Loading...

आकाशबाट देखिएको अलकापुरी

आदीकवि भानुभक्त आचार्यले बयान गरेजस्तो अलकापुरी नभएर ढलकापुरी भएको छ काठमाडौं वास्तवमा। र्सवसाधारण भुई मानिसका लागि स्वार्थ, सत्ता अनि समिकरणको पासा खेल्ने सम्पत्तिवालहरुको शहर हो यो। भूइँचालो र नाकाबन्दीले निसास्सिने बनाए पनि जमिनमा बस्नेहरु यसको रहर मार्न सकिरहेका छैनन्। तब न काठमाडौं छ। सपनाको राजधानी अनि सत्ताको राजधानी।

भुइँचालोले काठमाडौंको स्वरुप बिगार्नु अघि रुसका फोटोग्राफरहरुले विश्वका प्रसिद्ध स्थानहरुको फोटो खिच्ने क्रममा काठमाडौंका विभिन्न स्थानहरुको सानो स्वचालित विमान (ड्रोन) मार्फत आकाशबाट ३६० डिग्री सम्म समेट्ने खालको फोटोहरु खिचेका थिए। एयरप्यानो नामक सो गैरनाफामुलक समुहले काठमाडौंको वास्तविकताको आभाष दिलाउने हेराइ (भर्चुअल टुर)का लागि उच्च रेजुलोसनमा खिचेका यी पाँच तस्वीरमा काठमाडौं साँच्चिकै अलकापुरी देखिएको छ।

आकाशबाट देखिएको सफा र सुन्दर काठमाडौं
01 Aerial Photos of Kathmandu by AirPano

पृथ्वी स्वरुप दृष्टिकोणमा आकाशबाट देखिएको काठमाडौं
02 Aerial Photos of Kathmandu by AirPano

बौद्धनाथ पृथ्वी स्वरुप दृष्टिकोणमा
03 Aerial Photos of Kathmandu by AirPano

बसन्तपुर दरबार क्षेत्र
04 Aerial Photos of Kathmandu by AirPano

स्वयंभू
05 Aerial Photos of Kathmandu by AirPano

एयरप्यानोले तयार पारेको काठमाडौंको भर्चुअल टुरमा यहाँबाट जान सकिन्छ।

काठमाडौंका अरु तस्वीर यहाँ छन्

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