किन रहस्यमय लाग्यो सुशील कोइरालाको मृत्यु ? यस्ता छन् शंकाहरु

किन रहस्यमय लाग्यो सुशील कोइरालाको मृत्यु ? यस्ता छन् शंकाहरु

क्यान्सर समेत जितेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको एक्कासी मृत्युको खबर सुन्दा मंगलबार बिहान धेरै नेपाली अचम्मित बने । न बिरामीको हल्ला थियो न त कुनै दुर्घटना नै । त्यसैले पनि धेरैले पत्याएनन तर नपत्याई सुखै भएन ।

ठूल्ठूला अस्पतालहरुको नजिक बस्ने पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्यु घरमै भएपछि यति बेला उनको मृत्युमाथि शंकै शंका उब्जिन थालेका छन् । यति मात्र होइन उनलाई ओढाइएको सिरक र उनको निधारमा समेत रगतको दाग देखिएपछि शंकाले लंका जलाउने प्रमाण मिलेको छ ।sushil

निधारमा लगाएको चन्दन टिकाले रगतको दाग छोपिएको देखिन्छ भने सिरकमा प्रष्ट रातो दाग देखिन्छ । कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको बयान सुन्ने हो भने धेरैले अनुमान लगाउन सक्छन, कोइरालाको निधन जति आश्चर्यमिश्रित बन्यो, उति नै रहस्यमय पनि । किनकी उनीहरु बिचका कुरा पनि बाझिएका छन् ।

७९ वर्षीय कोइराला विगतमा क्यान्सर रोगी थिए । बुढ्यौली उमेरसँगै उनलाई क्रोनिक ब्रोङकाइटिस थियो । यसबीचमा निमोनिया पनि भएको उनका निजी चिकित्सक डा. करबीरनाथ योगीले बताएका छन् । घरमै उनलाई अक्सिजन दिएर राखिएको डा. योगीले बताएका छन् । उनका अनुसार कोइरालालाई इनजेक्सनबाट एन्टिवायोटिक दिइएको थियो । इन्जेक्सनबाट एन्टिवायोटिक दिनु गम्भीर स्वास्थ्य अवस्ताको द्योतक भएको कतिपय चिकित्सकहरुले बताएका छन् । sushil1

कोइरालाले केही दिनदेखि हिँडडुल गर्न छाडिसकेका थिए । टाढाका जिल्ला पुग्न नसके पनि काठमाडौंको जिल्ला अधिवेशनमा समेत उनी जान सकेनन् । यसबाट उनको स्वास्थ्य कस्तो भइसकेको थियो भन्ने प्रष्टिन्छ । स्वास्थ्य स्थिति कमजोर भएको सार्वजनिक भएमा महाधिवेशनमा उम्मेदवार बन्न र चुनाव जित्न सकिन्न भन्ने ध्येयले उनलाई अस्पताल लगेर उपचार नगरिएको अनुमान गर्न सकिन्छ ।कांग्रेस महाधिवेशनलाई ध्यानमा राखेर स्वास्थ्य स्थिति गुपचुप राख्ने प्रयास गरिँदा कोइरालाको घरमै निधन भयो ।

त्यसो त उनको निधनसंगै सामाजिक संजालमा शंका उपशंका र आक्रोशले भरिए । अन्नपूर्णपोष्टमा लामो समयदेखि अपराध बिटमा कार्यरत सुवास गोतामेले फेसबुक स्टाटस पोस्ट गर्दै लेखेका छन्–‘कुरो खोजको विषय छ । पुर्व प्रधानमन्त्री सुशील कोइरालाको राति मृत्यु भयो । उनलाई किन अस्पताल लगिएन ? कि उनको रेखदेख पुगेन । कि अस्पताल लैजान आवश्यक ठानिएन। बिरामी थिए भने किन समयमा अस्पताल पुर्याइएन ? यो खोजिको अनुसन्धानको बिषय छ । अकस्मात भित्र कुनै षड्यन्त्र त छैन ? शंका गर्न सबैलाई छुट छ ।’  shanka2

