थाहा पाउनै पर्ने पृथ्वीनारायणका १० दिब्य उपदेश

पुस २७ । आज राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरणमा आज देश तथा विदेशमा बिबिध कार्यक्रमका साथ यो दिवस मनाइदै छ । राजा पृथ्वीनारायण शाहले उपत्यका लगायत बाइसी चौबिसी राज्य जितेर नेपाल एकीकरण गरेका थिए । prithwi

नरभूपालशाह र रानी कौशल्यावतीको दाम्पत्यबाट गर्भ रहेको सात महिनामा नै जन्मेका पृथ्वीनारायणको लालनपालन, रेखदेख र शिक्षा दीक्षा भने जेठी महारानी चन्द्रप्रभादेवीबाट भएको हो ।

बीस वर्षे युवा अवस्थामा पृथ्वीनारायण गोरखा राज्यको गद्दीमा बसेका थिए । राजा भएलगत्तै नेपालको एकीकरणको महाअभियानमा होमिए पनि यसरी सतत् रूपमा युद्ध र संघर्ष गरेका उनी बाउन्न वर्षको उमेरमा जीर्णकायका भए । यसबेलासम्म पूर्वमा पल्लो किराँतसम्मका पहाडी भू-भागका साथै गण्डकी नदीदेखि कनकाइ नदीसम्मका तराई क्षेत्र पनि एकीकरणको दायराभित्र आइसकेका थिए। कीर्तिपुरको युद्धमा उनी आफै पनि झण्डै मारिएका थिए ।

उनले जीवनको अन्तिम क्षणमा आफ्ना दरबारिया तथा जनताका नाममा भाइभारदारहरूलाई जम्मा गरी सुनाएका कुराहरु नै दिब्य उपदेश हुन् । यो उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छ । यो उपदेश नुवाकोट देवघाट नजिक पृथ्वीनारायणले मौखिक बताउने र उपस्थित कोही कसैले लिपिबद्ध गरेका हुन् ।

कसले लिपिबद्ध गरेको भन्ने प्रष्ट एकीन नभए पनि उनका एक प्रिय सेनापति ‘बरब्शी’ अभिमानसिंह बस्नेतले पनि सारेर राखेका थिए भन्ने इतिहासमा उल्लेख छ । यिनैका वंशधर बखतमान सिंह बस्नेतको सौजन्यबाट इतिहास शिरोमणि बाबुराम आचार्यले प्राप्त गरी बाबुराम आचार्य र योगी नरहरिनाथको अथक प्रयासबाट पहिलो पटक छापिएको हो ।

दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा रास्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् ।

१- स्रोत साधनको सदुपयोग 

पृथ्वीनारायण शाहले स्रोत साधनको सदुपयोगका लागि सुझाव दिएका छन् । उनले खानी भएको ठाउमा गाउ भए पनि गाउलाई अन्यत्र सारेर खानी चलाउनु पर्ने तथा उब्जनी योग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्ने बताएका छन् ।

dibya11

२- अदालतको पैसा दानमा खर्चिनु 

पृथ्वीनारायण शाह धार्मिक राजा हुन् । त्यसो त एकिकरणका क्रममा उनका थुप्रै धार्मिक यात्रा अध्ययन गर्न पाइन्छ । उनले दिएको उपदेशमा पनि धर्म कर्मका कुरालाई बिशेस प्राथमिकता दिएको पाइन्छ । उनले अदालतको पैसा दरबारमा नलैजान र त्यसको सदुपयोग जोगी, सन्यासी र ब्रह्मानलाई भोजन गराउन सुझाएका छन् । यसो गरे असत्य दोष नलाग्ने उनको बुझाइ छ ।
dibya10

३- मुलुकमा अन्याय हुन् नदिनु 

पृथ्वीनारायण शाहको यो दिब्य उपदेश हरेक नेतृत्वबर्गले हेक्का राख्नुपर्ने देखिन्छ । नेतृत्वबर्गले न्याय निसाफलाई ख्याल गर्न उनले सुझाएका छन् । भ्रस्टाचारीले न्याय निसाफ बिगार्ने र यिनलाई जस्तोसुकै कारबाही गरे पनि पाप नलाग्ने उनको उपदेशमा उल्लेख छ ।
dibya9

४- सुरक्षानिकाय र जनताप्रति बफादार 

उनी सिपाही अर्थात सुरक्षाकर्मी र जनताप्रति कतिसम्म बफादार रहेछन भन्ने कुरा उनको यो उपदेशबाट प्रस्ट हुन्छ । उनले लडाईमा मरेका सिपाहीका सन्ततीलाई प्रोत्साहन गर्न बिभिन्न सुझाव दिएका छन्  ।
dibya8

