डिस 25, 2015 | स्पोर्टस्, हाँसोउठ्दो
देश र समाजको आर्थिक, सामाजिक र भौगोलिक अवस्थाले मानिसहरुको बाल्यकाल र गतिविधि निर्धारण गर्छ। गाउँ नै गाउँले भरिएको र खासै विकास हुन नसकेको कारण अधिकांश नेपाली बालबालिकाले खेल्ने खेलहरु परम्परागत नै छन्। यद्यपी पछिल्लो दशकमा काठमाडौं, पोखरा जस्ता शहरमा कम्प्युटर, भिडियोगेम लगायतका आधुनिक शैलीका खेल पनि भित्रिएका छन्। तर, बालबालिकालाई स्वस्थ एवं चलाख बनाउने कुरामा भने नेपाली परम्परागत खेलहरु नै बढी उपयोगी देखिन्छन्।
यी हुन् नेपाली बालबालिकाका १० खेल जुन तपाइँ हामीले बाल्यकालमा खेल्यौं, अनि धेरै नेपाली बालबालिका गाउँघरमा अझै खेल्दैछन्।
१. कबड्डी

फोटो: chautareesiliguri.com
२. क्यारेमबोर्ड

३. गुच्चा

४. चोर-पुलिस

५. डण्डिबीयो

चित्र: विकिमेडिया
६. फुटबल

फोटो: foxsportspulse.com
७. भलिबल

फोटो: johnnyc1959.wordpress.com
८. लड्डु

९. लुकीमारी

१०. लुडो

यस बाहेक अरु तपाइँका गाउँघर तिर खेलिने कुनै खेल छन् भने कमेन्टमा लेख्नुहोला है,
नोभ 11, 2013 | टेक्नोलोजी
कम्प्युटर चलाउनु भएकाहरुले कम्प्युटरको हार्ड डिस्क, पेनड्राइभ अनि मेमोरी कार्डहरुमा विभिन्न समस्या भोगिरहनुभएको होला। हामीले चलाउँदा विभिन्न सफ्टवेयरहरुको गलत प्रयोग, भाइरस साथै भौतिक क्षतीका कारण पनि कम्प्युटरमा प्रयोग हुने डिस्कहरुमा समस्या देखिन्छ।
तपाइँले कम्प्युटरका वा डिस्कमा क्लिक गर्दा तथा पेनड्राइभ मेमोरीकार्डहरु कम्प्युटरमा खोल्न खोज्दा The disk in drive F is not formatted. भन्ने खालको सन्देश पाउनुभएको होला। कतिले त मेमोरीकार्ड र पेनड्राइभ नखुलेर सबै फाइल गुम्ने गरी फर्म्याट पनि गर्नुभएको होला।

यदी तपाइँको कम्प्युटरका कुनै डिस्क वा पेनड्राइभमा यसखालको समस्या देखिएको छ र तस्विरमा जस्तो सन्देश दिएको छ भने तपाइँले सजिलै यस समस्यालाई समाधान गर्न सक्नुहुन्छ। त्यसका लागि निम्न प्रक्रिया अपनाउनुस्।
- कम्प्युटरको Start मा जानुस् र RUN मा क्लिक गर्नुस्।
- RUN खुलेपछि त्यसमा cmd टाइप गरेर Enter गर्नुस्।
- Enter गरेपछि Dos Command देखिन्छ (कालो पृष्ठभूमि भएको पेज खुल्छ)
- त्यसमा chkdsk/f/x F: (F को ठाउछमा जुन ड्राइभ नखुलेको हो त्यो) टाइप गर्नुस र इन्टर गर्नुस्।
- तपाइँले इन्टर गरेपछि कम्प्युटरमा नयाँ विण्डोमा ड्राइभ चेक र मर्मतको प्रक्रिया चलेको देखिन्छ। जुन समाप्त भएपछि तपाइँको नखुलेको र फर्म्याट मागेको ड्राइभ सजिलै खुल्छ।
- यति गरेपछि पनि ड्राइभ खुलेन र अरुनै सन्देश देखायो भने यही प्रक्रियालाई एक पटक दोहोरयाउनुस् त्यसपछि तपाइँको ड्राइभ खुल्छ।
जुन 28, 2013 | टेक्नोलोजी
कार्यालयबाट निस्कन हतार भएको बेलामा कम्प्युटर बन्द गर्न बिर्सनु भयो? कम्प्युटर खुलै राखेर बाहिर निस्कनु भयो र्फकन समय लाग्ने भयो कम्प्युटर बन्द गर्नुपरयो। यस्तो अवस्थामा घर वा कार्यालय बाहिरैबाट तपाइँको कम्प्युटर बन्द गरिदिन्छ ट्वीटरले।
घर वा कार्यालय भन्दा धेरै पर हुनुहुन्छ। या विदेशमा हुनुहुन्छ र घरमा कम्प्युटर खुलिरहेको छ भने त्यसलाई तपाइँले सजिलै बन्द गर्न सक्नुहुन्छ। अहिले सम्म तपाइँले ट्वीटरलाई माइक्रो ब्लगिङ साइटका रुपमा समय कटाउने वा विचार आदान प्रदानको माध्यमको रुपमा मात्र लिनु भएको होला। तर यो सामाजिक सञ्जाल तपाइँ निक्कै काम लाग्ने औजारको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। त्यसका लागि तपाइँसँग ट्वीटर एकाउन्ट भने हुनुपर्छ। तपाइँ ट्वीटर चलाउनु हुन्छ भने तपाइँले विश्वको कुनै पनि कुनाबाट तपाइँको कम्प्युटरलाई शटडाउन, रिस्टार्ट, लगअफ गर्न सक्नुहुन्छ। त्यो पनि एउटा ट्वीट गरेर।
त्यसका लागि तपाइँले कम्प्युटरमा एउटा सानो सफ्टवेयर राख्नुपर्छ (सितैमा पाइन्छ) साथै तपाइँको कम्प्युटर पनि इन्टरनेटमा जोडिएको हुनुपर्छ। ट्वीटमाइपीसी नाम गरेको यो सफ्टवेयर राखिसकेपछि तपाइँले सफ्टवेयरमा तपाइँको ट्वीटर एकाउन्टलाई भेरिफाइ गर्नुपर्छ। त्यसपछि तपाइँको ट्वीटर एकाउन्ट र पासवर्ड उक्त सफ्टवेयरमा सेभ गरेपछि तपाइँले ट्वीटरको स्टाटस अर्थात् ट्वीटबाटै कम्प्युटरलाई शटडाउन, रिस्टार्ट, लगअफ गर्न सकिन्छ। बस तपाइँले आफ्नो ट्वीटर एकाउन्टबाट Shutdown, Restart, Logoff शब्द ट्वीट गरे मात्र पुग्छ।