पत्रकार तथा लेखेक नरेन्द्र जंग पिटर फेसबुकमा लेख्छन् ‘काग्रेस महाधिवेशनकाे पूवर्सन्ध्यामा भएकाे काेइर्रालाकाे मृत्यूले अनेकाैँ जिज्ञाशा र अासंका जन्मार्इदिएका छन । राजनीति क्रुर हुन्छ, देखिएका भन्दापनि नदेखिएका पक्षहरू धेरै हुन्छन् ‘ । यति भन्दै उनले ६ प्रश्न गरेका छन् । हेर्नुस उनका प्रश्न :

१) त्याे अभेध्य किल्ला कुन थियाे, जस्ले अाफना नेताकाे विग्रएकाे स्वास्थवारे जनता र मिडियाले पनि चुँसम्म थाहा पाँउन सकेन ? राज्यले उँहाको  स्वास्थलार्इ कराेडाैँ तखर्च गरिसकेकाे थियाे, याे अवस्थामा किन उहाँलार्इ सुविधा सम्मपन्न अस्पताल लगिएन ?

२) अशक्तताकाे वाबजुद किन उहाँलार्इ नै सभापतिकाे उमेदवार बन्न विवस गरार्इयाे ? अवकाे नेपाली काग्रेसकाे बाटाे के ? के काेइरालापरिवारवाट काग्रेसी नेतृत्व अन्त सर्नेकालकाे याे पूर्वसन्ध्या नै हाे ?

३) निवर्तमान प्रधानमन्त्री र प्रतिपक्षदलकाे प्रमुख नेताकाे स्वास्थवारे सरकार जानकार त थियाे ? narendra jung peter

४) साेसल मिडियामा भार्इरल भएकाे र अनलाइर्इन मिडियाले समाचार बनाएकाे उनकाे टाउकाकाे चाेट र सिरकमा रहेकाे रगतकाे दाग के, कसाे हाे ?

५) मूलधारका छापा मिडियामा यत्राे ठूलाे खवर कसरी अाँउन सकेन ? (नेपाली पत्रकारिताकाे हैसियत)

६) भूकम्पपछि थिलथिलाे भएकाे, हिमपात र ठंडी झेलीरहँदा लाखाैँलार्इ असर, हजाराैकाे मृत्युकाे कारक बनेकाे नाकावन्दीकाे दाेषी भारतिय सत्ताले एकाएक काेर्इरालामृत्युमा देखार्इएकाे श्रषृषीमनभित्र खवरभित्रकाे खवर र अासय मानवियता नै हाे त ?

पत्रकार, लेखक तथा अधिबक्ता समेत रहेका स्वागत नेपालले पनि घटनालाई छानबिन गर्न पर्ने इंगित गर्दै भनेका छन् ‘ ज्ञानेन्द्रलाई भातृशोक पर्दा शंका गर्नेहरु माथि पनि शंका गर्न पाउनु पर्छ’  ।

shanka1

त्यस्तै अर्का संचारकर्मीले सुशील कोइरालाको मृत्यु हो कि हत्या भन्दै छानबिन गर्न माग गरेका छन्  ।

sushil fb

अर्का एक पत्रकार लेख्छन् ‘सुशील कोइराला केही दिन देखि निमोनियाले सिकिस्त थिए भने किन अस्पताल पुर्याइएन ?? सुशीलको मृत्यु हो कि हत्या ? छानबिन हुन जरुरी छ !’

sushil fb2

हेर्नुस फेसबुकका अन्य पोस्ट

fb sushil 4

fb sushil 3
shanka

 ट्वीटरमा पनि यहि बहस ।

 sushil twitsushil twit2sushil twit3sushil twit4sushil twit5
यद्दपी कोइरालाको पारिबारिक स्रोतले भने उनको मृत्यु प्राकृतिक नै भएको बताउदै हल्लाको पछि नलाग्न आग्रह गरेको छ । यस बिषयमा थुप्रै अनलाइनहरुले समाचार सामग्री प्रकाशन गरेका छन् ।
सकारात्मकमा प्रकाशित यो समाचार पढ्नुहोस : कोइरालाको स्वास्थ्य स्थिति लुकाउन अस्पताल लगिएन
नयाँ शक्तिलाई ७ प्रश्न

नयाँ शक्तिलाई ७ प्रश्न

 

