भारतले बंगलादेशलाई उडाएको भिडियो भाइरल (हेर्नुस भिडियो)

बिश्वकप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई एसियाली टोली भारत र बंगलादेशको खेल हुदै छ । सेमीफाइनलमा प्रवेश गर्नको लागि भारतलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

भारतले आफ्नो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । यस समुहबाट न्युजिल्याण्ड सेमीफाइनलको लागि छनौट भई सकेको छ भने अर्को एउटा स्थानको लागि भारत, अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा छ । यी तिन टोली कै समान २-२ अंक छ ।

आजको खेल जिते भारतको अघिल्लो चरण पुग्ने सम्भावना बलियो हुनेछ । बंगलादेश भने हालसम्म अंकबिहिन छ । यसैबीच आजको खेल बंगलादेशको मजाक बनाईएको एउटा भिडियो इन्टरनेटमा भाइरल बनेको छ । यसलाई भारतीय समर्थकहरुले बंगलादेशले धोनीको टाउको काटेर बनाएको भिडियो बदलाको रुपमा समेत हेरेका छन् ।

यता आजको यस खेलमा बलिउडका चर्चित अभिनेता शाहरुख खानले कमेन्ट्री गर्ने भएका  छन् । कमेन्ट्री बक्समा कपिल देव, शोएब अक्तरसँगै खान पनि देखिने भएका हुन् । खानले  मुम्बईमा रहेको स्टुडियोबाट कमेन्ट्री गर्ने भारतीय संचार माध्यममले जनाएका छन् । खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ  । यस अघि  ३:४५  मा इंगलैंड र अफगानिस्तानबीचको खेल हुनेछ ।

हेर्नुस भिडियो 

यो पढ्न छुट्यो कि ?

संगत गर्न नहुने ८ प्रकारका मानिस

भारतीय रुपैया अब अनलाइनबाटै डाउनलोड !

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...