बालिकाको एउटा चिठ्ठी जसले राष्ट्रपतिको टाउको दुखाईरहेछ

राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति । जसले दैनिकजसो सयौ आरोप प्रत्यारोप झेल्नु पर्ने हुन्छ । तर एउटी बालिकाको चिठ्ठीले राष्टपति जस्तो व्यक्तिको टाउको दुख्नु/ निद्र हराउनु भनेको पक्कै चानचुने कुरो भने होइन । तर भै दियो यस्तै ।

घटना भारतको हो । त्यहाका एक १३ बर्षीय बालिकाले राष्टपतिलाई १० दिने अल्टिमेटम सहित चेतावनी पत्र लेखेकी छन् । गुजरातको आनन्द जिल्लामा बस्ने इशिका गुप्ताले राष्टपति प्रणब मुखर्जीलाई १० दिन भित्र कि न्याय देउ कि मर्न देउ भन्दै पत्र लेखेकी हुन् ।

त्यहाको जवाहर नवोदय बिद्यालयमा कक्षा ७ मा अध्यनरत इशिकाको पत्रले यति बेला राष्टपति मुखर्जीको निन्द्रा समेत हराम भएको भारतीय पत्रिकाहरुमा खबर छ । इशिकाले १० दिन भित्र न्याय नपाए आत्महत्या गर्ने समेत बताएकी छन् । उनको समस्या त्यति धेरै ठूलो पनि होइन । उनी पढ्ने बिद्यालयका प्रिन्सिपल किरण महासके लगायतले विद्यार्थीहरु माथि  आर्थिक शोषण गरेको उनको आरोप छ । बिद्यालयको बिकासका लागि बालबालिकाहरु सँग आर्थिक सहयोग मागेको उनको आरोप छ ।

यो बिषयमा स्थानीय प्रशासनले समेत छानबिन गरिसकेको छ । प्रशासनले इशिकाको आरोपमा कुनै आधार नभएको जनाएको छ । यस बिषयमा उनको बुबा राहुल गुम्ताले प्रिन्सिपलसँग सल्लाह गरेपछि उनीमाथि थप पीडा दिएको इशिकाको आरोप छ । तर अचम्म त के छ भने उनको बुबा सयम उक्त बिद्यालयका ब्यबस्थापन समितिका सदस्य हुन् ।

यो बिषयको बोलेको भन्दै बिद्यालयले आफुलाई बिरामी पर्दा समेत छुट्टी नदिएको, प्रिन्सिपलले पिटेको र यसैकारण आफु ४ महिना बिद्यालय नगएको पत्रमा उल्लेख छ । उनले आफ्नो अभिभावक र आफ्नो सुरक्षाको समेत माग गरेकी छन् ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...