यस्तो देखायो यसो गर्नुस्

कम्प्युटर चलाउनु भएकाहरुले कम्प्युटरको हार्ड डिस्क, पेनड्राइभ अनि मेमोरी कार्डहरुमा विभिन्न समस्या भोगिरहनुभएको होला। हामीले चलाउँदा विभिन्न सफ्टवेयरहरुको गलत प्रयोग, भाइरस साथै भौतिक क्षतीका कारण पनि कम्प्युटरमा प्रयोग हुने डिस्कहरुमा समस्या देखिन्छ।

तपाइँले कम्प्युटरका वा डिस्कमा क्लिक गर्दा तथा पेनड्राइभ मेमोरीकार्डहरु कम्प्युटरमा खोल्न खोज्दा The disk in drive F is not formatted. भन्ने खालको सन्देश पाउनुभएको होला। कतिले त मेमोरीकार्ड र पेनड्राइभ नखुलेर सबै फाइल गुम्ने गरी फर्म्याट पनि गर्नुभएको होला।
disk is not formated.....computer disk error...pendrive error
यदी तपाइँको कम्प्युटरका कुनै डिस्क वा पेनड्राइभमा यसखालको समस्या देखिएको छ र तस्विरमा जस्तो सन्देश दिएको छ भने तपाइँले सजिलै यस समस्यालाई समाधान गर्न सक्नुहुन्छ। त्यसका लागि निम्न प्रक्रिया अपनाउनुस्।

  • कम्प्युटरको Start मा जानुस् र RUN मा क्लिक गर्नुस्।
  • RUN खुलेपछि त्यसमा cmd टाइप गरेर Enter गर्नुस्।
  • Enter गरेपछि Dos Command देखिन्छ (कालो पृष्ठभूमि भएको पेज खुल्छ)
  • त्यसमा chkdsk/f/x F: (F को ठाउछमा जुन ड्राइभ नखुलेको हो त्यो) टाइप गर्नुस र इन्टर गर्नुस्।
  • तपाइँले इन्टर गरेपछि कम्प्युटरमा नयाँ विण्डोमा ड्राइभ चेक र मर्मतको प्रक्रिया चलेको देखिन्छ। जुन समाप्त भएपछि तपाइँको नखुलेको र फर्म्याट मागेको ड्राइभ सजिलै खुल्छ।
  • यति गरेपछि पनि ड्राइभ खुलेन र अरुनै सन्देश देखायो भने यही प्रक्रियालाई एक पटक दोहोरयाउनुस् त्यसपछि तपाइँको ड्राइभ खुल्छ।
Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...