बिश्वकै खराब १० झण्डा, नेपालको पनि (भिडियो)

कुनै पनि देशको सबै भन्दा ठूलो पहिचान हो- झण्डा । झण्डाले नै देशलाई चिनाउछ । कुनै पनि नागरिक आफ्नो देशको झण्डाको दुरुपयोग गरेको चाहदैन ।

तर यहाँ दुई जना बिदेशी नागरिकले बिभिन्न १० देशका झण्डालाई बिश्वकै खराब झण्डा भनेर भिडियो बनाएका छन् ।  ज्याक्स फिल्मले युट्युबमा हालेको यो भिडियो ६ लाख बढी पटक हेरिएको छ । यो कुनै अध्ययन, सर्वेक्षण र अनुसन्धान भन्दा पनि एउटा रमाईलोका लागि बनाइएको ‘कमेडी’ भिडियो हो ।

उनीहरुले बनाएको सूचीमा नेपालको झण्डा दशौ स्थानमा रहेका छन् । अन्य झण्डाहरु ग्रिनल्यान्ड, अलास्का,  एन्टीगो, कोलोम्बिया, न्युमेरो लगायत देशका झण्डा रहेका छन् ।

हेर्नुस भिडियो 


नेपाली झण्डाका ’boutमा 

चारकुने आकार नभएको एक मात्र राष्ट्रिय झण्डा हो नेपालको राष्ट्रिय झण्डा  । नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ । नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।

सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे ।

लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झ्ण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ।

नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झ्ण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएकै छ ।

हाम्रा सम्पूर्ण वैदिकवाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन्। पहिलेका राजाहरूले आफ्नो राजवंशलाई सूर्य-वंश वा चन्द्र-वंश मान्दै आएका थिए। वि.सं. ७९२ (संवत् १५९)मा राजा जयदेव (द्वितीय)ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु-कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन् ।

लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झ्ण्डामा पनि सूर्यको आकृति नै अङ्कित गराएको हुनुपर्छ । त्यतिवेलाका भारतीय राजाहरूले आफ्ना झण्डाहरूमा उच्चताको प्रतीकका रूपमा गरुड वा हनुमानका चित्रहरू अङ्कित गराउँथे। त्यसैले उनीहरू हनुमद्-ध्वज वा गरुड-ध्वज भनेर चिनिन्थे। लिच्छविकालमै नेपालको राजसत्तामा आएका आभीरवंशी अधिनायकहरूले आफ्नो वंशलाई सोम-वंश वा चन्द्र-वंशको रूपमा चिनाउँथे ।

यो पढ्न छुट्यो कि ? 

तीन बर्षीय बालिकाको प्रेम गीत भाइरल (हेर्नुस भिडियो)

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...