सात बर्षीय बालिकाको प्रेम गीत भाइरल (हेर्नुस भिडियो)

गीत सुन्दा लाग्छ उनी ‘डिप लभ’ बाट ट्राजिडी भएकी छिन् । उनलाई कसैले ठूलो पीडा दिएको छ । र त उनी भन्दैछिन ‘तिमीले बाटो फेर्यौ अरे…’ । एकदमै प्रेम बिछोडपछिको बेदना मिश्रित यो गीतले धेरै युवायुवतीको मन छुन्छ । प्रेम बिछोड भोगेकाहरु गीत सुन्दै आँसु चुहाउछ । तर गीतमा दिइएको स्वर भने सक्कली हो भनेर कसैले पत्याउदैन । तर नपत्याई सुखी छैन । child singer

सबैलाई अतित सम्झाएर सोच्न बाध्य पार्ने यी नानी हुन् ७ बर्षीय जिग्मे छ्योकी घिसीङ । सानी नानी उनी कक्षा ३ मा पढ्छिन । तर यो गीत चर्चामा आएसंगै उनको चर्चा निकै उक्लिएको छ । युट्युबको एउटा च्यानलमा मात्रै उनको गीत तीन दिनमै साढे २४ हजार भन्दा बढीले हेरेका छन् ।

उनमा वाद्ययन्त्र हार्मोनियन आफै वजाएर गाउने क्षमता पनि छ । बारा निजगढ घर भएकी घिसिङ अहिले आमा बसन्ती लामासँग काठमाडौं स्वयंम्भुमा बस्दै आएकी छन्। बाबु रामकाजी घिसिङ कोरियामा कामको सिलसिलामा छन् । उनको सुरिलो स्वर सुनेर युट्युबमा थुप्रै प्रशंसा र शुभकामना पोखिएका छन् ।
हेर्नुस युट्युबमा उनको प्रशंसा 
child3 child2 child1
 गीत हेर्न यहाँ क्लिक गर्नुहोस्
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...