डबल क्लिक गर्दा ड्राइभ खुल्दैन? यो तरिका अपनाउनुस्

कम्प्युटर डेक्सटप तथा ल्यापटप दुवैमा डबल क्लिक गर्दा ड्राइभ (C, D or E) खुल्दैन? ओपनवीथ (Open With) भनेर विभिन्न सफ्टवेयरको अप्सन दिन्छ। यस्तो खालको समस्या धेरै जसो विन्डोज एक्सपी (Windos XP) चलाउनेले भोगिरहेको समस्या हो। वास्तवमा यस्तो हुनुको कारण कम्प्युटरमा भाइरस छिरेर हो। जसले कम्प्युटरका सबै ड्राइभमा अटोरनडटआइएनएफ (autorun.inf) नामको हिडन फाइल बनाइ दिएको हुन्छ। जसले गर्दा कम्प्युटरको सी, डी वा इ कुनै पनि ड्राइभ डबल क्लिक गर्दा खुल्दैन। बरु त्यसको सट्टामा ती ड्राइभलाई खोल्न तथा हेर्नका लागि विभिन्न सफ्टवेयर (कम्प्युटरमा स्थापित, ईन्स्टल भएका) छनौट गर्नका लागि दिन्छ। यदी कम्प्युटरमा यस्तो समस्या भोग्नु भएको छ भने यसो गर्नुस:

१. Start मा क्लिक गर्नुस र Run मा गएर cmd टाइप गर्नुस्।र Enter गर्नुस। यसो गर्दा command prompt विण्डो खुल्छ।त्यसमा क्रसर विल्न्क गरिरहेको हुन्छ।

२. cd टाईप गरेर Enter गर्नुस।

३. फेरी attrib-r-h-s autorun.inf टाईप गर्नुस र Enter गर्नुस।

४. del autorun.inf टाईप गरेर Enter गर्नुस।

५. d: टाईप गर्नुस र  Enter गर्नुस।

यसो गरेपछि तपाइँको कम्प्युटरको डी पार्टेसन अब डबल क्लिक गर्दा खुल्छ। यति गरिसकेपछि फेरी क्रम संख्या २ देखी ५ सम्ममा उल्लेख भएका कुरा गर्नुस् र सट्टामा अन्य ड्राइभका नाम टाइप गर्नुस्। त्यसपछि  कम्प्युटर रिस्टार्ट गर्नुस्। अब तपाइँका सबै ड्राइभ डबल क्लिक गर्दा खुल्छन्।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...