नयाँ शक्तिको नाममा पुराना र आफ्नो क्षेत्रमा असफल साबित भएकाहरुलाई अग्रमोर्चामा राखेर सार्वजनिक गरेपछि लामो समय चर्चामा रहेको बाबुराम भट्टराईको नयाँ शक्ति नयाँ लेबलमा पुरानै रक्सी रहेको आम टिप्पणी सुनिन थालेको छ। आम जनताको सार्वजनिक मञ्चका रुपमा रहेका चिया अनि भट्टी पसलहरुमा बाबुरामको नयाँ शक्तिले खासै मानिसहरुलाई आकषिर्त गर्न सकेको छैन। तर पनि केही सिमित मिडियाले भने उनलाई अझै नेपालमा विकासको मुल फुटाउन सक्ने र्’इन्द्रका बाउ चन्द्र’का रुपमा नै चित्रण गर्न भने छोडेका छैनन्। माओवादीमा रहँदै देखी बाबुराम भट्टराईको भारत सम्बन्ध आम मानिसमा चासोको विषय रहँदै आएको छ। त्यसो त भट्टराईकी श्रीमती हिशिला यमीको आर्थिक हैसियत र उनी जोडिएको भ्रष्ट्राचारको विषयले पनि उनको राजनीतिक छविलाई धुमिल पारेको छँदैछ।

आम मानिसले आशा गरेको व्यक्तिका रुपमा उदाएका बाबुराम भट्टराईलाई लोकप्रियताको शिखरबाट ओर्लन खासै समय लागेन। यद्यपी राजनीतिको खुला बजारमा नयाँ दोकान खोल्न खोजेका उनलाई उनले बिगतमा गरेका काम, निर्णय र बाचाका ’boutमा जनतालाई जवाफ नदिएसम्म नयाँ शक्तिको दोकान चलाउन भने मुस्किलै हुनेछ। नयाँ शक्तिका रुपमा उदाउन खोजेका बाबुरामसँग जनताले जवाफ पनि खोजेका छन् जुन सामाजिक सञ्जाल र मिडियामा पनि सार्वजनिक भइ नै रहेका छन्।

यसै क्रममा अमेरिकाको मासाचुसेटसमा बस्ने नेपाली उद्यमी रुद्र पाण्डे (पाण्डेका ’boutमा यहाँबाट जान्नुहोस्) ले सामाजिक सञ्जाल फेसबुक मार्फत नयाँ शक्ति र बाबुराम भट्टराईलाई सात प्रश्न राखेका छन् जसको जवाफबाट मात्र आर्थिक पारदर्शिता, सुशासन, विधिको पालना लगायत उनको राजनीतिक भविष्यको आँकलन गर्न सकिन्छ। उनका प्रश्नहरु यस्ता छन्।

Image: The Himalayan Times

१. उहाँको ललितपुरको ३-४ रोपनीको कम्पाउन्डमा बनेको घर भाडामा हो कि किनेको हो ? किनेको भए पैसाको श्रोत के हो ?

२. उहाँले प्रधानमन्त्री हुना साथ नेपालमा बनेको मुस्ताङ्ग गाडी किन चढेको ? सस्तो लोक प्रियताको लागि की साँच्चिकै देशको उद्योगलाई टेवा दिन ? उद्योगलाई टेवा दिनै गरेको भए पछि गएर किन उहाँले मुस्ताङ्गलाई जुम्राले सिनुलाई छोडेको जस्तो छोडेको त ?

३. काठमाडौँ उपत्यका प्राधिकरणका आयुक्त केशब स्थापितलाई उहाँको सरकारले किन राख्ने बित्तिकै निकालेको ? के मा कुरा मिलेन ?

४. उहाँको आर्थिक नीतिको जड के हो त ? प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उहाँ अर्थमन्त्री भएकै हो। उहाँ आफै प्रधानमन्त्री हुँदा पनि अर्थ लगायतका सबै मन्त्रीहरु उहाँकै अन्तर्गत थिए। तेतिबेला त खासै केहि गर्न सक्नु भएन। अब चैं उहाँले आकाशको तारा खसाल्न हुन्छ भनेर जनताले के आधारमा विश्वास गर्ने ?

५. उहाँ उद्यमशीलता बढ़ाउंछु भन्नु हुन्छ। तर कसरि भनेर जनतालाई प्रष्ट बुझ्ने भाषामा सम्झाउनु पर्यो। बढ़ाउंछु भनेर त सबैले भनेका छन्। उहाँको नीतिमा के फरक छ त ?

