ब्याकअप गर्नुस् आफ्नो फेसबुक

 

फेसबुक चलाउन थाल्नुभएको वर्षदुई वर्ष या सो भन्दा धेरै समय भएको छ भने तपाइँका जन्मदिन देखी इन्गेजमेन्ट यस्ता धेरै अवसर फेसबुकमा फोटोका रुपमा रहेका हुन्छन्। जसमा साथीभाईका समय सापेक्ष कमेन्टहरुले त्यस खालका अवसरमा रौनक थपेका हुन्छन्। जसको सुरक्षाको चिन्ता पक्कै लाग्छ। ’cause जिवनका ती पल फर्केर आउँदैनन्। जति नै सचेत रहँदा पनि यस्ता एकाउन्टहरु हृयाक हुने र त्यसमा रहेका डाटाहरु फिर्ता पाउन नसक्ने अवस्था पैदा हुन्छ। त्यसो त फेसबुकले गर्ने सुविधा र पोलिसी परिवर्तनले पनि समय समयमा केही डाटा हराउने समस्या आइरहन्छ। यसखालको समस्याबाट बच्नका लागि फेसबुकले नै नीजि जानकारी कम्प्युटरमा डाउनलोड गर्ने सुविधा दिएको छ। जसलाई प्रयोग गरेर आफ्नो एकाउन्टबाट पोस्ट भएको सबै सन्देश, स्ट्याटस, प्रोफाइल इन्फरमेसन, फोटो, भिडियो, साथीहरुसँग सम्बन्धित सूचनाहरु डाउनलोड गरेर सुरक्षित राख्न सकिन्छ। साथै कम्प्युटरमा हेर्न पनि सकिन्छ।

त्यसका लागि यो प्रक्रिया अपनाउनुहोस्ः

१. आफ्नो एकाउन्टमा साइन इन गर्नुहोस्।

२. फेसबुक पेजमा माथि दायाँ तर्फरहेको होम लिंकको साथ रहेको तल फर्केको एरोमा क्लिक गर्नुहोस्।

३. एकाउन्ट सेटिङमा क्लिक गर्नुहोस्।

४. एकाउन्ट सेटिङको पेज खुल्नासाथ त्यसको तल्लो लाइनमा डाउनलोड अ कपी अफ योर फेसबुक डाटा भन्ने लिंक देखिन्छ।

५. यस लिंकलाई क्लिक गर्नासाथ नयाँ पेज खुल्छ। जसमा स्टार्ट माइ अर्काइभ बटन देखिन्छ।

६. उक्त बटनमा क्लिक गर्नासाथ तपाइँको प्रोफाइलमा रहेको सबै कन्टेन्ट र डाटा ब्याकअप हुन थाल्छ। एकाउन्टमा रहेको डाटाको साइज अनुसार ब्याकअप तयार हुनका लागि समय लाग्छ। 

७. यो प्रक्रिया सम्पन्न हुनको लागि समय लाग्ने भएकाले अर्काइभ तयषर भएपछि त्यसको नोटिफिकेसन फेसबुक चलाउनका लागि प्रयोग भएको इमेलमा पठाउने गर्दछ।

८. त्यसखालको डाउनलोडको भेरिफिकेसन मेलमा दिएको लिंकमा क्लिक गरेपछि फेसबुकमा रहेको सबै डाटा डाउनलोड हुन थाल्छ।

९. डाउनलोड सुरु हुनु भन्दा अगाडि एक पटक फेसबुकको पासवर्ड टाइप गरेर पुन देखिने डाउनलोड बटनमा क्लिक गरि डाउनलोड गर्न चाहेको निश्चित गर्नुपर्छ।

१०. यति गरेपछि तपाइँको सबै फेसबुकमा रहेको डाटा कम्प्युटरमा डाउनलोड हुन्छ। जुन डाटा कम्प्रेस्ड (जीप)फाइलको रुपमा रहेको हुन्छ। त्यसलाई वीन जीप, सेवेन जीप लगायतका सफ्टवेयर प्रयोग गरेर अनजीप गर्न सकिन्छ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...