Loading...

मान्छेकै मासु खाने डरलाग्दा अघोरी नागा बाबा

शिवरात्रि आउन लागेको छ । यतिखेर अनेकथरि बाबाहरू यहाँ देखा पर्छन, कालो लुगा लगाउने, नरमुण्डको माला लगाउने, राताराता आँखा भएका, विचित्रका मन्त्र भट्याउने डरलाग्दा अघोरीहरू पनि आउने गरेका छन् ।  तपाई‌ंहरूले शिवरात्रिमा नागा बाबाहरूका अनेकन चर्किकला देख्नु भएकै होला । शिव रात्रिमा पशुपतिनाथ आउने नागा बाबाहरूले लिंगमा लठ्ठी बेरेर त्यसले ढुंगा उचाल्नेमात्र होइन कि कहिलेकाँही त मान्छे नै उभ्याएर अनेक चर्तिकला देखाउँछन् । वास्तवमा को हुन् त ती अघोरी नागा बाबा? कहाँबाट आउँछन्? के छ तिनका रहस्य? आज हामीले भिडियोसहित यो विशेष सामग्री तयार पारेका छाैं ।Aghori-Sadhu-7

अाम मानिसहरू  भूतप्रेत र आत्माहरू पनि जतिको अघोरी जोगीहरूसँग डराउने गर्छन । नागाहरू सबै अघोरी साधु हुँदैनन् । अघोरी साधुहरूका संसारै अलग्गै हुन्छ । उनीहरू हिन्दु धर्मअन्तर्गत नै एक सम्प्रदायका अंग हुन्, तर तिनीहरूका ’boutमा थोरै मानिसलाई‌ मात्र थाह छ । यतिमात्र कुरा सुनिन्छ कि जब हामी सुत्छाैं अनि ती अघोरी बाबाहरूको वास्तविक  असली कार्य प्रणाली शुरु हुन्छ । मध्यरातमा पुगेर ती अघोरी बाबाहरूले के गर्छन भन्ने कुरा उनीहरूका बीचमा मात्र थाह हुन्छ ।

अघोरी बाबाहरू सदैव तिनीहरूका अनाैठो व्यवहार, एकान्तप्रियता र तिनीहरूले गर्ने रहस्यमय गतिविधिहरूका कारणले चिनिन्छ । हेर्दा जति विचित्र उनीहरू हुन्छन्, त्यति नै अनाैठा तिनका साधनाहरू पनि हुने गर्छ ।

Aghori-Sadhu-6भनिन्छ, अघोरीहरूका साधना मासु, मदिरा र मैथुनबिना पूर्ण हुँदैन । तर यसका पछाडि के कारण छ, त्यो भन्न सकिँदैनन् । कतिसम्म भनिन्छ भने राक्षसहरूपछि अघोरी सम्प्रदायका बाबाहरू नै यस्ता मानिस हुन्, जसले मानिसकै मासु खाने गर्छन् ।

 अघोर पन्थ

अघोरीहरू शैव सम्प्रदायका मानिन्छन् । यिनीहरूका आफ्नै पन्थ हुन्छ, जसलाई‌  अघोर पन्थ भनिन्छ । अघोर पन्थको उत्पत्तिका विषयमा निश्चित प्रमाणहरू भेटिएका छैनन्, अघोर पन्थ कपालिक सम्प्रदायसँग मिल्दोजुल्दो मानिन्छ । भगवान शिव स्वयं एक अघोरी मानिएका हुनाले यिनीहरूलाई‌  साक्षात शिव मान्ने पनि चलन छ ।

तीन खालका साधना

अघोरीहरूले तीन प्रकारका साधना गर्छन,  शिव साधना, शव साधना र श्मशान साधना। शिव साधनामा शवमाथि उभिएर साधना गरिन्छ । अन्य प्रकारका साधनामा पनि शवमाथि उभिएर वा त्यसमाथि खुट्टा चढाएर विशेष प्रकारका योगाशन गर्ने गरिन्छ । यस प्रकारका सबै साधनाहरूमा मानव मासु र मदिरा प्रसादका रुपमा चढाइन्छ ।

Aghori-Sadhuप्रमुख स्थान

नेपालमा शिवरात्रिका बेला नागा बाबा र केही अघोरी बाबाहरू पनि आउने गरे पनि तिनीहरू भारतबाटै आउने गर्छन् । भारतमा पनि अघोरीहरू सबै ठाउँमा पाइँदैनन् । भारतको असमस्थित कामख्या मन्दिर सबैभन्दा धेरै अघोरी पाइने स्थान हो । कामाख्या मन्दिर  सतिदेवीले आफैलाई‌ अग्निदाह गरेपछि शिवजीले उनका मृतशरीर बोकी हिड्ने क्रममा सतिदेवीको योनी पतन भएका स्थान मानिन्छ ।

असामबाहेक अघोरीहरू पश्चिम बंगाल, उज्जैन, नासिक, वाराणसीलगायतका स्थानमा पाइन्छ ।

मध्यरातमा मानिस जलाउने घाटमा तपस्या

Aghori-Sadhu-5अघोरीहरू मध्य रातमा मानिस जलाउने घाटमा पुगेर अनेकन तन्त्र सिद्धि गर्छन् । मानिस जलाएको खरानी आफ्नो शरीरमा दल्छन् । भनिन्छ, मानिस जलाउँदा बचेको अस्तु यिनीहरूले खाने गर्छन् ।

कालो वस्त्र लगाउने अघोरीहरूले नरमुण्डका माला लगाउने गर्छन्, उनीहरूले आफ्नो कुटी पनि श्मशनमा नै बनाउने गर्छन् । मानिस जलाउने घाटमा मात्र होइन्, अघोरीहरूले हिमालयमा पनि तपस्या गर्छन भन्ने गरिन्छ । यसैका लागि उनीहरू बेलाबेलामा नेपाल आएर कैलाशसम्म जाने गर्छन ।

हिन्दु धर्मावलम्बीहरूले अहिले पनि कतिपय स्थानमा पाँच वर्षभन्दा मुनिका, सर्पले टोकेर मृत्यु भएका र आत्महत्या गरेका मानिसहरूलाई‌ नजलाइकन गाड्ने वा बग्दो नदीमा बगाउने गर्छन । नदीमा बगाइएका यस्ता शबहरू डुबिसकेपछि हलुका भएर पानीमा तैरिन्छ । भनिन्छ, अघोरीहरूले यस्तै शब पानीबाट निकाले आफ्नो तन्त्र सिद्धि गर्ने गर्छन्।

जे पनि खान सक्छन

अघोर पन्थमा प्रवेश गर्नुअघि सबै किसिमका मायामोह त्याग्नु पर्ने नियम छ । अघोरीहरू खान पिउनमा केही पनि बार्दैनन् । दालभात पाए दालभात, रोटी पाए रोटी, खसी कुखुरा पाए त्यसकै मासु वा मानव मासु पनि खान पछि पर्दैनन । कतिसम्म भने अघोरीहरूले कुहिन लागेको पशुका मासुसमेत खाने गर्छन् ।

 

 

हेर्नुहोस भिडियो

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...