Loading...

‘लङ् टाइम’ ब्याट्री टिक्ने ६ स्मार्टफोन

के तपाई आफ्नो फोनको ब्याट्री ‘लङ् टाइम’ नटिकेर हैरान हुनुहुन्छ ? उसो भए यो तपाईका लागि खुसीको खबर हुन् सक्छ । धेरैजसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन । वास्तवमा हाम्रै स-साना गल्तीले यस्ता समस्या निम्ति रहेका हुन्छन, जुन हामीलाई थाहा हुदैन । तर बजारमा त्यस्ता स्मार्टफोन पनि छन् जसको ब्याट्री धेरै लामो समयसम्म टिक्छ । कुन कुन हुन् त सबैभन्दा धेरै ब्याट्री टिक्ने ६ स्मार्टफोनहरु ? पढ्नुहोस…

१. मोटोरोला ड्रोइड टर्बो २ motorola

यसमा स्मार्ट फोनहरुमध्ये कै सबै भन्दा धेरै क्षमताको ब्याट्री छ  । ३७६० MAh  क्षमताको ब्याट्री भएको यो फोन ४८ घण्टासम्म चल्छ ।यो फोन गत् बर्ष मात्र सार्वजनिक भएको हो ।  फिचर र स्पेशीफिकेसनका लागि यहाँ क्लिक गर्नुहोस् ।

२) सामसुङ् ग्यालेक्सी एस ७ एडज  samsung

यसको ब्याट्री क्षमता ३६०० MAh छ । एक अध्ययन अनुसार लगातार भिडियो प्ले गर्दा पनि यसको ब्याट्री १० घण्टा टिकेको थियो । फिचर र स्पेशीफिकेसनका लागि यहाँ क्लिक गर्नुहोस् ।

३) सामसुङ् ग्यालेक्सी एस ७ samsung1

यसको ब्याट्री क्षमता ३००० MAh रहेको छ  ।  टेक राडारले गरेको टेस्टमा बिहान ७ बजेदेखि यस मोबाइलमा गेम खेल्दा, म्युजिक सुन्दा यसको ब्याट्री मध्यरात सम्म टिकेको थियो  । फिचर र स्पेशीफिकेसनका लागि यहाँ क्लिक गर्नुहोस् ।

४) आइफोन ६ प्लस  apple

अरु फोनको तुलनामा यसको ब्याट्रीको क्षमता  केहि कम अर्थात् २९१५ MAh मात्र छ  । तर यस फोनले IOS 9 अपरेटिंग सिस्टमको प्रयोग गर्छ जसमा  Low Power Mode को प्रबिधि जडान छ । जब फोनको ब्याट्री २० % भन्दा तल पुग्छ तब   Low Power Mode आफै सुचारु हुन्छ जुनले केहि घन्टाको लागि पुग्ने ब्याट्री बचत गर्छ  । फिचर र स्पेशीफिकेसनका लागि यहाँ क्लिक गर्नुहोस् ।

५) नेक्सस ६ पी  huwai

यसमा कुरा मात्र गरि रहे यसको ब्याट्री २३ घण्टासम्म टिक्छ  । यसलाई केवल १५ मिनेट मात्र चार्ज गरे पनि केहि घण्टाको लागि पुग्छ ।  यसमा ३४५० MAh क्षमताको ब्याट्री छ । फिचर र स्पेशीफिकेसनका लागि यहाँ क्लिक गर्नुहोस् ।

६ ) सामसुङ ग्यालेक्सी नोट ५note 5

यसमा वेबसाइटहरु मात्र चलाउँदा पनि यसको ब्याट्री ८ घण्टासम्म टिक्छ । यसमा  ३००० MAh क्षमतको ब्याट्री छ । यसको फिचर र स्पेशीफिकेसनका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

यो पढ्न छुट्यो कि ?

पुरुषले महिलालाई धोका दिने ७ कारण

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