Loading...

महिलाबाट पुरुषले खोज्ने ७ कुरा

महिला र पुरुषको सम्बन्धमा पुरुष जहिले पनि माथि हुन्छ। यो मानव सभ्यताले नै स्थापित गरेको कुरा हो। जहिले र जुन समाजमा पनि पुरुष महिलाबाट आशा राख्ने स्वभावको हुन्छ। एक खालको शासकवृत्ति हुन्छ पुरुषमा। त्यसैले पनि अधिकांश समाज र परिवार पुरुष प्रधान नै रहेका छन्।

तर, त्यो मानिसको जिवन मात्र सफल हुन्छ जहाँ महिला र पुरुषको सम्बन्ध सुमधुर र सम्मानजनक हुन्छ। त्यसैले त भनिएको छ, सफलताको एउटा आधार हो सम्बन्ध । सम्बन्धलाई कसरी सुमधुर र न्यानो राख्ने भन्ने ’bout हरेकले जानकारी राख्नु पर्छ । सम्बन्धलाई न्यानो र प्रगाढ बनाउने क्रममा कतिपय यस्ता कुराहरुको पनि ख्याल गर्नु पर्ने हुन्छ जसले जीवनमा ठूलो अर्थ राख्छ । मुखले भनिरहदा त्यति राम्रो हुदैन तर नभनिकनै चाहना पुरा हुँदा जतिको मज्जा पनि चरम सन्तोषप्रद हुन्छ नि । पुरुषले महिलाबाट आखिर के चाहन्छन ? यी कुराहरु जानी राखे प्रियसीसँगको सम्बन्ध थप झाँगिएर जान्छन  । हरेक महिलाले जानीराख्नु पर्ने ७ कुरा जुन हरेक पुरुषले आफ्नो प्रियसीबाट आशा गरेका हुन्छन ।

Image: Tumblr

१.प्रशंसा

पुरुषहरुलाई कसैले प्रशंसा गरेको निकै मनपर्दछ तर उनीहरु यस्तो कुरा सजिलै देखाउँदैनन् । उनीहरुलाई तपाईंले झुटो प्रशंसा गरेको त मनपर्दैन तर यदि वास्तवमा नै तारिफ गर्नुहुन्छ भने उनीहरुलाई यो कुरा निकै राम्रो लाग्दछ ।

२. स्वतन्त्रता

पुरुषहरुलाई आफ्नो स्वतन्त्रता निकै प्यारो हुने गर्दछ तर यसको मतलब उनीहरुलाई तपाईंले एक्लै छोडिदिने भन्ने होइन । उनीहरुलाई आफ्नो काम आफैँ गर्न मनपर्छ, यसमा तपाईंहरुले गल्ती नऔँल्याउँदा ने वेश हुन्छ । उनीहरुलाई आफ्नो साथीहरुसँग समय बिताउन दिनुहोस् ।

Image: Tumblr

३. साथ

पुरुषहरुलाई महिलाको साथ निकै प्यारो लाग्दछ । यदि उनीहरु कुनै म्याच खेलिरहेका छन् अथवा टिभि हेरिरहेका छन् भने उनीहरुलाई तपाईं साथमा होस् भन्ने चाहन्छन् । यसबाट यो थाहा हुन्छ कि पुरुषहरु आफ्नो महिलासँग धेरै समय बिताउन चाहन्छन् ।

४. मधुर आवाज

मधुरो बोलीको सबैले प्रशंसा गर्दछन् । पुरुषहरुलाई महिलाको सुरिलो आवाज मनपर्छ । यदि तपाईंको बोली मधुरो छैन भने पनि तपाईंले यसको लागि केहि कोसिस पक्कै गर्नुपर्ने हुन्छ जुन तपाईंको पुरुष तपाईंबाट चाहन्छन् तर कहिले पनि व्यक्ति गर्दैनन् ।

Image: Tumblr

५. प्रोत्साहन

पुरुषहरुलाई प्रोत्साहनको जरुरी हुन्छ । आफूले माया गर्ने व्यक्तिलाई आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरुको भित्रि इच्छा हुन्छ । यसका साथसाथै उनीप्रति तपाईंको विश्वास निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंको साथले उनीहरुको इच्छाशक्तिलाई परिवर्तन गरिदिने गर्दछ ।

६. कदर

पुरुषहरु कदर गरेको मन पराउँछन् । यसका लागि तपाईंले त्यस्तो ठूलो केहि पनि गर्नुपर्दैन, मात्र धन्यवाद काफी हुन्छ । यदि उनले तपाईंलाई डिनरमा लिएर जाँदै हुनुहुन्छ अथवा तपाईंको केहि सामानमाथि हेरविचार गरिदिएकोमा धन्यवाद भन्नुहोस् । यसबाट उनलाई थाहा हुन्छ कि उनले जे गरिरहेका छन् तपाईंलाई त्यसले सकारात्मक प्रभाव पारिरहेको छ जसबाट उनीहरु पनि निकै खुसी हुने गर्दछन् ।

Image: tumblr

७. सम्मान 

आफ्नो सम्मान कसलाई पो प्यारो हुँदैन र ? अझ पुरुषलाई त यो सबैभन्दा प्यारो हुने गर्दछ । तर, यस्तो कुराहरु कहिले पनि बताउँदैनन् । तर यसको मतलब यो होइन कि तपाईं उनको जे कुरामा पनि तारिफ गर्न सुरु गर्नुहोस् । यसको सट्टा उनीहरु तपाईंको जीवनमा कति महत्वपूर्ण छन् भन्ने कुरा देखाउनुहोस् र उनको भावना र बिचारहरुलाई कति सम्मान गर्नुहुन्छ भनेर पनि देखाउनुहोस् ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