महोत्सव हेरेर रमाउन आएका आमाहरु धरधरी रोएपछि….

मेला र महोत्सब रमाइलोका पर्याय हुन् । केही नया कुरा थाहा पाउन र रमाइलो गर्नका लागि मेला/महोत्सबमा सहभागी भइन्छ । तर मेला भर्न आएका बृद्ध आमा बुबाहरु गहभरी आँसु झार्दै रोएपछि कसको मन थाम्न सकिएला र ? त्यो पनि एक दुइ जना होइन महोत्सब हेरिरहेका अधिकांश आमाहरुको आँखाबाट आँसु झर्यो ।  हो, कोहलपुर महोत्सबमा यस्तै भयो । मेला हेर्न आएका आमाहरु आफ्नो अतित र यथार्थलाई सम्झेर धरधरी रोए । कसै गरेर पनि उनीहरुले आँसु थाम्न/लुकाउन सकेनन । रमाइलो हेर्न आएका आमाहरु आखिर किन बिरक्तिएर धरधरी रुन बाध्य भए ? आमाहरु रोएपछि त्यहाको माहोल कस्तो भयो ?

महोत्सबमा गायक बद्रि पंगेनीले गाएको गीतले आमाहरुलाई भावुक बनाएका हुन् । गायक पंगेनीले ‘आमा बिदा पाउदिन, अहिलेको साल पनि आमा घरमा आउदिन’ भन्ने बोलको गीत गाउने बितिक्कै महोत्सब हेरेर रमाइरहेका आमाहरुको मन एक्कासी बिरक्तिएको देखिन्छ । छोरा बिदेशिएर दुखा पाएको, घर फर्किन नपाएको र बुहारीले दुख दिएको लगायतका प्रसंगहरु आएपछि महोत्सबमा सहभागी धेरैको आखाबाट आँसु झर्यो । त्यस मध्ये कतिपय त मुख नै छोपेर रुन बाध्य भए । त्यसपछि गायक पंगेनीको गला पनि अबरुद्ध भएको थियो  । स्वयम गायकको आखाबाटै आसु झरेपछि माहोल थप आँसुमी बन्यो । त्यसपछि पंगेनी आफै दर्शक बस्ने ठाउमा पुगेर आमाहरुलाई नरुन आग्रह गर्दै छोराहरु फर्किने आस्वासन दिए ।

हेर्नुहोस् फोटोफिचर 

badri10 badri9 badri8 badri7 badri6 badri5 badri4 badri3 badri2 badri1 badri

यो पनि 

ब्युटी युवतीले बाटोमै कन्डम मागेपछि…(हेर्नुहोस भिडियो)

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...