11

२- अदालतको पैसा दानमा खर्चिनु 

पृथ्वीनारायण शाह धार्मिक राजा हुन् । त्यसो त एकिकरणका क्रममा उनका थुप्रै धार्मिक यात्रा अध्ययन गर्न पाइन्छ । उनले दिएको उपदेशमा पनि धर्म कर्मका कुरालाई बिशेस प्राथमिकता दिएको पाइन्छ । उनले अदालतको पैसा दरबारमा नलैजान र त्यसको सदुपयोग जोगी, सन्यासी र ब्रह्मानलाई भोजन गराउन सुझाएका छन् । यसो गरे असत्य दोष नलाग्ने उनको बुझाइ छ ।
dibya10

३- मुलुकमा अन्याय हुन् नदिनु 

पृथ्वीनारायण शाहको यो दिब्य उपदेश हरेक नेतृत्वबर्गले हेक्का राख्नुपर्ने देखिन्छ । नेतृत्वबर्गले न्याय निसाफलाई ख्याल गर्न उनले सुझाएका छन् । भ्रस्टाचारीले न्याय निसाफ बिगार्ने र यिनलाई जस्तोसुकै कारबाही गरे पनि पाप नलाग्ने उनको उपदेशमा उल्लेख छ ।
dibya9

४- सुरक्षानिकाय र जनताप्रति बफादार 

उनी सिपाही अर्थात सुरक्षाकर्मी र जनताप्रति कतिसम्म बफादार रहेछन भन्ने कुरा उनको यो उपदेशबाट प्रस्ट हुन्छ । उनले लडाईमा मरेका सिपाहीका सन्ततीलाई प्रोत्साहन गर्न बिभिन्न सुझाव दिएका छन्  ।
dibya8

५-आत्मनिर्भरको अभ्यास

पृथ्वीनारायण शाहले दिएका दिब्य उपदेशमा आत्मनिर्भरका कुराहरु पनि उल्लेख छन्  । उनले बिदेशीलाई देशमा भित्र्याउदा मुलुकलाई कंगाल बनाउन सक्ने भन्दै सुझाएका छन्  । देश भित्रै कपडा बनाउन र त्यसका लागि प्रशिक्षण दिन पनि उनले आग्रह गरेका छन् । साथै उनले त्यति बेला देश भित्रको नगद बाहिर नजाओस भनेर बिभिन्न योजनाहरु पनि बनाएका थिए । उनले जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो भनेका छन्  ।

dibya7

६-  सबै मिलेर मुलुकको रक्षा गर्नु 

उनको यो उपदेश निकै लोकप्रिय छ  । यो उपदेशमा उनको राष्ट्रभाव मात्रै पोखिएको छैन सारा जनतालाई राष्ट्रप्रेम जगाएको छ  ।

dibya5

७- चीनसँग सम्बन्ध राख्नु भारतसँग सतर्क रहनु

नेपाल दुई ढुंगाको तरुल जस्तो रहेको भन्दै पृथ्वीनारायण शाहले दक्षिण छिमेकी सँग सतर्क रहन उहिले भनेका थिए । दक्षिणका बादशाह ‘महाचतुर’ रहेको भन्दै उनले सुरक्षा सतर्कता बढाउन सुझाएका छन्  । साथै उनले जाइ नलाग्न र जाइ लाग्नेलाई नछोड्न पनि उपदेश दिएका छन्  ।
dibya4

८- काठमाडौँको सुरक्षा 

उनले त्यति बेला राजधानी काठमाडौँलाई निकै संबेदनशील क्षेत्रका रुपमा लिएका थिए  । त्यसो त शिवपुरी, चन्द्रागिरी,फूलचोक, महादेवपोखरी, पालु, दाप्चा, काहुल्या लगायतका सिमानामा सुरक्षा ब्यबस्था कडा बनाउन भनेका छन् ।dibya3

diby

९- गुणको होइन नुनको पछि लाउनु 

पृथ्वीनारायण शाहले गुणको भन्दा पनि नुनको पछि लाग्नु पर्ने उपदेश दिएका छन् । आफ्नो सिपाहीलाई अरुले लोभलालचमा पार्लान भन्ने सतर्कताका साथ उनले सुझाब दिएका छन् जुन अझै पनि उत्तिकै सान्दर्भिक छन् ।

diby1

१०- मौलिक सास्कृतिक प्रेम  

आफ्नो देशको मौलिक सस्कृतीप्रतिको उनको क्रेज यो उपदेशबाट प्रष्ट हुन्छ । आफ्नो सस्कृतीको संरक्षण र जगेर्ना आजको आबश्यक बनेको छ ।diby2

दिब्य उपदेशको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

यो दिब्य उपदेश अंग्रेजीमा पढ्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस

पृथ्वीनारायण शाहका रोचक ६ कुरा  

१. पृथ्वीनारायण शाहलाई बाल्यकालमै रामायण र महाभारत खुब पढाइएको थियो।उनी धनुवाण, तरबार र घोडसवारीमा निपुर्ण थिए।

२. २० वर्षको उमेरमा गोर्खाको राजा भएका उनी पिता नरभुपाल शाहले पुण्य प्राप्त गरुन भनि काशि पुगेर गोत्र समेत परिवर्तन गरेका थिए।

३.नेपाल एकिकरणको सपना पृथ्वीनारायण शाहको मात्र थिएन । यो सपना त उनका पिता नरभुपाल शाह थियो। बरु एकिकरण सपना देख्न पनि उनलाई पिताले नै सिकाएका थिए। एकिकरणका लागि उनलाई उत्प्रेरित भने प्रमुख ज्योतिष कुलानन्द ढकालले गरेको बताइन्छ।

४. उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले विवाह भएको थियो। उनले पछी दोस्रो विवाह पनि गरे।

५. पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल, पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पाला मा पनि  एकीकरण भएको थियो। तर एकीकृत नेपाललाई उनीहरुले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोराहरूमा आफ्नै जीवनकालमै बाडेर गए । तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछि नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए।

६. उनले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको तर नेपालले सबै भुभाग कायम राख्न भने सकेन ।

Really Life is Beautiful

Really Life is Beautiful

Nick Vujicic, after knowing him you will change your perspectives toward your life and the whole universe. He is a person with such disability you cannot imagine but after watching this video you will love & respect him on what he is. He was born with tetra-amelia syndrome, one of the very rare disorders characterized by the absence of all limbs.

His struggle for existence in the world began with his birth. Struggling mentally, emotionally and physically, he achieved such a great position which inspires the whole world. His major achievement is he can change you, me and the whole world. Now he is known as famous motivational speaker. Struggle for life made him strong and he started his own non-profit organization ‘Life without Limbs’; and started motivational speeches worldwide emphasising life with a disability, encouragement and finding new hope in life.

If you respect him, share this video among your friends and society.

Gift, every son must watch

Gift, every son must watch

Every son must understand his fathers emotions, dreams and struggle. This short movie Gift inspires you to pay respect to your father. You must watch this video which depicts a son who confronts the resentment towards his father only to realise his true intentions.

In this Video ”this Boy Never Saw His Dad As An Inspiration. Until He Found Out His Big Secret.”