Loading...

चीनको चमत्कारले भारतलाई बज्रपात: बन्यो अहिलेको भन्दा ३ गुणा तातो सूर्य (हेर्नुस फोटोफिचर)

सूर्य भन्दा पृथ्वी कयौ माइल टाढा छ तर पनि अलिकति गर्मी बढ्ने बितिक्कै हामीलाई उकुसमुकुस हुन्छ । तर अहिलेको प्राकृतिक सूर्य भन्दा पनि तीन गुणा तातो सूर्य बनेको छ । अब सोचौ, यसको तापक्रम कति होला ? अनि यो बिष्फोट भए नेपाल, भारत लगायत छिमेकी मुलुकको हालत के होला ?
चीनको हेफेई शहरमा अवस्थित ‘इन्स्टिच्यूट अफ फिजिकल साइन्स’मा भएको यस खोजको परीक्षणमा ‘एक्स्पेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ् टोकामाक’ (Experimental Advanced Superconducting Tokamak- EAST) नामक मेसिनको प्रयोग गरिएको थियो। यस मेसिनले हाइड्रोजनलाई ५ करोड केल्भिनसम्म तताउन सफल भएको हो, जुन सूर्यको सतहभन्दा ३ गुणा तातो हो। (सूर्यको सतहको तापक्रम करीब १ करोड ५० लाख केल्भिन रहेको हुन्छ)।
बैज्ञानिकहरु कृत्रिम सूर्य निर्माण गर्न सफल भएका हुन् । ग्यासको तुलनामा न्यूक्लियर इनर्जी बढी महत्वपूर्ण र प्रभावकारी हुने हुँदा कृत्रिम सूर्य निर्माण गर्न सफल हुनुले सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने चिनियाँ बैज्ञानिकहरुले विश्वास लिएका छन् । चीनको यो नयाँ प्रयोगमा भने वैज्ञानिकहरुले ५ करोड डिग्री केल्भिन तापक्रमलाई १०२ सेकेण्डसम्म नियन्त्रण गर्न सफल भएका छन्।
अंग्रेजी अखबार मिररको अनलाइन संस्करणका अनुसार चीनका वैज्ञानिकहरुले ५ करोड डिग्री सेल्सियस तापमानलाई त्यो समयसम्म कायम राख्न सफल भए जुन समयसम्म न्युक्लियर फ्युजन च्याम्बरको कोर यो तापमानमा पग्लेर नष्ट हुँदैन ।
वैज्ञानिकहरुका अनुसार अब सूर्यसहितको इन्धनमा हाम्रो निर्भरता समाप्त हुन सक्नेछ किन कि ग्यासमार्फत पैदा हुने न्युक्लियर इनर्जीलाई धेरै मात्रामा प्रयोग गर्न लायक इन्धनमा बदल्न सकिनेछ । चिनियाँ वैज्ञानिकहरुको यो आविष्कार त्यो प्रोजेक्टको हिस्सा हो जसबाट न्युक्लियर फ्युजन रियक्टरमार्फत प्रयोग गर्न लायक इन्धन बनाउन सकियोस् ।
चीनको यो आविष्कारसंगै बिश्वका शक्तिशाली राष्ट्रहरु तिनछक परेका छन् । स्मरण रहोस बिश्वका अमेरिका, जापान लगायत मुलुकहरु ब्यबसायिक र आविस्कारका दृष्टिकोणले चीनका प्रतिष्पर्धी हुन् । शत्रुताको दृष्टिकोणले कुकुर- बिरालो जस्तै सम्बन्ध भएको भारतलाई त चीनको यो आविष्कार बज्रपात नै भएको छ ।
हेर्नुस फोटोफिचर 
china3 china2 china1 china
यो पढ्न छुट्यो कि ?
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