५-आत्मनिर्भरको अभ्यास

पृथ्वीनारायण शाहले दिएका दिब्य उपदेशमा आत्मनिर्भरका कुराहरु पनि उल्लेख छन्  । उनले बिदेशीलाई देशमा भित्र्याउदा मुलुकलाई कंगाल बनाउन सक्ने भन्दै सुझाएका छन्  । देश भित्रै कपडा बनाउन र त्यसका लागि प्रशिक्षण दिन पनि उनले आग्रह गरेका छन् । साथै उनले त्यति बेला देश भित्रको नगद बाहिर नजाओस भनेर बिभिन्न योजनाहरु पनि बनाएका थिए । उनले जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो भनेका छन्  ।

dibya7

६-  सबै मिलेर मुलुकको रक्षा गर्नु 

उनको यो उपदेश निकै लोकप्रिय छ  । यो उपदेशमा उनको राष्ट्रभाव मात्रै पोखिएको छैन सारा जनतालाई राष्ट्रप्रेम जगाएको छ  ।

dibya5

७- चीनसँग सम्बन्ध राख्नु भारतसँग सतर्क रहनु

नेपाल दुई ढुंगाको तरुल जस्तो रहेको भन्दै पृथ्वीनारायण शाहले दक्षिण छिमेकी सँग सतर्क रहन उहिले भनेका थिए । दक्षिणका बादशाह ‘महाचतुर’ रहेको भन्दै उनले सुरक्षा सतर्कता बढाउन सुझाएका छन्  । साथै उनले जाइ नलाग्न र जाइ लाग्नेलाई नछोड्न पनि उपदेश दिएका छन्  ।
dibya4

८- काठमाडौँको सुरक्षा 

उनले त्यति बेला राजधानी काठमाडौँलाई निकै संबेदनशील क्षेत्रका रुपमा लिएका थिए  । त्यसो त शिवपुरी, चन्द्रागिरी,फूलचोक, महादेवपोखरी, पालु, दाप्चा, काहुल्या लगायतका सिमानामा सुरक्षा ब्यबस्था कडा बनाउन भनेका छन् ।dibya3

diby

९- गुणको होइन नुनको पछि लाउनु 

पृथ्वीनारायण शाहले गुणको भन्दा पनि नुनको पछि लाग्नु पर्ने उपदेश दिएका छन् । आफ्नो सिपाहीलाई अरुले लोभलालचमा पार्लान भन्ने सतर्कताका साथ उनले सुझाब दिएका छन् जुन अझै पनि उत्तिकै सान्दर्भिक छन् ।

diby1

१०- मौलिक सास्कृतिक प्रेम  

आफ्नो देशको मौलिक सस्कृतीप्रतिको उनको क्रेज यो उपदेशबाट प्रष्ट हुन्छ । आफ्नो सस्कृतीको संरक्षण र जगेर्ना आजको आबश्यक बनेको छ ।diby2

दिब्य उपदेशको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

यो दिब्य उपदेश अंग्रेजीमा पढ्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस

पृथ्वीनारायण शाहका रोचक ६ कुरा  

१. पृथ्वीनारायण शाहलाई बाल्यकालमै रामायण र महाभारत खुब पढाइएको थियो।उनी धनुवाण, तरबार र घोडसवारीमा निपुर्ण थिए।

२. २० वर्षको उमेरमा गोर्खाको राजा भएका उनी पिता नरभुपाल शाहले पुण्य प्राप्त गरुन भनि काशि पुगेर गोत्र समेत परिवर्तन गरेका थिए।

३.नेपाल एकिकरणको सपना पृथ्वीनारायण शाहको मात्र थिएन । यो सपना त उनका पिता नरभुपाल शाह थियो। बरु एकिकरण सपना देख्न पनि उनलाई पिताले नै सिकाएका थिए। एकिकरणका लागि उनलाई उत्प्रेरित भने प्रमुख ज्योतिष कुलानन्द ढकालले गरेको बताइन्छ।

४. उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले विवाह भएको थियो। उनले पछी दोस्रो विवाह पनि गरे।

५. पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल, पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पाला मा पनि  एकीकरण भएको थियो। तर एकीकृत नेपाललाई उनीहरुले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोराहरूमा आफ्नै जीवनकालमै बाडेर गए । तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछि नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए।

६. उनले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको तर नेपालले सबै भुभाग कायम राख्न भने सकेन ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...