६. उहाँले प्रधानमन्त्री कार्यालयमा जनताले सोझै फोन गरेर पीर मर्का पोख्न सकुन भनेर “हेलो सरकार” कार्यक्रम राख्नु भो। फोन त आए फोनको जवाफ कहिल्यै आएन। यसरी आफैले सुरु गरेको सधारण कामलाई त सुचारु र सफल गर्न नसक्ने मान्छेसंग नयाँ शक्ति संचालन गर्ने योग्यता छ भनेर कसरी विश्वास गर्ने जनताले ?

७. प्रधानमन्त्री हुँदा उहाँ र उहाँको श्री मती महिनै पिच्छे गाउँ गाउँमा गएर गुन्द्री र पिर्कामा बसेर साग भात र आलुको अचार खानु भो। त्यो कार्यक्रमबाट जनताले के पाएत ? र उहाँले के सिक्नु भो ? फलस्वरूप उहाँको सरकार संचालनमा के फरक आयो त ? की यो पनि “मिडियामा” देखिन गरेको स्टन्ट थियो ?

आशा छ कसैले यी प्रश्नहरु उहाँ समक्ष पुरयाईदेला ? सही प्रजातान्त्रिक देशहरुमा अचेल जनताले राजनीतिज्ञहरुलाई यस्तै सिधा जवाफ सोध्छन र जवाफ पनि लिएर छोडछन्। नेपालमा जनता र राजनीतिज्ञहरुको बिचमा सम्बाद नै हुँदैन। नेताहरु खाली भाषण ठोक्छन र आफना चम्चाहरुको घेराबाट कहिल्यै बाहिर निस्क्दैनन। अनि कहाँबाट प्रजातन्त्र फस्टाओस् ?

प्रधानमन्त्री ओलीका ४ कमजोरी

प्रधानमन्त्री ओलीका ४ कमजोरी

काठमाडौँ २० पुस ।

प्रधानमन्त्री केपी शर्मा ओली, देशले पाएको अर्को रोगी नेतृत्व हो। गिरिजाप्रसादबाट सुरु भएको रोगले थलिएका र समकालिन समाजको सोचाइको दायरा भन्दा निक्कै पर पुगेका व्यक्तिहरु सत्ता सञ्चालनमा पुग्ने  क्रमको निरन्तरतामा शुसिल कोइराला पछिको पालोमा परे उनी। हुन त राजनीतिमा शारिरीक भन्दा पनि मानसिक र्इच्छा शक्ति र निर्णय क्षमता महत्वपूर्ण हुन्छ। तर र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्। यति सम्म कि उनको कुरा र काममा कुनै संगती पाउन सकिन्न।

र्इच्छाशक्ति र सोचाइको हिसाबमा पनि ओलीले आफूलाई निरोगी र सबल साबित गर्न सकेनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाहे जस्तो काम गर्न नसकेको भन्दै आत्मलोचना गर्दै आएका छन । त्यसो त भारतीय नाकाबन्दीका कारण पनि आफ्नो कार्यकालमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको उनको टिप्पणी छ तर विडम्वना नाका खोल्नतिर भने खासै चासो दिएको देखिदैन । परिणमतः नेपाली जनताले न्यूनतम आधारभूत आवश्यकताका लागि समेत सोर्स लगाउनु पर्ने अन्यथा भोकै दिनरात विताउनु पर्ने अवस्था सिर्जना भएको छ । जुन प्रधानमन्त्रीले वुझेर पनि वाध्यतावशः वुझ पचाईरहेका छन् । बाहिरी  आँखाले हेर्दा चनाखो जस्तो देखिए पनि प्रधानमन्त्री ओली भित्रभित्रै कतिसम्म कमलो रहेछ भन्ने कुरा बल्ल खुल्न थालेको छ । हेरौ प्रधानमन्त्रीका मुख्यतः ४ कमजोरी जसले गर्दा आम सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् ।

kp

सत्ता टिकाउन फुपुको सराद्धे 

नेपालीमा भनाइ छ, लुटको धन फुपुको सराद्ध। त्यस्तै झैं केपी ओली यतिखेर मन्त्रालय फुटाएर मनलागि मन्त्री पद बाँढ्ने अभियानमा छन्। संविधानले कल्पना गरेको भन्दा धेरै मन्त्रालय र मन्त्री बनाएर संविधान लागु गर्ने अभिभारा रहेका उनी आफैले संविधान विपरितका गतिविधि गरिरहेका छन्।

