शब्दमा आधारित भएर गरिएको संग्रह: डाउनलोड

सजिलै डाउनलोड गरौं भिडियो

यूट्यूब वा अन्य वेबसाइटका भिडियो डाउनलोडका लागि फरक फरक ब्राउजरमा अनेकन एडअन तथा भिडियो म्यानेजर राख्नुभएको छ। वा त्यस्ता एडअन्सका कारण ब्राउजर ढिलो भएको अनुभव गर्नुभएको छ भने त्यसको विकल्प छ

Read More »

सबै फाइल खुल्छ यसरी

तपाइँले इन्टरनेटबाट डाउनलोड गरेका तथा कसैले इमेलमा पठाएका फाइलहरु आफ्नो कम्प्युटरमा खोल्न नसकिरहनु भएको होला। आम कम्प्युटर चलाउने व्यक्तिले भोग्ने समस्या हो यो। आफ्नो कम्प्युटरमा रहेको सफ्टवेयरले सपोर्ट नगर्ने (नचिन्ने) फाइल खोल्नका लागि निक्कै धामा हुन्छ। हुन पनि कम्प्युटर चलाउने तपाइँ हामी सबैले हरेक दिन फरक फरक प्रकारका फाइलहरु चलाइ रहेका हुन्छौं। कम्प्युटरमा काम गर्दा त्यसमा रहेका सफ्टवेयरबाट अनेकन प्रकारका फाइलहरु उत्पन्न भइरहेका हुन्छन्। विशेषता फरक फरक हुने ती फाइलको प्रयोजन र प्रयोग पनि फरक हुन्छ। साथै ती फरक फरक खालका फाइल हेर्नका लागि पनि फरक फरक सफ्टवेयर पनि आवश्यक हुन्छ। तर सबै खालका फाइल खोल्न सक्ने सफ्टवेयर हाम्रो कम्प्युटरमा हुँदैन। जसले गर्दा नयाँ खालका फाइल इमेल वा पेनड्राइभको माध्यमबाट आयो कि खोल्नलाई धामा पर्छ। कतिपय अवस्थामा त तपाइँले खोल्ने नसकेको अनुभव पनि होला। तर यसखालको समस्याबाट जोगिने र सबै प्रकारका फाइलहरु कम्प्युटरमा खोल्ने एउटा सहज उपाय पनि छ। त्यो हो एउटा सानो सफ्टवेयर राख्ने जसले सबै खाले करिब ८० प्रकारका कम्प्युटर फाइल खोल्न सक्छ।

Read More »

ब्राउजरमै अलार्म

अलार्म, हामी सबै योसँग परिचित छौं। विहान कलेज जानका लागि उठ्न होस् या कुनै कुराका लागि समय सम्झाउन। समयको बारेमा सचेत हुन र पार्नका लागि सबैले अलार्म लगाइरहेका हुन्छौं। विभिन्न कुराका लागि समय सम्झाउन प्रयोग गर्ने यो अलार्म घडी र मोबाइलमा यसखालको सुविधा प्रयोग गर्दै आइरहेकै हो। अनलाइन भएको दैनिकीमा पनि यो अलार्म त्यतिकै महत्वपूर्ण बनेको छ। कम्प्युटरमा दैनिक काम गर्नेहरुलाई चिया देखी विभिन्न व्यक्तिसँगका भेट लगायतका सबै कुरा सम्झाउनका लागि अलार्म बजाउनका लागि एउटा यस्तो वेबसाइट छ जसले समयको गणना गरेर उपयुक्त समयमा तपाइँलाई सम्झाउँछ।

Read More »