पेट्रोलियम पदार्थ सिमित देशहरुमा मात्रै उत्पादन हुन्छ तसर्थ बिश्वका थुप्रै देशहरु डिजेल पेट्रोलको अभावमा पिरोलीरहेका छन् । यसबाट नेपाल पनि अछुतो छैन । केही समय अघि भारतीय नाकाबन्दी हुँदा देखिएको हाहाकारले सर्वसाधारणले हदैसम्मको दुख भोग्न बिबस भए ।
भारतका एक मेकानिकले पानीबाट चल्ने गाडी बनाएर चमत्कार गरेका छन् । भारतको मध्य प्रदेशका एक गाडी बनाउने मेकानिकले पानीबाट चल्ने कारको आविष्कार गरेका हुन् । रइस मकरानी नामका यी मेकानिकले भर्खरै मध्यप्रदेशको सागर जिल्लामा चार सिट भएको पानीबाट चल्ने कार बनाएका छन् ।
आफ्नो प्रविधि लिएर चीन गएका रइसले त्यहाँको सियाग सहरमा विद्युतीय गाडीहरु बनाउने कम्पनीसँग थप उपकरण लिएर भारतमा पेट्रोलको सट्टा पानीबाट चल्ने कार निर्माण गरेका हुन् ।
विगत १५ वर्षदेखि मेकानिकल काम गरिरहेका रइसले आफु कहिल्यै स्कुल नपढेको र घरमा समेत पढाइलेखाई नगरेको बताएका छन् । उनले आफ्नो कामको अनुभवबाटै उनले पानीबाट चल्ने कार बनाएर हुन् ।
कसरी बन्यो यो गाडी ?
मेकानिक रईस सधैजस्तै एक गाडी बनाइरहेका थिए, त्यही बेला उनको दिमागमा एउटा आइडिया आयो । उनले कारको इन्जिनमा बदलाब गरेर गाडीको फ्युल ट्यांकीमा पेट्रोलको सट्टा पानी र क्याल्सियम कार्बाइडको पाइप लगाए ।
त्यसपछि गाडीलाई स्टार्ट गर्दा इन्जिन अन देखायो । यो काम यति सजिलै भएको थियो, तर उनलाईै सबै अध्ययन गर्दागर्दै गाडी निर्माण गर्न भने पुरै पाँच वर्ष लागेको थियो । रईसले तयार गरेको कारमा २० लिटर पानी र २ किलो क्याल्सियम कार्बाइडको मिश्रणबाट २० किलोमिटर गुड्छ ।
यो टेक्नोलोजी अनुसार पानी र क्याल्सियम कार्बाइड मिलाउँदा एसिटिलीन पैदा हुन्छ । मेकानिक रईसले एसिटिलीनबाट चल्ने इन्जिन तयार गरि यो गाडिमा फिट गरेका छन् । जसका कारण एसिटिलीन बन्ने वित्तिकै कार चल्न सुरु गर्छ ।
हेर्नुस भिडियो