प्रधानमन्त्रीको सवैभन्दा ठूलो कमजोरीका रुपमा देखा पर्न थालेको कमजोरी हो- सत्ता टिकाउने खेल । उनले आफ्नो सत्ता लम्ब्याउनका लागि आँखा चिम्लेर लागि परेका छन । उनको मनस्थितीमा सवैलाई सत्ता दिएर सवै समस्या समाधान हुन्छ भन्ने छ जुन सरासर गलत हो । चोरलाई चावी दिने ओलीको रणनीतिले फेल खाने निश्चित छ जसको संकेत अहिले नै देखिन थालेका छन् । मन्त्रालयलाई टुक्रा टुक्रा पारेर सत्ता टिकाउनकै लागि मुलुकको ढुकुटी रित्याउनु भनेको एकखाले ठूलो राष्ट्रघाटी कदम हो । यसले मुलुकलाई त भड्खालोमा डुबाउछ नै साथसाथै प्रधानमन्त्री स्वयंलाई पनि घाँडो बन्ने पक्का छ । आधा दर्जन उपप्रधानमन्त्री बनाएर सत्ता टिकाउने रणनीतिमा लागेका ओली पुनः करिव तीन दर्जन मन्त्रालय थपथाप र टुक्राटाक्री बनाएर विरोधीलाई गुपचुप राख्ने दाउमा छन् । यो उनको ऐतिहासिक गल्ती हुने देखिएको छ । यो उनको सवैभन्दा मुर्खतापूर्ण कमजोरी हो ।

सावाँ अक्षरको उखाने प्रवृति

केपी ओलीको शैक्षिक पृष्ठभूमि अहिलेको जुग जमाना अनुसार भन्दा साक्षर मात्र हो भन्दा फरक नपर्ला। उनले राखेका सल्लाहकार पनि राजनीतिक कार्यकर्तालाई भर्ति गर्ने र राज्यकोष खर्चने बाहेक देशलाई केही गर्न सक्ने ल्याकत भएका देखिँदैनन्। त्यसैले त कमनसेन्स भएका मानिसले भन्नै नसक्ने कुराहरु प्रधानमन्त्रीबाट घोषणा भइरहेका छन्।

ओलीको शैक्षिक पृष्ठभूमि अहिलेको जुग जमाना अनुसार भन्दा साक्षर मात्र हो भन्दा फरक नपर्ला

प्रधानमन्त्री ओलीको अर्काे कमजोरी हो उखाने प्रवृति । मनमा लागेका कुरा प्वाक्क बोलि दिँदा उनी धेरै पटक चिप्लेका छन । पार्टी अध्यक्ष मात्रै होईन प्रधानमन्त्री भैसक्दा पनि उनले झोलामा हात्ती अटाई दिने खालका टिप्पणीहरु गर्दै आएका छन । एकातिर खाना पकाउने ग्याँसको अभावले सर्वसाधारण भोक तार्ने सकस परिरहेका बखत प्रधानमन्त्री ओलीले भने हावाबाट विजुली निकालेर लोडसेडिङ हटाउने प्रतिक्रिया दिएपछि उनलाई सर्वसाधारणले हावामै उडाई दिए । भूकम्प र नाकाबन्दीलै चरम सास्ती खेपिरहेका सर्वसाधारणलाई उनको अभिव्यक्तिहरु तिखो वाण बन्ने गरेको छ । त्यसो त कतिपयले उनलाई ख्यालख्यालैमा सत्ता टिकाउने कसरतमा रहेको भन्दै आलोचना गर्न थालेका छन् ।

जनआवाजको वेवास्ता

तराईमा आन्दोलन चल्दा पाकेको आँप झरेको संज्ञा दिने ओलीले सरकारमा आउँदा जस्तो मानिसहरुको र्समर्थन पाएका थिए त्यसको विपरित जनाकांक्षालाई रदि्दको टोकरीमा हाल्ने काम गरे। भूकम्पबाट पिडीत बनेका परिवारलाई राहत दिने र पुन निर्माणको कामलाई अघि बढाउनुपर्ने गम्भिर समयमा पुननिर्माण प्राधिकरणमा नियुक्तिलाई लिएर आर्थिक शुभलाभको पक्षलाई जोड दिएर जाडोमा कठ्यांग्रिएर भूकम्प पिडीत मर्ने सम्मको स्थिती ल्याए।