यदी तपाइँ आफ्नो कम्प्युटर पनि ट्वीट गरेर बन्द गर्ने गराउन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर ट्वीटमाइपीसी डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि आफ्नो ट्वीटर एकाउन्ट भेरिफाइ गर्नुस्। एकाउन्ट भेरिफाइ गर्दा प्राप्त हुने कोडलाई ट्वीटमाइपीसीमा राखेर सेभ गरेपछि तपाइँको ट्वीटले एक मिनेटमा नै कम्प्युटर बन्द गरिदिन्छ।
जुन 26, 2013 | टेक्नोलोजी
कम्प्युटर प्रयोग गर्नेहरुलाई कम्प्युटर सुस्तो खुलेर र ढिलो बन्द भएर हैरान बनाएको हुन्छ। तपाइँले दैनिक नै कम्प्युटर ढिलो बन्द भएका कारण घर वा कार्यालयबाट निस्कन ढिलाइ भोग्नुभएको होला। कम्प्युटरको अपरेटिङ सिस्टम बन्द हुनका लागि केही समय लागिहाल्छ। त्यो तपाइँ हामीलाई हतार भएको बेलामा निक्कै लामो लागिरहेको हुन्छ।
त्यसैले कतिपयले कम्प्युटरलाई छिटो बन्द गराउनका लागि फोर्स सटडाउन जस्ता सफ्टवेयर पनि हालेका हुन्छन्। तर, सफ्टवेयर राखेर छिटो कम्प्युटर बन्द गराउनु भन्दा सजिलो र भरपर्दो उपाय पनि छ। जसले तपाइँको कम्प्युटर तपाइँले चाहे जसरी नै छिटो बन्द हुने बनाउँछ। त्यसका लागि कुनै सफ्टवेयरको आवश्यकता पनि पर्दैन अनि कम्प्युटरको पावर बटन दबाउन वा तार फुस्काउन पनि पर्दैन। त्यसका लागि सानो उपाय मात्र लगाए हुन्छ।

तपाइँले आफ्नो कम्प्युटरलाई छिटो बन्द गराउन चाहनुहुन्छ भने कम्प्युटरको रजिष्ट्रीमा सानो परिवर्तन गरे मात्र हुन्छ। (यसखालको परिवर्तन गर्दा सामान्यतया कम्प्युटरमा खराबी नआउने भएपनि रजिष्ट्री फाइल ब्याकअप गर्न तथा सावधानी अपनाउन अनुरोध गरिन्छ)
त्यसका लागि तपाइँ आफ्नो कम्प्युटरको स्टार्ट बटनमा क्लिक गर्नुहोस्। त्यसमा रहेको RUN मा क्लिक गरेर regedit टाइप गर्नुहोस्। त्यसपछि ओके वा इन्टर गर्नुहोस्। त्यसपछि देखिने Registry Editor वीण्डोमा त्यसपछि HKEY_CURRENT_USER मा त्यसपछि Control Panel र Desktop मा क्लिक गर्नुहोस्। Desktop मा क्लिक गरेपछि तपाइँले दायाँ तर्फो बक्समा WaitToKillServiceTimeout लेखेको फाइल देख्नुहुन्छ। त्यसलाई दायाँ क्लिक गरेर Modify मा क्लिक गर्नुहोस्।