जनताको भावना र आवाज नसुनेको भन्ने सन्दर्भमा आफू फेसबुक, टि्वटर हेरेर काम गर्ने मानिस नभएको भन्ने उनले आफ्नो ’boutमा लेखेर पत्रकारहरुले जागिर पचाउने अवस्था बनाइदिएको सम्म भन्न भ्याए। विज्ञान र प्रविधिको आजको युगमा पनि प्रधानमन्त्री ओली फेसबुक ट्वीटरबाट टाढा छन् । हुन त प्रधानमन्त्री ओलीले ट्वीटर प्रयोग गर्ने गरेका छन तर सामाजिक सञ्जालमा आएको टिप्पणी र जन दबाबमा खासै ध्यान दिएको देखिदैन । त्यसो त प्रधानमन्त्री ओली स्वयंले केही दिन अघि एक कार्यक्रममा आफू फेसबुकमा आएको दबाबका आधारमा काम नगर्ने अभिव्यक्ति दिएका थिए । स्मरणीय कुरा के हो भने अहिले देशको समसामयीक अवस्थाको विश्लेषण र आवश्यकताका  सामाजिक संजाल एउटा चौतारी बनेको छ जुन प्रधानमन्त्री ओलीले वेवास्ता गरेका छन । जसले गर्दा पनि उनकौ मनस्थिती पुरातन सोचतर्फ उन्मुख भएको देखिन्छ ।

सिन्को पनि भाँचेनन्

राजनीतिमा संकटलाई अवसरको रुपमा लिइन्छ। देशमा भयावह संकटको अवस्थामा नेतृत्व सम्हाल्न पुगेका ओलीलाई इतिहास बनाउने र आफूलाई साबित गर्ने अवसर प्राप्त थियो। तर यिनले ढलेको सिन्को भाँच्ने त के उठाउने सम्म पनि काम गरेनन्। उत्तर तिरका नाका खोल्न सरकारले तत्परता त देखाएन देखाएन चिनसँगको व्यापार वाणिज्य सन्धिलाई पनि वेवास्ता गरयो।

अख्तियारले अनुसन्धानका लागि बोलाएका एमालेका भ्रष्टहरुलाई संरक्षण गरिदिने आश्वासन दिएर आफूलाई भ्रष्टहरुको मसिहाका रुपमा मात्र उभ्याए

इन्धन जस्तो अत्यावश्यक सामग्री उपलब्ध नहुँदा समेत उनको सरकारले तेल वितरणमा अराजकता मच्चाएर भ्रष्टाचार र कालोबजारीलाई संस्थागत नै गरयो। राष्ट्रियताको मुद्दा र नारा उचालेर सरकारमा पुगेका ओलीले न राष्ट्रियता सुदृढ हुने काम गरे न भारतको नाकाबन्दीका कारण छाएको अभावलाई नै व्यवस्थापन गर्ने ’bout कुनै काम नै। माफिया, कालोबजारी र भ्रष्टाचारमा संलग्नहरुलाई प्रोत्साहन दिने काम उनकै नेतृत्वमा बालुवाटारबाट भयो। अख्तियारले अनुसन्धानका लागि बोलाएका एमालेका भ्रष्टहरुलाई संरक्षण गरिदिने आश्वासन दिएर आफूलाई भ्रष्टहरुको मसिहाका रुपमा मात्र उभ्याए। ५० को दशकमा चलेको एमाले भ्रष्टहरुको क्लब हो भन्ने भनाइलाई केपी ओलीले सरकारमा रहेको समयमा प्रमाणित नै गरेर छोडे।

प्रधानमन्त्री बन्नु पूर्व उखान टुक्काले ट्वाक–ट्वाक हान्ने प्रधानमन्त्री ओली अचेल पर्ख र हेरको रणनीतिमा छन् । भारतीय नाकाबन्दी तीन महिना वितिसक्दा पनि उनले न कुनै दिर्घकालिन निर्णय गर्न सकेका छन न त नाका खोल्ने प्रभावकारी कदम नै चाल्न सकेका छन् । विगतमा भारतीय प्रवृतिविरुद्ध अभिव्यक्ति दिएर वाहवाही पाएका ओली प्रधानमन्त्री बनेपछि कुर्सी जोगाउनकै लागि भारतको नाकाबन्दीविरुद्ध बोल्न डराएको अधिकांशको बिश्लेषण छ ।

त्यसो त भारतको नाकाबन्दीले आजित सर्वसाधारणको मनमा अलिकति भरोसा समेत भर्न सकेका छैन्न । चीनसँग इन्धन लगायतका व्यापार सम्झौता गरेर भारतीय एकलौटी व्यापार तोड्न उनी थरथर कामिरहेका छन् । जुन उनको कार्यकालको सवैभन्दा कालो धब्बा बन्ने धेरैको अनुमान छ ।

कुहिरोमा चम्किँदो दुबई

कुहिरोमा चम्किँदो दुबई

दुबई, विश्वका अरु मुलुकका लागि तेल अनि पर्यटकीय मुलुक भए पनि नेपालीका लागि यो देश कर्मभूमि हो। दुबई नेपाली युवाहरुको प्रमुख अनि रोजाइको गन्तब्य हो। यो देशमा नेपाली घुम्न होइन सपना पुरा गर्नको लागि जाने गर्दछन्। घर परिवार अनि आफ्नो भविष्यको एउटा सुखद सपनालाई पृथ्वीमा विपनाको रुपमा उतार्नका लागि २० वर्ष हाराहारी उमेर पुगेका नेपाली युवा पासपोर्ट हातमा लिएर काठमाडौंको त्रिभूवन विमानस्थलबाट विदाइको हात हल्लाउँछन्। अनि सुरु हुन्छ दुबईको श्रमिक जिन्दगी जसले उनीहरुको हातमा पैसा थमाइदिन्छ।

उनीहरुको पैसासँगै परिवार मात्र होइन देश नै बाँचिरहेको छ। यतिखेर नेपालको आम्दानी भनेको नै श्रम र शक्ति बेच्न विदेश लागेका युवा नै हुन्। अरु देशले आफ्नो उत्पादन बेचेर आम्दानी गरिरहेका छन् भने राजनीतिक नेतृत्वमा भ्रष्टहरु जम्मा भएर चलाएको भ्रष्टतन्त्रका कारण नेपाल अहिलेको जुगमा पनि कमारो बेच्ने देशको रुपमा दरिइरहेको छ। हाम्रा प्रधानमन्त्री काठमाडौंमा बसेर बेतुकका भाषणमा व्यस्त छन्।

नेपालीहरुले रगत र पसिना बगाएर अरबलाई संसारकै र्स्वग बनाइसके तर आफ्नो घर नेपाल भने भुकम्पले क्षत विक्षत बनेर घर परिवार बारीको कान्लामा पुगेका छन्। जाडोमा कठ्याँग्रिएर मानिसहरु मर्न थालेका छन् सरकार कुहिरोको काग बनेर बसेको छ काठमाडौंमा।

यता काठामाडौंको राजनीति, व्यवस्था र अर्थतन्त्र कुहिरोको काग बनेको अवस्थामा नेपालीले रगत पसिना बगाएको देश दुबई भने कुहिरोले ढाकिँदा सम्पन्नताको ज्योतीले धपक्क बलेको छ। दुबईका २९ वर्षिय युवक साहिब अन्जुमले प्रिन्सेस टावरको ९४ तलाबाट मध्यरात र सूर्योदयको यस्तो तस्विर खिचे जसले दुबईको विकास र सम्पन्तासँगै सुन्दरता देखाउँछ।

02 Dubai Fogy Nights Photos by Zohaib Anjum

01 Dubai Fogy Nights Photos by Zohaib Anjum

 

03 Dubai Fogy Nights Photos by Zohaib Anjum

 

06 Dubai Fogy Nights Photos by Zohaib Anjum

 

05 Dubai Fogy Nights Photos by Zohaib Anjum

07 Dubai Fogy Nights Photos by Zohaib Anjum
फोटोहरु साहिब अन्जुमको फेसबुक