यसरी क्लिक गरेपछि WaitToKillServiceTimeout लेखेको एउटा बक्स वीण्डो देखिन्छ जसमा भ्यालुमा कुनै अंक लेखिएको पाउनुहुनेछ। त्यसलाई परिवर्तन गरेर १००० भ्यालु राख्नुहोस् र OK मा क्लिक गरेर छोड्नुहोस्।
यती गरिसकेपछि तपाइँको कम्प्युटर पहिले भन्दा धेरै छिटो बन्द भएको अनुभव गर्नुहुनेछ।
वीण्डोज सेभेन चलाउनुहुन्छ भने रजिस्ट्री एडिटरमा गएपछि HKEY_LOCAL_MACHINE त्यसपछि SYSTEM त्यसपछि CurrentControlSet त्यसपछि Control मा गएर WaitToKillServiceTimeoutलेखिएको फाइल पाउनुहुन्छ। त्यसमा क्लिक गर्दा आउने WaitToKillServiceTimeout लेखिएको वीण्डोमा रहेको भ्यालु डाटा भन्ने अप्समा देखिने १२००० लाई २००० मा परिवर्तन गरेर ओके गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो बन्द हुन्छ।
यो पनि पढ्नुहोस् :
छिटो खुल्ने बनाऔं कम्प्युटर
जुन 25, 2013 | टेक्नोलोजी
कम्प्युटर ढिलो खुलेर हैरान हुनुभएको छ? तपाइँको कम्प्युटर खुल्न धेरै समय लगाउँछ भने तपाइँलाई कम्प्युटर चलाउन नै हैरान लाग्छ। कम्प्युटरमा हामीले राखेका विभिन्न सफ्टवेयरहरु पनि कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटर सुरुमा खुल्नको लागि समय लिने हो। ’cause
हामीले कम्प्युटरमा विभिन्न सफ्टवेयरहरु इन्स्टल गर्दा खासै ध्यान नदिइ अघिल्लो अघिल्लो स्टेपमा गइरहेका हुन्छौं। विभिन्न सफ्टवेयरको इन्स्टल गर्दाको डिफल्ट सेटिङ कम्प्युटरसँगै खुल्ने भन्ने हुन्छ। त्यसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग त्यस्ता सफ्टवेयरहरु खुल्न थाल्छन्। जसले गर्दा कम्प्युटरको स्वीच अन गरेपछि तपाइँले चलाउनका लागि तयार बन्नका लागि कम्प्युटरले समय लिन्छ।
तपाइँ आफ्नो कम्प्युटरलाई यी पाँच तरिका अपनाएर छिटो बनाउन सक्नुहुन्छ
तर यसखालको खुल्नमा हुने ढिलाइलाई कम गराएर छिटो कम्प्युटर खुल्ने बनाउन पनि सकिन्छ। त्यसका लागि तपाइँले कम्प्युटरसँगै खुल्ने सेटिङ भएका सफ्टवेयरहरुलाई कम्प्युटरसँगै नखुल्ने बनाउन सक्नुहुन्छ। यसले गर्दा कम्प्युटर अन हुनासाथ सबै सफ्टवेयरहरु खुल्दैनन्। तपाइँलाई कम्प्युटर खुल्नासाथ सबै खालका सफ्टवेयर एकै पटक चाहिने पनि होइन। आफूलाई चाहिएको समयमा खोल्न सकिने भएकाले त्यस्ता सफ्टवेयरलाई कम्प्युटरसँगै खुल्ने नबनाउने हो भने तपाइँको कम्प्युटर छिटो खुल्ने बन्छ।
त्यसका लागि तपाइँले वीण्डोज सेभेन तथा ऐटमा वीण्डोजको स्र्टार्ट मेनुमा गएर त्यहाँ रहेको खोजी बक्समा RUN टाइप गर्नुपर्छ। त्यसपछि देखिने RUN मा क्लिक गरेपछि देखिने रन बक्समा msconfig टाइप गरेर इन्टर वा ओके गर्नुपर्छ। यति गरेपछि देखिने (माथिको तस्विरको जस्तो) वीण्डोमा स्टार्टअप लेखेको ट्याबमा गएर त्यहाँ देखिएका सफ्टवेयरमा रहेको ठीक चिन्हलाई हटाइ दिनुपर्छ। यसरी ठीक चिन्ह हटाउँदा आफूले चिनेका सफ्टवेयर जस्तै स्काइप, भाइबर, क्रोम, एडोब एजेन्ट लगायतलाई मात्र हटाउनु पर्छ। तपाइँले नचिनेका सफ्टवेयर वा प्रोग्राममा भएका ठीक चिन्ह भने नहटाउनु होला। यसरी ठीक चिन्ह हटाउँदा एन्टीभाइरस सफ्टवेयरमा रहेको ठीक चिन्ह भने हटाउनु हुँदैन।
यदी तपाइँ वीण्डोज एक्सपी चलाउनुहुन्छ भने सिधै स्र्टार्ट मेनुमा रहेको रनमा गएर msconfig टाइप गरेर अघि जान सक्नुहुन्छ।
यति गरेपछि कम्प्युटरले रिस्टार्ट माग्छ। र तपाइँले रिस्टार्ट गरेपछि कम्प्युटर छिटो खुल्छ।